“ए प्रबाल ! हिँड घर छोडेर भागौँ ।”

“किन र समाल घरबाट भागेर गए के हुन्छ ?”

“हेर यहाँ हामीलाई बौले पिटेर हैरान पारेका छन् । नसक्ने काम पनि लाउँछन् खान समयमा दिँदैनन् । हामीसँग किनेर खाने एक पैसा पनि छैन त्यसैले” ।

समालले भनेजस्तै प्रबालको हालत पनि थियो । उसका बाबु गरिब थिए दिनभरि ज्याला गरेर नकमाएसम्म बेलुका विहान खाने कुरा किन्ने पैसा हुँदैन थियो । उसको बाबु गाउँमा हलो जोत्ने र उसकी आमा अर्कोको खेतीपातीको अनेकथरी काम गरिदिन्थी । तैपनि सानो छाप्रोमा बसेका यिनीहरूलाई मनग्गे खान पुग्ने थिएन । प्रबाल बढ्दै गयो अहिले दश वर्षको भैसकेको छ । उसको चाहना पनि बढिरहेको छ तर कुनै पनि उसले चाहेको बस्तु किन्न र खान उससँग पैसा थिएन । अलिकति बौआमाले वचाएको पैसा झुक्याएर चोरेको थाहा पाए भने उसले पिटाइ खान परिरहेको हुन्थ्यो । त्यसैले समालले भनेको कुरा उसलाई मन परेर आयो र भन्यो “खोइ समाल ! मलाई त बाहिर केही थाहा छैन । फेरि खान नपाएर मरियो भने के गर्ने नि ? त्यहाँ गएर कहाँ बस्ने ? के लाउने नि ?” उसले केही कुरा बुझ्न चाह्यो ।

समालले भन्यो “हेर तँभन्दा म एकदुई वर्ष जेठो छु । पोहोर साल मेरा बाबुसँग सदरमुकाम घुम्न गएको थिएँ । त्यहाँ हामी जस्ता धेरै केटाहरू काम गरिरहेका थिए । कोही बाटोमा नै बसेका थिए भने धेरै जसो होटेलमा काम गरेका थिए । हेर होटलमा काम ग¥यो भने बेलाबेला खान, लाउन, वस्न र पैसा पनि केही पाइन्छ रे मैले त्यहाँ एकजनालाई सोधेको थिएँ बुझिस् ।”

यो कुराले प्रबाल लोभियो । खानेकुराको नपुग वा भोको अवस्था नै उसको समस्या थियो । त्यसैले सहमति जनाउँदै  भन्यो  “हुन्छ  हिँड्न  त  कैले जाने ?” निर्णय दियो प्रबालले ।

“आज राती नै भागौँ ।”

“नाइ राती त डर लाग्छ । भोलि दिउँसै हिँडौँ न हुन्न ?”

“हुन्छ हुन्छ । घरमा खाना खाएर तँ सिमाली पाखोमा आइज म त्यहीँ कुरेर बस्छु ।”

प्रबाल र समाल दुवै घरबाट भागे । गए सदरमुकाम तर्फ । तर सदर मुकाममा उनीहरूले भनेजस्तो भएन । होटल होटलमा काम माग्दै र खोज्दै हिँड्न थाले । एउटा व्यापार कम हुने होटलमा खानमात्र पाउने गरी प्रबाललाई राखियो तर समालले भने अझै काम पाएको थिएन । समाल बाहिर नै बस्यो । राती सडकको पेटीमा सुत्थ्यो र खानको लागि अरूसँग भीख मागेर पेट भथ्र्यो । उता प्रबालको पनि हालत राम्रो थिएन । दिनभरि कामैकाम गर्नुपरेको थियो । भाँडा माझ्ने, पानी ल्याउने र सफासुघर गरिसकेपछि बल्ल वचेको खान पाइन्थ्यो । खाएपछि त्यही होटल–कोठाको कुनामा एक मैलो थाङ्नो ओछ्याएर सुत्नुपर्ने थियो । घरबाट लगाएर आएको कपडा नै उसले लगाउन परिरहेकोले साह्रै मैलो र धमिलो भसकेको थियो । होटल मालिक बाबुभन्दा पनि पिटाहा परेका रहेछन् । केही कुरा मागे पनि गाली गर्ने र सानो गल्ती गर्दा पनि ड्यामड्याम पिट्ने रहेछन् । उसले घर सम्झ्यो ‘घरमा त बाबुले कहिलेकाहीँ पिटे पनि माया गर्ने आमा थिईन् । घरमा पालेका बाख्रा चराएर ल्याए पनि टन्न खान दिन्थिन् । यहाँ त दिनभरि अर्काको जुठो भाँडा सफा गरेर पनि पेटभरि खान, लाउन, र सुत्न समेत नपाइने रहेछ । अब आफ्नै गाउँ फर्किन्छु’ भन्ने विचार गरिरहेको थियो र एक दिन सुटुक्क बाहिर भाग्यो र सडकमा हिँडिरह्यो ।

उता समाल बाटोमा बिरामी परेर बसेको रहेछ । प्रबालसँग भेट हुनासाथ रोयो र भन्यो “हेर्न प्रबाल मैले त कतै राम्रो काम पनि पाइनँ । रातभरि यही सडकको पेटीमा सुत्नुपर्दा जाडोले बिरामी पो भएछु । मागेको पैसाले खान पनि धेरै पाइएन । तैँलै पनि भेट गरिनस् । मत मर्छु कि क्या हो । अनि तँ किन निस्केर आएको ?” समालको दुःख भोगाइ, निराशाजनक कुरा र प्रश्न थियो यो ।

“म पनि त्यहाँ बसिरहेँ भने मर्नसक्छु दाजु ! । अब त्यहाँ बस्दिन घर फर्किन्छु भनेर आएको । हिँड तँ पनि घर जाऊँ ” प्रबालको फर्किने अभियान थियो ।

“नाइ मत बौले फेरि पिट्न लाल्छन् । तेरो त आमा छिन् । मेरो त आमा पनि मरेर बौले सोतेनी आमा विहे गरेका छन् । त्यसैले दुवै मिली झन् पिट्छन् बरु जेसुकै होस् यहीँ बस्छु ।” समालको ढिपी रह्यो ।

“त्यसो नभन् दाइ ! यहाँ बसिरहिस् भने तँ मर्छस् नमरे पनि धेरै दुःख पाउँछस् । यस्तो दुःख पाउनु भन्दा त घरमा बाबुआमाले गरेको कामनै गर्नु राम्रो । हिँड् तँ आफ्नो घरमा बस्न नसके मेरो घरमा बस् । मेरी आमाले भने माया गर्छिन् । त्यसैले जाऊँ ।” प्रबालको सम्झाइ थियो यो ।

आमाको माया पाउने आशाले समाल उठ्यो र विस्तार प्रबालको पछि लाग्यो । साँझमा उनीहरू दुवै घरमा पुगे र प्रबालको बाबुले “कहाँ भागेर गएको थिइस् नि मोरा आखिर घर सम्झेर आउनुप¥यो नि” यति मात्र भनेर उनी चुपलागे । प्रबालकी आमा भित्रबाट आइन् र रुँदै हत्तनपत्त छोराको अनुहारमा आँसु झार्दै म्वाई खाइन् । यो देखेर समाल पनि लोभिएको थियो । उसले बाबुआमाबाट यस्तो माया कहिल्यै पाएको थिएन । प्रबालको आमातिर हे¥यो । प्रबालकी आमाले समाललाई पनि आफूतिर तानिन्, छातीमा टासिन् र भनिन्“ अबदेखि मलाई छोडेर कर्ही नजाओ है ?”

यसैबीच प्रबालले भन्यो “आमा समाललाई पनि हाम्रो घरमा मेरो दाजु बनाएर राखौँ है ? उसको आमा छैनन् रे” । प्रबालकी आमाले दुवैलाई झन् झन् मायाले छातीमा टाँसिन् र ‘आमाको माया बहाइरहिन् । अस्तु ।

जोरपाटी, काठमाडौँ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments