आँखाकी पुतलीजस्तै छोरी प्रिया र मुटुकै टुक्राजस्तो छोरा सागरलाई हात हल्लाउँदै बिदाइ गरे बाबुआमाले । काठमाडौँमा छोरीको जागिर र उनैको भरमा फक्रिरहेको कोपिला सागर गरिब परिवारकै भए पनि जेनतेन मेहनत गरेर विद्यालय शिक्षा पूरा गरे । उच्च शिक्षा गाउँमा थिएन । त्यसैले सहरमै जानुपथ्र्यो । मुख बिगारेर अमिलो बनाउँदै सागरले बाबुआमाको न्यानो काखलाई छोड्न बाध्य भयो । प्रियाले ढाडस दिँदै भन्थिन् “भाइ म तँलाई पढाइलेखाइ ठूलै बनाउँछु ।“ दिदीका सत् प्रतिशत साँचा कुरालाई हृदयको गहिराइले स्वीकार्दै मौन हुन्थ्यो ऊ । मौन स्वीकृति लक्षणम् भन्ने कुरालाई प्रियाले सर्लक्कै बुझ्थिन् । दैनिक आम्दानी बढ्दा भाइलाई हातमा पैसा थमाउँदै भन्थिन् “तैँले कुनै चिन्ता लिनु पर्दैन, तेरो खर्चलाई मैले सजिलै धान्छु, तलब पनि बढेको छ, खान लाउन तैँले कुनै कञ्जुस्याइँ गर्नु पर्दैन ।” ऊ प्रफुल्ल हुन्थ्यो । पैसामा सुन्दर संसार रच्थ्यो । जीवनमा कायापलट ल्याउँछु भन्थ्यो । आकाशकै तारा छुन्छु झैँ लाग्थ्यो उसलाई । उसलाई मङ्गलैमङ्गलको अनुभव भयो ।

अफिस समय कहिले दिउँसो कहिले राति प्रायजसो व्यस्त रहन्थिन् प्रिया । “छोरीलाई घर आउने फुर्सद पनि हुँदैन” उनका बाबुआमा भन्ने गर्थे । “कठोर मेहनतले प्राप्त गरेको जागिर, छोरै बनेकी छ हाम्रा लागि ।” “हुन त हो के छोरीले छोराले जस्तै कमाएर बाबुआमा पाल्नु हुँदैन र !” गाउँले “हाम्रा छोराछोरीलाई पनि सहरतिरै लगेर जागिर लगाइदेऊ न” भन्दा प्रियाले आलटाल गर्थिन्, तानाबाना बुन्थिन् । “जागिर त आफ्नै किस्मतले खानुपर्छ । मलाई कसैले खुवाएको होइन ।”

दिनहरू फेरिँदै गए । समयक्रमसँगै सागरको सङ्गत सङ्लोबाट सयौँ गुणा धमिलो हुँदै गयो । आवारा केटाहरूको छायाबाट अलग्ग रहन सकेन । दिनानुदिन अनैतिक चुम्बकले तान्दै गयो । ऊ गाँजा तान्थ्यो, केटीको पछि लाग्थ्यो । पैसा सक्थ्यो, नशामा आनन्द भेट्थ्यो । विचारको कालो बादलमा हराउँदै जान्थ्यो । प्रियालाई यो सबै ख्याल गर्ने फुर्सद नै थिएन । कोठामा फर्कंदा भित्र आगोको फिलिङ्गोले पोलेजस्तै भए पनि बाहिर जूनभन्दा शीतल अनुहार देखाउँथिन् । भाइका बारेमा न दिदीले बुझ्न सकिन्, न दिदीका बारेमा भाइले ।

वेश्यालयको कोठी चहार्न पुग्थ्यो भाइ । कहिले सस्तो र कहिले महङ्गो दाममा नयाँ उमङ्ग थप्दै दिनहरू खग्रास पारिरहेको थियो । आज ऊ जाँदै छ धेरै पैसा तिर्नुपर्ने महङ्गो कोठीमा । सबैभन्दा महङ्गी रे । पैसैपैसाका बिटा फल्थे होला त्यो कोठीभित्र । तैपनि एकपटक भए पनि जाने मन ग¥यो सागरले । पैसा त प्रियाले पु¥याएकै थिइन् ।

ढोकाबाटै स्वागत गर्थे सुन्दरीहरू । स्वर्गै छिरेजस्तो लाग्यो उसलाई । भित्र निकै सजावट र चमकयुक्त कोठा थियो । उसले खोल्यो ढोका । अर्धनग्न युवती उसकै प्रतीक्षामा जस्तो लाग्यो । गयो सरासर । सुस्तरी कामुकतालाई बढाउँदै हात पसा¥यो र फर्काउन खोज्यो आफूतिर । अचम्मै भयो छाँगाबाट खसेजस्तै । उसकै दिदी प्रिया अर्धनग्न अवस्थामा आफ्नो औकात प्रदर्शन गरिरहेकी थिइन् ।

कु.न.पा. –१ खुर्काेट, पर्वत

मो.नंं. ९८४७६७९८७०

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments