कोठाको वातावरण स्तब्ध थियो । त्यहाँ सबै आ–आफ्ना सञ्चारका बट्टा हातमा लिएर ध्यान मग्न थिए । एउट कौचमा बाबा टेबिलको ल्यापटपमा औँला चलाउन व्यस्त थिए । अर्कोपट्टि आमा त्यस्तैमा मग्न थिइन् । जेठी छोरी कुन्ता भित्र पस्दै “म पनि बसेर कलेजको प्रोजेक्टको काम सिध्याउँछु” भन्दै त्यस्तै आसनमा त्यस्तै साधनलाई काखमा राखेर ध्यान मग्न भइन् । घरको कान्छो छोरो त्यो भन्दा केही सानो बट्टा जस्तो आकारको साधन लिएर “गुड मनिङ मम, ड्याड, सिस् भन्दै भित्र पस्यो । कानमा हेड फोन लगाएर ऊ पनि आफ्नो साधन सँग व्यस्त भयो ।

भान्सामा सहयोगी बास्नादार खाना तयार पादै थियो । ऊबीच बीचमा मोबाइल चलाउँदै खाना पकाउँदै थियो । खाना तयार भएपछि खबर गर्न बैठक कोठा भित्रपस्यो । खाना तयार भएको जानकारी दियो । ती चारै जना आ–आफ्ना ध्यानमा मग्न भएकाले कसैले पनि उसको आवाज सुनेनन् । बाबुचाहिँ स्क्रिनभरि शब्दसँग खेल्दै थिए । सायद उनी अफिसको काम सिध्याउने ध्याउन्नमा थिए । उनी विदेशीहरूसँग काम गर्दथे । त्यसैले प्रायः घरमा पनि काममा व्यस्त हुन्थे । बिदाको दिन पनि बिहानभरी उनी अफिसको काममा तल्लीन हुन्थे । त्यसैले उनको काम र माम दुबै ठूलो नं थियो । घरमा सबै सदस्य घरभित्र नै भएपनि प्रायः सुनसान हुन्थ्यो ।

“ए हजुर ! खाना तयार भयो” उसले त्यो बोली फेरि पनि दोह¥यायो । धेरै बोलेको र प्रश्न गरेको मालिक्नीलाई मन पर्दैन थियो । त्यसैले त्यो घरको चलन अनुसार उसले बारम्बार बोलाउने प्रयत्न गरेन । घरको काम गर्ने मान्छे भए पनि उसलाई कोठा चोटा आउजाउ गर्न छुट थियो । धेरै बेरदेखि बैठक कोठामा पसेको भएपनि कसैले उसलाई ध्यान दिएका थिएनन् । उसलाई पनि यिनीहरू के गर्दै रहेछन् हेर्नुप¥यो भन्ने जिज्ञासा लागेर कसले आफ्ना मिडियामा के गर्दै छन् भनेर आलो पालो हेर्न लाग्यो ।

मालिक अफिसको काममा व्यस्त थिए । मालिकनी खेल खेल्दै थिइन् । सानो छोरो उत्साही हुँदै स्पाइडर म्यानको मुभी हेर्दै थियो । कलेजमा पढ्ने छोरी (फेसबुक) मेसेन्जरमा च्याट गर्दै थिई । उसले पनि फेसबुक मेसेन्जर चलाउन जानेको थियो । ऊ पहिले बसेको घरकी मालिकनीले नयाँ मोबाइल किनेपछि पुरानोचाहिँ उसलाई दिएकी थिइन् । ऊ त्यो घरमा ६ वर्ष बसेको थियो । त्यहीबाट घरको कामकाज सकेर स्कूल पढ्न जान्थ्यो । मालिक कडा भए पनि मालिकनीले माया गर्दथिन् । त्यही मोबाइलबाट उसले धेरै च्याट फ्रेन्डहरू बनाएको थियो । आफ्नो नाम बदलेर अगाडि इन्जिनियर राखेर ई. अमर शर्मा नाम राखेको थियो । तस्विर पनि अरूको अनुहार जोजाड गरेर बनाएको थियो । कम्प्युटर सम्बन्धी काममा अभ्यास गर्दागर्दै ऊ दक्ष पनि भएको थियो । राम्रा केटीहरूलाई फ्रेण्ड रिक्वेस्ट पठाउँथ्यो केटीहरू व्वाउ … इन्जिनियर ! “यु आर सो हान्डसम” भनेर कमेन्ट गर्दथे । त्यही घरकी छोरी पनि ऊसँग च्याट फ्रेन्ड बनेकी थिई । त्यो घरकी तरुनी छोरी केटाहरूसँग फेसबुकमा मस्त देखेपछि उसलाई अनायास एउटा तीतो घटना याद आयो । हुन त उसले पनि नक्कली आइडी बनाएर मिडिया चलाउँदथ्यो । तर त्यसबाट उसले कसैलाई पनि हानी पु¥याएको थिएन । फुर्सदको बेला चलाएर त्यसबाट आनन्द लिन्थ्यो ।

ऊ अगाडि बसेको घरकी मालिक्नीकी बहिनी दयालु, छोराछोरीलाई पनि जमानाअनुसार चल्न दिनुपर्छ । बेला अनुसार मिडिया चलाउन पनि दिनुपर्छ भन्दथिन् । तर मालिक भने कडा स्वभावका थिए । उसको गाउँको भाइ त्यो घरमा काम गरेर बस्दा उसले एकपल्ट पनि (उनीसँग) मालिकसँग सवाल जवाफ गरेन रे । सबै मालिक्नीको तजबीजमा गर्दथ्यो । छोराछोरीले धेरैबेर मिडिया चलाए भने उनीहरूका बाबा वाइफाई नै बन्द गरिदिन्थे । अनि डाटाबाट चलाएकी भनेर निगरानी गर्दथे । सम्पन्न परिवार भए पनि त्यो घरका छोराछोरी बाबुदेखि पीडित थिए । एउटा खराब अल्लारे केटाले त्यस्तो कुरा थाहा पाएर बाबु चाहिनेलाई ल्ब्याकमेल गरेर पैसा कमाउने मौका यही हो भन्ने नियतले उनकी छोरीको तस्बिर काटकुट गरेर अरूसँग जोडजाड गरेर आपत्तिजनक बनाएर नक्कली नामबाट आइडी बनाएर एक दिन बाबुचाहिँलाई मोबाइल फोनमा —फलानो आइडीको फेसबुक खोलेर हेर् त बुढा तेरो छोरीले कस्तो चर्तिकला गरेकी छे त्यो सबै मैले कपी गरेर राखेको छु । मलाई पाँच लाख दिइस् भने म सबै मेटिदिन्छु । हैन भने नतिजा तैँले भोग्नुपर्छ । तेरो इज्जतको धज्जी हुन्छ । भोलि फलानो ठाउँमा यति बजे पाँच लाख लिएर आइज” भन्दै टेलिफोन विच्छेद ग¥यो ।

भोलिपल्ट बिहानैदेखि त्यो घरको वातावरण नै बेग्लै भयो । छोरीलाई झ्यालढोका बन्द गरेर मोबाइल, ल्यापटप, रेडियो, टिभी भन्दा पर राखियो । त्यो ब्याल्क मेलरले घण्टा घण्टामा धम्काएर फरक फरक नम्बरबाट फोन गरि नै रह्यो ।

कोठाभित्र बन्दी बनाइएकी छोरीले – “बाबा त्यो आइडी मेरो होइन । मैले त्यस्तो खराब काम केही पनि गरेको छैन भनी रही । तर बाबुले किन पत्याउँथे र ?”

के गर्ने, कसो गर्ने । तरुनी छोरीको भविष्य के होला ?

आफ्नो इज्जतमा दाग लागिहाल्यो भन्ने सोचेर बाबा चिन्तित भए । उनको ओठमुख सुकेर च्याप च्याप भयो । रिङ्गटा लागेर लडलान जस्ता भए । त्यसैले पुलिसलाई भनेर कुरा लम्ब्याउनु भन्दा पैसा दिएर सामसुम गर्न जाति भनेर भोलिपल्ट साँझ छ बजेको अधैर्य भएर प्रतीक्षारत भएर बसे । छोरीले बन्दी बनाएको कोठाभित्रबाट धेरैपल्ट बाबा म निर्दोष छु” भनेर एकरट लागिराखी तर उनले वास्ता गरेनन् ।

भोलिपल्ट बिहान छोरीको चालचुल नसुनेपछि ढोकाको छिद्रबाट चिहाएर हेर्दा ऊ सलको पासो लगाएर पंखामा झुण्डिएकी देख्छन् । उनी आत्तिएर कालो–निलो हुँदै गुहार माग्छन् । परिवार, छिमेकी जम्मा भएर हेर्दा छोरीको प्राण गइसकेको रहेनछ । हारगुहार गरेर अस्पताल पु¥याए । होस आएपछि पनि उसले हात जोड्दै “–बुबा यसमा मेरो दोष छैन । यो मैले गरेको होइन” भनी राखी । त्यसै बीच घरमा काम गर्ने तन्नेरी केटो भागेको थाहा भयो । पुलिसको सक्रियताले त्यो समातियो । उसले त्यो सबै हर्कत आफूले पैसाको लालचले सिपालु मान्छेसँग मिलेर गरेको स्वीका¥यो । कानुन बमोजिम दण्डको भागिदार भयो । बुबाचाहिँले छोरीलाई आफूले कुरा नबुझीकन बन्दी बनाएकाले लज्जित हुँदै भविष्यमा कुनै पनि छोरीचेली यस्तो फन्दामा नपरून् भनेर पत्रकार बोलाएर छोरीसँगको अन्तर्वार्ता सञ्चार माध्यमद्वारा पचार प्रसार गराए ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments