हरिशरणको घर नेताहरूलाई लुकेर बस्न ठिक्क थियो । दुईचार दिन बिराएर कोही न कोही नेताहरू उसको घरमा बस्न जाने गर्थे ।

उसले पनि आफ्नो घरमा आए जति नेताहरूलाई आदरपूर्वक पालेर राख्ने गर्थे । हरिशरणको अन्य आयस्रोत थिएन उसको एक बिगाहा जति खेत थियो । त्यही खेतबाट उब्जेका मौसमी अन्नहरूबाट उसको र उसको परिवारको दैनिकी गुजारा चलिरहेको थियो ।

उसको घरमा नेताहरू आउन जान थालेपछि खेतबाट आएका अन्नहरूले मात्र पुगेन । उसले अलि अलि गर्दै खेतहरू बेच्न थाले । थुप्रै नेताहरूले उसको घरमा स्थायीरूपमा बस्ने गरेपछि उसलाई आर्थिक अभावले गाँज्न थाल्यो । त्यो अभावलाई पूर्ति गर्न उसले साथीहरूसँग ब्याजमा पैसा सापटी माग्न थाल्यो । उसले सोच्ने गथ्र्यौ– “भोलि देशमा गणतन्त्रको स्थापना भयो भने यो देशका हामी जस्ता जनताले न्याय पाउनेछन् सुखी हुनेछन् । अहिले मैले उनिहरूलाई जसरी भए पनि सहयोग गर्नुपर्छ । उसलाई आफ्ना घरमा आएका नेताहरूप्रति अगाढ विश्वास थियो ।

प्रकृतिको नियमानुसार यो संसारमा ऋतुहरू बदले, समय बदले देशमा ठूलो जनआन्दोलन भयो । हरिशरणले पनि आन्दोलनमा झन्डा बोकेर हिँड्यो कैयौँ पटक प्रहरीसँगको भिडन्तमा उसले नेताहरूलाई बचायो । नेताहरू कोही सहिद भएनन् । नेपाली जनताका छोराछोरीहरूले हाँसी हाँसी आफ्नो जीवन बलिदान गरे । उनिहरू शहिद कहलाए ।

यसरी आन्दोलन सफल भयो । देशमा नयाँ संविधान बन्यो गणतन्त्रको स्थापना भयो । त्यसैक्रममा नेताहरू कोही मन्त्री सांसद बने कोहीले के पद पाए कोहीले केही । घर नभएका नेताहरूको त्यसपछि भव्य महलहरू भए । उनिहरूको लागी सबथोक भयो । अस्वथ्य हुँदा विदेशमा गएर उपचार गर्नेसम्म भयो । हरिशरणले सोच्यो – “ओहो ! जनताको लागी कोही भएन । धनी झन् धनी बन्दै गए । गरिबहरूको झन् बेहाल हुँदै गयो ।”

हरिशरण निराश भयो । उसको भएको एउटा सानो घर पनि बेच्नुप¥यो । आजकल ऊ सानो डेराको कोठामा बस्छ र भरियाको काम गर्छ । á

बालकोट, भक्तपुर

मो. ९८४१८०५८४३

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments