हरेक राष्ट्रको साहित्यमा राष्ट्रियता मुखरित भएको हुन्छ । राष्ट्र निर्माणक्रममा देखापर्ने स्थितिका चर्चामा मानवीय स्वभाव, चाहना, कामना र सम्वेदनाका भूमिका अग्रपङ्तिmमा रहने हुँदा साहित्यले त्यस देशको सञ्चेतना डो¥याइरहेको हुन्छ । यसरी नै माटो र भूप्रकृतिका अवस्थिति ः डाँडा काँडा हिमाल समुद्र ताल झर्ना खोलानाला र वनजङ्गल आदिका साहित्यिक स्वरूपमा त्यस देशको पहिचान खुलेका हुन्छन् । भौगोलिक परिवेशसँगै आफ्नो अनुकूलका रीतिथिति र संस्कृतिका संरक्षण गर्दै जीवन अघि बढिरहेको हुन्छ । यसको सारतत्व भनेको नै देश हो र देशको माटो हो । देशविनाको जीवन अकल्पनीय कष्टकर बन्दछ भन्ने अर्थका प्रभावबाट प्रेरित भएर मानिसहरू आफ्नो राष्ट्रियताका हितका लागि सदा समर्पित बन्दछन् । राष्ट्रिय चिन्तन समस्त देशप्रेमीमा हुनुपर्ने भावना हो र त्यही भावनाको अभिव्यक्ति साहित्य बनेर आफ्नो देशको ऐतिहासिक, सांस्कृतिक तथा वीरताका महिमामा वर्णित हुन्छन् । देशको माटो राष्ट्रियता र त्यसको साँधसिमानाप्रति प्रत्येक नागरिकको चासो र चिन्ता हुन्छ । त्यसलाई अझ सशक्त जागरणमा ल्याउन साहित्यकलाले महŒवपूर्ण भूमिका खेल्ने हुँदा राष्ट्रियतामा साहित्य अपरिहार्य बन्दछ ।

यसै सन्दर्भका भरपर्दा दृष्टान्त हुन्– ‘पश्चिम किल्लाकाँगडा पूर्वमा ठिष्टा पुगेथ्यौँ…’ । यस्ता सर्वाेत्कृष्ट भावनामा राष्ट्रियता बोलिरहन्छ । युगान्तकारी पाठ र प्रेरणाका साहित्यिक अभिव्यक्तिले कुनचाहिँ राष्ट्रप्रेमीलाई नघचघच्याउला ? घचघच्याएन भने एउटा राष्ट्रिय दुर्भाग्य ठान्नुपर्दछ । कालापानी लिपुलेख लिम्पियाधुराले प्रत्येक राष्ट्रवादी नेपालीलाई यस सम्बन्धी गहिरो सोचमा पु¥याएको छ । हुन त नेपालको इतिहासमा सुगौली सन्धि सन् १८१६ लाई तत्कालीन राज्यव्यवस्थाको बाध्यता र अदूरदर्शिताको अकर्मण्यता मानेको छ । त्यसैगरी नेपल–भारत सन्धि सन् १९५०, चीन–भारत युद्ध र भारतको पराजय सन् १९६०–६२ मा भएको विश्वास र मित्रवत् सम्वेदनामा विषवृक्ष पलाउने सम्भावनाप्रतिको उदाशीनताका चर्चा–परिचर्चा साहित्यले नै गर्ने हो । किनभने राष्ट्रिय गौरवसँग गाँसिएको साहित्यिक अभिव्यक्ति मानव संवेदनामा सदा सक्रिय बन्दछ र द्रुत प्रवाहित बन्दछ । एउटा स्वतन्त्र स्वाधीन र सार्वभौम मुलुकका लागि सुरक्षित सिमाना चाहिन्छ । यसको लागि सम्पूर्ण देशवासीहरूले एक बनी राष्ट्रोन्नति र दुई शक्तिशाली छिमेकी देशसँगको सम्पूर्ण सिमाना यथाशीघ्र संरक्षण गर्न अत्यन्त जरुरी भइसकेको छ ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments