यही २०७७ आषाढ २९ गतेका दिन आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती मनाइँदै छ । प्रत्येक वर्षभैmँ यस वर्ष पनि मनाइने उक्त समारोहले आदिकविका सम्झना र उनका साहित्यिक योगदानका सन्दर्भचर्चा हुने नै छन् र विविध साहित्यिक कार्यक्रमको आयोजना हुनेछन् । नेपाली भाषा र साहित्यका प्रातिभ क्षितिजका रूपमा चिनिएका उनका सम्झनामा गरिने यस्ता कार्यक्रम अत्यन्त महŒवपूर्ण तथा प्रभावोत्पादक रहँदै आएका छन् । नेपाली काव्यजगत्का एउटा अभूतपूर्व शृङ्खलाका स्वरूप र परम्परामा आबद्ध हुँदैआएको आजको नेपाली काव्यधाराबाट भानुभक्तीय परम्पराको अनुशीलन हुँदैआएको भन्नु स्वाभाविकै हुन्छ । यसैबाट नेपाली साहित्यको विकासक्रमको मापन हुँदै आएको मानिन्छ ।

यसरी नै उनको काव्ययात्रासँगै नेपाली भाषा तथा साहित्यले नवीनताका साथै मौलिकता प्राप्त गरेका दृष्टान्त सर्वव्यापक नै छन् । नेपाली भाषाले प्राप्त गरेको गतिशीलता र यसको काव्यिक प्रयोगमा सर्वमान्य प्रयोगकर्ता आदिकविलाई जति प्रशंसा गरे पनि पुग्दैन । भनिन्छ, नेपाली भाषा साहित्यमा तनहुँको रम्घा चुँदीले भानुसँगै साहित्यिक र भाषिक जागरणका साथै अध्यात्म समाज र राष्ट्रिय सञ्चेतना थपिदिएको छ । यसैले आदिकवि भानुभक्त यी सबै परम्परा प्रवाह र धाराका प्रेरणास्रोत हुन् । समस्त काव्यजगत्का यश र ऐश्वर्य हुन्–उनी । यस्ता यशश्वी व्यक्तिको गुणानुवादसँगै समुचित कर्मण्यताको प्रयोग र साधनायुक्त नैरन्तर्यताको आवश्यता महसुस भइरहेको मानिन्छ । नेपाली भाषाको गतिशीलता र साहित्यको उच्च गरिमा वृद्धिका लागि भानुले पु¥याएको योगदानको हामी सबैले उच्च सम्मान गर्नुपर्दछ ।

सुलेख साहित्यिक मासिक परिवार उनीप्रति सादर श्रद्धाञ्जली अर्पण गर्दछ ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments