साहित्यमा सूत्र–लेखनप्रणाली साह्रै कठिन मानिन्छ । वेद, उपनिषद्, एवं संस्कृत व्याकरणका केही नियमहरू सूत्र–सूक्तढङ्गबाट लेखिएका छन् । यस दुरुहताको कारणले होला नेपाली साहित्यिक शब्दपथमा सूत्रात्मक लेखनको अनुयायी स्रष्टा अंगुलगण्य रहन गएको सर्वविदित छ । वस्तुतः सूत्रलेखनपद्धति दुरुह–दुर्बोध भए तापनि नेपाली साहित्य लेखनमा साधनारतः चिरपरिचित स्रष्टा श्री कात्यायन (धन्वन्तरी मिश्र) यस चम्किलो डगरमा निरन्तर प्रभावशील भएर लागिपरेका छन् । श्री कात्यायनको बहुचर्चित उपन्यास ‘कोमामा आमा’ सूत्रात्मक शैलीको आलो नमूना हो । यस सूत्र–उपन्यासमा लेखकले गम्भीर प्राच्य प्रणालीलाई मौलिक ढङ्गबाट विचाराभिव्यक्ति दिई आफ्नो नैपुण्य प्रदर्शन गरेका छन् ।

आर्ष साहित्यमा झैँ अर्वाचीन साहित्यमा सूत्र–साहित्यको कुनै सुविस्तृत मैदानको विकास भइनसकेको अवस्था छ । कुनै विधागत प्रारूप गाह्रो हुन्छ भन्दैमा अध्ययन नगरी त्यसमा पहल नगर्नु शिक्षाजनित भाषा होइन । सरल, सहज, सुलभ, आदि सरलीकृत कुराहरूमा मात्र पथगति दिने हो भने धेरै पढ्नु किन प¥यो र । पशुपंक्षीहरूले पनि त भाव–प्रेषण आफ्नै किसिमले गरेकै हुन्छन् । “खरच पठलत बचत नतर भक भक मरल” जस्तो अकिञ्चन सम्प्रेषणले पनि काम चलाउ झारा टार्न नसकेको होइन । तर शब्दाक्षरको प्रभावकारीता भनेको मानव सभ्यताको उच्चतम् शिखर हो । “अमन्त्रम् अक्षरं नास्ति, नास्ति मूलमौषधम् । अयोग्य पुरुष नास्ति, योजक अस्त्र दुर्लभः ।।”

सूत्रलेखनविधि अधिकाधिक कुरालाई कम शब्दद्वारा सञ्चार गर्न सकिने अर्थात् सीमित नियम–सूत्रका आधारमा असीमित वाक्य बोध र शब्द निर्माण गर्न सकिने पूर्वीय प्राच्यपद्धति भएको बुझिन्छ । “अल्पाक्षरमसन्दिग्ध सारवदविश्वतो मुखम् । अस्तो भनवद्यञ्च सूत्रंसूत्राविदो विदः (अर्थात् धेरै कम अक्षर हुन्छन् तर संशयविहीन हुन्छन् । चारैतर्फको अर्थका सार दोहोरिने र अपुग रहेको हुँदैन । नित्य नवीन जस्तो लाग्ने भाव बान्कीलाई नै सूत्रज्ञहरू सूत्र–ज्ञान भन्दछन् ।) कुनै बेला धेरै कुराले थोरै देखाएको हुन्छ भने थोरै कुराले धेरै दर्शाएको हुन्छ ।

पौरस्त्य जगतको अतीत गौरवनिधि मानिएको सूत्र–सूक्तको श्रीगणेश प्रथम वेदर्षि पृथु वैन्य (प्रथम वेद मन्त्र द«ष्टा जसको नामबाट पृथ्वी नामाकरण भएको हो) बाटै भएको थियो । पूर्ववर्ती महर्षि एवं आचार्यहरूको पदचिन्ह अनुसरण गर्दै पाणिनि, यास्क कात्यायन, पतञ्जली, भर्तृहरि वराह मिदिर, आदि थुप्रै विद्वान् ऋषिमुनिहरूले यसमा योगदान पु¥याएको पाउँदछौँ ।

चिरसाधना एवं चिर प्रयत्न फलस्वरूप प्राप्त उत्कृष्ट पौरस्त्य सूत्रलेखनविधि चिरकालतक मानव सभ्यतामाझ विद्यमान छ । सूत्रविधागत प्रस्तुति पूर्वीय शास्त्रीय सैद्धान्तिक परम्परालाई आत्मसात् गरी लेखिने वैज्ञानिक लेखनीय विधान मानिएको छ । वैयाकरण पिता पाणिनिको व्याकरण अष्टाध्यायीको नामले प्रशिद्ध ग्रन्थमा चार हजार श्लोकहरू सूत्रवद्ध रूपमा सूत्रित छन् । ती सूत्र–सूक्तहरू पढेर विपुल शब्द राशि र साथसाथै स्मृतिमा चिरस्मरण अङ्कन गर्न सकिने विशेषता भएको बुझिन्छ । गुरुकुलीय शिक्षा प्रणालीमा शिक्षार्थीहरू सूत्रात्मक विधिद्वारा आफ्नो सन्था (पाठ) नविराइकनै कण्ठस्थ पार्नसक्दथे । ती स्नातकहरू तत्तत् विषयमा यसैको फलस्वरूप प्रखर, पोख्त, पारङ्गत एवं प्रकाण्ड भएर आ–आफ्नो कर्मक्षेत्रमा होमिन्थे । यसमा खास गरी शब्दाक्षर, विम्ब, वाणी, अनुभव र अनुभूतिमार्फत भाव प्रक्षेपण हुने स्पष्ट जनाउँदछ । अझ प्रष्टरूपमा भन्ने हो भने सूत्रकारले व्याकरणीय अनुशासनमा बसेर मूल आधारभूत रूपमा शब्द वाक्य सङ्केत प्रेषण गर्न सक्नु यसको मूल विशेषता भएको मानिएको छ । सूत्र साहित्य लेखन हाम्रा पुर्खाको चिरसञ्चित सम्पदा हो । यस्तो गहन विषयको उन्नयनमा समुचित तवरले संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धन ९क्गउउयचत ायच उचभकभचखबतष्यल, उचयतभअतष्यल ७ मभखभयिऊभलत० हुनुपर्छ भन्नु प्रसङ्ग वाह्य नहोला ।

स्रष्टाले राम्रो सृजना लेखेर मात्र पुग्दैन । अधिकाधिक पाठक–लेखकहरूमाझ सृजना पुग्नुपर्दछ । पढ्नेले पढेर प्रतिकृया अर्थात् देखाइदिनु पनि प¥यो । इजारभित्रको फूल बुट्टा जति सुन्दर भए पनि कसले देख्छ र ? लेखनको विशिष्टता भनेको यसको लोकप्रियता र स्वस्थ प्रतिस्पर्धा हो । सूत्र–उपन्यास जस्तो सघन–गहन विधामा गुरुगम्भीर रूपमा व्याख्यात्मक समीक्षा दिन सक्ने म कुनै आङ्रग्रीग्राही अध्येता कदापि होइन । बरु आफ्नो वैयक्तिक उन्मुक्त अनुभूतिको धरातलमा थोरै कलम चलाउन रहर गर्ने पल्लवग्राही लेखक हुँ । सूत्र लेखनका प्रखर अनुगत शिष्य श्री कात्यायनकृत सूत्र उपन्यास “कोमामा आमा” मा समीक्षक सूत्रधार बनी दुःसाहस गर्ने जमर्को गर्दा म एकदम पुलकित भएको छु । यो शल्यकर्म मेरो लागि प्रेयशीको प्रथमालिङ्गनक्षण झैँ रोमाञ्चकारी अनुभव भइरहेको म स्वीकार गर्दछु ।

वरिष्ठ कविराज स्व. श्री कृष्ण कहादुर सिंह मिश्र तथा स्व. श्रीमती करुणा मिश्रका सुपुत्र र वरिष्ठ साहित्यकार श्री कणाद महर्षिका भ्राता श्री धन्वन्तरी मिश्र (कात्यायन) नेपाली साहित्यिक धरातलमा नौलो नाउँ होइन । साहित्यका विविध आयामहरूमा कलम दौडाइसकेका लेखकको यो  उपन्यास  ९५  पृष्ठभित्र  ५५ सहशीर्षकहरूमा विभक्त सुसूत्रित रचना हो । सूत्रात्मक रूपको कलेवरमा अलङ्कृत यो पुस्तक पढ्दा कतै कतै नवशास्त्रीयताको प्राचुर्य कही स्वच्छन्दवादको मिठासपूर्ण आलोडन त कहीँ कतै नवअस्तित्ववादको सुवासुयुक्त आश्वादन अनुभूत हन्छ । भाषामा सन्तुलित सामन्जस्यता साथै अमूर्त मन–भावलाई मूर्तरूपले कौतूहलगत विम्ब धरातलमा प्रसङ्ग पस्केर पाठकलाई गहनतम् अर्थबोधमा गुम्फित गरेका छन् सूत्रकार लेखकले । मानवीय स्वभावको अन्तर्य केलाउन सिद्धहस्त यी सूत्र–स्रष्टा यस उपन्यासमा पाठकलाई सुरुदेखि अन्तसम्म डो¥याउन निकै सफल भएका छन् । उपन्यास पढ्दा एकाम्य निरसता, बोझिलो व्याख्यान एवं विवेचनाको गन्ध–सङ्केत अनि कल्पित अतिरञ्जनायुक्त मिथ्यायुक्ति र अतिभावुकतापूर्ण उद्गार कतै पाइदैन । बरु प्रायः प्रसङ्ग अर्थगाम्भीर्य, शैलीगत नैपुण्यताको प्राचुर्य र मौलिक प्रस्तुतिको बाहुल्य पाउन सकिन्छ । यस्तै प्रकारले उपन्यास गद्यात्मक लयतत्वको सौन्दर्यता र सघन विचार प्रवाहमा उनिएर शब्द जन्जालरहित सारको बाहुल्यतामा सलल बगेको महसुस गर्न सकिन्छ ।

यस सूत्र–उपन्यासभित्र आफैलाई आफ्नो अनुभूतिमा ९क्भाि बदकतचबअत० लेखक यसरी प्रष्ट्याउँछन्, “म धन्वन्तरी मिश्र । धेरै सुन्छु । हो । होइन मुन्टो मात्र हल्लाउछु…खै कसरी जन्मियो यो धुन्धकारी ‘कात्यायन’…. छायाँले अन्धकारमा त छाड्छ होला । तर उसले कहीं कतै छाड्दैन–छाड्दैन ।” यसमा धन्वन्तरि मिश्रभित्रको लेखकीय “कात्यायन” ले आफ्नो स्पष्टोक्ति दिएको सङ्केत मिल्छ ।…“अन्धकारमा पनि साथ नछोड्नेलाई मैले पनि कहाँ छोड्न मिल्ला र ।” लेखन लेखकको लागि जस्तो परिस्थितिमा पनि छोड्न नसकिने अम्मल भइसकेको सङ्केतार्थ छ यहाँ ।

साहित्यकार आफ्नो देश समकाल खण्डको भोक्ता, प्रयोक्ता, प्रवक्ता, सचेतक र प्रतिनिधिपात्र पनि हो । उसको सृजनामा तत्कालिक विषयप्रसङ्गचर्चा, परिस्थिति, सभ्यता, संस्कृति, इत्यादि कुराहरूको जीवन्त प्रतिविम्ब भएको हुन्छ । यसैको फलस्वरूप पिँढी दर पिढी ज्ञान हस्तान्तरण हुँदै गएको स्पष्ट रूपमा जगजाहेर छ । यस धर्तीमा पाइला टेक्दा अर्थात् लेखक जन्मदा वरिपरिको अवस्थाको सटीक अड्कल उनको यस्तो छ, “मलाई जन्म दिँदा मेरी आमा कोमामा परेकी हुनुपर्छ, प्रसव पीडाले मुर्छित भएको हुनुपर्दछ । फूलले वास्ना हराएको हुनुपर्छ । मृत्यु अचेत भएको हुनुपर्छ । … । कुखुराहरूले पनि बिहानीको डाक फुक्न बिर्सेको हुनुपर्छ… । विपना … सपना युवायुवती गाउँवस्ती सहर… कोमामा ।” हो यस्तै माहोल थियो देशको । जुन कालखण्डमा लेखकको जन्म भएको थियो लोकतन्त्र–प्रजातन्त्र हरण भएको द्वितीय वर्षप्रवेशमा देश कोमाग्रस्त स्थितिमा स्थिर एवं मूर्छित थियो । निरंकुश राजतन्त्रद्वारा लादिएको पञ्चायती तानाशाही शासन व्यवस्थामार्फत निर्दलीय शाही सिक्रीमा देश र जनता कैद थिए । लेखकको यस्तो किसिमको विम्बात्मक साथै प्रतिक्रियात्मक चित्रणले त्यस समयकालको त्रासदिपूर्ण झझल्को आँखा वरिपरि नाच्न थाल्दछ ।

अर्को प्रसङ्गको एउटा अंशमा उपन्यास बोल्छ यसरी “त्यहाँ अपराधीले प्रहरीलाई सलाम गर्थे, यहाँ प्रहरीले अपराधीलाई ।” फेरि अर्को ठाउँमा आक्रोश पोखिन्छ, “तिनीहरू गौरवका लागि काम गर्थे, यिनीहरू मामका लागि काम” वर्तमान परिवेशको विडम्बनाबोध स्थिति एवं हृदयविदारक यथार्थलाई धारिलो व्यंग्य ९क्जबचउ क्ष्चयलथ० द्वारा प्रहार गरिएको छ । हामी सबैले भोगेका भोगाइहरूको यो सूत्रात्मक विम्ब हो ।

त्यस्तै प्रकारले आजको कहाली लाग्दो सामाजिक वातावरण उपन्यासमा यसरी प्रतिविम्बन भएको छ, “सोचिरहेछु नाम फेरौँ ? रूप फेरौँ ? नीति फेरौँ ? समाज फेरौँ ? वा देश नै फेरौँ ?” सबै कुराहरू प्रश्नवाचक रूपमा गएको छ तर उपरोक्त स्थितिमा उत्तर अन्योलमा घुमिरहेको भान हुन्छ । यसै गरेर जीवनका विसङ्गतिमा विमति, मानवीय स्वभाव, सङ्घर्ष साथसाथै विद्रुपता एवं कुण्ठा आदि विकृतिहरू उपन्यासमा यसरी दौडिरहेको विदित हुन्छ, “ऊ फोहरमै जन्म्यो, हुक्र्यो, बढ्यो । फोहरी खेलमै पारङ्गत भयो, फोहरी शिक्षामा डिग्री पनि हासिल ग¥यो, ऊ यति फोहरी थियो कि, उसलाई देखेर फोहर घृणाले नाक थुन्थ्यो ।”

“सपनाहरू देख्ने गर्नुहोस् । छाना छाउने पराल छैन । आकाश नै सपनामय बनाउनुपर्छ । कनिका छैन । सपना रोप्ने बानी बसाल्नुपर्छ । नाङ्गै छौ । सपना नै ओढ्नुपर्छ । चक छैन । सपनाले लेख्नुपर्छ… । मैला धस्राहरू सही ठान्छन् र त्यही सपना देख्न सुतेकाहरूमाथि बुटका नयाँ सम्वाद निकाल्दै अगाडि बढ्छन् ।” उपभोक्तावादी समाजजनित पतोन्मुख जीवनशैलीको टड्कारो परावर्तन हो यो उद्गार । जीवन यान्त्रिक भय अर्थात् त्रासदीमा पौडिरहेको छ कतै “माइक फुक्छ –पालो पर्ख । रसिद काट । हिजो फुक्यो – पालो पर्ख –पालो पर्ख । आज नि फुकिरहेछ पालो पर्ख – पालो पर्ख । ” “उसले झ्यालबाहिर नियाल्यो केही देखेन । केही सुनेन । बोल्न खोज्यो, बोल्न सकेन । कोही बोलेनन् ।” जीवनको दयनियताभित्र तिरोहित रिक्तता, तिक्तता, क्षुधा, क्षोभ, कृपणता, इत्यादिलाई लेखकले कतै दिक्दारीको चिडचिडापन ९ऋथलष्अब िmययम० मा त कहीँ बक्रोक्तिमय व्यङ्ग्यमा व्यक्त गर्दछन् ।

“माइक–माइक  युद्ध  गरिरहेका थिए.. । जन्ती–भतेरका माइहरूले त्रास । चुनावका माइकहरूको त्रास ।… गणतन्त्र दिवसदेखि… अभिभावक, मिलन, पर्वपूजा… विरोधसभा सम्म ।”

“वादलले आकाश ढाकिएको थियो, वर्षादले इन्द्रणी हराइरहेको थियो, चट्याङ्गले मयुर मरिसकेको थियो । त्यसपछि उसले कहिले सजीव चित्र बनाउने आँट गरेनँ ।”

“देख्नु भएन देश कोमामा छ भनेर । सक्नुहुन्छ भने चुप लाग्नुहोस्, जसरी म लागिरहेछु ।”

जीवनमा दुःख–पीडा, क्षुधा, सङ्घर्ष, तृष्णा, भय, क्रोध, लोभ, मोह आदि विकारहरू प्रचुर छन् । तर पनि जीवन अति सुन्दर छ । यसर्थ, लेखकले आफ्नै मोदनमा सुनौला आशाका किरणहरू सशक्त अक्षरह्रूमा उतारेका छन्, “धाम पानी तिम्रै अङ्गहरूले अनुभूत गर्नुपर्नेछ । तिम्रै मस्तिष्कले आँगनको गहिराइलाई नाप्नुपर्नेछ । अनि तिम्रै हृदयले खुला गगनको सुन्दरता पहिलाउनु पर्नेछ । यसरी जीवनका श्वेतश्याम पाटा ९द्यबिअप ७ ध्जष्तभ म्ष्mभलकष्यलक० हरूको अनेकौँ रङ्गरोगनलाई आशावादी तवरले ९इउतष्mष्कतष्अ ँयिध० प्रस्तुत गर्न लेखक चुकेका छैनन् । शब्द–वाक्यमा निहित भाव र प्रस्तुति सजीवपूर्ण गतिमा कुँदेका छन् ।

सूत्र–सूक्तको साँचोमा ढालिएको यस आख्यानीकरण रचना रसास्वादन गर्नु त्यति सहज छैन । यसर्थमा गम्भीर पाठक एवं लेखकका लागि यो एउटा गहकिलो अनुशंसाको रूपमा सदा चिरस्मरणमा रहनेछ । निश्चय नै सुन्दर, सारगर्भित र अर्थपूर्ण  रचनाको  वियोग  अर्थात् पढिसकेपछिको मनस्थिति पाठकलाई कष्टसाध्य हुन्छ । यसै कारणले राम्रो लेखक उसको छोटो क्षणस्थायी जीवनकालमा आफ्नो कीर्तिमा बाँचिरहेको हुन्छ । आर्षसाहित्यको गर्भबाट निःसृत सूत्रलेखन जस्तो विशिष्ट वक्रमार्गमा उद्यत श्री कात्यायन यस प्रकारको जागरुकता र निरन्तरताको लागि प्रसंशनीय सद्पात्र हुनुहुन्छ भन्नु अतिशयोक्ति नहोला । दार्शनिकीकरणको धरातलमा उभिएको र सुरुचिपूर्ण तवरले गुथिएकोे यो सूत्र–उपन्यास सर्वतोभावेन सफल छ । ज्ञानहस्तान्तरणको यो विशेष शब्दपथमा लेखकको अनवरत उत्साहित पाइलाहरू अझै तीव्रतम गति एवं यो कृति चिरस्मृत भएर जाने शुभकामना सहित म उनको सूत्र–उपन्यास ‘कोमामा आमा’ को सशक्त चक्रव्यूहबाट बाहिर फर्कन चाहन्छु । á

चावहिल, काठमाडौँ

मो ९८४१४२७९४७

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments