ऊ खाना खाएर सुत्नका लागि पल्टिन गयो, तर उसलाई निद्रा भने आइरहेको थिएन, उसका आँखा बाँसको टुप्पो हेरिराखेको थियो र मन त्यो त खोइ थाहा छैन । त्यसैले परबतिया कहिले आइन् उसलाई थाहै भएन । कोठाको दियो पनि परबतियासँग आएको हावाले निभिसकेको थियो । अँध्यारोमा थाहै भइराखेको थिएन कि ऊ जागेको छ अथवा सुतिरहेको छ ।

बुझ्नका लागि उनले सोधिन्– “सुतिसक्नुभयो के ?”

“हैन, म त त्यसै पल्टेको छु ।” बिना कुनै झैझपट उसले भन्यो ।

परबतियालाई त कुरा बढाउनु थियो, त्यसैले उनले फेरि भनिन्– “के सोच्दै छौ ?”

“केही पनि होइन ।”

“अनि कुरा किन गर्दैनौ ?”

“के भन्नु ?”

“के बिहान गइहाल्छौ ?”

ऊ केही बेरसम्म सोच्दै रह्यो अनि फेरि भन्यो– “हो, छुट्टी भोलिसम्म मात्रै छ, पर्सि ड्यूटी गर्नु छ ।” बिहानको विछोडको कल्पनारूपी नागिन उसलाई टोकिहाल्यो । परबतियाको मुखबाट निस्क्यो ।

केही दिन अरू बसेको भए हुन्थ्यो । पीडा उसलाई पनि व्यथित गरिरहेको थियो, तर गर्ने के । बीचमा पेट जो आइहाल्छ । र पनि दुःखी मनले भन्यो– “कसरी रोकिनु, छुट्टी पनि बचेको छैन, रोकिऊँ भने पैसा कटिहाल्छ, फेरि यहाँ पनि गाह्रो हुन्छ । हुन त तिमी जे भन्छौ ।”

“म के भन्नु ! तिमी त आफै बुझ्झकी छौ । अस्ति चन्दर आएको थियो । भनिरहेको थियो कि “तिवारीकहाँबाट जग्गा छोडाइहाल ।” ऊ बटाईमा जोत्न तयार छ । फेरि आफ्नो सल्लाह दिँदै भन्यो– “राम्रो पनि हुन्छ, चारपाँच क्विन्टल अन्नबाली तब वर्षमा घरमा आइहाल्छ, अहिले त यति मात्र हेरिराख्नुपर्छ कि कहिले तिमीबाट आओस् र घरमा अन्नबाली आओस् ।”

त्यसैले  त  गइरहेको  छु  कि तिमीहरूलाई  दुःख  नहोस्  अनि  दुवै विवशताको पटुकोमा खुम्चिँदै, टाँसिँदै गए ।

अनुवादक

पूनम झा

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments