गोकर्णेश्वर नगरपालिका, काठमाडौँको आयोजनामा ग्रामनिर्माण बन्धु मण्डल, आरुबारीे सहआयोजक रहेको राष्ट्रिय कविता महोत्सव –२०७६ पूर्ण सफलताका साथ सम्पन्न भयो । उक्त बन्धु मण्डलले धेरै वर्षअघिदेखि समयसमयमा गर्दै आएको साहित्यिक सम्मेलन र प्रतियोगितालाई निरन्तरता दिने अभिप्रायले गोकर्णेश्वर नगरपालिकाको सक्रियतामा आयोजित उक्त कार्यक्रमले नेपाली भाषा साहित्य कला र संस्कृतिको विकास तथा समृद्धिको कुशल भूमिका निर्वाह गरेको अनुभूति गराएको छ । यस क्षेत्रमा नगरपालिकाले पु¥याएको योगदान आफैमा ऐतिहासिक कार्य हुनुका साथै अन्य नगर वा गाउँपालिकाहरूका लागि पनि उत्प्रेरणाका पथप्रवर्तक बन्न गएको छ । यसै नगरपालिकाको वडा नं ३ स्थित तारेभिरमा तारेभिर महोत्सवको उपलक्ष्यमा २०७६ पौष २९ गते भएको कवि सम्मेलन पनि यस नगरपलिकाको यस उद्देश्य परिपूर्तिका लागि भरपर्दो दृष्टान्त बन्दछ ।

काठमाडौँ केन्द्रको पूर्वाेत्तर भूभागलाई साहित्यिक उर्वर भूमि मानिँदै आएको सन्दर्भ पनि चर्चामा आइरहेका छन् । नाट्यसम्राट बालकृष्ण सम र महाकवि देवकोटाले हरेक दिन ग्रहण गर्ने प्रभाती किरणका प्रवाहमा सिञ्चित यो भूगोलमा हास्यव्यङ्ग्य शिरोमणि भैरव अर्याल र आख्यानका यशस्वी साधक रमेश विकलबाट भएका गद्यसाहित्यको समृद्धि तथा यस क्षेत्रमा भएका साहित्यिक प्रतिष्ठानहरूको अहम् भूमिकासँगै यो भूभाग साहित्यिक भूमि बन्दै आएको पाइन्छ । विगत १८ वर्षदेखि कविताका क्षेत्रमा यथेष्ट योगदान पु¥याउँदै आएको अभिनव साहित्य समाज र केही वर्ष यतादेखि हुँदै आएको कोठे कविगोष्ठी तथा विगत १२ वर्षदेखि गद्य विधामा सिर्जना वाचन लेखन र साहित्यिक पत्रिका सुलेखका माध्यमबाट प्रकाशन हुँदै आएका रचना तथा सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको दोस्रो कथा प्रतियोगिता २०७६ को सन्दर्भ पनि यसैसाथ जोडिन आएको छ । त्यसैगरी गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम भैरव अर्याल तथा रमेश विकलजस्ता अग्रजहरूका प्रेरणाहरूको सदुपयोगितामा हुन गएको पनि प्रस्ट हुन्छ । जे होस्, भाषा, साहित्य, कला तथा संस्कृृतिले देशको विकासको स्तर मापन गर्ने हुँदा यस नगरपालिकाले गरेको साहित्यिक कार्यक्रम तथा साहित्यिक संस्थाहरूको उत्थानका लागि गरेको सहयोग पनि त्यति नै उल्लेखनीय भएको छ । एउटा प्रसङ्ग यहाँ उपयुक्त देखिन्छ, ‘समृद्ध नेपाल र सम्पन्न नेपाली’ बनाउने महावाक्यसँग गाँसिँदै गरेका यस्ता सत्कार्यको जति प्रशंंसा गरे पनि पुग्दैन । अर्काे महŒवपूर्ण चर्चाको विषय भने यहाँ उल्लेख्य हुन आउँछ । त्यो के हो भने यस नगरपालिकाको सदासयताबाट साहित्यिक स्रष्टाहरू उत्साहित भएका छन् । यसरी साहित्य र कलाबाट स्वच्छ र सुन्दर समाज निर्माण र त्यसको शाश्वत रूपान्तरण हुने हुँदा अन्यत्रबाट पनि यस्ता कार्यको अनुशरण हुनु जरुरी देखिन्छ ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments