चुच्चो नाक, टोपीले व्यस्तताको परिचय दिएको थियो, बीचमा फाटेको टाल्न नभ्याएको, वातावरण उसैको सापेक्ष थियो । टम्म बादल लागेर पानी झर्ला झैँ तर झर्न नभ्याएको आकाश चुहिन ठिक्क थियो ।

ऊ जिल्ला प्रशासन कार्यालयको हाकिमको कोठाको कुनामा टुसुक्क बसेको थियो । कसैलाई छोइएला र छोइछिटो हाल्लान् कि भन्ने डरको भाव अनुहारमा बोकेको थियो उसले । ऊ अर्थात् रामप्रसाद । जातको भन्दा पनि गरिबीको छोइछिटोले झस्किएको थियो ऊ ।

पेसा किसानी, पेसा मात्रै हो उसको किसानी । अन्न उब्जाउने जमिन नभएको अर्काको खेतको खेतालो । खेतालो ज्यालादारी कामदार न हो । हात भरिए चुलो बल्छ हैन भने चिसो चुलो अनि भोको पेट । पेट भोको भएपछि रात पनि बिरानो हुन्छ । निद्राले माया नगरेपछि बिरानो हुने नै भयो रात अनिँदो आँखा । आशाले उदाउने भोलिको सूर्यको प्रतीक्षा । यो भन्दा बढीको परिचय बोक्न सकेको थिएन उसले ।

टिनले बारेर, परालले छाएको तीन कोठे घर भनिने बास थियो ऊसँग । त्यत्ति तीन कोठा अटेको जमिनभन्दा बाहेक थुक्ने ठाउँसम्मका लागि पनि उसको आफ्नो जमिन थिएन । कहिलेकाहीँ त वर्षामा छाएको पराल कुहिएर ओतोले पनि धोका दिन्थ्यो उसलाई अर्को बाली भिœयाउने पराल नपाएसम्म प्लास्टिकले टाल्नुपर्ने बाध्यता ।

सफल पुरुषको पछाडि असल महिलाको हात हुन्छ भन्छन् खै यहाँ रामप्रसादकी भार्या सुने कता पर्छे ? बेलाबेला ऊ पनि छोराछोरीक।े पढाइको चिन्तामा पर्छे । सम्पन्न परिवारमा जन्मिएकी होइन ऊ । जन्मिएदेखी नै गरिबीको रातले लखेटिरहेकै हो उसलाई । घर व्यवस्थापनको पिरलो पनि नभएको होइन । आफ्नै आँटले पढाउने सामथ्र्य भएकीमा पर्ने कुरै भएन । तर रामप्रसादको कानमा सुनेको कुराको बतास लाग्नै सकेको थिएन । छोराले ब्यँुझाइदिएको थियो रामप्रसादलाई । सन्तानको भविष्यको राप र तापले बल्ल पोले झैँ भएको थियो रामप्रसादलाई । सब काम छोडेर त्यस दिन ऊ आइपुगेको थियो आफ्नै परिचय गराइदिने कार्यालय ।

कार्यालयको  त्यो  कोठामा आवतजावत गर्ने सबैले उसैको मुख हेर्थे । एक निमेषकै लागि भए पनि ऊ सबैले हेर्ने प्राकृतिक दृश्य भएको थियो त्यस कोठाको । सबैको दृष्टि खिच्न सफल प्राकृतिक फोटोग्राफर । धेरै बेर कुरिसकेको थियो उसले, हाकिमको काम सकिएको थिएन दस्तखतको ।

हाकिमको कोठाभित्र पसेका सबैलाई हेर्दै थियो रामप्रसाद । दलित भनिने, जनजातिमा गनिने गलामा सुन भिरेका, कि हातभरि औँठी र बाला लगाएकाहरूको लर्को देखेको थियो उसले त्यही कोठामा ।

नागरिकता बनाउन आउनेहरूको भीड कुनै दिन आपूmले पनि बनाएको थियो, त्यहीँ गएर । त्यस्तो भीड थिएन । त्यत्ति मान्छे थुप्रिन्छन् भन्ने थिएन उसलाई तर अनौठो मान्छ ऊ । उसले पनि नागरिकता भनिने परिचयपत्र आफ्नै कमिजको नफाटेको खल्तीमा बोकेको थियो । त्यत्ति धेरै हतारोमा थिएन ऊ । ब्राह्मण, क्षेत्री, वैश्य, शूद्रमा उसको जात अघि परे पनि त्यहाँ ऊ कुर्न बाध्य भएको थियो । लक्ष्मीको निगाह ऊ माथि नपरेपछि ।

घरमा छोराछोरी थिए उसका, दुईवटा धेरै त होइनन् । आधुनिकता जानेर होइन ईश्वरले नै दिएका सायद अवस्था बुझेर होला । स्कुल जाने उमेरको छोरो बिहान बेलुकै स्कुल जान्छु भनी कचकच गथ्र्यो । पिरलो परेको थियो उसलाई भर्ना गरिदिन नसकेर।

“पख् दुईतीन दिन” भन्दै छोरोलाई पर्खाएको पनि छ महिना बितिसकेछ उसले । छ महिना बितेको पत्तै नपाई झस्किएको थियो ऊ अनौठोसँग । त्यसैले त्यस दिन ऊ कार्यालय गएको थियो । कार्यालय जानुभन्दा केही दिन अघि एकछिनको फुर्सद निकालेर कसैलाई पत्तै नदिई स्कुल पुगेको रहेछ । पैसाको कुरो आएपछि भर्ना गर्न सकेन उसले छोराछोरीलाई ।

आफ्नो जस्तो जीवन त कहाँ चाहन्थ्यो र ऊ पनि छोराछोरीको तर उही पैसो हुनेसँग मनग्यै हुने, नहुनेसँग फुटेको कौडी नहुने । यही बुझेको थियो उसले । त्यसैले रुमल्लियो उसको सपना त्यसदिन, पैसा हुने र नहुनेको भीडमा ।

“आरक्षण सारक्षण के के हो छ रे नि त सर, गरिबका छोराछोरीलाई ?” रामप्रसादले सोधेको थियो ।

“गरिबलाई होइन नि त दलितलाई, जातको आधारमा दिने हो आरक्ष्।ण” सरको जवाफले झस्किएको थियो ऊ ।

“ए… ! गरिबलाई होइन ?” प्रतिप्रश्न थियो उसको ।

“होइन त, बाहुन पर्नुभयो तपाईं, जातको माथिल्लो ।” सरले प्रस्ट्याएका थिए ।

बाहुन भएकोमा पछुताएर फर्केको थियो रामे स्कुलबाट । छोरालाई कसरी बुझाउनु उसले स्कुलबाट र्र्फिर्कंदा बाटोभरि सोच्दै आएको थियो ।

बाहुन हुनु भनेकै पढाइबाट वञ्चित हुनु भनेको रहेछ मेरा छोराछोरीले, उसको मनले यही सोचेको थियो । त्यसैले चुप्प बसेको थियो । तर त्यस दिन बिहानै छोराले स्कुलको कुरो निकालेपछि ऊ पुनः झस्किएको थियो र छोरालाई बुझ्ने गरी स्कुलमा भएको सबै कुरा बताएको थियो रामप्रसादले ।

“त्यसो भए मेरो नाम पनि दलित जनाउने हरि नेपाली राखिदिनु न त बा ।” छोराले अबोध भएर स्कुल जाने रहर व्यक्त गरेको थियो ।

उसको साथी साने नेपाली सधैँ उसैको अघिल्तिरबाट स्कुल जान्थ्यो । उसको रहरले एकथान थुक घुटुक्क निल्न बाध्य पाथ्र्याे अनि पेट बाउँडिन्थ्यो उसको । रामप्रसाद छोराको कुरो सुनेर अचम्ममा परेको थियो ।

फुर्सद भएपछि हाकिमलाई रामेले सबै कुरो बेलिविस्तार लगाएको थियो । छोराले आफ्नै लागि स्कुल पढ्न निकालेको निकास जातै फेर्न गरेको आग्रह सबै सबै सुनाएको थियो ।

“त्यसैले हाकिम छोरो पढुञ्जेल एकथान जात सापट माग्न आएको मेरै नाममा फेरिएको जात जोडिदिनुप¥यो । बाको नाममा पनि त दलित जोडिनुप¥यो ।” ऊ अनुनय गर्दै थियो । कमिजको खल्तीबाट आफ्नो बासी रसायनमुक्त नागरिकता टेबुलमा राख्दै भन्दै थियो ।

“यही रामप्रसाद शर्मा नामको नागरिकता छोरो पढुञ्जेल धरौटीमा राखेर राम नेपाली लेखेर रसायनयुक्त ताजा नागरिकता दिनुस् हाकिम ।” सकिएको थिएन उसको कुरो थप्दै थियो ऊ ।

“मेरो छोराले पनि आरक्षणमा परेर दलित बनेरै भए पनि पढ्ने धोको पूुरा गरेको हेर्न मन छ हाकिम मलाई ।” ऊ दुई हात पसार्दै थियो ।

ट्वाल्ल परेर हाकिम कुरो सुन्दै थियो रामेको, उपाय केही थिएन ऊसँग ।

नाजवाफ हाकिम मान्छेले बनाएको मान्छे नै नअटाउने संविधानसँग मनैले गुनासो गर्दै थियो । रामेको गरिबी बुझेको थियो उसले तर देशको संविधानले उसको हातखुट्टा बाँधिदिएको थियो ।

हाकिम खै के सोच्दै आँखा चिम्म गरेर आफ्नै देशको संविधानको ठेलीमाथि आफ्नो एकथान टाउको घोप्टो पारेर अर्धचेत भएको थियो या केही रामे बुझ्न नसकेर असमञ्जसमा परेको थियो । बाहिर निस्किनु कि हाकिमकै कोठामा बसिरहुँको दोधारमा रामेको मुटु धड्किरहेको थियो घडीको पेण्डुलम जस्तै ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments