नेपालको राजनीतिमा अन्यौल बढी छ । नीतिहरूमा प्रमुख नीति राजनीति, राजनीति अपराध चोख्याउने बाइसधारा बन्यो भने देश बिग्रियो । नेपाल बिग्रिनुको मुख्य कारण नै राजनीतिमा अपराधीकरण भएर हो ।

साहित्यमा पनि राजनीतिक अपराधीकरणको बाछिटा प¥यो । जो वाङ्मयको साधक हो, उसलाई सम्मान र सहृदयताबाट  टाढा  पारिन्छ  ।  जो चाकरीबाज, चोरचार र पैसावाला पहुँचवाला छ, ऊ नम्बरी साहित्यकार बनेर साहित्यमाथि रजगज गरिरहेको छ । योभन्दा ठूलो अपराधीकरण के हुन्छ ?

फ्रान्समा ह्यूगो थिए, ह्यूगोले राजनीतिलाई हल्लाइदिए, सुधारिदिए र साहित्यलाई समाजको मात्र होइन, देशकै ऐना भनेर स्थापित गरिदिए । यसकारण त ह्यूगो आज पनि पूजनीय छन् । नेपाली वाङ्मयमा एकसे एक साहित्यकार जन्मे । तर साहित्यले मान्छेको सोचमा आमूल परिवर्तन गर्न सकेन । वर्तमान साहित्य सोचमा परिवर्तन ल्याउन सक्ने आँधी मात्र होइन, सुनामी बनाउन जरुरी छ । यसका लागि समाज शैक्षिक स्तरमा कमजोर छ । साहित्यको प्रभाव कमजोर हुनुको मुख्य कारण शैक्षिक स्तर पनि हो ।

नेपालमा दुई ध्रुवीय राजनीति छ । काङ्ग्रेस र कम्युनिस्ट । न काङ्ग्रेसले समाजवाद बुझ्यो र समाजवादी बन्न सक्यो । न कम्युनिस्टले स्टालिन बुझ्यो र सर्वहाराको तारणहार भयो । जे छ, राजनीति छ, राजनीतिभित्र अपराधीकरण छ । अपराधीकरणले साहित्य, कला, संस्कृतिमा प्रदूषण फैलायो । समाजलाई विकृति र विसङ्गतिको फोहर थुपार्ने कन्टेनर पो बनाइदियो ।

वीपीको समाजवाद काङ्ग्रेसले बुझेनन्, काङ्ग्रेस पुँजीवादी बन्यो, समाजवादी बन्न सकेन । नेपाली कम्युनिस्टले स्टालिन बुझे अमर हुनसक्छन् । युद्धमा स्टालिनका छोरा जेकवलाई शत्रु मुलुकले बन्दी बनाएपछि उनको बदलामा बन्दी सैनिकका लेनदेन गर्ने प्रस्ताव गर्दा स्टालिनले मलाई पुत्रभन्दा राष्ट्रियता प्यारो छ भनेर साटेनन् । छोरा जेकब जेलमै मरे, स्टालिनले देश बचाए ।

हामी सगरमाथा नेपाल, पशुपति–जानकी नेपाल, बुद्ध नेपाल, शान्त नेपाल, स्वाधीन नेपाल । यो गौरव शासन, प्रशासन र नेपाली जीवनशैली बन्न सकेन । नेपालको दुर्भाग्य यही हो ।

हुन त नेपालको राजनीति नै खुकुरीको राजनीति  हो  ।  एकीकरण  थाल्दा पृथ्वीनारायण शाह २० वर्षका थिए । उनले खुकुरी चम्काएरै नेपालको एकीकरण गरे । १९०३ मा कोतपर्व हुँदा जङ््गबहादुर २९ वर्षका थिए । राणावंशको १०४ वर्षको इतिहास पनि खुकुरीकै हो ।

अनेक घटनाक्रमपछि हामी वसन्त पर्वमा प्रवेश गरेका हौ । बसन्त बसन्तजस्तै बन्न सकेन र आज प्रत्येक तह र तप्काका हामी अमिलो अनुहार लिएर बाँचिरहेका छौँ । राजतन्त्र, हिन्दूत्व र सङ्घीयताको सुरुङमा नेपाल रङ्गमँगिदा विदेशी दङ् प¥यो कि नेपाली दासहरू दङ परे, यसको हिसाबकिताब जनताको असिनपसिन र छटपटी–हुटहुटी   अध्ययन   गरेर इतिहासकारहरूले लेख्लान् । अर्जुन दृष्टि होला परिवर्तनका अगुवा अर्जुनहरूमा भनेको छ बबुराहरू विदेशीका कप्तान बने, राजनेता बन्न सकेनन् । अन्तरद्वन्द्व र बाह्य द्वन्द्वको थलो बनिसक्यो नेपाल, यो दृश्य अदृश्य मुठभेडले नेपाल कंगो हुने कि काबुल ? अर्को सङ्कट नेपालीको टाउकोमा गीर खेल्न थालिसकेको छ ।

बुद्ध शान्ति ः मानव जीवनशैली सामरिकीकरण, धार्मिक प्रतिद्वन्द्विताकरण हुँदै सभ्यताको चरमोत्कर्षमा पुगेको वर्तमान समयमा शान्ति साझा र अपरिहार्य आवश्यकता हो । बुद्ध धर्माबलम्बी देशहरू ८ (भुटान, बर्मा, कम्बोडिया, चीन, चाइवान, श्रीलंका, थाइल्याण्ड र जापान) मात्र छन् तर बुद्ध, बुद्धत्व, परिनिर्माण र शान्तिको खोजमा विश्व नै छटपटाइरहेको कालखण्ड पनि यही हो ।

बुद्ध नेपालमा जन्मे, नेपाल हिन्दूराष्ट्र (२०६३ साल जेठ ४ गते राजनीतिक सहमतिमा धर्मनिरपेक्षता घोषणा गरिएको) कसरी कायम भयो र १२६ (झापामा नयाँ मालपाँडे फेला प¥यो) जाति तथा अनेक धर्माबलम्बीहरू कसरी प्रत्येक कालखण्डमा कसरी सद्भावपूर्ण रूपमा बसे होलान् ? विश्वकै लागि विविध धर्म, जाति, संस्कृतिबाहेक नेपाल विश्वको आकर्षक मुुलुक हुनुको अर्को कारण पनि हो ।

जापानले लुम्बिनीलाई जोड्दै बौद्धतीर्थहरू सारनाथ (धर्मचक्रवर्तन), राजगृह, नालन्दा (बौद्ध शिक्षालय), बुद्धगया (बोधीज्ञान), कुसीनगर (महापरिनिर्माण) जोड्ने बुद्ध करिडोर निर्माणको प्रस्ताव गरेको लामो समय भइसक्यो, नेपाल मौन छ । रगतको सर्वतदेखि जनताको पसिना पिउनेहरू सबै मौकापरस्त बनेर बुद्धवादी बन्छन् । बौद्ध विश्वविद्यालय स्थापना भएको छ, बौद्धमार्गी सङ्घसंस्थाहरू पनि छन्, सबैले गति छाडेर बुद्धलाई मगन्ते भाँडो बनाइरहेका छन् । बोधिवृक्ष काटेर पिर्का बनाउँदै डलरमा बेच्नेहरू बुद्धका नक्कली अनुयायीका रूपमा विश्वभ्रमण गरिरहेका छन् । यद्यपि समय क्रममा नेपालीको बुिद्धबङ्गारो पलाउला र एउटै बुद्धको नामले पनि नेपालको पर्यटन प्रवद्र्धन गर्न सक्ने क्षमता विकास होला, यो क्रम पर्यटन वर्ष २०२० मै सुरु भए नेपालको भाग्य चम्किन सक्थ्यो ।

त्यसै पनि नेपाल प्रकृतिको बरदान र चमत्कारिक दृश्यको देश हो । नेपाल पढ्न, वेदका ऋचाहरू घोक्न र पूर्वीय दर्शनले आँत रसाउन विश्व नै आकर्षणको चरमोत्कर्षमा छ । यस्तो कल्पवृक्ष हामीले बुझ्ने कहिले ? श्रीखण्डलाई खुर्पाको बिँड बनाउने हामी आफूले आफैलाई अभागी बनाइरहेका  छौँ  ।  जमिनमाथिका  र जमिनमुनिका नेपाली सम्पदा, स्रोत बुझेर लियोरोजले भनेका थिए– नेपाल सुनको थालमा मागेर खाने मगन्तेहरूको देश हो । यत्ति बुझौँ– हामी आफ्नै नाइटाको कस्तुरीको बासना खोज्न भौँतारिइरहेका छौँ ।

जर्मनले पाटनको कृष्ण मन्दिरको जीर्णोद्धार गरिदियो । किनभने जर्मन वैज्ञानिकहरू– कृष्ण मन्दिरको गर्भगृहमा पूर्वीय दर्शन, संस्कृतिको कुन रहस्य छ भनेर अध्ययन गर्न चाहन्थे । त्यही जर्मनका एक अनुसन्धाता नेपाल आएका छन् र उनी आठ भैरव र चार गणेश, चार नारायण, चार योगिनीले रक्षा गरेको नेपाल भनेको के हो ? किन मन्दिरका टुँडालमा यौनाकृति कुँदिएका छन् ? किन पत्थरका गणेशले दूध पिउँछन्, किन भीमसेनलाई पसिना आउँछ ? भन्नेसम्मको शोध गरिरहेका छन् ।

हामीले कहिल्यै बुझेनौँ– रगतको पिचकारी छोड्छ छेपारो । पल पलमा रङ बदल्न सक्ने छेपारोजस्तै बन्दै गएको छ हाम्रो संस्कार । यसलाई भन्छन्– सुगरकोटेड पोटासियम साइनाइड, जुन हामी आधुनिक सभ्यताका नाममा हजम गरिरहेका छौँ ।

सायद काशी, काश्मिर, अजब नेपाल भनेको यही हो । त्यसैले पूर्वीय दर्शनको महान् ज्ञानको जीवन्तता बोकेर पनि नेपाल दिनदिनै अनेक घटनाक्रमबाट निर्जीव बन्दै जाँदोछ । परिवर्तनले देशलाई उचाल्नुपर्छ, उज्यालो पार्नुपर्छ । धर्म, संस्कार, संस्कृति, कला मासेर उज्यालो छरिँदैन भन्ने ब्रह्मज्ञान हामीलाई हुन छाडेको छ । हाम्रो यो जयचन्दजस्ता राष्ट्रघातीको दुर्गन्ध किन बासनादार लागेको होला, यत्ति नबुझी हामीले आफूलाई, हाम्रो नेपाललाई राम्ररी बुझ्न सक्ने छैनौँ ।

अन्तमा, डोरबहादुर विष्टको प्रसङ्ग–

२५ वर्षअघि इतिहासकार डोरबहादुर विष्ट जुम्लाको चौधबिसबाट अलप भएका थिए, आजसम्म उनको खोजखबर केही पत्तो लागेको छैन । २०५१ सालमा अलप भएका डोरबहादुर बिष्ट कुनै अनकन्टारमा तपस्यारत छन् कि कसैले अपहरण गरेर मारिदियो अथवा उनी मुग्लान भासिए, न सरकारले खोज्यो, न इतिहासविद्हरूले नै खोजे  ।  न  उनका  छोरा  राजनीतिज्ञ केशरबहादुर विष्ट अथवा नाति विराज विष्टले नै खोजी गरेको सुनियो, देखियो । डोरबहादुर विष्ट ओझेलमा छन् । मत्र्य, स्वर्ग, पाताल जता छन्, नेपालका लागि महŒवपूर्ण छन् ।

इतिहासकार डोरबहादुर बिष्ट किन महŒवपूर्ण छन् । किनभने उनले जुम्लाको चौधविसमा ‘खोज चिन्तन’ गाडेर लुप्त भएका हुन् । डोरबहादुर विष्टले १ सय २० वर्षपछि मात्र खोलेर हेर्नु भन्ने सन्देशसहितको खोज चिन्तनको त्यो गाडधनमा के कस्तो र कुन–कुन रहस्य उजागर गरेका होलान् ? हामी नबाँचौँला, नेपालका भित्री रहस्यहरू हत्याउन अघि सरेका विदेशी ताकत र शालिक तोड्ने–इतिहास भत्काउने भित्री शक्तिहरूको कूदृष्टि परेन भने भावी सन्ततिका लागि त्यो ‘बिष्ट खोज चिन्तन’ धेरै ऐतिहासिक विषयहरूको पर्दाफास गर्नेछ भन्ने विश्वास धेरैले गरेका छन् ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments