गाडीभित्रै चिनारी नवीकरण भयो । छोरो विदेश पठाउने धुनमा रहेछन् । घण्टा भरको सहयात्रापछि बाटो फेरियो । उनी काठमाडौँ जाने बस चढे तर म छोरोको विज्ञान पढने रहर कसरी पूरा गर्ने भन्नेमा चिन्तित थिएँ ।

एउटा सहकारीमा पुनः भेट भयो । प्रमुखसँग थिएँ । रकमको जोहो गर्नु थियो । अकस्मात प्रवेश गरेका उनी संस्थाको अंशियार रहेछन् । कागजको मुठो हातमा लिँदै भने “मलाई भनेको भए भैहाल्थ्यो नि ।” कुनै प्रतिक्रिया दिइनँ । “पैसाको त कुनै कमी छैन तर छोरोको भिसा पो लाग्छ कि लाग्दैन कुन्नि”, उनले सुनाए ।

टाढाका नातेदार थिए । त्यो भेटले केही नजिक बनायो । आफ्ना खुसी र सफलता मसित सेयर गर्न लागे । छोराको भिसा लागेपछि खुसियाली भोजमा निमन्त्रणा दिए । मैले छोरो पढाउन लामै सङ्घर्ष गर्नुप¥यो । भोजमा सामेल हुन समेत सकिनँ । रिसाएको खबर आयो । उनको छोरो उडेपछि नवीकृत सम्बन्ध विसर्जन नै भयो ।

धेरैपछि बाटोमा अचानक भेटिए । हालखबर आदानप्रदान गर्दागर्दै उनका आँखातिर पुगे मेरा आँखा । ती बर्सन–बर्सन खोज्दै थिए । मैले सोध्न सकिनँ, मेरी श्रीमतीको प्रश्नमा उनकी श्रीमतीले भनिन् “तीन सन्तान अमेरिका, क्यानाडा र अस्ट्रेलियामा बस्छन् । पठाउँदा जायजेथा सकियो तर अहिले सम्पर्कमा छैनन् ।”

“यतिखेर हाम्रो बास …” ती अगाडि बोल्न सकिनन् । “गल्ती भएछ, यो सबै हाम्रो चाहनाले भएको हो । ती दोषी छैनन्” श्रीमान्ले थपे । हामीले एक अर्कालाई मज्जाले हेराहेर ग¥यौँ ।

“अब हामी जान्छौँ ” उनले पाइला बढाउँदै भने, श्रीमती पछि लागिन् । ती पर पुगेसम्म हामीले हेरिरह्यौँ, हेरिरह्याँै । उनका पाइला वृद्धाश्रम लेखिएको भवनतिर बढ्दै थियो । á

स्वाभिमानबस्ती, बारा

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments