नेपालमा केही प्रकाशकहरू छन् आइमाईको मात्र पुस्तक छाप्न मनपराउने । बढीमा विवाहित आइमाई जो हाँसखेल ठट्टा मजाक बेसी गर्छन् उनीहरूको किताब पनि प्राथमिकतामा पर्छन् । केही प्रकाशक छन् पाठ््य सामग्री मात्र छाप्ने र पाठ््य लेखक आफैले भाडामा हायर गर्ने । एक थरी प्रकाशक छन् अनुदित रचना मात्र छाप्ने । र एक थरी अहिले छन् जो नेपालमा गने चुनिएका लेखक त हैनन्् सिण्डिकेटभित्र रहेर लेख्नेका सिलेक्टेड किताब छाप्छु भन्छन् । छापिएपछि बजारमा मुस्किलले दस प्रति बिक्री हुन्छ र बाँकी फिर्ता ल्याएर आफ्नो भण्डारमा कुह्याउँछन् ।

मैले एउटा कथासङ्ग्रह छाप्ने सोचेँ । नक्सालस्थित आपूmलाई निकै जान्ने सम्झने प्रकाशकलाई फोन गरेँ । उसले तीन वटा नमुना कथा इमेलमा पठाइदिनोस् म एक हप्तामा जवाफ दिन्छु भन्यो । मैले तुरुन्तै कथा मेल गरेँ । त्यस्ता हप्ता कति बिते जवाफ आएन । एक दिन म उसकै कार्यकक्षमा पुगेँ—

“मैले हेर्न भ्याएको छैन । तपाईं नआएको भए पनि हुने ।” उसले भन्यो ।

मैले भने— “तपाईंको कर्पोरेट अफिस पनि हेरूँ, तपाईंलाई नि भेटूँ भनेर आएको । कथा राम्रो भए छाप्नोस् तर म चाकडी गर्न आएको हैन !”

मैले मे १२, २०१९ मा उसलाई पठाएको इमेलको जवाफ आजको मितिसम्म आएको छैन ।

पुरानो बसपार्कबाट पुतलीसडक निस्कने गल्लीमा एउटा प्रकाशन गृहको साइनबोर्ड छ । त्यहीँ कथाको पाण्डुलिपि बोकेर म गएँ । ओनरले घुमाउरो पारामा वितरण विकल्पको बारेमा कुरा गर्नु भो । पैसा लगानी गर्नुपर्ने उहाँको आसय हुन सक्थ्यो यदि कुरालाई लम्बिन दिएको भए । मैले ‘अँ उँ’ भनेर टारेँ र फर्किएँ । त्यहाँ पनि झन्डै आठ महिना भयो जवाफ आएन । पुतलीसडक शङ्करदेव क्याम्पस अगाडिबाट जाने गल्लीको देब्रेतिर रहेको प्रकाशन गृह (अहिले भोटाहिटीतिर सरेको छ क्यार !) मा त्यही कथा बोकेर म पुगेँ । एक पूर्वमन्त्रीकी साहित्यकार स्वास्नीको किताब भुइँमा असरल्ल थिए मानौँ ती किताबका कुनै मूल्य र महŒव थिएन । उनले पूर्व प्रधानमन्त्रीले उनको गालामा हात पु¥याएको पनि लेखेकी थिइन् विज्ञापनका लागि, विज्ञापन ठाउँमा परेन । पुस्तक चल्न सकेन । थन्कियो । र मेरो पाण्डुलिपि पनि थन्कियो । नेपालको एक पुरानो प्रकाशक

(भोटाहिटी) को वागबजारस्थित बिक्री कक्ष गएँ । धैरैबेर पर्खेपछि भित्रपट्टि रहेको अफिसमा मलाई बोलावट भयो । जाँदा त महालेखा परीक्षकको कार्यालयका (सायद त्यो संस्थाको लेखा परीक्षणको व्यवस्था उसैले मिलाइदिएको हुन सक्थ्यो र गुन तिर्न प्रकाशकले उसको किताब छापिदिएको थियो) कुनै साहित्यकारको किताबहरूमा ढ्याब्रे कमिलाहरू दौडिरहेका थिए । धूलो उत्तिकै थियो र किताबमा किरा लागिसकेका थिए । एउटा लुरे लुरे व्यवस्थापक आएर छ महिनासम्म किताब छाप्न सकिन्न भन्यो । अचेल त्यो संस्थाको मुख्य उत्तराधिकारी किताब प्रकाशन गरेर बाँच्न मुस्किल छ भनेर बेला बेलामा कहीँ कतै लेखिरहन्छन् ।

 

विनायक वस्ती बालाजु, काठमाडौँ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments