दिव्य गिरी समकालीन नेपाली लघुकथा लेखनका क्षेत्रमा स्थापित लेखक हुन्् । उनको जन्म वि.स. २०११ कार्तिक ११ का दिन ललितपुुर जिल्लाको इमाडोलमा भएको हो । त्रिभुुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गिरी हाल त्रिभुुवन विश्वविद्यालयमा उपप्रशासकको रुपमा कार्यरत रहेका छन् । उनका हालसम्म कङ्गाल बस्ती (मुुक्तक सङ्ग्रह, २०३८), सागर लहर किनार ( गजल सङ्ग्रह, २०५४), धुुनी तापेर (हाइकुु सङ्ग्रह, २०६१), अनामिका (कथा सङ्ग्रह, २०६१) स्वप्निल शिविर (मुुक्तक सङ्ग्रह, २०६४) एवम् हराएका इलाकाहरु (कविता सङ्ग्रह, २०७३) कृति प्रकाशनमा आइसकेका छन् भने हालसालै उनको भेडीगोठ र भेडो लघुुकथा कृति २०७३ फागुनमा प्रकाशनमा आएको छ । स्रष्टा दिव्य गिरी नेपाली साहित्यका क्षेत्रमा मुुक्तक, कविता, गजल, हाइकुु एवम् लघुुकथा लेखनका क्षेत्रमा क्रियाशिल देखिन्छन् । भेडीगोठ र भेडो लघुुकथा कृतिमा ८८ लघुुकथा रचना रहेका छन् । यी रचनामा प्रायःजसो राजनीतिक विषय सन्दर्भले प्रधानता पाएको छ । यस कृतिमा विगत दुुई दशक यताको राजनीतिक गतिविधि र यससँग सम्बन्धित पात्रका क्रियाकलापलाई मूूल कथ्यसन्दर्भका रुपमा प्रस्तुत गरिएको छ । यी रचनामा विगत दुुई दशक यता नेपालको राजनीतिक उतारचढाव र यी उतारचढावले उत्पन्न गरेको सामाजिक मनोदशाको चित्रण गरिएको छ । लेखकले विगत द्वन्द्वकालमा भएका हिंसाजन्य गतिविधि एवम् मानवमूूल्यको विघटनप्रति चिन्ता व्यक्त गरेका छन् । यस किसिमका रचनामा मानवअधिकार, क्रान्तिपुुरुष, खण्डहर, बिछोड, सराप रहेका छन् । राजनीतिक दलको आपसी खिँचातानीमा संविधान सभाको विघटन र यसले समाजमा परेको असरलाई भेडीगोठ र भेडोमा प्रस्तुुत गरिएको छ । नेपाली राजनीतिको विकृत पक्ष बन्द, हडतालजन्य गतिविधि पनि हो । लेखक यसप्रति अत्यन्त आक्रोशित छन् । उनले आफ्ना कतिपय रचनामा यस कुुराप्रति विमतिभाव व्यक्त गरेको सन्दर्भ उज्यालो अँध्यारो, राजनीतिक आधार, निशेधित क्षेत्र अािद रचनामा आएको छ । यसरी नै सत्ताका लागि गरिने लुुछाचुुँडी र अवसरवादी राजनीतिका घृणित क्रियाकलापको प्रस्तुति गरिएका रचनामा सत्तामोह, भागबन्डा, भोका स्यालहरु रहेका छन् । यी रचनामा पैसाका बलमा राजनीतिक पार्टीलाई पैसा बुुझाएर सांसद बनेको घटना आदिलाई समेत प्रस्तुुत गरिएको छ ।  लेखकको दृष्टि राजनीतिक विषयप्रति बढी रहेको र राजनीतिक क्षेत्रमा देखिएका विसंगतिप्रतिको आलोचना यी रचनाको मूूल अभिष्ट भएकोले गिरीका रचना राजनीतिक विकृति, विसंगतिविरोधी चेतनाका दृष्टिले महत्वपूूर्ण रहेका छन् । लघुुकथा सर्जक दिव्य गिरीका रचनामा हाम्रो सामाजिक परिवेश र सो परिवेशमा देखिएका असंगत पक्षको चिरफार गरिएको पाइन्छ । उनका रचनामा नवपुुस्ताको विदेश पलायनले उत्पन्न गरेको पारिवारिक बिछोड एवम् पुुस्तागत सम्बन्धमा देखिएको स्वार्थमुुखी व्यवहारको विवेचना पाइन्छ । उनका यस किसिमका रचनामा खुुशी, संयोग आदि रहेका छन् । त्यसरी नै इज्जत, रक्सीको मात, पदको मात लघुकथामा भ्रष्टाचारी व्यापारीको आडम्बर, भ्रष्टाचारीका सन्तानबिचको कलहका साथै पदको मातमा रहने मानिसको व्यवहारलाई दर्शाइएको छ । हाम्रो समाजमा देखिएको विवाहको नाममा देखिएको ठगी धन्दालाई आधुुनिक पेशा रचनामा प्रस्तुुत गरिएको छ । यस्तै उनका रचनामा निम्नवर्गीय पात्रप्रतिको संवेदना गरिबी, विश्वास लघुकथामा व्यक्त भएको छ । यसरी सर्जक दिव्य गिरीका रचनामा हाम्रो समाजिक परिवेशमा देखिएको विकृतिको उत्खनन गरिएको छ । सर्जक दिव्य गिरीको दृष्टि प्रशासनिक क्षेत्रका विसङ्गतिजन्य क्रियाकलापप्रति समेत परेको छ । यसै सन्दर्भमा उनका अवसरवादी, औपचारिकता, प्रक्रिया, योग्यता आदि रचनामा प्रशासन क्षेत्रका विकृतिप्रति आक्रोश पोखिएको छ । यी रचनामा अवसरवादी सहकर्मीको झुुठो आँसुु, मृत्युुपछि व्यक्तिको स्तुुति गर्ने प्रवृत्ति, अयोग्य व्यक्तिले जिम्मेवारी पाएको सन्दर्भका साथै टिकाटिप्पणीमा रमाउने तल्लो तहका कर्मचारी प्रवृत्तिलाई देखाइएको छ । यसरी नेपाली प्रशासनिक क्षेत्रमा देखिएको विकृतिजन्य परिवेश र सो विकृतिप्रतिको आलोचना उनको लेखनको विशिष्ट पक्ष बनेर आएको छ ।  यसरी नै स्वास्थ्य क्षेत्रमा देखिएको जनताको स्वास्थ्यप्रतिको खेलवाड एवम् अत्यधिक धनप्रिय प्रवृति, त्यसरी नै कला क्षेत्र अन्र्तगत वास्तविक कलाको महत्व नबुुझ्ने मानवीय क्रियाकलापको प्रस्तुुतिलाई अघि सारिएको छ ।  स्रष्टा दिव्य गिरीका रचनामा विगत दुुई दशक यताको राजनीतिक परिवेशका साथै सामाजिक परिवेशमा देखिएका गलत चिन्तन एवम् क्रियाकलापप्रतिको आलोचना पाइन्छ । लेखक राजनीतिक विषयवस्तुुमा बढी केन्द्रित देखिएका छन् । त्यस बाहेक उनले सामाजिक, पारिवारिक विषय सन्दर्भका साथै प्रशासनिक, स्वास्थ्य एवम् पूूँजीबजारका घटनालाई समेत अघि सारेका छन् । उनका रचनाले नेपाली समाजको एक कालखण्डका विकृतिको उत्खनन गरेका छन् । गिरीका कतिपय रचना लघुकथा लेखनका दृष्टिले ठीकै भएपनि एकाध रचना लघुुकथा भन्न मिल्ने खालका छैनन । आयामगत दृष्टि र प्रस्तुुतिका दृष्टिले पनि ती रचना छोटा कथा भन्न मिल्ने खाले छन्, तिनले लघुकथाको प्रतिनिधित्व गर्न सक्दैनन् । लेखकले विषयवस्तुगत दृष्टिले विविधता दिने हिसाबले रचना छनौट गरेको भए कृति अझ प्रभावकारी बन्ने थियो । एउटै विषय र एउटै घटना सन्दर्भसँग सम्बन्धित रचनाको आधिक्यताले कृतिलाई निरस बनाएको छ । कृति प्रकाशन पूूर्व रचना छनौट र तिनको उचित सम्पादन भएको भए यो कृति छरितो र प्रभावकारी बन्ने थियो । यस तर्फ लेखकको ध्यान गएमा अगामी दिनमा आउने कृतिले अझ परिपक्वता पाउने देखिन्छ । नेपाली साहित्यका क्षेत्रमा कम लेखिने गरिएको लघुकथा लेखनका माध्यमबाट उनले आफूूलाई प्रस्तुत गरिसकेका छन् । समकालीन नेपालको राजनीतिक–सामाजिक विषयसन्र्दभको अध्ययनका दृष्टिले यी रचना महत्वपूूर्ण छ । नेपाली राजनीतिक–सामाजिक क्षेत्रका विसङ्गतिप्रतिको आलोचनात्मक चेत उनको लेखनको विशिष्ट पक्ष बनेर आएको छ । यही नै उनको लघुकथा लेखनको प्राप्ति हो ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments