१. विषयारम्भ

उपन्यास जीवनजगत्लाई यथार्थमा उजागर गर्ने वा कुनै पनि समाजको बृहत्तर कथावस्तु र परिवेशलगायत सबै कुरालाई समेट्ने गद्यविधा हो । पद्यमा महाकाव्य जीवनजगत्का यावत् कुराहरूलाई समेटेर त्यसलाई आख्यानात्मक स्वरूप दिई महाकाव्यको निर्माण भएको हुन्छ । दुवैलाई बृहत्काय विधाको रूपमा लिने गरिन्छ । जीवनजगत्को यथार्थ प्रस्तुति हुँदा राम्रो उपन्यासले प्रसिद्धि प्राप्त गर्ने कुरा स्पष्ट छ । बृहत् कथानक हुने हुनाले यसमा उपकथाहरू पनि जोडिँदै जान्छन्, यो स्वाभाविक पनि हो । नेपालको साहित्यिक इतिहासमा माध्यमिक कालको वीर चरित्रदेखि अहिलेसम्म धेरै नै उपन्यासहरू आए । विविध आरोहावरोह पार गर्दै वर्तमान समयसम्म आइपुग्दा विविध नामकरणद्वारा उपन्यास निर्माण गरिए होलान् । जोसँग जे जोडिए पनि वास्तविक रूपमा समेटिने मूल विषय त समाज नै हो । त्यही समाजलाई स्रष्टाले हेर्ने दृष्टिकोणको आधारमा उपन्यास मात्र होइन, सबै साहित्यिक विधा रचना भएका हुन्छन् । साहित्यमा यथार्थ मात्रै भयो भने त्यो विवरण हुन्छ, या निबन्ध हुन्छ, या इतिहास हुन्छ । त्यसैलाई यथार्थसँग कल्पनाको कुचीले रङ्ग भर्दै पात्रहरूलाई जोडिनु साहित्यको स्वरूपलाई प्राप्त गर्नु हो, मार्गदर्शन गर्नु पनि हो, जसबाट स्रष्टालाई बेग्लै आनन्दको अनुभूति हुन जान्छ ।

कथामा प्रकृतिलाई सम्मिश्रण गरी त्यसमा सृष्टिका सर्वश्रेष्ठ प्राणी मानिएको मानिसका क्रियापलापमा विविधता आउनु स्वाभाविक नै हो । वर्तमान समयमा नेपाली साहित्यको उपन्यास विधा सबैको रुचिको विषय बनेको छ । सर्जकहरू उपन्यासतर्फ आकर्षक हुनुको पछाडि पाठकको रुचिलाई हेरेर सर्जकले कथाको आँगनलाई फराकिलो बनाएको हुन्छ । भुवनहरि सिग्देल काव्य महाकाव्यका अत्यन्त प्रतिभावान् व्यक्तित्व पनि उपन्यासतर्फ ढल्केको देख्दा अचम्म लाग्छ । वार्णिकछन्दका आशुकवि भुवनको आख्यानतर्फ पनि उत्तिकै शक्तिशाली लेखन रहेको छ । साहित्यकार भुवनहरि सिग्देल केही वर्षको अन्तरालमा स्थापित उपन्यासकारको रूपमा देखिनुभएको छ – रमिलानानी उपन्यासभित्र ।

मैले केही वर्ष पहिले भुवनहरिको महाकाव्य विभुधाराको विषयमा समीक्षाको सन्दर्भमा उनभित्र भएका काव्यगत कुरा गर्ने क्रममा भनेको थिएँ– भुवनजीमा मैले फेला पारेको काव्यगत विशिष्टतालाई सम्प्रेषित गर्न काव्यधर्म भन्ने शब्द उपयुक्त हो होइन मलाई थाहा छैन । सामान्यतया कविहरूले गरेजस्तो पहिले विषयवस्तु छान्ने र विषयवस्तु अनुकूल पात्रहरूको सिर्जना गर्ने शैली सिग्देलजीको रहेनछ । उनका सिर्जना पढ्दा समाजमा सशरीर अस्तित्वमा रहेका र समाजकै ढुकढुकी विशेषलाई प्रतिनिधित्व गर्ने प्राणीलाई आफ्नो काव्यको नायक छान्ने, त्यस जीवन्त नायककले भोगेका व्यक्तिगत र सामाजिक कुन्ठाका तानाबानालाई माला उनेझैँ सुन्दर आकृति दिने विशेषता काव्यका विषयवस्तु बन्दा रहेछन् । त्यसैले उनका कृतिहरू काल्पनिक होइनन् परन्तु समाजको एउटा विशेष पाटोलाई प्रतिविम्वित गर्ने काव्यात्मक दस्तावेज हुँदारहेछन्…..।

 

२. स्रष्टापरिचय

माता मीनाकुमारी सिग्देल र पिता नन्दलाल सिग्देलका पुत्ररत्नका रूपमा भुवनहरि सिग्देल २००७ जेठ ५ गते बिहीबारका. जि. बाडभन्ज्याङ, वडा नं. ३, दहचोकमा जन्मिएका हुन् । हालको बसोबास भने सानेपा,ललितपुर उ. न. पा. २ मा रहेको छ । शिक्षाको क्षेत्रमा त्रिविविबाट स्नातकसम्मको अध्ययन गरेका भुवनको मूल विधा काव्य र कविता लेखन हो तर अन्य गद्य विधामा पनि उत्तिकै सशक्त लेखन रहेको छ । पेशागत संलग्नताको हिसाबबाट हेर्दा भीम प्रा. वि. दहचोक (२०२४ देखि २०२६), प्रभात मा.वि. थानकोट (२०२६ देखि २०२९) शिक्षक भएर यिनले काम गरे । विद्यालय निरीक्षक पदमा नियुक्ति लिएर यिनले २०२९ देखि २०३० सम्म पाँचथर गई काम गरे । राष्ट्रिय कम्प्युटर केन्द्रको प्रशासनतर्फ २०३१ सालमा नियुक्त भई विभिन्न तहमा २०५५ सम्म कार्यरत रहे । त्यो जागिरे जीवनभन्दा भिन्न लाग्ने अन्नपूर्णा ट्राभल एण्ड टुर्सको प्रबन्धक पदमा २०५६ देखि २०६५ सम्म काम गरेको देखिन्छ ।

जागिरे जीवनका समयमा पनि यिनले विभिन्न सङ्घ संस्थामा सेवा गरे । मुख्यतः मङ्गलोदय मा. वि. को व्यवस्थापक सदस्य, मङ्गलोदय क्याम्पसको व्यवस्थापक सदस्य, प्रभात मा. वि. को व्यवस्थापक सदस्य, भीम उ. मा. वि. को व्यवस्थापक सदस्य उल्लेख्य छन् । यिनले फाटफुट रचना नगन्य रूपमा गरेका भए पनि २०५४ सालपछि मात्र यिनी साहित्यिक जगत्मा परिचित भए । उनी जनमत मासिक पत्रिकाका आजीवन सदस्य, सुनकोसी साहित्यिक पत्रिकाका आजीवन सदस्य, भानु मासिकका आजीवन सदस्य, रचना द्वैमासिकका आजीवन सदस्य, दायित्व द्वैमासिकका आजीवन सदस्य रहेका छन् ।

नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने भुवनजीका कृतिहरूमाथि नजर गर्दा ः (१) आर्तनाद (खण्डकाव्य २०५४— भारतमा चौकीदारी गर्ने नेपालीको व्यथा), (२) खाते –नव्यकाव्य २०५५— सडक बालबालिकाको विषय, (३) धरणीधर (महाकाव्य२०५५— स्रष्टा धरणीधर कोइरालाको जीवनीमा आधारित), (४) कानी (खण्डकाव्य २०५५— कुवेतमा घरेलु नोकर्नी बन्नपुगेकी कानी शेर्पाको निर्मम हत्याको विषय), (५) मेनुका –महाकाव्य २०५६— यथार्थ सामाजिक नारीपात्र), (५) कुलबहादुर (खण्डकाव्य)२०५८— बालभरिया— आमा पोइल र बाबु जोइल गएपछि धरानदेखि भोजपुरसम्म सात वर्षको भाइ, भूमि राईलाई साथै लिएर नौ वर्षको कुलबहादुरले भारी बोकेर बाँच्नुपरेको विडम्बना), (६) डल्ले (खण्डकाव्य २०५८— धादिङ, गजुरीको घरबारविहीन श्रमिक डल्लेको दर्दनाक कथावस्तु), (७) विभुधारा –महाकाव्य २०६१—सिग्देल वंशदेखि आफ्नै जीवनीसम्म), (८) रो कविता (कवितासङ्ग्रह २०६१), (९) तीतामीठा कुरा (नीतिकाव्य २०६३ सहलेखन), (१०) समयचक्र (खण्डकाव्य २०६४), (११) अतीत जब वर्तमान बन्छ (कथासङ्ग्रह २०६५), (१२) सुनसपना (खण्डकाव्य २०६५), (१३) रमिलानानी (उपन्यास २०६६), (१४) सुरासुन्दरी (उपन्यास २०६६), (१५) तारा नखस्नू तिमी (खगोल यात्राकाव्य२०६६), (१६) यात्रा किसिमकिसिमका (यात्रानिबन्ध २०६७), (१७) रामदाइ (औपन्यासिकेतिहास २०६७), (१८) स्मृतितरङ्ग (संस्मरण २०६७), (१९) कलमगङ्गा (पद्यसंवाद २०६८), (२०) निसानी (खण्डकाव्य २०६८), मनका सयपत्री (संस्मरण २०६८), (२१) उर्मिला (उपन्यास २०६९), (२२) मै छोरी सुन्दरी (बालगीत २०७०), (२३) वैयाकरण–महाकाव्य २०७०), (२४) आमोई (उपन्यास २०७२), (२५) जदौ मालिक (उपन्यास २०७२), (२६) सारङ्गी (उपन्यास २०७३), आरोहण (महाकाव्य २०७४, सहलेखन) ।

यसरी नेपाली साहित्यका काव्य, महाकाव्य, कथा, उपन्यास (आख्यान), निबन्ध, बालगीतादिमा योगदान गरेवापत विभिन्न संस्थाहरूले यिनलाई सम्मान÷ पुरस्कार प्रदान गरेका छन् । ती हुन् ः धरणी पुरस्कार, विराटनगर २०५५, भवदेव पन्त काव्यिक पुरस्कार२०५७, नवप्रभात कला सम्मान, थानकोट २०५७, गेरु अम्बिका कोइराला स्मृति सम्मान, विराटनगर, २०६०, लेखनाथ पौड्याल सम्मान २०६२, दायित्व विशिष्ट सम्मान२०६७, वैजयन्ती स्रष्टा सम्मान २०६७, तन्नेरी स्रष्टा सम्मान२०६७, सांस्कृतिक संघ, हीरक जन्मोत्सव पुरस्कार २०६७, सीतापाइला बहुउद्देश्यीय कम्पनी सम्मान २०६७, विष्णुचन्द्र पुडासैनी वाङ्मय मन्दिर पुरस्कार २०६८, विश्व नेपाली साहित्य महासंघ रुसबाट सम्मान ई.सं. २०१३, वसन्तराधा पद्य पुरस्कार २०७१, महाकवि देवकोटा पुरस्कार २०७३, बाबा ओमवीर बस्न्यात पुरस्कार २०७३, रेडियन्ट स्रष्टा सम्मान २०७४, दोभान पुस्तकालय स्रष्टा सम्मान २०७४, रामराज पन्त स्मृति पुरस्कार २०७४, ज्ञानदीप स्रष्टा सम्मान २०७४ ।

 

३. रमिलानानी उपन्यासको सन्दर्भ

जीवनको भोगाइ, इच्छा, आकाङ्क्षा र पीडाको सूक्ष्म अध्ययन गरेर लेखिएको यो उपन्यासले पाठकलाई सुरुदेखि अन्त्यसम्म उत्सुकतामा राख्छ । यस उपन्यासको अर्को विशेषता वर्तमान समयलाई पनि छोएको छ । यस उपन्यासले सबै उमेरका पाठकलाई आपूmतिर आकर्षण गर्न सक्छ ।

रमिलानानी उपन्यास सर्वप्रथम शब्दार्थ प्रकाशनले प्रकाशनमा ल्याएको थियो भने अहिले शिखा बुक्सबाट २०७४ चैत्र पुनः प्रकाशनमा ल्याएको छ । रमिलानानी एकपक्षीय रमाइलो उपन्यास हो । यो भन्नुको तात्पर्य यसमा रमिलाको जीवन कस्तो किसिमको जीवन हो ? प्रेमपूर्ण जीवन भनौँ भने एकछिनको रमाइलो त छ तर सार्थक छैन यो कथावस्तुकी रमिलाले भौतिक सुखको अनुभूति गर्न खोज्छे, आशाका तन्तुहरू लिएर बाँचेकी छ तर न त्यहाँ उमङ्ग छ, न कुनै भरोसा, न भविष्य । केवल आशा बोकेर बाँच्न खोजेकी छ तर त्यो बचाइ पनि विद्रुप छ । सौन्दर्यभित्रको असुन्दरताले मनलाई द्रवित तुल्याउँछ । यस्तो उपन्यास लेख्न प्रेरित गर्ने नेपालको वर्तमान अवस्था हो, लेखन–स्वतन्त्रताको अनुभूति हो । समय धेरै बदलिएको छ, व्यवस्थामा आएको परिवर्तनले पनि सघाएको छ ।

(क) सङ्क्षिप्त कथावस्तु

रमिला दरबार पसेको सात वर्षपछिबाट उसैले लेखेको आत्मकथा शैलीबाट विषय प्रारम्भ हुन्छ । काठमाडौँको जैसीदेबलमा घर भएकी रमिलाका बाबाको सानो जागिर थियो । आमाको घरको काम, आपूmभन्दा चार वर्ष कान्छी बहिनी रमा, आमाको काखमा सानो भाइ थियो । यो परिवारमा हुर्केबढेकी रमिला आप्mनै घर आँगन र चोकमा रमाएकी थिई । रमिला दस वर्षको उमेरमा बडाबाकी छोरी अलकादीसँग दरबार पस्छे, बुवाआमा, भर्खर जन्मेको भाइ र बहिनीलाई छाडेर । राम्रै काम होला, दरबार पसेपछि घर सुध्रिन्छ भन्ने बावुआमा ठान्छन् । सुन्दर सपनाको इन्द्रेनीमा रमाउँदै ऊ दरबार पुग्छे तर बिडम्बना, अबोध बालिकालाई दरबार भित्र्याएर नानी (रनिवासकी यौनदासी) बनाउने सामन्तीय कुचलनमा ऊ फस्छे । अलकादीले दरबारमा तालिमेलाई सुम्पिदिन्छे । त्यहाँ खाने, बस्ने व्यवस्था राम्रो छ । त्यहाँ ऊभन्दा बडा मैमत्त तरुनी र बूढी नानीहरू पनि छन् । रमिला पनि त्यही जमातमा मिसिन्छे । सबै नानी तालिम प्राप्त छन्, कसैले केही कुरा गर्दैनन् । नयाँ ठाउँ, के कुरा कसरी गर्ने हो उसलाई थाहा छैन । घरको पिरले आँसु बगाउँछे । घरमा जान पाऊँ भनेर तालिमेमासँग गुहार माग्छे । उसको आर्तनाद सुनिँदैन ।

विस्तारविस्तार श्रीशोभा, मनोहरा, हेरम्भा दिदीहरूसँग हेलमेल हुन्छ । विस्तारै ऊ पनि त्यहाँ रमाउन सुरु गर्छे । यो उसले नसोचेको भिन्न संसार छ । यसबारे उसलाई केही थाहा छैन । सगोलमा बस्ने खाने सबै व्यवस्था त्यहाँ छ । दिन, महिना र वर्ष बित्छन् । रमिला चौध वर्षकी हुन्छे । एक दिन भित्र बोलाइन्छ रङ्महलमा । राजकुमारले आप्mनो कामवासना पूर्ण गर्छ । अनेक आश्वासन दिन्छ । ऊ भर्खकी कलिली, सुन्दर छे । राजकुमारले उसलाई प्रेमिका, रानी बडामहारानीसम्म पनि बनाउँछु भन्छ । समय बित्दै जान्छ, कहिले रनिवास, कहिले ठाउँठाउँका होटेलमा पु¥याएर आप्mनो इच्छानुसार भोग गर्छ । त्यहाँ अरू नानी पनि त्यस्तै किसिमबाट भोगिन्छन् ।

एकातिर रमिला त्यहाँकी भोग्या दासीभैmँ देखिएकी छ भने अर्कोतिर ऊ पनि बैँसको उन्मुक्ततामा भोगिएको भन्दा पनि आप्mनो वासनायुक्त भोगाइमा रमाउँछे । ठूलाबडाको आश्वासनलाई विश्वास गर्दै जान्छे तर दरबारियाको चलनचल्ती भन्दाबाहिर गएर त्यहाँ केही पनि हुँदैन । त्यो रनिवासमा अनेकौँ त्यस्ता महिलाहरू थिए, जो राजादेखि राजकुमारसम्मका फरक नानीहरूको व्यवस्था तालिमेमाले मिलाउने चलन अनुसार रमिला राम्री, रसिली, नवयौवना भएकीले राजकुमारको निमित्त छानिएकी छ ।

रमिलालाई उदाएको वचन पूरा नगरी राजकुमारले विवाह गर्छ । यसबाट रमिलाको मन टुट्छ । सबै नानीहरूले दरबारबाट स्वतन्त्र भई आप्mनै घरजम गरे तर रमिला कैदीजस्तै बनेर त्यहीँ थुनिई । त्यो समय रमिलाले राजकुमारको पेट बोकेकी थिई । ऊ एकातिर गर्भको बच्चालाई जन्मदिने सपना बुन्छे भने अर्कोतिर यो कालकोठरीबाट मुक्तिको बाटो पनि खोज्छे । त्यहाँ उसका तमाम सपना समाप्त हुन्छन् । वैद्यमा आएर उसको गर्भपतन गराइछाड्छे । त्यो घटनापछि रमिलाले आपूmलाई समाप्त पार्ने सोच बनाउँछे । अन्तिम घडीमा तालिमेमाको उपस्थितिले उसमा बाँच्ने आश पलाउँछ । ऊ आफैले लेखेकी यो आत्मकथा कथा छपाउने र त्यहाँ उपहारमा थुप्रिएका इनामका सामान घरमा पु¥याइदिने आश्वासन पाएपछि कथावस्तु समाप्त भएको छ ।

त्यहाँ एउटा मनोवाद छ रमिलाको ः ‘रमिलाको गल्ती के हो ? ऊ दस वर्षकी हुँदा ठूलो सपना बोकेर दरबार पसी । बाबुआमालाई भुली, चौध वर्ष पुग्दा नपुग्दा ऊमाथि बलात्कार सुरु भयो । अझै सपनालाई उप्केरा दिँदै त्यो कृत्यलाई सहन गर्दै गई । ऊसँग अनेकौँ वाचा बाँधिए निरर्थक । जुन वाचाका महŒव बेलुनमा कोचिएको हावा जति पनि थिएन …। (पृष्ठ २२६)

(ख) रमिलानानी उपन्यासको विमर्श

सामान्य परिवार भएकोले सानै भए पनि काम पाउने चाहनाले दरबारमा काम गर्ने आफन्त बडाबाकी छोरी अलकादी दरबारमा काम गर्ने दिदीले घरसल्लाहमा दरबार पठाएको, रमिला अत्यन्त सुन्दर भएकीले दरबारमा तालिमेमाले तालिम दिएर राजकुमारकी नानीको रूपमा रहिन् । रमिलाले दरबारमा बस्दाका अनुभूतिलाई समेटेर पुस्तक लेख्ने अठोट गरेकी छ । आप्mनो जीवनको सम्पूर्ण यथार्थलाई समेटेको पुस्तकको रूपमा ल्याउने जुन अठोट छ त्यही कथा उपन्यासमा आएको छ । राजकुमारले गरेको व्यवहारले क्षतविक्षत रमिलाको जीवनले रनिवासमा कैदीजस्तै भएर बस्ने नारी–जीवनको एक पक्षलाई जस्ताको तस्तै उतार्न उपन्यास सफल भएको छ ।

यो नारी प्रधान उपन्यास हो । रमिला यस उपन्यासकी नायिका हो । ऊ सौन्दर्यकी प्रतीक हो । समाजमा ऊप्रति आँखा गाड्ने धेरै हुन्थे यदि उसले बाहिर स्वतन्त्र भई विचरण गर्न पाएकी भए । क्षणिक उन्मादको सुखानुभूतिमा नरमेकी भए आपूm अनुरूप बाँच्न पाउने थिई । त्यसबाट ऊ वञ्चित भएकी छ । यहाँ प्रेमी बनेको राजकुमार पनि स्वतन्त्र नभएको सन्दर्भ दरबारको विवशता रमिलालाई सान्त्वना दिने क्रममा राजकुमार भन्छ ः नानीहरू दरबारमा थुनिएजस्तै म पनि त्यहाँ थुनिएको छु । म पनि मानिस नै हुँ । मानिसकाजस्तै इच्छा छन् मसँग पनि । हाँसख्याल गर्न मन लाग्छ । घुमफिर गर्न मन लाग्छ । मेरो विवशता हेर रमिला, म बाहिर निस्केर साथीभाइसँग घुलमिल हुन सक्तिनँ ।….तिमीले देख्दा म सुखी छु । सम्पन्न छु जस्तो लाग्ला तर म स्वतन्त्र छैन …। (पृष्ठ ४९)

जीवनमा धन–दौलतले पुरिए पनि उसको जीवनको सार्थकता छैन भन्ने प्रमाण हो, यो भनाइ । यस्तै रमिला प्रकृतिले सबै दिएर पनि केही नभए भैmँ ऊ बाँच्न विवश भएकी छ । न भाग्न सक्छे, न मर्न सक्छे । अन्तसम्म पनि प्रेमी आश्वासन दिइरहन्छ । आश गर्ने आदत परेको छ । दरबारकी नानीको रूपमा रमिला विद्रुप हाँसो हाँस्छे, विकृत मनोदशामा रुन्छे, विकलाङ्ग जीवन बाँच्छे । यो उपन्यासभित्रका तीन अध्याय, विश्वास, विवशता र विद्रोहका पाटाहरूले नारी स्वतन्त्रताको, उन्मुक्तिको, जागरणको, शङ्खघोष गर्छन् । नबाबी संस्कार सर्दै नेपालका सामन्त, शासकका दरबारमा प्रविष्टि भएको यौनदासी राख्ने कुप्रथाको भन्डाफोर रमिलामार्फत यो उपन्यासमा गरिएको छ ।

भाषाशैलीगत दृष्टिकोणबाट रमिला उपन्यास अत्यन्त प्रभावशली रहेको छ । शैली रमाइलो छ, रोमान्टिक छ, पाठकको उत्सुकता बनिरहन्छ । छोटा छोटा वाक्यले कतै पनि अप्ठ्यारो पार्दैन तर यौनदासीको रूपमा प्रस्तुत गरिए पनि रमिलाको जीवन भनेको एक पुरुषसँगको सहवासमा जीवन बितेको छ । प्रेमिलजीवनको भावनात्मक प्रयासमा बितेको छ । नारीले आप्mनो प्रेमीलाई गुमाउन चाहन्न भन्ने मनोविज्ञानको राम्रो विश्लेषण यसमा छ । आप्mनो जीवनमा जतिसुकै दुःख कष्ट सहनु परे पनि रमिलाले सदैव राजकुमारलाई नै सम्झनु र मनले वरण गरिरहनु यसको उदाहरण हो । विवशताको जञ्जिरमा बाँधिए पनि अन्यथा सोच्ने र आप्mना बावुआमालाई अप्ठ्यारामा पार्न नचाहने भावना ऊ यसरी पोख्छे ः ‘हजुरकी प्यारी रमिला दरबार पसेर पनि सुखी भइन । आफैसँग खुसीबाहेक यहाँ कसैले कसैलाई खुसी दिँदा रहेनछन् । छोरीले निकै बस्किस जम्मा गरेकी होली भन्ने आश राखेर अनि त्यही आशालाई बैनीको बिहे गर्न भरथेक हुनेछ भन्ने कल्पनामा दिनरात काट्दै हुनुहोला …….. मैले हजुरहरूलाई गुन गर्न नसके पनि बैगुन गरिन… (पृष्ठ २२४)

यहाँ हजुरमा, तालिमेमा, शोभादी आदिका आआप्mनै कथा–व्यथा छन् । तिनीहरूका जीवनलाई हेर्दा पनि छुट्टा छुट्टै कथा बन्न सक्ने स्थितिको सङ्केत रहेको कुरा उपन्यासमा सर्वत्र देखिन्छ । यस्तो कथावस्तु रोजेर पनि उपन्यासकारको चतु¥याइँ अश्लीललाई श्लील बनाएर प्रस्तुत गर्नु हो तथापि ठाउँ ठाउँमा अब जुठो परीजस्ता वाक्य भनौँ वा जुठो वारवार आउँदा भने पोखरेली चामलको भातमा ढुङ्गा अवश्य लाग्छ, गाह्रो विषय हो यौनको पाटो । भाषाको मान्यता र प्रचलित सामाजिक बार नाघ्न मिल्दैन । त्यसको रसानुभूति दिन सकिएन भने लेखन निरर्थक हुन्छ । यसमा जुठो हाल्नु शब्दको प्रयोग त्यही सीमारेखाभित्र रहने आशयमा छ । अर्को कुरा जुठो हाल्नु शब्द ध्वनिमा प्रयुक्त छ । चुम्वन गर्नुको अर्थ माया गर्नुसम्म होला । जुठो हाल्नुको अर्थ बिटुल्याउनु, अरूले प्रयोग गर्न घिनाउने स्थितिमा पु¥याउनु, विकृत बनाउनु, अरूको हकहिस्सा हैन, मेरो मात्र यसमा हक छ भनी स्वामित्व स्थापना गर्नु, अधिकार जमाउनु आदि अर्थमा प्रयोग भएको यथार्थ हो । यसले नयाँ ध्वनि सम्प्रेषण गरेको अनुभूति भयो । अश्लील शब्दको प्रयोग गर्दा हुने अप्ठ्यारोलाई उपन्यासकारले विशिष्ट चतु¥याइँसाथ प्रयोग गरेको देखिन्छ । यस उपन्यासमा अन्यथा पूरै यौन विषयमा लेखिएको भए पनि यो कृतिमा पाठकलाई कतै पनि बिझाउने भाषा प्रयोग भएको छैन । शुद्ध, शालीन, उत्सुकतामै पाठकलाई सुरुदेखि अन्तसम्मको यात्रा गराउनु यसको महŒवपूर्ण विशेषता हो ।

(ग) ध्वन्यात्मक वाक्य

रमिलानानी उपन्यासभित्र धेरै सूक्तिमय वाक्यहरू पाइन्छन् । उपन्यासकार एक सशक्त कविभावना भएको व्यक्ति भएको हुनाले गर्दा कवितात्मकता र सूक्तिमयता अत्यधिक पाइनु स्वाभाविक हो । जीवनका अनुभूतिलाई शाश्वत सत्यका आधारमा प्रकट गरिएको छ । यसो हुनु नपर्ने यसो भयो भन्ने आधारलाई अत्यन्त सुन्दर ढङ्गबाट प्रस्तुत हुनु उपन्यासकारको मुख्य विशेषता रहेको छ । केहीध्वन्यात्मक सुन्दर वाक्यहरू उदाहरणका लागि ः

म नदी थिएँ फेरी बगेँ, ऊ चुच्चे ढुङ्गो थियो फेरि खिइयो । (पृष्ठ ३०)

 

हामी संसारजस्ता भएनौँ, तर संसार हामीजस्तै भएर घुमिरह्यो । (पृष्ठ ३६)

 

उत्साहका थुँगा छानेर आशाको धागोमा गाँस्दै थिएँ ।(पृष्ठ ४८)

 

त्यो दिन भात खाइन, घृणा खाएजस्तो लाग्यो(पृष्ठ १३४)

 

तिम्रो दिल सागरभन्दा गहिरो र आकाशभन्दा व्यापक छ । (पृष्ठ १७६)

 

कसैले गर्व नगरे हुन्छ समयसँग । (पृष्ठ २२५)

 

४. उपसंहार

राजकुमारकी प्रिय बनेर दरबारबाट अरू नानीहरूलाई स्वतन्त्रता दिएपछि पनि रमिलालाई भोग्याकै रूपमा बस्नुपरेको, आप्mनो जीवनमा भोग्नुपरेका सन्दर्भलाई उठाएर आप्mनो कथा आफै लेख्ने प्रयास भएको छ । आपूmले यसरी जीवन बर्वाद भए पनि आपूmजस्तो कुनै पनि नारीले यो पीडा भोग्न नपरोस् भन्ने धारणाबाट गतिशील कथाको रूपमा अगाडि बढेको छ । काठमाडौँ नेवार समुदायकी नानीको सुखद र दुःखद अनुभूति यसमा आएको छ ।

दरबारमा तालिमेमाको अगुवाइमा बसेका नानीहरूको जीवनचर्या, रमिलाले राजकुमारसँग बिताएका क्षणहरू, धेरै दिनसम्म उसको भोग्याको रूपमा रहेर विभिन्न होटलमा बिताएको क्षण, त्यसै सन्दर्भमा राजकुमारसित आनन्द लिँदालिँदै कताकता प्रेमको अङ्कुर पलाएको, राजकुमारले पनि धेरै आश्वासन दिएको तर पछि दरवारिया सोचबाट अपहेलितजस्तो हुनुको कारुणिक अवस्थाको वर्णन छ यसमा । दरबारिया बूढा राजादेखि राजकुमारसम्मका आआप्mनै नानीहरू हुने र त्यो व्यवस्था गर्ने तालिमेमाको सन्दर्भ यसमा ल्याइएको छ । नारी समक्ष पुरुष निरीह बनेको देख्न पाइन्छ । राजकुमार यहाँ निरीह बनेको छ । उपन्यासकारले सामन्तीका शोषण र दमनचक्रमा परेका नारीहरूको कथा–व्यथालाई राम्रोसँग काठमाडौँको परिवेशमा उतारेर दरबारको इतिवृत्त यस उपन्यासमा प्रस्तुत गरेको देखिन्छ । यो उपन्यास समसामयिक धरातलमा लेखिएको भए पनि एक ऐतिहासिक पृष्ठभूमिलाई पनि उद्घाटन गरेको छ । उपन्यास पठनीय एवं सङ्ग्रहणीय छ ।

धुम्बाराही, काठमाडौँ ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments