श्री रामप्रसाद पन्तलाई नचिन्ने कमै मानिस होलान् । तैपनि उहाँको पूरा व्यक्तित्व त चिनिसक्नु छैन । महान् छ । तर पनि अहिलेसम्म जति चिनेका छौँ, त्योभन्दा अलिकति भए पनि थप गरौँ । दिल र दिमागमा जमाएर राखौँ । यस उद्देश्यका लागि उहाँको जीवनलाई पाँच शीर्षकमा विभाजन गरेर अध्ययन गर्नुपर्दछ भन्ने यो लेखकलाई लाग्छ ।

 

१) जन्म

श्री रामप्रसाद पन्तको जन्म उपमन्यु ऋषिका (गोत्र) वंशज, वि.सं. १२०२ देखिको इतिहासको परिवारमा पिताश्री गुणाकर पन्त र माताश्री हरिकला पन्तका कोखबाट वि.सं. २०१० पौष २३ गते गुल्मी, बलेटक्सार दार्सिङबास निवासी कुलीन परिवारमा भएको हो । लामो इतिहास र कुलीनताले ब्राह्मण जस्तो गौरवशाली संस्कृति र परम्परागत पहिचान लिएर जन्मनुभएको जान्दा हामी सबैलाई आत्मगौरवकै अनुभूति हुन्छ ।

२) बाल्यकाल

उहाँका पिताश्री+माताश्रीको इच्छा छोराले संस्कृत पढेर पण्डित बनोस्, गाउँघरमा तमसुक, राजिनामा जस्ता लेखापढी गर्न सक्ने होस् भन्ने थियो तापनि, त्यस वेला अलि स्तरीय पाठशाला, विद्यालयहरू नभएकोले जहाँ पढाइ हुन्छ भन्ने सुनिन्थ्यो, त्यहाँ जानुपथ्र्याे । त्यहीँ गएर पढ्नुपथ्र्याे । त्यही क्रममा कमलापति ज्ञवालीले कखरा पढाउने गर्नुहुन्थ्यो । उहाँ त्यहाँ जाँदा साहिँलाबाले ‘तँ कोसेको छाउरो’ मेरो करेसाबाट हिँडिस् भने, तेरा खुट्टा भाँचिदिन्छु भनेर रुवाएछन् । ईख नभएको मान्छे र बिख नभएको सर्पको काम छैन भनेजस्तै उहाँलाई र सुनेका पितामातालाई बडो ईख लागेछ । भोलि बिहानै माताश्रीले उहाँलाई आफ्नो माइती हुँगा लगी भाइ स्थानेश्वर भण्डारीको घरमा ‘भान्जालाई पढाइदेऊ’ भनी छोडेर फर्कनुभएको रहेछ । उहाँ गाउँको तालुकदार हुनुहुन्थ्यो । रकम कलम पनि गर्ने हुनाले उहाँको स्वभाव कडा थियो तर त्यो कडा मिजासले उहाँ रामप्रसादको बाल्यकाल केटौले पन (चकचके बानी) लाई तह लगाउन कामयावी भएछ । त्यहाँ पाँच वर्षमा पाँच कक्षा पढेर घर फर्किनुभयो ।

यसपछि क्रमशः थोर्गा, पाल्पा अर्चले, बनारस गई साहित्य शास्त्रीसम्म अध्ययन पूरा गरी नेपाल फर्कनुभयो । नेपालमा त्रि.वि.बाट स्नातकोत्तरको उपाधि हासिल गर्नुभयो । यसरी उहाँले आफूलाई योग्य र स्तरीय राष्ट्रसेवक व्यक्तित्व बनाउनुभयो ।

 

३) केटौले बानी

श्री रामप्रसाद पन्तले केटौले समयमा गरेका आँटिला, साहसिक, मुटु नभएका जस्ता निडरवाला र चकचके एवम् उट्पट्याङ जस्ता कामहरू गरेको ः जस्तै— एक रूखबाट अर्काे रूखमा फालहालेको, घरको छानाबाट कटेराको छानामा फालहालेको, काफलको रुmखमा मचान बनाई त्यसमा बसेर पाकेको काफल खाएको, बाढी आएको बेला खोला तर्दा बाढीले बगाएको तर ढलेको रूखको हाँगा समातेर बाँचेको, उखुबारीमा लुकेको र मज्जाले उखु खाएको (कृष्णले दही चोरी खाएजस्तै), मावलीमा पाकेका बेलौती खाएको र मामालाई चमेराले खाएको भन्ने पारेको । यस्ता चकचके मात्र होइन, बुद्धिमत्तापूर्ण आँटिला काम, खतरा क्रियाकलाप गरेर गाउँघरमा यो पन्त कालगतिले मर्दैन भन्ने जस्ता उखान नै चलाएको जस्ता क्रियाकलाप आश्चर्यजनक हुन्, जससम्बन्धी कुराको वर्णन पनि गर्दै चमत्कारपूर्ण शक्तिबललाई लिपिबद्ध गर्दै ‘मेरा साठी वर्ष’ किताबमा प्रस्तुत हुनुभएको छ ।

 

४) ‘मेरा साठी वर्ष’मा रामप्रसाद पन्त

श्री रामप्रसाद पन्त ‘मेरा साठी वर्ष’ किताबमा वीर गोरखालीका हातको खुकुरी, बायाँतर्फ कुमबाट भिरेको तरबार र छातीमा भिरेको ढाल, वीर व्यक्तित्व हुनाले यो किताब र यस किताबका सर्जक महान् पात्र हुनुहुन्छ । आजका, भोलिका, युग युगसम्मका युवाहरूका गुरु हुनुभएको छ ।

यो लेखकलाई लाग्छ— बाल्यकालमा भगवान् कृष्ण कति चकचके थिए । पछि भगवान्को अवतार हुनुभयो । अन्तर्निहीत प्रतिभा प्रष्फुटनपछि यस्तो हुने रहेछ ।

बीसौँ शताब्दीको सुरुमा जङ्गबहादुर कुँवर (राणा) बाल्यकालमा कति चकचके थिए । उमेर बढ्दै जाँदा के के गरे ? १४ वर्षकै उमेरमा तराईमा गएर हात्तीका बच्चाहरू एक्लै पनि समातेर मुगलान लगी बेच्थे । पैसा कमाएपछि आफ्नो दलबल बनाएर ठूला मत्ता हात्तीसमेत समातेर रताउँथे, अनि बेच्थे । यही प्रदर्शनबाट आफ्नो आँट साहस र खुबी देखाए । उनी पढालिखा थिएनन् । दस्तखत गर्न पनि वि.सं. १९०३ मा नेपालका राजा सुरेन्द्रबाट दोस्रो (सत्ताधारीका हिसाबले) प्रधानमन्त्री भएपछि सिकेका थिए । तिनै जङ्गबहादुर प्रधानमन्त्री भन्दा बढी श्री ३ महाराज समेत भए ।

यसबाट प्रमाणित हुन्छ, बचपनदेखि केटो, ठिटो, तन्नेरी कालको चकचके, उट्पट्याङे, अरूलाई खतराजनक लाग्ने तर पनि मर्का नपारी गर्ने क्रियाकलापले त्यस्तो पात्रलाई सन्तुष्टि दिइराखेको हुन्छ । महŒवाकाङ्क्षा बढाइदिइराखेको हुन्छ । व्यक्तित्व विकासमा मद्दत दिइराखेको हुन्छ । जुन क्षेत्र, जुन सीमाभित्र ऊ हुन्छ, त्यसले काम गर्छ, चर्छ, त्यहाँ सफलता प्राप्त गर्छ । यसैलाई भनिएको हो ‘हुने बिरुवाको चिल्पो पात’ अथवा ‘ःयचलष्लन क्जयधक तजभ मबथक’ यही सफलता थियो श्री रामप्रसाद पन्तको जीवनमा ।

 

५) अध्यापन प्राध्यापन

‘मेरा साठी वर्ष’ पढ्दा श्री रामप्रसाद पन्तले सर्वप्रथम अध्यापन र प्राध्यापन कार्यमा लाग्ने लक्ष्य लिनुभएकोमा समयले के कसरी किन बिघ्न बाधा पारिदिन्छ ? यसैलाई भनिन्छ— भाग्य, संयोग वा परिबन्द आदि । लक्ष्यअनुसार मिलिरहेको थिएन । त्यसैबीच आफ्नो प्रथम शिशु बिरामी भयो । यहाँ उपचार हुन नसकेपछि दिल्ली लगेर जानुभयो तर उपचार भएन । त्यहीँ बिदाइ गरी फर्कनुप¥यो । कति दुःखको बेला पनि शिक्षा सेवामा नै लाग्ने प्रयासरत रहँदा बझाङको कलेजमा जाने गरी टिकट समेत व्यवस्था गरी बसेको वेला उहाँका मातापिता काठमाडौँ आउनुभयो । यो तयारीबारे जानकारी पाएपछि उहाँहरूले त्यति टाढा जान हुँदैन, हामीलाई मानसिक दुःख हुन्छ भनेपछि टिकट रद्द गरी बस्नुभयो र अब अध्यापन प्राध्यापनको उद्देश्यलाई सदाका लागि त्याग गर्नुभयो ।

 

६. जागिरमा प्रवेश

त्यसै वेला नेपाल राष्ट्र बैंकमा सहायक स्तरको जागिरमा प्रवेश गर्नुभयो । यो जागिर मात्र थिएन उहाँलाई राष्ट्र बैङ्कबाट प्रकाशन हुने मिर्मिरे साहित्यिक पत्रिकामा एउटा साहित्यिक लेख छपाइका लागि दिनुभयो, छापियो पनि । यसैले उहाँलाई प्रोत्साहन दियो र पछि पछि पनि उहाँका लेखहरू खास गरी कथाहरू लेख्दै दिँदै गर्नु भयो । यसले साहित्यका क्षेत्रमा लेखन प्रकाशनतिर अनुभव हासिल हुन थाल्यो । माता सरस्वतीको भक्ति र आशीर्वाद पनि प्राप्त गर्नु भयो । उहाँ भन्नुहुन्छ, राष्ट्र बैंक र मिर्मिरे, आफ्नो मान्छे र मिर्मिरे हुन् । यता राष्ट्र बैंकमा १० वर्ष ३ महिना ६ दिन सेवा गरेर राजिनामा दिनुभयो । यस वेला नेपाल लोक सेवा आयोगबाट शाखा अधिकृत पदको जाँचमा उत्तीर्ण भइसक्नुभएकोले सरकारी सेवामा प्रवेश गरी काम गर्न थाल्नुभयो ।

 

७) दायित्व र दायित्व वाङ्मय प्रतिष्ठान

वि.सं. २०४४ मा ‘दायित्व’ नामक साहित्यिक पत्रिका प्रकाशन गर्नु भयो । सँगसँगै दायित्वलाई अगाडि बढाउँदै जाँदा वि.सं. २०५७ सालमा दायित्वकै नामबाट दायित्वलाई स्थायित्व दिएर देशको भाषा, साहित्य संस्कृति जस्ता मातृभूमि नेपालको पहिचानलाई सुरक्षित रूपमा विकास र उन्नति गर्दै अगाडि बढ्नका लागि ‘दायित्व वाङ्मय प्रतिष्ठान’ गठन गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति (दर्ता गराई) लिएर अविरल रूपमा भाषा साहित्यको सेवा गर्दै आजसम्म दायित्वका १२० अङ्क प्रकाशित भएका छन् । विभिन्न विधाका साहित्यकारहरू प्रोत्साहित भएका छन् । पूर्णाङ्क ३५ मा ७० वर्ष नाघेका साहित्यकारहरू र उनीहरूका मात्र कृति लेखहरू तथा पूर्णाङ्क ४८ मा जागिरमा रहेका राष्ट्रसेवक साहित्यकारहरूका लेखहरू प्रकाशित भएका छन् ।

 

८) राष्ट्रिय स्तरको पूर्ण दायित्व

उल्लिखित बुँदाहरूबाट उहाँ पूर्ण व्यक्तित्व हुनुभयो र अब पूर्ण व्यक्तित्वका हैसियतले दायित्वका १२० अङ्क प्रकाशित भएका छन् । यो गतिविधि र प्रगति तथा उहाँ (संस्थाको) आग्रहलाई बुझेर प्रदेश नं. ३ को सरकारद्वारा साहित्यिक भवन निर्माणका लागि रु. ३० लाख रुपियाँ अनुदान प्राप्त गर्नु गराउनुभयो र बूढानीलकण्ठ नगरपालिकाद्वारा प्रदत्त वडा नं. ८ मा रहेको जगन्नाथ मन्दिर परिसरको चार आना जग्गा पनि प्राप्त गर्नुभयो । यसमा प्रतिष्ठानको पुस्तकालय र सभा–बैठक कक्ष समेत निर्माण गराउनुभएको छ । नगरपालिकाका प्रमुख श्री उद्धवप्रसाद खरेलबाट मिति २०७६ साल असोज १२ गते घटस्थापनाका दिन समुद्घाटन भयो । त्यसपछि यस भवनमा साहित्यिक गतिविधि हुन थाले । यही क्रममा कात्तिक २३ गते सूब सेनको ‘भाले बासिसक्यो’ शीर्षकको कथासङ्ग्रह र अञ्जुश्री, हेमा, वीरसिक्का र आन्दोलन गरी चारवटा उपन्यासको विमोचन पनि न.पा. प्रमुख श्री उद्धवप्रसाद खरेलबाट भयो ।

आज पहिलोपटक दायित्व वाङ्मय प्रतिष्ठानको आफ्नो भवन भएको छ । यसमा श्री रामप्रसाद पन्तको धेरै र प्रतिष्ठान परिवारका पदाधिकारीका पसिना बगेका छन् । धेरै आग्रह, अनुरोध भएका छन् । न पा प्रमुख श्री खरेल र उहाँका सहकर्मी राजनीतिक नेता, समाजसेवी व्यक्तित्व, न.पा. का कर्मचारी सहयोगीहरू वडा नं. ८ का वडाअध्यक्ष श्री सुमन तामाङ र जगन्नाथ मन्दिर विकास समितिका अध्यक्ष श्री पुरुषोत्तम कोइरालाहरूको सहयोग लागेको छ । यो क्षेत्रमा भवनको दोस्रो तेस्रो तला बनाउनु छ र बन्नेछ भन्ने विचार लिएर यो दायित्व वाङ्मय प्रतिष्ठान भवन उभिएको छ भने प्रतिष्ठानका अध्यक्ष श्री रामप्रसाद पन्त पनि उहाँको व्यक्तित्व पनि त्यस्तै गरी उभिएको छ ।

यो लेखकलाई लाग्छ— प्रतिष्ठान जसको आफ्नो भवन छ । आफ्नै भवनमा साहित्यिक गतिविधि हुन्छन् । त्यो संस्था दायित्व वाङ्मय प्रतिष्ठान हो । यसका अध्यक्ष तथा ‘मेरा साठी वर्ष’का स्रष्टा श्री रामप्रसाद पन्त २०४४ देखि २०७६ सम्मको लामो समयसम्म लेखन, प्रकाशन, विमोचन र पुस्तकालयका लागि पुस्तक सङ्कलन गर्नमा प्रथम पाइला चाल्नुभएको छ । उहाँका बारे छवटा पुस्तक र पत्रिका प्रकाशन भएका छन् । उहाँ धेरै ज्ञान शक्ति, दृष्टि सृष्टि यात्रामा लागेको व्यक्तित्व हुनुहुन्छ । यी सबैको समीक्षाका रूपमा पनि श्री रामप्रसाद पन्त भाषा र साहित्यरूपी शिखरमा चढ्नमा खप्पिस, लेखनमा अचुक निसाना भएको शिकारी वा सेनाजस्ता निशानदार अगुवा हुनुहुन्छ ।

दायित्व साहित्यिक पत्रिका र प्रतिष्ठान सम्बन्धित गतिविधिमार्फत् उहाँले वरिष्ठ भाषा साहित्य सेवीहरूलाई आदर र सम्मान गर्दै आउनुभएको छ । मझौलालाई रहर लाग्दो स्तर दिएर उठाउँदै हुनुहुन्छ । नयाँ नयाँ शिकारु युवाहरूलाई उनीहरूका रचना दायित्वमा   प्रकाशित   गरिदिएर साहित्यकारहरूका कृति पढ्न लगाएर उनीहरूलाई उठाउने खालले आफू तालिम दिने गुरु र तालिम लिनेहरू शिष्य भएर गरेको कामबाट धेरै शिष्यहरू राम्रो लेख्ने कवि कथाकार, नियात्राकार आदि विविध विधामा परिपक्वता हासिल गरिरहेका छन् । त्यस्तै मोफसलमा रहेका राष्ट्र सञ्चालकले, समालोचकहरूले  गरेका  बेवास्ताबाट पछाडि परेका र पीडित भई बसेका साहित्यकारहरूलाई पनि खोजी खोजी अगाडि ल्याउने, सम्मान पुरस्कार दिने दिलाउने कार्य गर्दै आएर नेपाली भाषा साहित्य, संस्कृतिका धेरै धेरै व्यक्तिलाई तालिम समेत दिनुभएको छ । यिनै सेवा र सिर्जनाबाट उहाँलाई सफल गुरु, सफल स्रष्टा, साहित्यरूपी शिखरमा चढ्दै उठेका शिखर व्यक्तित्व हुनुभएको छ ।

माथि नै सङ्क्षिप्तमा उल्लेख भइसकेको छ दायित्वका अध्यक्ष श्री रामप्रसाद पन्त दायित्वको अविरल यात्रामा हिँडेर आजसम्म आउँदा नेपाली भाषा साहित्यको माध्यम र सेवाबाट मातृभक्ति — ‘जननी जन्म भूमिश्च…..’ पाठ पढाएर युवा जगत्लाई यतातिर मोडिरहनुभएको छ । साथै देशका वयस्कहरू, वृद्धवृद्धाहरू समेतलाई पुनः सक्रिय बनाउनुभएको छ । देशको भाषा साहित्य, संस्कृतिप्रति सेवामा लाग्न आग्रह गर्नु भएको छ । यी सबै कार्यहरूबाट स्रष्टा रामप्रसाद पन्तमाथि उल्लेख भए झैँ आफै पनि साहित्यको शिखर व्यक्तित्व साहित्य ऋषि हुनुभएको छ । उहाँबाट राष्ट्रले धेरै पाएको छ । पाइरहनेमा यो लेखकलाई विश्वास छ । यो पनि मानेको छ आजसम्म आइपुग्दा रामप्रसाद पन्त दायित्व वाङ्मय प्रतिष्ठान दायित्व साहित्यिक पत्रिका एक अर्काको पर्याय भएको छ । दायित्व भवनले उहाँलाई अरू उचाइमा उभाइरहने कुरामा विवाद हुँदैन, छैन र यही हुनुपर्छ । यो उचाइ त्यसै ढाँटेपाटेका कुराले प्राप्त भएको हैन । उहाँले राष्ट्र बैंक र मिर्मिरेदेखि दायित्वको प्रकाशन अनि दायित्व वाङ्मय प्रतिष्ठानको स्थापना सञ्चालन सरकारी सेवामा इमानदारीपूर्वक राष्ट्र सेवा गरेकै कारणको फलस्वरूप एसिया, अमेरिका, अस्टे«लिया, अफ्रिका महादेशभित्रका धेरै देशहरूको भ्रमण आफ्नै देशका पनि धेरै प्रदेशको भ्रमण त्यहाँको सूक्ष्म अध्ययन, अनुसन्धान, अनुभवबाट संस्मरणका किताबहरू र धेरै यात्रासंस्मरण लेखन प्रकाशनबाट ख्यातिप्राप्त गरी मानसिक रूपमा पनि ओजस्वी व्यक्तित्व बन्न सफल हुनुभएको छ ।

बलवान् साथै उन्नत एवं दृढ मन र मस्तिष्क उच्चस्तरीय निडरताका साथ आफ्ना निर्णयहरूको कार्यान्वयन क्षेत्रमा अटल, अविचलित, गतिशील शैली प्राप्त गर्दै अगाडि बढेकै फलस्वरूप नियात्रा मात्र होइन, उपन्यास, खण्डकाव्य, कविता, कथा, निबन्ध, संस्मरण, सयौँ भूमिका, अध्यात्मिक ग्रन्थका क्षेत्र आदिमा धेरै धेरै पुस्तकको सृष्टि गर्नुभएको छ । यी सृष्टिहरूले उहाँका इज्जत, प्रतिष्ठा, चिनारीरूपी सन्तान हुन् । यिनीहरूले उहाँलाई देश विदेश, यो धर्ती र यसमाथि आकाशमा सधैँ प्राणवायुका रूपमा आफ्नो भूमि, आफ्ना नेपालीहरूका सन्ततिहरूलाई सभ्य, सुसंस्कृत उच्च व्यक्तित्व बनाएका छन्, बनाइरहेका छन् ।

९) मिश्रित जीवन

मानव जीवन दुःख र सुखको मिश्रित अवस्था हो । यसको सुखद पक्ष जागिर सफलता भोग्दै परिवारका साथ चलिरहेको, सुखसँगै जीवन चलिरहेको बेला, नवजात छोरा विरामी भई बित्नु र धर्मपत्नी सीतालाई गुमाउनु दुखद् पक्ष हो । मानव जीवनमा एक आदर्श जोडीमा एकले अर्काेलाई गुमाउनुभन्दा ठूलो दुःख अरू के हुन्छ र ! उहाँ त्यस्तो दुःखसागरमा डुब्नुभयो, विचलित हुनुभयो तर, बलशाली मानसिकता पत्थरजस्तो मुटु, संसार, शास्त्र, निश्चितता र समयको अनिश्चितता बुझेका श्रीरामले जीवनको अन्त्यमा आफूलाई सम्हाल्नुभयो । पौरखी पुरुषले आफ्नो दिनचर्या गति कसरी अगाडि बढाउनुपर्छ भन्ने पनि बुझेका, शिक्षा सुझबुझ भएका व्यक्तित्व जीवनसँगिनी लक्ष्मीलाई पाउनुभयो । जसबाट विज्ञान, मनिष, मनिषा पन्तहरूको जन्म भयो । उहाँको घर भरिभराऊ भयो । पूर्ववत् जीवनमा विपरीत पक्षहरूलाई जित्दै सकारात्मक शैलीका साथ पुरुषार्थका साथ अगाडि बढेमा उहाँले ‘मेरा साठी वर्ष’ मा ‘साठीवर्ष आयो र गयो पनि’ भन्ने सन्दर्भमा आफ्नै उदाहरण समेत दिएर आयु, शारीरिक, मानसिक रूपान्तरण, सामाजिक रूपान्तरण र मुक्तिबारे धेरै र स्पष्ट रूपले व्याख्या गर्नु भएको छ । यो आध्यात्मिक दर्शनसँग पनि सम्बन्धित छ । हुन त यो शीर्षकको निबन्धमा आध्यात्मिक तथा वैज्ञानिक जीवन पद्धतिबारे आफ्नै उदाहरणसहित विभिन्न पक्ष पद्धतिमा व्याख्या गर्नु भएको छ, जो उच्च छ । शिखर छ । दर्शन छ । विज्ञान छ । व्यवहार छ ।

१०) अडिग चरित्र वा व्यक्तित्व

स्रष्टा रामप्रसाद पन्त कहिल्यै पनि चरित्रहीन क्रियाकलापमा लाग्नुभएन । आफ्नै नेपालमा, विदेशमा पनि जस्तै ः सिख समाजका युवतीहरू समेत उहाँको सर्लक्क परेको–मिलेको शरीर, गोरो अनुहार, ज्ञानबाट, जानकार, राम्रो युवा देखेर टाँस्सिन खोज्थे तर उहाँ यति दृढ स्वभावको कसिलो व्यक्तित्व हुनुहुन्थ्यो, हुनुहुन्छ तर आफ्नो सच्चरित्रताबाट  विचलित  हुनुभएन, डग्नुभएन । नेपालका अधिपति, धनपतिहरू वा ठूलाबडा भनेर कहलिएकाहरूलाई तीनवटा ‘र’ नभै हुँदैनन् ती हुन्— ‘र’= रक्सी, ‘र’ यौन (…….), अर्काे ‘र’ = रमी तास (जुवा) यी तीनवटै अवगुण उहाँमा छैन । त्यस्तै तीन ‘ज’ का ठूला ठूला अग्ला मै हुँ भन्ने मानिसलाई तीन ‘ज’ नभई नहुने । पहिलो ‘ज’ को अर्थ ‘जवानी’ (बहुपत्नी–खुला वा लुकाएर राखेकी) दोस्रो ‘ज’ को अर्थ ‘जङ्गल’= काठ बेचेर पैसा कमाउने, तेस्रो ‘ज’ को अर्थ ‘जग्गा’ चाहे गुठीको जग्गा, सरकारी जग्गा, सन्धिसर्पन, पानीघाट, गौचरनकै भए पनि जग्गा प्राप्त गरी बेचविखन गरी अथाह पैसा कमाई खानेहरू धेरै छन् । यी ‘र’ ‘ज’ शक्तिशाली, बलशाली भएकाहरूबाट मातृभूमि नेपाललाई गिद्धले सिनो खाए झैँ गरी खाएर हाडखोर र करङ मात्र बाँकी छोडेजस्तै गरी खाने र नेपालीलाई गरीब दुःखी कमजोर बनाइराख्ने गरेकोले यीबाट अछूत र आफ्नै पौरख, पसिनामा बाँच्ने गरिआएका देशभक्त चरित्रवान्, इमानदार साहित्य ऋषि श्री रामप्रसाद पन्तलाई देश र समाजको मायाँ छ, दया र भावुकता छ । उपकारी परसेवाको उन्नत इच्छाशक्ति छ । यसैका कारण पीडित देश र सृजनालाई (मानव जीवन) देशभक्ति, बलवान र शक्तिशाली बनाएर त्यस्ताबाट मुक्त र पौरख गरी पसिना बगाई खाने प्रशिक्षण र प्रेरणा दिई उठाउनका लागि यो निबन्धको सृष्टि गर्नुभएको छ ।

यस निबन्धको सिर्जना उहाँले आर्जन गरेको बौद्धिकता, क्षमता, आध्यात्मिक र सांस्कृतिक दुवै दृष्टिले यो लोक परलोक जीवन, देश, विदेश, व्यवहार, मानवीय कर्तव्य, जन्म, जवानी, विवाह, परिवार, सन्तति आदि सम्बन्धमा आम पढालिखा युवा, वयस्क, वृद्ध सबैलाई यो ‘मेरा साठी वर्ष’ किताबरूपी जीवनबुटी दिएर सुखी, स्वस्थ, शान्त, सम्पन्न बनाउन चाहनु हुन्छ । आफ्नो देश समाजलाई उठाउने सेवा गर्ने मानवता विपरीत गइरहेकाहरूको सेवाका लागि समेत नम्र, सभ्य, सुशील, सरल, सुसंस्कृत, भाषामा प्रस्तुत गर्नुभएको छ । यो पुस्तकको गर्जन यो पनि हो । यो मानव जातिको सेवाका लागि हो । मानव जातिको व्यवहारको नाममा चलिआएको संस्कृतिमा परिमार्जन र गतिका साथ परिवर्तनका लागि हो । यस्तो कार्य गर्न सक्ने यस्तो जनशक्ति तयार पार्ने उद्देश्यले रचना गरिएको जनकल्याणकारी शास्त्र पनि हो ।

अन्त्यमा—

उल्लिखित प्रकरणहरूबाट स्पष्ट भइसकेको छ श्री रामप्रसाद पन्त भाषा–साहित्यका विविध विधाका जानिफकार एवम् समर्पित साहित्यस्रष्टा हुनुहुन्छ । आगामी दिनहरूमा पनि यहाँबाट यस्तै र धेरै पुस्तकहरूको सिर्जना गर्नमा देश र समाजमा  जागृति  ल्याउन  नेपाली जनसमाजलाई उन्नत र पुरुषार्थी बनाउन र आफ्नै ख्यातिप्राप्त व्यक्तित्वमा पनि अरू महानता, अरू सफलता भन्ने शुभेच्छा राख्दै यस्ता महान् स्रष्टा रामप्रसाद पन्तसँग हामी पाठकहरूले चिनापर्ची गर्न पाएकोमा गौरव गर्दै उहाँलाई ‘नमन’ पनि गर्दछु ।

पुरकोट, गुल्मी

हालः भक्तिथापा मार्ग, नयाँबानेश्वर—१०

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments