सूर्यदेवी गाउँकी सम्पन्न परिवारकी छोरी हुन् । उनको गोरो अनुहार कालो लामो कपाल पातलो मिलेको शरीर, ठिक्क उचाइको कारण सुन्दर देखिन्छ उनको व्यक्तित्व । बैँसमा उनलाई देखेर नकल्पिने मान्छे कमै भेटिन्थे । उनको फरासिलो र सहयोगी व्यवहारका कारण उनीलाई सबैले मन पराउँथे । उनको पढाइ पनि अब्बल थियो । सूर्यदेवीको बाबा गाउँकै विद्यालयको प्राचार्य थिए ।

उहाँ छोरीको उमेर जतिजति बढ्दै जान्छ त्यतित्यति यो छोरीको भविष्य के होला ? कस्तो घर केटोसँग यिनको विवाह होला ? यस्तो सोचाइमा तल्लीन हुन्थे । स्नातक तहसम्मको अध्ययन पूरा नगर्ने व्यक्ति काम लाग्दैन भन्ने उनको दृढ विश्वास थियो । तर पनि उनी आफ्नो छोरीको उमेरको केटा देख्यो कि आफ्नो ज्वाइँको कल्पना गरिहाल्थे । यसै क्रममा एक दिन सूर्यदेवीले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरिहालिन् । सूर्यदेवीको हुर्काइसँगै बाबाको तनावको पारो बढ्दै जान थालेको थियो । घरमा सुन्दर युवती हुनु भनेको जहिले पनि खतरालाई आमन्त्रण गर्नु हो भन्ने उनको मान्यता थियो । त्यसैले उपयुक्त केटा खोजेर छोरीलाई अन्माउन हतारिएका थिए ।

त्यसैले उनले सूर्यदेवीका लागि केटा खोज्न सबै इष्टमित्र साथी भाइलाई अनुरोध गरेका थिए । सानो उमेरमा विवाह गर्न उनको प्राचार्य पद तगारो थियो । त्यसैले छोरीको उमेर २० वर्ष नपुगुन्जेल उनी चुपचाप बसेका थिए । सूर्यदेवीको विवाह गर्ने मनसाय बुझेका बाबाको साथीहरू केटा खोज्न तल्लीन थिए ।

एक दिन लमी माइलो बिहान सबेरै उनको घरमा डाँडाघरे मुखियाको छोराको कुरा लिएर आए । “मुखिया त राम्रै हुन् छोरा कस्ता छन् ? बुझेर कुरा अगाडि बढाउन पर्छ ।” बाबा र लमी माइलो को कुरा सुनेकी सूर्यदेवीले आफ्नो विवाहको लागि बुबा केटा खोज्न हतारिएका छन् भन्ने सजिलै थाहा पाइन् । उनी स्नातकोत्तर तहसम्मको अध्ययन सकेर जागिर खाएर मात्र आफ्नो विवाह गर्न चाहन्थिन् । उनले आफ्नो मनको कुरा आमालाई भनिन् । तर आमाले “बाबाको हठको अगाडि मेरो केही लाग्दैन “भनेर लाचारी ब्यक्त गरिन् । सूर्यदेवीलाई निकै पीर प¥यो । उनले एकचोटि बाबालाई नै आफ्नो मनको कुरा भन्न खोजिन् । तर बाबाले उनको कुरा सुन्ने धैर्यता देखाएनन् ।

सूर्यदेवीले आफ्नो साथीको माध्यमबाट डाँडाघरे मुखियाको छोराको बारेमा बुझिन् । स्नातक तहसम्मको मात्र अध्ययन गरेका मुखियाको छोराको पिउने बानी पनि छ भन्ने कुरा थाहा पाइन् । लमी माइलोको फर्माइसमा बाबाको मन एकोहोरो भैसकेको थियो । उनले बाबालाई “त्यो केटा मेरो लोग्ने हुन लायक छैन । पढाइ पनि मेरो जति छैन । जाँडरक्सीको अम्मली पनि छ रे भनिन् । तर मुखियाको एक्लो छोरो भएकोले बाबाको मन जस्तोसुकै भए पनि उसैतर्फ एकोहोरिएको थियो । मुखियाको छोराको विरुद्ध कसैले पनि मुख खोल्ने हिम्मत गर्दैनथे । आमाले बेला बेलामा कचकच गर्ने भए पनि बाबु केही नबोल्ने हुँदा मुखियाको छोरो देवुको हौसला बढेको थियो । बेला बेलामा रक्सी बियर पिउन थालेको थियो । तर हेडसर भैसकेका सूर्यदेवीको बाबा उनको अनुनय विनय सुन्न तयार भएनन् । लमी माइलोको कुरामा विश्वास गरेर उनले सूर्यदेवीको विवाह मुखियाको छोरो देबुसँग गर्ने अठोट गरे । सूर्यदेवीलाई सम्झाउने जिम्मा श्रीमतीलाई दिए ।

सूर्यदेवीको आमाले सूर्यदेवीलाई सम्झाउदै“कुल घराना राम्रो भएको मुखियाको छोरो देबुको पढाइ तिम्रो भन्दा एक तह कम भएर के हुन्छ त बाबै ? छोरीको जातले एक दिन माइतीघर छोडेर जानै पर्छ । अर्कोको भित्तो टाल्ने छोरीको जात हो । त्यसमाथि पनि तिम्रा बुवा गाउँको स्कुलको हेडसर भइसकेका मान्छे तिमीलाई नहुने ठाउँमा त्यसै ओइराउनु हुन्छ त ? तिम्रो उमेरमा त मैले २, ३ बच्चा जन्माइसकेको थिएँ । तिम्रो ठूलो दिदी त मैले १६ वर्षको उमेरमा नै पाएको हुँ । तिमी त अहिले २४ बर्षको भइसक्यौ । बाबालाई बेकारमा किन नराम्रो सोच्ने ? बाबाले भनेको केटासँग विवाह गरे तिम्रो भलो हुन्छ ।“

आमालाई सूर्यदेवीले देबुकोबारेमा आपूmले थाहा पाएसम्मको सबै खराब बानी बेहोराको बारेमा जानकारी दिइन् । “त्यस्तो मान्छेसँग विवाह गरेर मेरो घरजम कसरी चल्छ ? बाबु को सम्पत्तिमा रमाइलो गर्न पल्केका केटाले आफ्नो स्वास्नी छोराछोरी राम्रोसँग पाल्दैनन् आमा । त्यस्तो मान्छे भन्दा त आफ्नो खुट्टामा उभिएको गरीवको छोरो नै राम्रो हुन्छ । कम्तीमा पनि उसले काम गरेर खानुपर्छ भन्ने कुरा त बुझेको हुन्छ ।” आमालाई भनेर पनि सूर्यदेवीको कुराको कुनै सुनुवाइ भएन ।

हेडसरले छोरीको र मुखियाको छोरो देबुको बिच दोहोरो कुरा पनि नगराई जबरजस्ती विवाहको कुरा टुङ्गो लगाएको विषयमा असन्तुष्टि जाहेर गरे पनि बाबाको मन बदलिएन । हेर बाबै “गाउँको खान्दानी परिवारको मान्छे हो । पढाइ तिम्रोभन्दा अलि कम भए पनि इमान्दार छ । धनसम्पत्ति प्रशस्त छ । मुखियाको ३ वटी छोरीपछिको एक्लो छोरो भएकोले अलि अलि पुल्पुलिएर साथीहरूको लहैलहैमा लागेर अलिकति पियो भन्दैमा खराब नै भन्न मिल्दैन । तिमी आफै सक्षम छ्यौँ । त्यस्तो नाथे छुसीलाई तरह लगाउन सकिहाल्छ्यौ नि । स्नातकोत्तर गरेकी छोरीले हिम्मत हार्नुहुन्छ ? सासूससुरा असल छन् । नन्द आमाजु सबै आआफ्नो घर गइसके । केटा पनि त्यति नराम्रो होइन । तिमीसँग ट्याक्कै जोडा मिल्छ । मैले त उपयुक्त दिन ठहर गरेर टीका लगाउन आउनुहोस् भनेर पो कुरा टुङ्गो गरिसकेको छु ।”

बिचरी सूर्यदेवी एक्काइसौ शताब्दीमा हेडसर भैसकेका आफ्नो बाबुको कुरा सुनेर चकित परिन् । बाबुले आफूलाई पशुवत् व्यवहार गरेकोमा औधी रिसाइन् पनि । तर बाबु को हठको अगाडि उनको केही चलेन । देवुसँग उनको विवाह हुने कुरा निश्चित भयो । पढेलेखेको छोरीको केही लागेन । उनले बाबाको हठसँग आत्मसमर्पण गरिन् ।

मौखिक पक्का गरेको हप्ता दिनपछि सूर्यदेवी र देबुको इन्गेजमेन्ट प्रोग्राम गाउँको राम्रो पार्टी प्यालेसमा भयो । दुई जनाको फोटो सेसन पनि राम्रै चल्यो । सूर्यदेवीले छुछिृने बेलामा देबुको मोबाइल नम्बर पनि लिइन् । कार्यक्रम सकेपछि देबुका परिवार आफन्तरू घर फर्किए । सूर्यदेवीको बाबाले पार्टी प्यालेसमा हिसाब चुक्ता गरेपछि उनीहरू पनि आआफ्नो घर फर्किए । सूर्यदेवीले देबुलाई मोबाइल गरिन् ।

देबु आफ्नो साथीहरूसँग सूर्यदेवीसँग इन्गेजमेन्ट गरेको खुसीयालीमा बार पार्टीमा व्यस्त थिए । उनलाई अल्कोहलको नसा राम्रो लागिसकेको थियो । उनले सूर्यदेवीको फोन उठाएर लरबरिएको आवाजमा आफू साथीहरूसँग रमाइलो गरेर बसेको जानकारी दिए । झर्किएर आफूहरूलाई डिस्टर्ब नगर न भन्दै फोन राखिदिए । दोहो¥याएर प्रयास गर्दा उनको फोनको सुइचअफ भइसकेको थियो ।

सूर्यदेवीले देबुको सबै हर्कतको बारेमा बाबालाई बताइन् । बाबा ले “आज इन्गेजमेन्ट गरेको खुसीयालीमा साथीहरूसँग अलि अलि रमाइलो ग¥यो भन्दैमा नराम्रो नठान” भनेर छोरीलाई सम्झाए । सूर्यदेवीलाई साह्रै नराम्रो लाग्यो । उनको मनमा गहिरो चिसो पस्यो । कतै म बाबाको वचन उलङ्घन नगर्ने नाममा गलत केटासँग त परिनँ ? उनलाई रातभर निद्रा लागेन ।

भोलिपल्ट खाना खाएर देबुलाई फेरि फोन गरिन । देबुले पनि उनको फोन तुरुन्त उठाए । उनले सामान्य सिष्टाचार पूरा गरेर भेट्नका लागि समय मागिन् । देबुले पनि हुन्छ भनेर तुरुन्त सहमति जनाए । दिउँसो २ बजे न्यूरोड पीपलबोटमा भेट्ने भनेर फोन राखिदिए । ठीक समयमा उनीहरूको भेट भयो । देबु अलि अलि लजाएका थिए –हिजो बेलुकाको घटनाले । सूर्यदेवीले नमस्कार गर्दै कुनै शान्त रेस्टुरेन्टमा गएर चिया पिउदै गफगाफ गरौँ न भनेर अनुरोध गरिन् । देबुले पनि हुन्छ भनेर तुरुन्त नजिकको क्याबिन रेस्टुरेन्टमा लिएर गए । बेराले माथिल्लो तलामा क्याबिन खाली छ हजुर भनेर सबैभन्दा माथि लगे । दुई जना क्याबिन को कुर्सीमा बसेर मुखामुख गरे । बेराले के टत्तःयाउँ हजुर चिसो कि तातो ? भनेर सोध्यो । बेराको बोलिले सूर्यदेवी झसङ्ग भइन् । देबुले चिसो पानी र दुई वटा स्प्राइटको अर्डर गरे । मेनु पल्टाएर सूर्यदेवीलाई के खाने ? भनेर सोधे । सूर्यदेवीले हल्का जे मगाए पनि हुन्छ भनिन् । देबुले एक प्लेट फ्रेन्च फ्राई र दुई प्लेट चिकेन मःम को अर्डर गरे । बेरा हिँडेपछि देबुले सूर्यदेवीलाई किन एकान्तमा बसेर के कुरा गर्न खोजेको ? भन, भन्यो । सूर्यदेवीले डराई डराई हिजो बेलुकाको कुरा कोट्याइन् । सुरुमा देबुले हिजो आफूले साथीहरूसँग रक्सी बियर नपिएको सफाइ दिन कोसिस गरेको थियो । तर सूर्यदेवीले उसको बेलुकाको सबै हर्कत बताएपछि उसले बल्ल साथीहरूलाई साथ दिन एक पेग ह्विस्की पिएको कुरा स्वीकार ग¥यो । सूर्यदेवीले अबदेखि त्यस्तो व्यवहार नदोहोरियोस् भनेर अनुरोध गरिन् । देबुले पनि अबदेखि त्यस्तो गल्ती नगर्ने कसम खायो । नभन्दै उसले विवाहअगाडि त्यस्तो गल्ती गरेन पनि ।

इन्गेजमेन्ट गरेको २५ औँ दिनमा सामाजिक परम्परा अनुसार उनीहरूको विवाह धुमधामका साथ भयो । मुखियाको परिवार सूर्यदेवी जस्ती सुशील केटी आफ्नो भङ्ज्याहा छोरालाई परेकोमा औधी खुसी थियो । कतै छोरा को कारण दीर्घकालसम्म टिक्दैन कि भनेर मनमनै डराएको पनि थियो । विवाहको औपचारिक पार्टी सकिएपछि देबुका साथीहरूले आज रमाइलो गरौँ भन्ने प्रस्ताव राखे । देबुले नाइ नाइ भन्दा भन्दै सुरु गरिहाल्यो । देबुले सूर्यदेवीको मुखमा हेरेर अनुमति मागे । सूर्यदेवीले हुदैन भन्ने इसारा गर्दागर्दै ऊ साथीहरूसँग गएर पिउन थाल्यो ।

बिचरी सूर्यदेवी लोग्नेको ताल देखेर चकित परिन् । २५ दिनअघि खाएको कसम भुलेकोमा दःुखित पनि भइन् । सुहागरातको पहिलो दिनमै लोग्नेको हालत देखेर उनले आफ्नो बाबुलाई धिक्कारिन् । आफ्नो निरीहपनलाई मनमनै सरापिन् पनि । आजको एक्काइसौँ शताब्दीमा राजधानी काठमाडौँको शिक्षित नारीको हालत त यस्तो छ भने अन्यत्र कस्तो होला ? उनी मनमनै कहालिइन् पनि ।

उता लोग्ने भने खुट्टा लर्बराउँदै ओछ्यानमा आएर डङ्रङ्ग पछारियो । सुहागरातको दिनमा पनि छोराको हर्कत देखेर मुखिया मुखिनीको अनुहार लाजले रातो भयो । सूर्यदेवी देबुको ठस्ठसी गन्हाउने ओछ्यानमा बस्नै सकिनन् । सासूले बुहारीको मर्का बुझेर आफूसँग राखेर “यो केटो धेरै नै बिग्रियो । विवाह गरेपछि सप्रिन्छ कि भनेर नै तिमीलाई विवाह गरेको । तिमीले यसलाई राम्ररी सम्झाएर सपार । म हर्तरहले तिमीलाई सहयोग गर्दछु । तिम्रो बाबालाई हामीले सबै कुरा भनेका थियौँ । उहाँले यस्ता केटालाई हाम्री छोरीले तरह लगाउँछिन् भनेकैले हामीहरू तिमीलाई बुहारी बनाउन राजी भएका हौँ “भनिन् । सासूको कुरा सुनेर सूर्यदेवी चकित परिन् । बाबाको हर्कत देखेर मनमनै दुःखित भइन् । तर सासूको अगाडि केही बोलिनन् ।

उनले भोलिपल्ट बिहान सबेरै घर धन्दा सकेर लोग्नेलाई ओछ्यानमै चिया बोकेर गइन् । देबु लाजले भुतुक्कै भयो । चिया समातेर बेलुकीको आफ्नो गल्तीको लागि माफी पनि माग्यो ।

सूर्यदेवीले सम्झाइबुझाई गरेर त्यो खराब आदत छोड्न राजी गराइन् । उनीहरूको दाम्पत्य जीवन सुखमय ढङ्गले नै बित्न थाल्यो । उनीहरूको एउटी छोरी पनि जन्मिएकी छन् ।

आफू कुलतमा फसेर झण्डै माँड भएको मान्छेलाई सपार्न सफल भएकोमा देबु र सासूससुरा सूर्यदेवीसँग औधी खुसी छन् । सूर्यदेवीले देबुलाई स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्न उत्प्रेरित गरिन् । उसले पनि श्रीमतीको जोडबलमा ३ वर्षमा स्नातकोत्तर तह पास ग¥यो ।

अध्ययन पूरा भएपछि देबु रोजगारीको लागि विदेश जाने सोचमा थियो । तर सूर्यदेवी र बाबाआमा एक्लो छोरालाई विदेशमा पठाउन तत्पर थिएनन् ।

सूर्यदेवी लोग्नेलाई आफ्नो देशमा नै अड्याउन कुनै उद्योग वा व्यवसायिक काम गर्न सुझाव दिन्थिन् । बाबाआमा जागिर खान सुझाव दिन्थे । तर गाउँको हरेक घरको तन्नेरी विदेशमा गएको देखेर उसलाई पनि विदेश नै जाने मन थियो । तर सूर्यदेवी र बाबाआमाको कारण ऊ त्यसै चटक्कै घर छोडेर हिँड्न पनि सक्तैन थियो । एक दिन सूर्यदेवीले “आफ्नो जग्गा जमिनमा आधुनिक कृषि फार्म दर्ता गरेर सञ्चालन गर्नु राम्रो हुन्छ भनेर सल्लाह दिइन् । म र हजुर दुवै जना मिलेर कृषि पेसामा लागेमा गाउँमा अरूलाई पनि त्यस्तै काम गर्न हौसला मिल्नेछ । बाबाआमाले पनि हाम्रो काममा सहयोग गर्न सक्नुहुन्छ । देबुले भन्यो –‘बाबाले यो काममा लाग्न कहाँ सघाउनु हुन्छ ? उहाँ त मलाई सरकारी सेवामा प्रवेश गरेको हेर्न चाहनुहुन्छ ।’ देबुलाई काम ठिक लागे पनि बाबाको सहयोग पाइन्न भन्ने कुरामा ढुक्क थियो । त्यसैले अरू नै विकल्प खोज्न ऊ सूर्यदेवीलाई सुझाउँथ्यो । सूर्यदेवीले ‘ म बाबुआमालाई सहमत गराउँछु तर हजुर तयार हुने कि नहुने प्रस्ट भन्नुहोस्’ भनिन् । देबुले बाबालाई सहमत गराउन धेरै गाह्रो छ । तिमीले सहमति जुटाउन सक्यौ भने म तयार छु भन्यो । सूर्यदेवीले भोलिपल्ट सासूससुरालाई आफ्नो मनको कुरा भनिन् । उहाँहरू सुरुमा उनको कुरा सुनेर रिसाउनुभयो । त्यत्रो पढेलेखेका छोरा बुहारीको चाला देखेर अचम्म पर्नुभयो । उहाँ ‘खेतीपातीबाट ज्याला त उठ्दैन के कुरा गरेको बुहारी तिमी ले ?’ भनेर जङ्गिनुभयो । सूर्यदेवीलाई हुदैन भनेर सम्झाउन कोसिस पनि गर्नु भयो । तर सूर्यदेवीले हामी सक्छौ, हजुरले हामीप्रति भरोसा गर्नु होस् म जसरी पनि सफल गराएरै छोड्छु भनेर ढिपी कसिन् । विचरा डाँडाघरे मुखिया आफ्नो बिग्रिएको छोरा ठीक पार्ने बुहारीको आग्रह लत्याउँदै हिँड्न पनि सक्तैन थिए । त्यसैले उनले सूर्यदेवीलाई फार्म दर्ताको लागि आफ्नो लालपूर्जा र नागरिकता दिए । सूर्यदेवी र देबुले नजिकैको कृषि केन्द्रको कृषि प्राविधिकको सहयोगमा सूर्य – देबु कृषि फार्म दर्ता गरेर काम सुरु गरे । सूर्यदेवीले उत्पादनको पाटो हेरिन् । देबुले बजारको जिम्मा लियो । सासूससुराले पनि उनीहरूलाई चाहिएको बेलामा खेतालाको बन्दोबस्त गरेर सहयोग गरे । हिजो मान्छेको हात गोरुले मात्र गरिने खेतीमा आज ट्याक्टर र मेसिनहरू चल्न थालेको छ । प्लास्टिकको टनेल बनाएर बाह्रै महिना बेमौसमी तरकारी खेती गरिएको छ । यो देखेर अरू गाउँलेहरूले पनि उनीहरूको देखासिकी गर्न थालेका छन् । डाँडा घरे मुखियाको नामबाट परिचित त्यस गाउँको परिचय बदलिएको छ ।

सूर्यदेवीको बाबाआमा छोरीको मेहनत र आँटको कारण ज्वाइँको दिनचर्या बदलिएकोमा भित्रभित्र दङ्ग छन् । सूर्यदेवी भने पौडिन नजानेको व्यक्तिलाई घनघोर बाढीमा धकेल्ने आफ्नो हेडसर भइसकेका पिताको हर्कत देखेर मनमनै चिढिएकी छिन् । आजकल उनको माइतीघरमा आउजाउ पनि निकै कम भएको छ । स्वार्थको लागि आफ्नो सन्तानलाई पनि गलत केटासँग विवाह गर्न बाध्य बनाउने बाबुको नियत सम्झेर बेलाबेलामा उनी रुने गर्छिन् ।

उनको मेहनत र धैर्यले बिग्रिएको देबु सप्रेको र कृषि फार्म सञ्चालनमा आएको सुधार देखेर उनका साथीहरू र गाउँलेहरू पनि अचम्ममा परेका छन् । हिजो पढेलेखेका मान्छेले जागिर पो खाने हो कहाँ खेतीपाती गर्ने हो ? भन्ने धारणा बदलिएको छ । हिजो अनाज तरकारी आयात गर्ने मुखिया गाउँ आज निर्यात गर्ने अवस्थामा बदलिएको छ । स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा लिएका देबु र सूर्यदेवीका जोईपोइ नै कृषि पेसामा लागेकाले अरू युवालाई पनि त्यतैतिर आकर्षित गर्न थाले को छ ।

á

गोकर्णेश्वर ५ मड्गाल, जोरपाटी ।

फोन ९८५११२९६२५

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments