दिन प्रतिदिन त्यस घरमा हुने झगडा छिमेकीहरूलाई रहस्यमय लाग्न थाल्यो । माइतबाट आज पनि दाइजो ल्याइस् ? के कोसेली दिए ? किन लिएको ? दाइजो र कोसेली ल्याएको भन्दै लोग्नले ठूल्ठूलो स्वरमा कराउदँै डाङडाङ डुङढुङ गरेको सुनिन्थ्यो । एकछिनपछि झगडा शान्त हन्ुथ्यो । बर्सेनि केही महिलाको ज्यान जाने र अधिकाशंका घर झगडाको बिउ दाइजो थियो । तर छिमेकीहरूलाई भने उक्त घर झगडा अनौठो लागिरहेको थियो । माइतबाट दाइजो र कोसेली ल्याएको छिमेकीहरूले कहिले देखेनन् । फेरि दाइजो ल्याइहाले पनि खुसी हुनुपर्नेमा किन झगडा गर्नु परेको होला ? कुराको केही भेउ पाउन सकनेन् । उक्त घरमा पटक पटक भइरहने झैभैmगडा र रुवावासीबाट आजित छिमेकीहरूले सोध्ने हिम्मत गर्न सकेका थिएनन् । अति भएपछि एक छिमेकी बूढीआमै हिम्मतवाली भएर निस्किन् । ‘मैले दाइजो नल्याउँदा मेरो श्रीमान्ले अहिलेसम्म केही भन्नु भएको छनै । तपार्इं चाहिँ दाइजो र कोसली माइतबाट ल्याइस् भनेर किन झगडा गनुर्हुन्छ बाबु ?’ उनले सोधिन् । ‘हामीले भागेर अन्तजार्तीय विवाह गरेका हाँै । दाइजो पाउने कुरै भएन । अहिले सम्म चल–अचल वस्तु केही दिएका छनैन् । तिनीहरूको लिनु पनि नपरोस् । तर उसका माइतीले बेलाबेलामा कुनै रूप, आकार नभएको र आखाँले देख्न नसकिने झगडाको बिउ दाइजोको रूपमा पठाउछँन् । त्यो उम्रिन्छ, झाँगिन्छ र त्यसले झगडाको रूप लिएको हो हजुर ।’ उसको कुरा सुनेर ती बूढी आमै अवाक् भइन् । बलोयत

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments