बमबहादुर जिताली नेपाली साहित्यको क्षेत्रमा चर्चा पाएका व्यक्तित्व हुन् । उनले कविता क्षेत्रमा विशेष गरेर कलम चलाएका छन् । २०१० सालमा जिता लमजुङमा जन्मिएकाहुनाले उनले जन्मभूमिप्रतिको ममताले जिताको नामआफ्नो नामको पछाडि जोडेर जिताली बने । ‘जहाँ छन् बुद्धका आँखा…’ जस्ता राष्ट्रिय गीतबाट प्रसिद्धि कमाएका जितालीको मूल लेखनक्षेत्र गीतकविता नै हो । उनको लेखनको प्रशंसा गर्दै राष्ट्रकवि माधव घिमिरे भन्नुहुन्छ ः लोकगीतका माझमा हुर्किएका कवि जिताली शास्त्रीयसरह नै लोकलयमा लोकलयसरह नै शास्त्रीय छन्दमा रचनागर्न सिपालु छन् । कवि जितालीबाट शास्त्रीय छन्दका कविता पनि गाउँदै गाउँदै रचिएका जस्ता छन् ।

(कभर पृष्ठबाट)

वसुन्धरा, धोती न टोपी, जापानी छन्दमा नेपालीकविता, लेखनाथका कविताको समालोचना, छत्तीस छन्दको छहरा र छन्दको छहारी कविताकार समालोचनाका पुस्तकाकाररूपमा प्रकाशित कृतिहरू हुन् । भुँडी पुराण प्रकाशनबाट २०७५ सालमा प्रकाशनमा आएको ‘आलु मूला’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह पनि थपिएको छ । यसमा १०१ विविध विषयवस्तुमा आधारित हास्यव्यङ्ग्यात्मक किसिमका लोक, सवाई र शास्त्रीयछन्दमा लेखिएका कविताहरू समेटिएका छन् । यसरी साहित्यको सेवा गरेबापत विभिन्न सङ्घ÷संस्थाहरूले सम्मान÷पुरस्कार प्रदान गरेका छन् डा.बमबहादुर जितालीलाई ।

हास्यव्यङ्ग्य कवितालेखनमा बढी रमाउने जितालीको २०४९ मा प्रकाशित भएको कवितासङ्ग्रह ‘धोती न टोपी’ मा पनि सामाजिक विकृति विसङ्गतिलाई प्रहार गरेका कविताको सँगालो थियो भने अहिलेको ‘आलुमूला’ कवितासङ्ग्रहमा पनि िवभिन्न समयमा पत्रपत्रिकामा प्रकाशित र अप्रकाशित भएका कविताहरूलाई समेटेर पुस्तकाकारको रूप दिएको भन्ने कुरा जितालीको ‘आफ्नै भनाइ’मा यसरी व्यक्त भएको छ ः …मैले १०१ हास्यव्यङ्ग्य कवितामा कुनै पनि व्यक्तिलाई तर्साएको छैन भने केवल विकृति विसङ्गतिगत प्रवृत्तिप्रति व्यङ्ग्यको बम बर्साउने आँट गरेको छु । यस्ता कविता शाश्वत हुँदा रहेछन् र जहिले पनि ताजा, स्वादिला र समसामयिक लाग्दा रहेछन् भन्ने अनुभूति मैले गर्दै आएको छु । (लेखकीयबाट पृष्ठ ढ)

यसमा साहित्यकार रामकुमार पाँडेद्वारा लिखित ‘स्वादिलो सिर्जनाका निम्ति कवि जितालीलाई ताली’ शीर्षकको भूमिका रहेको छ । त्यहाँ उहाँको भनाइ छ ः विकृतिमाथि व्यङ्ग्यको बम वर्षाएर आफ्नो जन्मभूमिलाई स्वच्छ, शान्त र सुन्दर बनाउने आकाङ्क्षा राखेर नेपालीकाव्य फाँटमा एउटा छुट्टै पहिचान दिएका छन् । छन्दशास्त्रका विज्ञ कवि जितालीले छन्दमा नै कविता रचना गरी हास्यव्यङ्ग्य क्षेत्रमा निकै स्वदिलो, चम्किलो र गहकिलो ग्रन्थ दिएका छन् । (अग्रलेख पृष्ठ ग)

यस सङ्ग्रहमा सवाई छन्दका चौँसट्ठीवटा कविता, असारे÷झ्याउरे लोकछन्दका कविता एघारवटा कविता र शास्त्रीय छन्दका कविता छब्बिसवटा गरी १०१ कविता समाविष्ट गरिएको छ । यस सङ्ग्रहको मूलशीर्षक आलु मूला राखिएको छ यसको कारण समाजको विकृत स्वरूप नै हो । यसको स्वरूपलाई यसरी अभिव्यक्त भएको छ ः

विधिआलु, विधानआलु, पहिचानआलु

रोजगारी, इमानदारी जिम्मेवारी आलु

हितकारी आयोजना अग्रगामीआलु

कर्म आलु, शर्म पनि धरोधर्म आलु ।

(पृष्ठ ३)

लेक–बेँसी तराईमा उठेका छन् मूला

सहरमा आएर ती ठूला हुन्छन् मूला

मोटाएका राता, काला, पहेँला छन् मूला

जुन रङका भए पनि एउटै ड्याङ्कामूला ।

(पृष्ठ ५)

यसरी कविताको प्रकारबाट यसको शीर्षक दिएको सार्थकता देखिन्छ र यस सङ्ग्रहभित्रका समस्त कविता यस्तै रोचक र घोचक ढङ्गबाट प्रस्तुत भएका छन् भन्ने पुष्टि हुन्छ ।

तस्करको लस्कर हुन् वा मौकामा चौका हान्ने कुरा, कमीसनका कुरा हुन् वा नेताका नौटङ्की, पावरका कुरा हुन् वा च्याँखे थाप्ने कुरा कविताका विषय बनेका छन् भने देशप्रतिको चिन्ता, परम्परा र संस्कृतिका सन्दर्भका कुरा र समाजले राम्रो भनेर अपनाएका विविध विकृतिलाई प्रहार गरिएको छ ।

अगाडि छ अधिकार कर्तव्य नै छैन

हुनेलाई मोजमस्ती उसैलाई चैन

गोरु अचेल हलो छाडी डुक्रिन पो थाले

सदनमा छाडा बनी उफ्रिन पो थाले ।

(पृष्ठ ३५)

संवादात्मक शैली गाई र साँढेजस्ता कवितामा अपनाइएको छ । जस्तै ः

साँढे ः डुक्रिएर भन्छु सुन गणतन्त्र आयो÷जनताको अधिकार सदनमा छायो ।

गाई ः आयो भन्छौ खै त हाम्रो पूजागर्ने धर्म÷बहुमत कुल्चिएर फाल्यौ कर्म–सर्म । (पृष्ठ ६६)

यसमा प्रश्नोत्तर शैली अपनाइएको सहर खाने कथाजस्ता कविता पनि राखिएका छन् भने छन्दमा लेखिएका राम्रा कविताहरू पनि रहेका छन् । जस्तै ः

नेपाली जनता ढले मुलुकमा सप्रे मुलामा मुला

हाम्रो देश मुला बनाउन उठे राता र सेतामुला

आयो चाल नयाँँ विकास गतिमा ताना र माना नयाँ

बढ्दो घूससँगै बडो छ महँगी आयो जमाना नयाँ । (पृष्ठ १६२)

कवितामा भानुभक्तीय शैली ल्याएर जितालीले समाजको विकृत र कुसंस्कारलाई राम्रोसँग झटारो हानेको पनि देखिन्छ । एउटा स्वादिलो उदाहरण हेरौँ ः

एक् दिन् नारद भट्टीमा पसिगया जाँड्को लिऊँ स्वाद् भनी

ब्रह्मा ताहीँ थिया त्यसै बखतमा घ्याम्पो समाया पनि

क्या चाख्छौ भन शुद्ध ब्राह्मण भई मर्जी भयाथ्यो जसै

ब्रह्माको करुणा बुझेर ऋषिले घ्याम्पो बुझाया तसै । (पृष्ठ १९१)

यसरी प्रारम्भबाट अन्त्यसम्मका सम्पूर्ण कविताले आनन्द दिन्छन् तर केही उदाहरण स्वरूप उल्लिखित कविताहरू दिइएको मात्र हो । अनेकौँ सामाजिक र समसामयिक विषयवस्तुलाई समेटेर १०१ कविता लेखिएको छ । यहाँ तीन किसिमको लेखनशैली अपनाइएको हुनाले भाषागत दृष्टिकोणबाट ह्रस्व÷दीर्घमा एकरूपता हुनुको सट्टा कतै ह्रस्व कतै दीर्घ देख्दा÷पढ्दा भातमा ढुङ्गालागे भैmँ भए पनि हास्यव्यङ्ग्य शैलीका यी कविताले पाठकलाई आनन्द दिनेछन्, यसमा कुनै द्विविधा छैन ‘आलु मूला’ कवितासङ्ग्रहमा । स्रष्टा जितालीलाई धेरै बधाई छ ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments