फागुन १७ गते शनिबार सुरभि साहित्य प्रतिष्ठानले आफ्नो नियमित कार्यक्रमको ११४ औँ शृङ्खलाको आख्यान वाचन कार्यक्रम सम्पन्न गरेको प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा शिक्षाविद् डा. भवानीशङ्कर सुवेदीको प्रमुख आतिथ्य रहेको थियो अन्य अतिथिहरूमा सुरभि साहत्यि प्रतिष्ठानका संरक्षक गोविन्दप्रसाद घिमिरे वेदमणि, सुलेखका संरक्षक एवम् प्रतिष्ठानका सल्लाहकार प्रह्लाद चालिसे, गायत्रीकुमार चापागाई, १०० अभियान तथा सहभाव सहकारीका अध्यक्ष सञ्जय पोखरेल रमेशजङ्ग थापा हुनुहुन्थ्यो यस कार्यक्रममा १७ जना स्रष्टाहरूले कथा, लघुकथा निबन्ध वाचन गर्नुभएको थियो जसमा वर्षा खड्का, पवित्रा अधिकारी, रञ्जु खनाल, समिना खनाल, प्रमोद प्याकुरेल, अच्युतप्रसाद चालिसे, रमेश भट्टराई पुजारी, महेशकुमार वाग्ले, सुशील आचार्य, गायत्रीकुमार चापागाईं, रमेशजङ्ग थापा, ऋचा, कुसुम शर्मा, परशुराम पराशर गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो यसै कार्यक्रममा सानी बहिनी रेजिष्का आचार्यले कविता सुनाउनुभएको थियो

बोल्ने क्रममा प्रमुख अतिथिले सुरभि साहित्य प्रतिष्ठानको यो कथायात्रा नेपाली कथाका लागि कोशेढुङ्गो सावित हुने कुरा बताउनुभयो उहाँले आगामी कार्यहरू अझ सफल बन्दै जाऊन् भन्ने कामना समेत गर्नुभयो

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments