केही समयअघि बेलायत अमेरिका १७ दिन घुम्ने साइत जु¥यो । आँखाभरि सपना र मनभरि उत्साह बोकेर म त्रिभुवन विमानस्थलतिर लागेँ । नेपालको सुरक्षा जाँच लगायतका सबै प्रक्रिया पूरा गरेर जहाजको ढोकामा पुग्दा भारतीयहरूले आफैले यात्रुहरूको विशेष सुरक्षा जाँच गर्ने रहेछन् । नेपालको एयरपोर्टमा भारतीय सुरक्षा जाँच, यो आफैमा असह्य घटना हो । नेपालका शासकलाई सजिलो र सह्य भएपछि के लाग्छ ? भारतीयहरूले सुरक्षा जाँचपास गरेपछि मलाई जहाजमा चढ्ने अनुमति प्राप्त भयो र म जहाजमा चढेँ । जहाजको आरामदायी सिटमा बसे पनि मलाई चस्स–चस्स मनमा घोचिरह्यो, असजिलो अनुभव भइरह्यो । नेपाली सुरक्षा निकायलाई भारतले पूर्णतः अविश्वास गरेर आफैले सुरक्षा जाँच गरेको मलाई कता–कता अपमान बोध भइरह्यो । एक घण्टा २२ मिनेटपछि दिल्लीमा जहाज उत्रियो ।

दिल्लीमा  उत्रनासाथ  लन्डन जानेहरूका लागि स्वागत गर्न र लन्डन जाने जहाजमा यात्रुहरूलाई प्रस्थान गराउन जेट एयरका कर्मचारी ढोकामै उभिएका रहेछन् । जेट एयरको भीमकाय जहाज लन्डनका लागि उड्यो । यो उडान ९ घण्टा ३० मिनेटको भएको जानकारी कप्तान दीपक शाहीले गराए । ककपिटबाट यात्रुहरूको स्वागत गर्दै कप्तान दीपक शाहीले यात्रा सुखमय र सुरक्षित हुने विश्वास दिलाए । अनि लञ्ज, डिनर र कोल्ड ड्रिङ्सको आनन्द लिन र कुनै पनि असजिलो भए क्याबिन क्रूसँग सम्पर्क गर्न सविनय आग्रहसमेत गरे । मलाई लाग्यो, क्याप्टेन दीपक शाही नेपाली हुन् । नेपालमा अवसरको कमी भएकाले उनी भारतीय भूमिमा भारतीय कम्पनीको सेवा गरिरहेका छन् ।

जहाज टेक अफ भएको १५ मिनेट पनि नपुग्दै नम्रता, एयर होस्टेस, नम्र भावका साथ मुस्कुराउँदै एनी कोल्ड ड्रिङ्स ? भन्दै आइन् । मैले जुस भनेँ । उनले कुनचाहिँ ? भनिन् । मैले एपल भने । उनले लिनुस् भनिन् । उनी पनि नेपाली नै रहिछन् । फेरि मेरो मन चसक्क घोच्यो । यो प्राविधिक ज्ञान, यो अतिथि सत्कारको विशेषज्ञता, किन बिदेसियो ? हिजो व्यवस्था खराब थियो, शासक खराब भएर वायुसेवा निगमले फस्टाउने अवसर पाएको थिएन भने आज किन नेपाल वायुसेवा निगम हिमालको डाँफेले जस्तो वेग हान्न सकिरहेको छैन । कुँजो भएर, दिनदिनै चाउरिएर साँघुरिएको छ ।

साँझ साढे ६ बजे क्याप्टेन दीपक शाहीको माइकबाट स्वर सुनियो । हामी लन्डनमा अवतरण ग¥यौँ ।

बाहिर के निस्किएँ, छोरो रोशन, छोरीद्वय रोशनी र रजनी मलाई स्वागत गर्न कुरिरहेका रहेछन् । उनीहरूसँग म उनीहरूको भाडाको बासस्थान ग्रिनफोर्ड, ग्रिनवे गार्डेनतिर लागेँ । बेलायत अब बेलायतजस्तो अङ्ग्रेजको बस्ती रहेन । बेलायत पोखराजस्तो पो लाग्यो मलाई । जता गयो उतै नेपाली भेटिन्छन् । बस स्टप, साउथ हलजस्ता बजार, अन्डरग्राउन्ड ट्रेन, लन्डन आई, पार्लियामेन्ट परिसर, मेडम टुसा अथवा लन्डनका जुनसुकै सुपरमार्केट, जतासुकै नेपाली भेटिन्छन् अहिले । नेपाली बस्तीमा नेपाली आइमाईहरू नेपाली शैलीमा जुम्रा हेरेर ठुङ्गा मारेको पनि भेटिन्छन् । मेरा लागि यो आफैमा नौलो अनुभूति हो बेलायतमा ।

म बेलायत पुग्नु ४ दिनअघि बेलायतका न्यायालयले गोर्खा सैनिकहरूमाथि भएको भेदभावको अन्त्य गर्ने महŒवपूर्ण फैसला गरेको रहेछ । गोर्खा सैनिकको पक्षमा बेलायती अभिनेत्री जोन्ना लुम्लेले नेतृत्वदायी भूमिका निभाएकी रहिछिन् ।

 

बेलायतमा नैतिकताको मूल्य

बेलायतको ग्रेटर म्यानचेस्टरको प्रहरी प्रमुख माइकल टोड, अब हुने लन्डन मेट्रोपोलिटन प्रहरी प्रमुखले आत्महत्या गरेको सनसनीखेज समाचार दी टाइम्सलगायतका बेलायतका सबै अखबारले छापे । बेलायतको सबै सञ्चारमाध्यमको प्रमुख समाचार यही थियो । जासुस केभिन इभान्सका अनुसार टोडले ३१९ एसएमएस मेसेज बिभिन्न लभरहरूलाई पठाएको र आत्महत्या गर्नुअघि उनले आफ्नो आत्महत्या सूचनामा आफूलाई अँध्यारो ठाउँमा पाएकोले आत्महत्या गर्नु परेको उल्लेख गरेका छन् । टोडले म्यानचेस्टरस्थित चेम्बर अफ कमर्शकी ५० वर्षीया प्रमुख कार्यकारी अधिकृत एन्जि रविन्शनसँग लभ एफियर्सका सम्बन्धमा उनका ३ बच्चासहितका परिवारले थाहा पाएको र ४७ वर्षीया श्रीमती क्यारोलिन टोडसँग उनले ूक्ष् बm कयचचथ(ायचनष्खभ mभ ष्ल बलयतजभच षिभू भनेर लेखेका छन् । श्रीमती टोडले बृटेनबासीलाई बताइन्– मैले उनलाई माफी दिएँ, मेरा श्रीमान्का अन्य परिवारले पनि उनलाई माफी दिनेछन् । अनुसन्धानदाताका अनुसार टोडले टिल्ल हुने गरी जीन रक्सी पिएका थिए । ड्रग नाइटोल खाएपछि उनी हिउँको पहाडबाट ३ सय फिट तल बेहोसी अवस्थामा खसेर मरेका हुन् । उनको मर्नुको खास कारण उनको स्त्रीलम्पट चरित्र नै हो, जसको खुलासा सार्वजनिक हुने डरले उनले आत्महत्या  गरे  ।  इज्जतको  डरले जापानीहरूले हाराकिरी गर्ने गरेको थुप्रै समाचार पढेको सम्झना गरेँ ।

 

अर्को चाखलाग्दो घटना

तत्कालीन प्रधानमन्त्री गोर्डन ब्राउनले अँध्यारोको युवराज पिटर मेन्डलसनलाई तेस्रोपटक बिजिनेस सेक्रेटरीका रूपमा क्याविनेटमा चयन गरेको विषयले बेलायतवासीलाई निक्कै झकझक्यायो । सत्तामा पुग्नका लागि जे पनि गर्न सक्ने, स्क्यान्डल र स्लीज राजनीतिक चरित्र भएका मेन्डलसनलाई नै किन रोजे प्रधानमन्त्री ब्राउनले ? धेरैको प्रश्न थियो । खासगरी ब्लेयरको सरकार हुँदा बिवादमा मुछिएकाले मेन्डलसन दुई पटक राजीनामा गर्न बाध्य भएका थिए । अर्को आश्चर्य ून्यचमयल बलम एभतभच चभबििथ मय जबतभ भबअज यतजभचू तर बेलायतको राजनीतिमा अछुत केही रहेनछ । नैतिकताको तराजुमा जहिले पनि बस्न र जोखिन तयार रहेछन् बेलायतीहरू ।

१८१६ को सुगौली सन्धि माओवादीले बिर्सिएको  छ  ।  ग्रेटर  नेपाल  उसको सम्झनामा छैन । त्यो सन्धि बेलायती शासक र नेपाली शासकका बीच भएको हो । त्यो सन्धिका कारणले नेपालले किल्ला काँगडाको कति भूमि गुमाउनुप¥यो भन्ने नयाँ नेपाल बनाउने जिम्मा लिएका सभासद्हरूलाई ज्ञान छैन । उनीहरू यो विषयमा कुरा उठाउन पनि चाहँदैनन् । १९५० को सन्धिको आठौँ दफामा उल्लेखित सन्धिको खारेजी गर्ने प्रावधानको अर्थ पनि यिनलाई थाहा छैन किनभने नेपालले गुमाएका ठूलो भूमिक्षेत्र आज भारतको कब्जामा छ र भारत रिसायो भने राजनीतिक आधारमा पहिरो जान्छ भन्ने दास मनोवृत्ति नेपाली नेताहरूमा विद्यमान रहेको छ ।

हो, बेलायतको संसदले सन १६४९ फेब्रुअरी ७ मा राजसंस्थाको अन्त्यको घोषणा ग¥यो । तर, त्यो घोषणा ११ वर्ष पनि टिक्न सकेन । किन फेरि जनताले राजतन्त्रको आवश्यकता ठाने । किन राजतन्त्र स्थापनाका लागि बेलायती जनताले ठूलो मूल्य चुकाए । बल्लतल्ल १६६१ मा राजतन्त्र स्थापना गरेर बेलायती जनताले शान्तिको सुस्केरा मात्र हालेनन्, त्यो राजसंस्था  आजपर्यन्त  बेलायतमा विश्वसनीय र आदरणीय रूपमा विराजमान छ । आलोचना गर्नेहरू बेलायतमा पनि राजतन्त्रको अन्त्यको कुरा गर्छन्, तर, अधिकांश बेलायतीहरू राजतन्त्र गुमाएर फेरि अर्को दुर्भाग्य बेहोर्नुपर्ला भनेर सचेत छन्,  संवेदनशील  छन्  ।  उनीहरूले राजतन्त्रको जगमा बिधिको शासन निर्माण गरेका छन् ।

यसपटक मैले बकिङ्घम प्यालेस अगाडि उभिएर धेरै समय प्यालेसलाई हेरिरहें । त्यसपछि थेम्स नदी किनारमा रहेको पार्लियामेन्टलाई पनि निकैबेर नियालेँ । लन्डन आई चढेँ र टुप्पाबाट पनि मैले बेलायती गौरवका रूपमा रहेका प्यालेस र पार्लियामेन्टलाई नियालेँ । त्यति नै बेला २०६४ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गर्ने हाम्रो संविधानसभाको बैठक र निर्णयलाई पनि सम्झेँ । सन १६०३ मा स्कटलेन्डका राजा जेम्स चौथोले बेलायतको श्रीपेच लगाएर युनाइटेड किङ्डमको घोषणा गरेका हुन् । सन् १६४९ मा बेलायतको संसदले राजा चाल्र्स द्वितीयलाई धार्मिक नरसंहारकर्ता खुनी मान्छेको आरोप लगाएर राजतन्त्र समाप्त पारेर राजसंस्थाबिहीन राज्य घोषणा गरेको अवस्थाको अनुमान गरेँ । राजा चाल्र्स द्वितीयले नेतृत्व गरेको राजसंस्था, १६४९ को जनवरी २७ का दिन, सेनाले राजा चाल्र्सको घाटी काटेर हत्या गरिएको बर्बर दिनको युकेको कल्पना र आजको युकेको वास्तविकता मनमनै दाँजेँ । तत्कालीन अवस्थामा अदालतले राजाको घाँटी रेट्ने आदेश कुन अवस्थामा दियो होला ? आजको बेलायतमा कानुनको सर्वोच्च स्थान कसरी विकसित भयो होला भन्ने लाग्यो । त्यसपछिको काउन्सिल अफ स्टेट र आजको पार्लियामेन्टलाई बिचार गरेँ । राजाको हत्या गरेपछि उदय भएका ओलिभर क्रम्बेलको सन १६६० सम्मको मनपरीतन्त्रको इतिहास मानसपटलमा घुम्यों । नेपालमा १० वर्षे जनयुद्ध, बृहत् शान्ति सम्झौता र संविधानसभा, अनि सत्तालाई प्राथमिकता दिएको यथार्थहरू सम्झेँ । मभित्र नयाँ नेपाल बन्छ भन्ने विश्वास जाग्न सकेन । स्वाभिमान हराएको देशको जनता हुने, चिन्तन बाहेक अरू के नै गर्न सक्थेँ र ? मेरो मन रोयो त्यतिखेर ।

मैले झलक्क राजा ज्ञानेन्द्रलाई पनि सम्झेँ । त्यो अवस्थामा बिचरा राजा एक्लो बृहस्पति बनेका थिए । उनको यो वनबास रामायणको रामको जस्तो १४ वर्षको अवधिको हुनेछ कि जिन्दगीभरको ? यो भविष्यको गर्भभित्र नै छ ।

२००७ र २०५८ सालमा दुईपल्ट राजा भएका ज्ञानेन्द्र शाहको एउटा पक्षचाहिँ प्रशंसनीय रह्यो । उनले चाहेको भए विदेश पलायन हुनसक्थे । उनले चाहेको भए कुनै देशमा शरण पनि लिन सक्थे । भारतले त शरण दिन्छु भनेर प्रचारबाजीसमेत गरेकै हो । तर, पूर्व राजा ज्ञानेन्द्रले जस्तोसुकै अपहेलना र जुनसुकै दण्ड दिए पनि देशमै बस्ने र बुढी आमाको हेरचाह गर्ने बिचार प्रकट गर्ने जुन निर्णय गरे, त्यसलाई स्वयं राजतन्त्रविरोधीहरूले समेत प्रशंसा गर्न बाध्य भए ।

बाटोमा फर्कदै थिएँ, बेलायतको होम मिनिस्ट्री अगाडि शिरमा टोप र हाफ पाइन्ट लगाएको नेपाली सैनिकको सालिक देखेँ । अनायास् मैले मनमनै जय गोर्खा भनेँ, टाउको झुकाएर सम्मान गरेँ ।

मैले फकल्यान्ड युद्धलाई सम्झेँ । त्यतिबेला गोर्खाहरूको अपमान हुने गरी मर्सिनरी र भाडाका सेना भनेर समाचारहरू छापिएका थिए । युद्धको अग्रपंक्तिमा गोर्खा सेना राखिएको पनि मैले पढेको थिएँ । फकल्यान्ड युद्धमा धेरै नेपालीले ज्यान गुमाए । आजको बेलायती पुस्तालाई गोर्खाहरूले देखाएको बहादुरीको गाथा कण्ठस्थ थाहा छ । गजब त के पनि छ भने अफगानिस्तानमा खटिएका राजकुमार ह्यारी गोर्खासँगै बसेका थिए । गोर्खासँग काम गर्दा आफूलाई सुरक्षित छु भन्ने लागेको उनको प्रतिक्रिया पनि सार्वजनिक भएकै हो । आज पनि बकिङ्गम प्यालेसको रखवाली गोर्खा सैनिकले नै गरिरहेको छ ।

लन्डनको बसाइ सकेर म वाशिङ्टन जान एयरपोर्टतिर लागेँ । छोराछोरीले आफ्नो हेरबिचार गर्न र बेलामा खाना खान आग्रह गरे । छुट्टिने बेलामा मेरा आँखा रसाए, मन भक्कानेर आयो, म बोल्न सकिरहेको थिइन । केटाकेटीले पनि आँखाभरि आँसु लिएर हात हल्लाए । म भर्जिन एटलान्टिक जहाजमा चढेर वाशिङ्टनतिर लागेँ । साँढे ९ घण्टाको उडानपछि वाशिङ्टन पुगिने थाहा पाएँ ।

एकाएक  पाइलटको  उद्घोष सुनियो । पाइलटले जहाज लैन्ड गर्ने तयारीमा रहेको जानकारी गराउँदै सिटबेल्ट बाँधेर आ–आफ्नो सिटमा बस्न निर्देश दिए । रातको साँढे ९ बजिसकेको थियो । मैले झ्यालको सिसाभित्रबाट अमेरिकाको दृश्य हेरेँ । बत्तीको झिलीमिली । सिसाभित्रबाट त यति रमाइलो छ भने अमेरिकी धर्तीमै टेक्दा कति रमाइलो हुँदो हो । म उत्साहित भएँ । बास्तवमा मेरो अमेरिका हेर्ने इच्छा झन्डै ५ वर्ष पुरानो हो । मैले नेपालीहरू अमेरिका जानका लागि झुत्ती खेलेको देखेको छु । घरबार बेचेर दलाललाई पैसा खुवाएर रोएका नेपालीको आँसु पनि देखेको छु । डीभी भर्नका लागि नेपालका ठूला प्रशासक, ठूला राजनीतिज्ञ, समाजसेवीदेखि सामान्य नागरिकहरूको भीड पनि देखेको छु । राप्रपाका एकजना सांसद त अमेरिकामा पेट्रोलपम्पमा काम गर्न राजी भए, नेपाल नेपाल फर्कन तयार भएनन् भन्ने समाचार पनि सुनेको छु । थुप्रै हिरो, हिरोइनदेखि कलाकार कलाकर्मीहरू अमेरिका भासिएको समाचार पनि पढेको छु । अमेरिकाबारे ठूलै कौतुहलता छ मभित्र ।

अमेरिका के हो ? कस्तो छ अमेरिका ? नेपालीहरू अमेरिका जान लालायित छन् । जो अमेरिका जान्छन्, उतै हराउँछन् । फर्कंदैनन् नेपाली । त्यो कस्तो जादुटुना छ अमेरिकासँग ? अमेरिकाले जसलाई सुमसुम्याउँछ, ऊ त्यहीँ दङ्ग हुन्छ, रत्तिन्छ र त्यहीँ हराउँछ । सायद त्यसैले युनाइटेड स्टेट्स भएको हो कि अमेरिका ?

मैले पढेको छु, अमेरिका र नेपालको इतिहास उस्तै–उस्तै समयमा सुरु भएको हो । सुरुमा आइरिस आतङ्ककारीहरू पसेर खडा गरेका हुन् अमेरिका । पछि ती आतङ्ककारीहरू अस्ट्रेलिया पुगे । आज अमेरिकामा विश्वका मानिसहरू बस्छन् । विश्वका थरि–थरिका मानिसहरू बस्दा पनि अमेरिकाले विश्वलाई हाँक्न सफल भएको छ । किन ? कसरी ? कुन जादूबाट सञ्चालित छ अमेरिका ? मलाई लाग्छ, उनीहरू नियमबद्ध छन् । बिधिसम्मत छन् । नेपालजस्ता अनगिन्ती राष्ट्रहरूबाट गएका बेथितिका मानिसहरू पनि अमेरिका पुगेपछि स्थितिमा बस्छन्, नियममा चल्छन् । नेपाल ? उफ् ! अमेरिकासँगै सुरु भएको हो नेपालको इतिहास । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले चारजात छत्तीस वर्णको फूलबारी बनाएका पनि हुन् । तर, कहिल्यै नियमबद्ध, विधिसम्मत हुन सकेन । हामी सोमालिया हुनतिर हतारिएका छौँ, अमेरिका विश्वको सर्वशक्तिमान राष्ट्र बन्न सफल भएको छ । इतिहासको यो क्रूर व्यङ्ग्यवाणले म आफैभित्र रन्थनिएँ ।

एकपल्ट घचक्क भयो, म तन्द्राबाट झसङ्ग भएँ । जहाज भर्जिनियाको डलास एयरपोर्टमा  रोकियो  ।  जहाजबाट निस्कनासाथ यात्रुहरू एउटा कोठाभित्र पसे । म पनि पसेँ । कोही सिटमा बसे, सिट भरिएपछि सबै उभिए । म पनि उभिएँ । एकाएक त्यो कोठाभित्र पस्ने ढोका बन्द भयो । त्यो कोठा त गाडी पो रहेछ । त्यो गाडीले अर्को पर रहेको इमिग्रेसन र बाहिर निस्कने ढोकामा पु¥याएर छाडिदियो । कोठाजस्तो गाडी देखेर म जिल्ल परेँ ।

इमिग्रेसनको लाइनमा उभिएँ । एकजना भारतीय काम गर्दा रहेछन् । उनले फ्रम नेपाल भनेर सोधे । मैले एस सर भनेँ । उनले स्वागत छ है भने, मैले धन्यवाद भने । अमेरिकी अधिकारीले मेरो पासपोर्ट, टिकट मागे । मैले दिएँ । उनले मेरो पासपोर्टको भिसाको पाना कम्प्युटरलाई देखाए । त्यसपछि उनले सोधे– किन आएको ? मैले भने– तपाईको अमेरिका हेर्न । अमेरिकामा के गर्नुहुन्छ ? उनको अर्को प्रश्न थियो । तपाईको अमेरिकाको अनुभव गर्छु भने । कस–कसलाई भेट्नुहुन्छ ? उ प्रश्न गर्दै गयो, मैले भने– मलाई भेट्न चाहने सबैलाई भेट्छु । इन्टरटेनमेन्ट भिजिट, उसले सोध्यो । मैले यस भनिदिएँ । उसले हाँसेर तपाई पत्रकार भनेर सोध्यो । जुन कुरा मेरो पासपोर्टमा अंकित थियो । मैले हो भनेँ । उसले धन्यवाद भन्दै भिसामा छाप लगाएर मेरो पासपोर्ट र टिकट फिर्ता दियो । भन्सार अधिकृतले मेरो पासपार्ट माग्यो । मैले दिएँ, उसले पासपोर्ट हेर्नासाथ मेरो ब्यागेज चेक गर्ने काम नगरी, मलाई ढोका देखाइदियो । म उसले भनेकै ढोकाबाट बाहिर निस्किएँ ।

बाहिर निस्कनासाथ रामप्रसाद खनालले दाई भनेर स्वागत गर्नुभयो । मैले पनि भाइ भनेर हात मिलाउन खोजें । खनालजीले यसरी होइन, यहाँ त यस्तो गर्नुपर्छ भनेर अँगालो हाल्दै दायाँ र बायाँ छाती ठ्याक–ठ्याक मिलाएर मुस्लिम पाराले हार्दिकता देखाउनु भयो । अमेरिकामा स्वागत गर्ने यस्तो पारा ? म आफैभित्र जिल्ल परेँ । रामप्रसादजीसँग अर्का भाई आएका रहेछन् । उनले परिचय गराए । उनको नाम कमल भट्टराई रहेछ । हामीले परिचय साटासाट ग¥यौँ । हामी सबै मिलेर बाहिर निस्कियौँ । बाहिर खनालजीको फोर्ड गाडी  रहेछ  ।  त्यसैमा  चढेर  हामी खनालजीको घरतिर लाग्यौँ ।

झन्डै २० मिनेटको यात्रापछि हामी मोनासस, भर्जिनियास्थित खनालजीको घर पुग्यौँ ।

भित्र पस्नासाथ रामप्रसादजीका परिवारले मलाई नमस्कार गरेर स्वागत गरे । श्रीमती तीर्था खनाल, उस्तै जस्तो काठमाडौँमा देखेको थिएँ । छोरा ज्ञानन खनाल ठूलो भएछन् । छोरी सुष्मा हल्किछन् । बुटबलबाट काठमाडौँ मेरो घरमा आउँदा मैले सानो देखेका यी नानीहरू अमेरिकी चालढालको साँचोमा ढलिसकेको पाएँ । खनालजीको भाई ऋषी । धेरै वर्ष पहिले देखेको हुँ । मैले देख्दा उनी कोरा, कोर्काली थिए । आज परिपक्व, जिम्मेदार नागरिक बनेको पाएँ । अमेरिकाको वातावरण नै व्यक्तिलाई व्यक्तित्वको निर्माण गर्न सिकाउने रहेछजस्तो छाप प¥यो मभित्र । यसरी मेरो अमेरिका यात्रा सुरु भयो ।

भोलिपल्ट २५ गते खनालजीले मलाई मन्दिर, पार्क, अमेरिकाको जीवनशैली, सुपरमार्केटहरू देखाउने र नेपालीहरूलाई भेटाउने काम गर्नुभयो । अमेरिकामा ४ थरी घर हुनेरहेछन् । कण्डो हाउस, अपार्टमेन्ट, सिङ्गल फेमिली हाउस र सिटी हाउस । खनालजीको सिङ्गल फेमिली हाउस रहेछ । अमेरिकामा सार्वजनिक यातायातको राम्रो प्रबन्ध रहेनछ । त्यसैले हरेक बयस्कले आफ्नै गाडी राख्दा रहेछन् । गाडी नहुने व्यक्ति अपाङ्गजस्तो भन्दा फरक पर्दैन । जोसँग सवारी साधन छैन, उसलाई कुनै पनि कम्पनीले कामसमेत नदिने रहेछन् । कुनै नेपाली नेपालबाट आएका छन् भनेपछि भेट्ने चाहना राख्ने खुसी हुने बानी रहेछ । त्यो बानी मलाई खुब मनप¥यो । श्रीमती तीर्था खनाल बिहान ५ बजे काममा गएर दिनको २ बजे फर्कने रहिछन् । खनालजी दिनको ४ बजे काममा गएर रातको १२ बजे फर्कनु हुँदोरहेछ । भाइ ऋषि कुनै कम्पनीमा मेनेजर रहेछन् । हप्ताको ४० घण्टा काम गरेर खनालजीको परिवार सुखसाथ बितिरहेको पाएँ ।

तर, खनालजी नेपाल छोड्नु पर्दाको मानसिक  पीडा  बेला–बेलामा  प्रकट गर्नुहुन्छ । यति नै बेला डा. बाबुराम भट्टराई वाशिङ्टन डीसी आए, उनको अन्तक्र्रिया कार्यक्रम तय भयो । निम्तो आयो । खनालजीले सिधै भनिदिनुभयो– तपाईंहरू जानोस्, म माओवादीजस्तो अपराधी नेताको कुनै कार्यक्रममा जान्नँ । खनालजीलाई नेपाल आएका बेलामा माओवादीले अपहरण गरेर लक्ष्मी वनस्पति घिउ उद्योगमा बन्धक बनाएर मानसिक र शारीरिक यातना दिएका थिए । उहाँको जीवनरक्षाका लागि नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखाका सभापति युवराज बिद्रोही र मैले पनि हारगुहार गरेका थियौँ । जुन कारणले गर्दा उहाँले सपरिवार देशै छोडेर अमेरिकासँग  हात  फैलाउनुप¥यो । अमेरिकाले उहाँलाई कलाकारको हैसियतले सम्मान गर्दै ग्रिनकार्ड उपलब्ध गराएको पत्र उहाँले आफ्नो कोठामा टाँगेको पढेँ ।

यही नै समयमा अमेरिकाले उत्तर कोरियामाथि लगाएको आतङ्ककारीको बिल्ला हटाएको समाचार संसारभरि फैलियो । तर, प्रचण्डसँग हात मिलाउने बुश प्रशासनले नेपालका माओवादीमाथि लगाएको आतङ्ककारीको बिल्ला हटाएन । किन ? यसबारे धेरैको धेरैथरी तर्कबितर्कहरू अमेरिकामा बस्ने नेपालीहरूले मलाई सुनाए । अधिकांशको धारणा थियो– माओवादी सामाजिकीकरण भइसकेको छैन । भाइ ऋषिले अरू नेपालीहरूलाई पनि बोलाएर मलाई मनासस मल र टाइसिन कर्नरजस्ता सुपरमार्केटमा घुमाउन लगे । झन्डै १० हजार कार पार्क गर्न सकिने र झन्डै एक लाख मानिसले खरिद गर्न सकिने यी दुवै मलमा नूनदेखि सुनसम्म पाइने रहेछ । यस्ता मल सहरका कुनाकुनासम्म सञ्चालित रहेछन् ।

मैले दुई सानिमाका छोराछोरीलाई फोन गरेँ । फोन गरेको एकाध घण्टाभित्रै उनीहरू मलाई लिन आइपुगे । भाइ दीपक, बुहारी, बहिनी र सानो छोरा जेनिशका साथमा लागेर म उनीहरूको घरमा पुगेँ । उनीहरू डीभी परेर आएका हुन् । भाइले आफ्नै टैक्सी राखेका रहेछन् । टैक्सीको राम्रो कमाई हुने रहेछ ।

अमेरिकामा कुनै कामलाई सानोठूलो मानिने रहेनछ । कामको पूजा गर्ने र कानुनको पालना गर्ने व्यक्ति सम्मानित हुनेरहेछ । आश्चर्य, अमेरिकामा युवा अवस्थामा गल्ती गर्दा पुलिस रिपोर्ट खराब भएकाहरू सेनामा भर्ति हुँदा रहेछन् । सेनामा भर्र्ती हुनासाथ त्यस्ता व्यक्तिको सबै खराब रेकर्डहरू मेटिने रहेछ । युवाहरूलाई सुधार गरेर देशसेवाको तालिम दिने अमेरिकी व्यवस्था, यो खूव राम्रो तरिका लाग्यो मलाई ।

अमेरिकाको कुनै पनि सहरमा रहेको अत्यन्त बाक्लो सवारी यातायातको चाप राडार प्रविधि सक्रिय पारेर कम्प्युटरको माध्यमबाट नियन्त्रण गरिने रहेछ । ठाउँ–ठाउँमा बसेर प्रहरीले बाइनाकुलर लगाएर पनि सवारी साधनको गति, पार्किङ् अथवा अन्य गल्तीलाई चेक गर्ने गर्दारहेछन् । सवारी साधनको नम्बरप्लेट, नम्बर नै राख्नुपर्ने जरmरत रहेनछ । नम्बरप्लेटको ठाउँमा नाम पनि राख्न पाइने रहेछ । तर, कुनै पनि नम्बर वा नाम दोहोरो नपर्ने गरी स्वीकृति दिइने रहेछ । जुन सवारी गाडीले गल्ती गर्छ, उसलाई तत्कालै अथवा उसको ठेगानामा भोलिपल्टै टिकट पठाइने रहेछ । टिकट भनेको जरिवाना रहेछ । हरेक ठाउँमा बूढाबूढी र अपाङ्गहरूको लागि अधिकार सुरक्षित राखिएको रहेछ । मलाई घुमाउने क्रममा एकजना मित्रलाई लघुशंकाले च्याप्यो । एकान्तमा पुगेका बेलामा उनले झटपट रोकेर मूत्रत्याग गरिदिए । मैले सुनेँ भोलिपल्ट उनको ढोकामा टिकट आयो– २ सय डलरको । यो समेत उनले टिकट पाएको तीनपल्ट भएछ । उनले बताए– यो टिकटका कारणले उनको चालक अनुमतिपत्र स्वतः ६ महिनाको लागि सस्पेन्समा प¥यो ।

मैले मित्र खनालजी, अन्य नेपाली युवा र भाइ दीपक केसीका परिवार र बहिनीसँग  वाशिङ्टन  डीसीस्थित ह्वाइटहाउस,  पार्लियामेन्ट,  पार्क, योद्धाहरूको समाधिस्थललगायतका धेरै ठाउँमा घुमें । सबैतिर पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र सामाजिक जीवनका अनेक पक्ष र पहलुहरूलाई संरक्षण गरेर राखेको पाएँ ।

पहिलोपल्ट भूलबस लायकको खसी भनेर काटिएको बाख्राको मासु खाइयो । भोलिपल्ट सानफ्रासिस्को हिँड्नुपर्ने, बेलैमा सुतियो । सुत्दा पनि मनमा असजिलो भइरह्यो । मैले सपनामा पनि बाख्री छटपटाएर रोएको देखेँ, कसैलाई केही भनिनँ । हुन त म मांसाहारी हुँ राँगो, भैंसी, खशी के खाइयो होला, के खाइएन होला ? तर त्यस दिनदेखि मेरो मनमा मासुप्रति तृष्णा रहेन । अमेरिका भ्रमणभरि र नेपाल फर्कदासम्मको लामो यात्रासम्म पनि मलाई पटक्कै मासु खाउँ–खाउँ लागेन । मित्र रामप्रसाद खनाल छोटो मित्रमिलापलाई मित्रताको बन्धनमा बाँधिराख्दै एयरपोर्टमा छोड्न आउनु भयो । फर्कनु अघि मैले बहिनी, भाइ दीपक, बुहारी र भतिज जेनिसलाई राम्रोसँग बस्नु भनेर फोन गरेँ । एयरपोर्टको इमिग्रेसनको गेटसम्म पु¥याएर खनालजीले फेरि भेट गर्ने आशा राख्दै दाजु, राम्ररी जानुहोला भनेर हात मिलाउनु भयो । तपाईको आतिथ्यका लागि हार्दिक धन्यवाद छ भनेर म खुसीले गद्गद् भएर इमिग्रेसन घेराभित्र पसें । यसरी मेरो अमेरिकी सहर भर्जिनियाको भ्रमण सकियो । नेपाली अमेरिका पुग्न किन मरिहत्ते गर्छन्, पुगेर किन रातदिन गोरm जोतिए झैं मेहनत गरेर जीवनको गुजारा गर्छन्, किन नेपाल फर्कन चाहना राख्दैनन् अथवा चाहेर पनि फर्कन सक्दैनन् भन्ने एक पक्षको अध्ययन र अमेरिकाको राजधानी भर्जिनिया र वाशिङ्टन डीसीलाई आफ्नै आँखाले हेरेर अमेरिकाको  सुदूर  दक्षिणमा  पर्ने क्यालिफोर्नियातिर लागेँ ।

भर्जिनियाबाट युनाइटेड एयरको बडेमानको जहाज क्यालिफोर्नियाका लागि उड्यो । साँढे ५ घण्टा लामो यो हवाई उडान ३९ हजार फिटमाथि उड्ने र मौसम राम्रो भएको जानकारी क्याप्टेनले दिए । आन्तरिक उडानमा खाना किनेर खानुपर्ने रहेछ । पानी, कोक र जूस भने यात्रुहरूले निःशुल्क पिउन पाउने रहेछन् । खचाखच यात्रुहरू लञ्च खाइसकेर झ्याल बन्द गर्दै सुत्न थाले । मैले पनि झ्यालका ढक्कन लगाएँ अनि आँखा चिम्लेर निदाउने प्रयत्न गरेँ । निदाउन सकिनँ । मनमा भर्जिनिया, वाशिङ्टन डीसी, त्यहाँका अनुशासित मानिस र मानिसले मानिसलाई र हरेक व्यक्तिले कामको इज्जत गरेको सम्झिरहेँ ।

मेरो मनको सम्झनामा भर्जिनिया आयो । अस्ती म भाई दीपकको घरमा थिएँ । दीपक मेरो साहिँली सानिमाको छोरा हुन् । कान्छी सानिमाको छोरी अम्बिका पनि डीभी परेर उनीसँगै बस्दै आएकी छिन् । बुहारीले खाना खान बोलाइन्, अनायास दीपकले भने– तपाईंको घरनिरको भरत केसी यहीं हुनुहुन्छ नि । भरत केसी मेरो घरछेउका गाउँले दाजु । मैले भेटेर जान पाए हुन्थ्यो भनेँ । दीपकले फोन मिलाइदिए, मैले नमस्कार, म राजन कार्की भनेँ । उताबाट ओहो भाइ, कहिले आयौ भन्ने सोधनी भयो । मैले भर्खरै आएको, भोलि एकदिन यता बस्छु र क्यालिफोर्निया घुम्न जान्छु, त्यतैबाटै घरतिर फर्कन्छु भने । घरतिर सन्चै छ, केही खबर लानु छ कि भनेर सोधें । भरतदाइले भन्नुभयो– त्यसो भए हाम्रो भेट हुन्न । म यहाँ आएको ५ वर्ष भयो । आज म पढ्दै छु । भोलि मेरो ग्रीनकार्डको लागि जाँच छ । सयवटा प्रश्न सोध्छ, मैले जवाफ दिएर पास गर्नुछ, फुर्सद छैन भाइ ।

ठीकै छ, टेलिफोनमा भए पनि दाजुसँग भेट भयो, मैले भने । अरू के छ ? उनले सोधे । मैले दाजुहरूको आशीर्वाद, सबै ठीकै छ भने । उनी एकाएक बम्किए । यस्तो सामन्ती भाषा मसँग नबोल । तिमीलाई थाहा छ कि छैन, म त माओवादी । तिमी राप्रपातिर छौ, मलाई थाहा छ । राजाको शासनमा कति मारे मारे । मेरा साथीहरूलाई सोत्राम हुनेगरी मारे । सँगै काम गरेका साथीहरू मारिए । म जिल्ला सेक्रेटरी । दाजुले राजनीति बगार्न थाले । बुहारी खाना चिसो भयो भन्दै थिइन्, माओवादीलाई नयाँ नेपाल बनाउन दिनुपर्छ भन्ने विषयमा भरत दाइले आधाघण्टा मलाई लेक्चर दिए । उनले तिमी पत्रकार, तिमीले राम्रो नराम्रो छुट्याउनुपर्छ भनेर सल्लाह पनि दिए ।

मैले झ्याल खोलेर हेरेँ, टण्टलापुरको घाम लागिरहेको थियो । जहाज बादल माथि–माथि हुइँकी रहेको थियो । मैले फेरि झ्याल लगाएँ र आँखा चिम्लिएँ । जहाज क्यालिफोर्नियाको समुद्र किनारमा रहेको एयरपोर्टमा लैण्ड ग¥यो । जहाजबाट अरू यात्रुसँग म पनि निस्किएँ । यताउता हेरेँ, कतै चिनेको अनुहार देखिन । ब्यागेज समातें अनि बाहिर निस्कने ढोका छेउमा ब्याग राखेर फोन गर्ने निधो गरेँ । फोन त गर्ने, सिक्का छैन । मैले सोधेँ छेउकै सोफामा बसेको एक परिवारलाई । उनले आफ्नो बालक छोरालाई हेल्प गर्न अह्राए । मैले उनको हातमा ५ डलरको नोट थमाई दिएँ । उनले एउटा कम्प्युटरमा त्यो नोट हाले अनि क्वार्टर लेखेको बटन थिचे । तत्काल कम्प्युटरले क्वार्टर डलर बर्साइदियो ।

त्यसपछि म फोन भए ठाउँमा आएँ र एउटा क्वार्टर खसालेर टेलिफोन नम्बर थिच्न थालें । टेलिफोनबाट अङ्ग्रेजीमा आवाज आयो, अरू तीनवटा क्वार्टर हाल । मैले त्यसै गरेँ । फोन लाग्यो । मैले सोधेँ– म राजन कार्की । क्यालिफोर्निया एयरपोर्टमा आइपुगे । शेखरजीलाई देखिन । शेखरजी कहाँ हुनुहुन्छ ? उताबाट जवाफ आयो– उहाँ त एयरपोर्ट जानुभएको छ । म रनभुल्लमा परिरहेको थिएँ । अकस्मात, ढोका बाहिर दुईवटा गाडी जुध्यो । सबैका आँखा त्यतैतिर लागे । मैले पनि ढोकाबाट हेरेँ । मिनेटभरमै प्रहरी, एम्बुलेन्स र बारुणयन्त्र आइपुगे । देख्नेहरूले गल्ती कसको हो, बताईदिए । ५ मिनेटमा प्रहरीले गाडी तानेर लग्यो र ट्राफिकले स्थितिलाई नियन्त्रणमा लिएर आवतजावत सामान्य पारिदियो ।

एक इण्डियन बताउँदै थिए– मानिसको जीवनको मूल्य र समयको मूल्य कसैलाई सिकाउनु छ भने उसले अमेरिकामा आउनै पर्छ । संसारमा अमेरिका त्यस्तो देश हो, जहाँ साँच्चैको प्रजातन्त्र छ । यहाँ कानुनले दिएको जेसुकै स्वतन्त्रताको पनि निर्भिकतापूर्वक उपयोग गर्न पाइन्छ । कानुनभन्दा बाहिर कसैलाई पनि छुट छैन । त्यसैले अमेरिका विश्वको नम्बर वान हुन सकेको हो ।

अकस्मात, शेखरजी मेरो अगाडि उभिनु भएको देखेँ । मेरो मुखबाट अनायास निस्कियो– शेखरजी । वहाँले पनि राजनजी भन्नुभयो । हामीले इमेलमार्फत लामो समय कुराकानी, बिचारको आदनप्रदान गरे पनि हामी दुईको सशरीर भेटघाट भएको यो पहिलो अवसर थियो । हामीले हात मिलायौँ । छोरी नूरल साथमै आएकी थिइन् । बार्ट चढ्यौँ । बार्ट– त्यहाँको सहरी रेलसेवा रहेछ । आधाघण्टाको सफरपछि क्यालिफोर्नियाको समुद्रमुनीमुनी हुँदै वारिपट्टीको  क्यास्ट्रोभ्याली  पुगियो  । स्टेशनबाहिर मोटर पार्क गरेर शेखरजी बार्टबाट एयरपोर्ट जानुभएको रहेछ । मेरा सामान मोटरमा राखियो र त्यही मोटरमा शेखरजीले घर गइयो ।

ढोकाको घण्टी बजाउनासाथ ढोका खुल्यो । सायद म आउने जानकारी सबैलाई थियो । शेखरजीको श्रीमतीले ढोका खोल्नुभयो । मैले चिनिनँ । काठमाडौँमा साडी लगाएको पहिरनमा एक्कैपल्ट देखेको महिला अमेरिकामा पाइण्टसर्ट लगाउँदा कसरी चिन्ने ? उहाँ को नि ? भनेर मैले सोध्दा हाँसो पनि भयो । श्रीमती प्रतिमा, छोरीहरू  सुमन,  एलिसा  र  नूरल  । शेखरजीको सानो परिवार यही हो । यो परिवारका सबै सदस्यले मेरो हार्दिक स्वागत गरे । घर पुगेजस्तो अनुभव भयो मलाई । दाल, भात, तरकारी र अचार खाइयो । मासु खाऊँ भन्नुभो भाउजुले । मैले खान्न भने  किनभने  मेरो  अन्तस्करणमा भर्जिनियामा बाख्री रोएको रmँदारmँदैको बाख्रीलाई बबले छुरा रोपेर मारेको दृश्य अझै पनि ताजै थियो । मासु देख्यो कि झलझल्ती बाख्री देख्न थालेको थिएँ मैले । अनि मासु कसरी खाने ?

खाना  खाएपछि  दुःख–सुखका, घरपरिवारका,  भर्जिनिया  र  वाशिङ्टन डीसीका  लामो  कुराकानी  ग¥यौँ  । एकदोस्रालाई गुडनाइट भन्यौँ र सुत्यौँ ।

शेखरजी बिहानै गुडमर्निग भन्दै आउनु भयो । हामीले छिटो–छिटो नित्यकर्म सक्यौँ, र घुम्न निस्क्यौँ । शेखरजीले मोटरमा राखेर सान्फ्रान्सिस्को सहरको क्यास्ट्रोभ्याली ३ घण्टा घुमाउनुभयो । अमेरिकी जीवनशैली,  सहरको  बस्ती,  कानुन व्यवस्थाको  निगरानी,  अनुशासित जीवनशैली, घरका बनोट, जनताको माग, आपूर्ति व्यवस्था र बजारको व्यवस्थापन लगायतका यावत कुरा बताउँदै जानभयो र म सुन्दै गएँ । खासगरी अमेरिकीहरू कसैलाई झिंझो नदिने र आफूलाई पनि कसैले डिस्टर्व ग¥यो भने मन नपराउने शान्त प्रकृतिका रहेछन् ।

त्यस दिनदेखि शेखरजीले हरेक दिन विहान चियापछि मलाई सान्फ्रान्सिस्को सहरका वरिपरिका पाखा, पार्क त्यहाँका बस्ती घुमाउने गर्नुभयो । क्यास्टोभ्यालीको डाँडो, काठमाडौँको चन्द्रागिरिजस्तो । त्यहाँ पुगेर चारैतिर हेर्दा साह्रै रमाइलो । समुद्रको हिसाब नगर्ने हो भने ठ्याक्कै काठमाडौँजस्तो ।

सानफ्रान्सिस्कोको हावापानी ठ्याक्कै नेपालको जस्तो । हामी काँठे, पहाडीया, भित्री मधेसीयाका लागि असाध्यै सुहाउने । फरक यत्ति छ, नेपाल प्रकृतिको बरदान देश हो, उपहार देश हो । दैवी बरदान र उपहारको हामीले दुरूपयोग गरिरहेका छौँ । बुध्दको जन्मथलो, सगरमाथाको देशमा अशान्ति छ, अपराध छ, अपहरण छ, त्रासदी छ । कानुनव्यवस्था छैन, समानता छैन, सर्बत्र राजनीतिकरणले गर्दा हामी र हाम्रोपन बिग्रेको छ, बिथोलिएको छ । अमेरिकामा शान्ति छ, सुरक्षा छ, जनतामा सरकार छ, सुरक्षा गर्छ भन्ने अनुभूति छ । नेपालमा मान्छेको मूल्य छैन, यहाँ जीवनलाई मूल्यवान ठानिँदो रहेछ । अपराध यहाँ पनि हुनेरहेछ । खासगरी काला जातिले एकान्तमा भेट्यो भने, अवसर पायो भने लुट्दा रहेछन् । तर काला जातिका केही व्यक्ति  मात्र  अपराधी  मनोवृत्तिका रहेछन् । काला जातिले गरेको सम्मान, तिनको मेहनत, तिनको उत्साह र उत्पादनशीलताबाट अमेरिकालाई प्राप्त भएको जीवन्ततालाई अमेरिकाले भुल्नै नसक्ने रहेछ ।

शेखरजीले मन्दिरको दर्शन गर्न लिएर जानुभयो । मन्दिरमा दक्षिणा चढाउने गजबको प्रविधि देखेँ । भेटी चढायो कि भेटी हाल्ने भाँडो लक हुने । कसैले पनि भेटी हिनामिना गर्ला भनेर शंका गर्नै नपर्ने । दुई जनासँग भएको साँचोले हरेक दिन भेटीदानी खोल्ने र जति भेटी हुन्छ वैंकमा जम्मा गर्न लाने । पूजापाठको तालिका, विशेष आरतीको तालिका, मन्दिर खुल्ने र बन्द हुने समय सबै कम्प्युटरबाट प्रवन्ध मिलाईएको । जता हेरे पनि सफा । मन्दिर जानेलाई तातो ताजा प्रसादको व्यवस्था । जो मन्दिर जान्छ, आफैले मनलागेजति प्रसाद झिकेर खान पाइने । बफेको भोजजस्तो । मैले पनि मज्जाले प्रसाद खाएँ, त्यसदिन बिहानको  खाना  घरमा  खाइएन  । अनिलजीलाई पनि भेटियो । अनिल पाण्डे, एउटा फरासिला मित्र तर राजनीतिक चस्का राख्ने र ठूलो पदमा पुग्न महŒवाकांक्षा पालेका व्यक्ति । नेपालको झन्डा छापिएको टीसर्ट उनलाई मनपर्ने लुगा हो । काठमाडौँमा भेट्दा राजा जिन्दावाद भन्थे, राजाको गुणगान गाएर निकै लेख लेखे पनि ।

एकदिन शेखरजीले अनिलजीलाई फेरि भेट्न लैजानुभयो । अनिलजीलाई मतिर फर्केर कुरा गर्ने फुर्सद नै थिएन । अघिल्लो दिन जुन लल्लरीबिल्लरी थियो, आज पनि अनिलजी त्यही विन्दुमा हुनुहुन्थ्यो । फेरि अनिलजीले भन्नुभयो ः ७ वर्षपछिको मेरो नेपालयात्रा फ्रुटफूल भयो । प्रचण्डले किप इन टच भन्नु भएको छ । मलाई फेरि भेट्न बोलाउँछु भन्ने बचन दिनुभएको छ । म अनिलजीको यो चर्तिकला हेरिरहेँ । अनिलजीले मानौ नेपालमा पहाड फोरेर दूधको नहर निकालेर अमेरिका फर्कनु भएको छ । टेलिफोनबाट सनसनी फैलाइरहनुभयो उहाँले आप्mनो अमेरिकी बिरादरीमा ।

म अनिलजीलाई देखेर जिल्ल परिरहेको थिएँ । मैले ७ वर्ष अघि राष्ट्रवादी युवा भनेर नेपालको झन्डा समातेको फोटो छापेको अनिल पाण्डे यिनै हुन् । कि अर्कै हुन् यिनी ? ७ वर्ष अघिको अनिल पाण्डे देशको कुरा गर्र्थे, माटोको माया गर्थे, नेपालको झन्डा बोक्थे । अहिले अमेरिकामा भेटेको अनिल पाण्डे झन्डा छापिएको भेष्ट लगाएर र झन्डाको फोटो टाँसेको गाडी चढेर स्वार्थपूर्ति गर्ने कुरा गर्छन् । पुतलीसडकमा राष्ट्रवादी मिलन केन्द्र खोलेर राजाको भजन गाएर नथाक्ने अनिल पाण्डे आज प्रचण्डको प्रशस्ती गाएर अमेरिकाभरि प्रचण्डको हरिकीर्तन फैलाईरहेका छन् । यो कस्तो चेतनशील नेपाली चरित्र हो ? यो नेपाली चरित्रबाट आज पनि म बडो द्विविधि र अलमलमा परेको छु । सायद नेपालीका लागि अमेरिका मीठो सपना देख्ने ठाउँ हो जस्तो लाग्यो मलाई ।

घर फर्कने क्रममा शेखरजीले फेरि सुपर मार्केट, तरकारी बजार, सडक यातायात, ट्राफिक व्यवस्थापन, डाउनटाउन घुमाउनु भयो । घुमाउने क्रममा सोनाटा, नापा भ्याली पनि लैजानुभयो । आँखाले भ्याइनभ्याई देखिने नाङ्गो पाखा, साना–साना थुम्काजस्ता पहाडभरि अङ्गूरको खेती । भूमिगत वाइन कारखाना, कति हो कति ? पर्यटकहरू वाईन चाख्न हूलका हूल जाने रहेछन् । कृषि क्रान्तिको यस्तो रूप मैले जीवनमा कतै देखेको थिइनँ । स्पेश म्युजियम पनि हेरियो । प्रत्येक घरमा सडक सम्पर्क । सायद अमेरिकी विकासको रहस्य सडक सञ्जाल हुनुपर्छ । त्यसमा विधि व्यवस्थापन र सुरक्षाको प्रत्याभूति गरिदिएपछि लोककल्याणकारी राज्य र प्रजातन्त्र मजबुत नहुने सवालै भएन ।

नापा भ्यालीबाट फर्कंदा ध्रुव श्रेष्ठजीले खाना खान बाटैमा रोक्नुभयो । दाजुभाइ दुवैका परिवार, बडो मीठो प्रेम, मीठो नेपाली खाना, जिब्रोमै झुण्डियो । अर्को दिन मन्दिरको सभाहलमा शोकसभा रहेछ । त्यहाँ पुगेपछि थाहा भयो ः अमेरिका पुगेका रत्नजी आमाबाबु नेपालमा बित्नुभएछ ।

यहीँ भेट भयो ः नारायण घिमिरे । पेशाले उनी वकिल रहेछन् । शेखरजीले मेरो परिचय गराइदिनुभयो । उनी तत्कालै पड्किए ः नेपालका पत्रकार पीत पत्रकारिता गर्छन् । म वाल्ल परेँ । पहिलो भेटमै बम ब्लास्ट ? पछि धेरैसँग बुझ्दा थाहा भयो ः जो नेपाली छोटो अवधिको भिसामा अमेरिका छिर्छन्, उनीहरूलाई असाइलम गराइदिन्छु भनेर सुरुमै १५ सय डलर झार्ने रहेछन् नारायणजी । पछि प्रसादको रूपमा झार्दै जाने उनको पेसा रहेछ । एक जना नेपालीले उनको यो चरित्र वेभसाइटमा राखिदिएपछि उनी पत्रकार देख्यो कि रिसाउने गर्दारहेछन् । पत्रकार भूत बनेर उनको दिमागी दीर्घ रोग बनिसकेको रहेछ ।

नेपालीसँग भलाकुसारी गर्दागर्दै भेट भयो भक्त थापासँग । राप्रपाका काठमाडौँ जिल्ला नेता विक्रम थापाका भतिज रहेछन् उनी । भक्तजी चाहिँ नेपाली कांग्रेसका कार्यकर्ता परेछन् । उनले तुरुन्तै मलाई भोलीको खाना खान निम्त्याउनु भयो । सिध्दान्तले जो जतातिर आस्था राखुन्, भक्तजी बडो मिजासका व्यक्ति रहेछन् । उनी मेनेजर रहेछन् मोटल ६ का । बडो रमाइलो भयो, उनका साथीहरूसँग भेटेर । उनले नै सानफ्रान्सिस्कोमा हिलटन र बर्कले गरी दुई काङ्ग्रेसी समूह भएको खुलासा गरिदिए । भक्त थापाले झर्रो शब्दमै भनिदिए ः हो, काङ्ग्रेसीले जे गर्छ, काङ्ग्रेसीकरण गरेर गर्छ ।

शेखरजीले काम छोड्न नमिल्ने दिनरहेछ । उहाँले मलाई घुमाउन अनिल पाण्डेजीलाई आग्रह गर्नुभयो । अनिलजीले हुन्छ भन्नुभयो र ३ घण्टा घरमा कुराएर बल्ल लिन आउनुभयो । उहाँले पहिले घरमा लगेर राख्नुभयो, त्यसपछि उहाँको काम गर्ने रेष्टुरामा लगेर आराम गराउनु भयो अनि साँझ शेखरजीको घरमा लगेर छोडिदिनुभयो । अनिलजीले पिलाएको ३ कप कफीमा त्यो दिन बित्यो । मैले ठानेँ अमेरिकामा मेरो एक दिन खेर गयो । अर्को दिन अनिलजीले सान्फ्रान्सिस्कोको पर्यटकीय क्षेत्रहरू घुमाउन लाने कुरा गर्नुभयो । उहाँकी धर्मपत्नी रिना र उहाँका (सायद दाजु) सज्जन पाण्डे पनि तयार हुनुभयो । गोल्डन ब्रिज, घुम्ती, भन्ज्याङ, बे एरिया सबै घुम्यौँ । सबै ठाउँमा सज्जनले साथ दिनुभयो, अनिल दम्पत्ति मोटरबाट पनि ओर्लनु भएन । खिचेका फोटो सज्जनजीले नै साँझ सीडीमा हालेर दिनुभयो । सज्जनजी साह्रै कम बोल्नु हुँदोरहेछ । उहाँ जापान, सिङ्गापुरतिर ठक्कर खाएर अमेरिका छिर्नु भएको थाहा पाएँ । मैले अनुभव गरेसम्म सज्जनजीको मनमा ठूलै आँधीबेहरी छ । उहाँ त्यो पीडा लुकाउन चाहनुहुन्छ । हुन पनि उमेर ढल्केपछि पनि उहाँ जीवनसँग सङ्घर्ष गरेर थाक्नुभएको छैन । सबै परिवार नेपालमा, आफू एक्लो अमेरिकाको व्यस्ततासँग जुध्नु सज्जनजीका लागि पहाडसँग सिँगौरी खेल्नुभन्दा गाह्रो हुनुपर्छ भन्ने मेरो ठम्याइ छ ।

साँझ अनिलजीको घरमा चिया खादै थियौँ, अनिलजीका छोरा र छोरी मेल्भिन र मनसूनसँग कुराकानी भयो । फूलका कोपिलाजस्ता रहेछन् दुवै । छोरी मनसून उच्चशिक्षा पढ्न आमाबाको घर छोडेर अर्कै सहरमा एक्लै जान चाहँदी रहिछिन् । किन भनेर सोध्दा स्वाभिमान विकासको लागि भनिन् । उनले नेपाल नफर्कने कुरा गरिन् । केही दिन घुम्न चाहिँ जाने, बस्ने गरी नेपाल नफर्कने उनले निधो गरिसकेकी रहिछिन् । मैले केही भनिन, तर मेरो मनमा च्वास्स घोच्यो । अमेरिकी संस्कारमा घुलमिल भएपछि नेपाली मानसिकतामा कसरी परिवर्तन आउने रहेछ, म जिल्ल परेँ ।

शेखरजीलाई कामबाट २ बजेपछि मात्र फुर्सद हुनेभयो । २ बजेसम्मका लागि क्यास्टोभ्यालीमै बस्ने चन्द्र धितालजीलाई चिनाइदिनुभयो । बडो फरासिला रहेछन् चन्द्र धिताल । चितवनका मानिस त्यसै पनि पुख्खली नै हुन्छन् । भर्खरका युवा, श्रीमती र छोराछोरीका साथमा रेडउड सिटीमा बस्दा रहेछन् चन्द्र धिताल । पोहरसाल आमालाई घुमाएर पठाउनुभएछ, आउँदोसाल बाबालाई अमेरिका घुमाउने उनको धोको रहेछ । यो परिवार पनि डीभी परेर अमेरिकामा नयाँ बासमा बसेका रहेछन् । चिया खाईसकेपछि उहाँले न्यूयोर्कमा रहनु भएका डा.लक्ष्मणराज पोखरेललगायतका धेरैसँग टेलिफोन कुरा गराउनु भयो । अत्यन्त खुसी भएर चन्द्रजीले मलाई सान्फ्रान्सिस्को सहरका मुख्य बजार घुमाउने प्रस्ताव गर्नुभयो । मैले हुन्छ भने ।

हामी घरबाट निस्क्यौँ । बार्ट (रेल) स्टेशनमा पुग्यौँ । १८ डलरको दुई थान टिकट किनेर हामी बार्ट चढ्यौँ । आधाघण्टाको यात्रा गरिनसक्दै चन्द्रजीलाई फोन आयो । चन्द्रजीले मसँग एकजना दाजु पनि हुनुहुन्छ भन्नुभयो । कुरा सकिएपछि चन्द्रजीले मलाई भन्नुभयो– दाजु नेपाली दाजुभाइले तिहार मान्न बोलाएका छन्, जाने कि ? मैले हुन्छ भने । अघिल्लो स्टेशनमा हामी उत्रियौँ । बाहिर निस्कनासाथ कारबाट एउटा लामो लामो कपाल पालेको गोरेले हात हल्लाउँदै थियो । चन्द्रजीले बसौँ भन्नुभयो, म पछाडि सिटमा बसें । नमस्ते है दाजु, मोटर चलाउँदै त्यो गोरेले भन्यो । उ त नेपाली पो रहेछ । म आश्चर्यमा परेँ । नमस्कार फर्काएँ । मिनटभरमै उनको घरमा पुगियो । भित्र कोठामा म्यारिज खेलको खाल रहेछ । सबैसँग परिचय भयो । एक जना भुटानी, दुई जना काठमाडौँका नेवार समुदायका, चन्द्रजी र ती गोरे नेपाली । परिचयको आदानप्रदान गर्दा नै उनले मलाई बियरबाट स्वागत गर्दै भने मेरो नाम लडखडानन्द त्यागी । म अवाक परेँ । यो कस्तो नाम हो ? सोच्दै म अल्कोहल लिन्नँ भने, उनले मलाई जुसले स्वागत गरे । त्यागी त सांसारिक कुरा त्यागेका बाबाले राख्ने नाम होइन र ? मैले सोधिहालेँ । मलाई जुन बेला पनि पिइरहनुपर्छ । पिएपछि खुट्टा लड्खडाउँछ । त्यसैले मेरो नाम लडखडानन्द त्यागी राखेको । त्यसो त बाआमाले मलाई सन्तोष भन्नुहुन्छ, उनले हाँसेरै जवाफ दिए ।

कार्की सर, मेरो घर घट्टेकुलोचोककै अगाडि छ । बियर तान्दै त्यागीले भने, म वर्षैपिच्छे नेपाल जान्छु । एक महिना बस्छु । यता गयो, उता गयो, पियो, लड्खडायो, एक महिना त्यसै सकिन्छ, यतै फर्किन्छु । मैले बाआमालाई भनिदिएको छु, मेरो चिन्ता नगर्नु । मेरो चिन्ता गर्दा यता म दुःखी, उता बाआमा दुःखी । मनमात्र दुःख्छ । माया भनेकै दुःख हो ।

बडो दार्शनिक पाराले उनले भने, मैले साथीभाइलाई पनि भनिदिएको छु, म मरेँ भने नरुनु । कन्टेनरमा फालिदिनु अथवा कसैलाई लाशको खाँचो छ भने दिए हुन्छ । बियर पार्टी गरेर पिउनु, रमाइलो गर्नु । मेरो आत्माले शान्ति पाउँछ । उनले अर्को क्यान बियर पिउँदै भने ः बाचुन्जेल रमाएर बाँच्नुपर्छ भन्ने मेरो मान्यता हो ।

उनको डेरामा नेपालीहरूको रोजै जमघट हुनेरहेछ । खासगरी एयरपोर्टमा टैक्सी चलाउने रहेछन् जमघटका सदस्यहरू । लञ्चटाइमपछि म्यारिजमा जुट्दा रहेछन् । कति नेपालीले त अमेरिकी ठिटीसँग विवाह गरेर पारपाचुके पनि गरिसकेका भेटिए । अमेरिकामा मन मिलुन्जेल दाम्पत्य जीवन, सानो कुरामा खटपट भयो कि पारपाचुके भइहाल्दो रहेछ ।

एक्कासि म्यारिजको खालबाट त्यागीजीले घोषणा गर्नुभयो ः कार्कीजीको सम्मानमा आज चुच्चे खसी काट्नुप¥यो । जुस पिएर टीभीमा हिन्दी सिनेमा हेरिरहेको म ट्वाल्ल परेँ । मनमनै सोचेँ, भर्जिनियामा एउटा मित्रले पोलेको खसी ख्वाउने इच्छा गर्दा बाख्रीको ज्यान गयो । बाख्री सम्झेर म भित्रभित्रै तर्सिएँ । मैले भनिहालेँ ः त्यागीजी मेरा लागि दुःख नगर्नोस् । उनले भने ः कार्कीजीलाई आज चुच्चे खसी ख्वाउने ख्वाउने ।

खालबाटै चन्द्रजीले भनिहाले ः कार्कीजीलाई भोक लाग्यो होला । त्यागीजीले खेल्दाखेल्दैको तास राखेर जुरुक्क उठ्नुभयो र अगाडिको किचेनबाट भात, दाल, च्याउको तरकारी र साँधेको गुन्द्रुक हालेर दिनुभयो । मेरो अगाडि जुसको बोतल राखिदिनुभयो । मैले पकापक खाएँ र कागजको प्लेट (ट्र्यास) डस्टबिनमा हालिदिएँ । अब चुच्चे खशी खानु परेन भनेर म आश्वस्त भएँ । त्यति नै बेला अर्का दुई नेपाली पनि खालमा आइपुगे । म्यारिजको खाल मोवाईलजस्तो रहेछ । खेल्ने खेलिरहेछन्, जाने गइरहेछन्, आउने आइरहेछन् । नखेल्ने बियर पियर झुलिरहेका छन् । बडो मजा, बाह्र मज्जा रहेछ, नेपालीको अमेरिकी जीवनशैली । कोही–कोही घरबाट फोन गर्दा काममा छु भनेर ढाँट्दा पनि रहेछन् । चन्द्रजीले घरमा फोन गरेर आज तिहार मनाउँछु, अबेर आउँछु भन्नुभयो ।

नेपाली भाइहरू बियर दन्काउँदै थिए, म जूस तन्काउँदै थिएँ । त्यतिनै बेला शेखरजीको फोन आयो । चन्द्रजीले त्यहाँ आइपुगेका अर्का नेपालीको साथ लगाएर शेखरजीलाई भेटाइदिन पठाइदिने भए । मेरो मनमा चुच्चे खसी भनेको के हो भन्ने खुल्दुली मेटिएको थिएन । उठ्दा उठ्दै मैले सबैलाई नमस्कार गरेँ, सन्तोषजी उठेर मसँग हात मिलाउँदै बाँचिएछ भने पछि भेट होला नि कार्कीजी भनेर आत्मीयता दर्शाउनुभयो । मैले यही मौकामा सोधिहालेँ ः त्यागीजी चुच्चे खसी भनेको के हो ? सबै गलल्ल हाँसे । सन्तोषजीले हाँसेर भन्नुभयो– काठमाडौँमा धरानको कालो सुँगुर फेमस छ, यहाँ चुच्चे खसी । उस्तै उस्तै हो । त्यसपछि त्यहाँबाट हिँडियो । बाटोमा शेखरजीलाई  भेट  भयो  ।  रातीसम्म शेखरजीले मलाई बिभिन्न ठाउँथलो घुमाउँदै घर लैजानु भयो ।

अर्को दिन शेखरजीले परिवारका साथ मलाई समुद्री सयर गर्न लैजानु भयो । फर्कदा गलत पानी जहाजमा चढिएछ, अर्कै ठाउमा पुगियो । जहाजका कर्मचारीलाई गल्ती भयो भनेपछि उनले नआत्तिन अनुरोध गरे अनि वाकीटकीबाट कुरा गर्दै फर्काएर पुरानै स्टेशनमा पु¥याइदिए । हामी चढ्ने पानी जहाजका कर्मचारी नेपाल आइसकेका व्यक्ति रहेछन् । उनले मलाई हेर्नु पर्दैन भनेर हाँसे । उनी हामीलाई नै फर्काउन कुरिरहेका रहेछन् । यसरी हामी समुद्रको सयर सकेर अबेर राती घर फर्कियौँ ।

नेपाल फर्कने दिन आयो । मैले सबैलाई हार्दिक धन्यवाद दिएर शेखरजीको पछि लागेँ । शेखरजीले मलाई एयरपोर्टसम्म पु¥याउन जानुभयो । यसरी म जीवनमा आफ्नै आँखाले अमेरिका हेर्ने धोको पूरा गरेर भर्जिन एटलान्टिकको जहाज चढेर लन्डन हुँदै नेपालतिर लागेँ ।

आज पनि मेरो मनमा नेपालीहरू किन अमेरिका जान मरिहत्ते गर्छन् ? जो अमेरिका पुग्छन्, उनीहरू किन नेपाल फर्कंदैनन् ? जो नेपाली नेपालमा काम गर्दैनन्, अमेरिकामा कडा परिश्रम गर्छन् र नियमबद्ध जीवन गुजार्छन् ? जो नेपालमा असभ्य छन्, अमेरिका पुग्नासाथ किन सभ्य हुन्छन् ? भन्ने प्रश्नका छालहरू छन् । जो उर्लिरहेका छन् ।

कसलाई जिम्मेवार ठानौँ ः हाम्रो संस्कारलाई, हाम्रो राजनीतिलाई, हाम्रो प्रशासनलाई ? हाम्रो समाजका ठेकेदारलाई ? सम्पूर्ण बिकृति र सामन्तवादको जरो ठानिएको राजतन्त्र फालिए पनि फाल्नेहरू पनि उही टुकुचाझैँ गनाउन थालेपछि, यतिखेर म निरास अनुभूत गरिरहेछु । नेपाली राजनीतिमा देश निर्माण गर्ने इच्छाशक्ति जागोस् भन्ने प्रतीक्षामा छु ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments