फर्केको त्यो दिन πफर्केको त्यो दिन πरञ्जु खनाल “गूडमर्नि¨ π मम” भन्दै हातमा टाई लिएर छोरो बिहानको नास्ता खान टेवलमा बस्छ । म उ आउनू भन्दा अगाडि नै मेचमा बसिसकेकी हून्छू । भान्छामा ब्रेकफास्ट तयार पारी बूहारी हातमा प्लेट, स्यान्वीच र जूसको बोतल ल्याएर टेबलमा राख्छे । यतिकैमा नाति आएर मेरो काखमा बस्न खोज्छ । “देयर इज नट योर सिट” भन्दै बूहारी मेरो काखबाट छोरालाई तानेर आपूmसगै मेचमा राख्छे । मलाई साह्ै नरमाईलो लाग्छ । हिजोको जस्तै छोरालाई म फेरि प्रश्न गर्छू । हामी यसपालीको दशैमा नेपाल फर्किने है ? छोरो मेरो मूखमा हेर्छ केहि बोल्दैन । बूहारी “ओ माइ गड” भन्दै मून्टो बटार्छे । म मेरो प्रश्नको उत्तरको प्रतीक्षामा हून्छू । हातमा मेरो स्यान्डवीचको टूक्रा छ जून मूख नजिक पूगेको छ तर मलाई मूखमा हाल्न साह्ै गाहे परिरहेको छ । म पूनः प्रश्न गर्छू ,भनन यसपाली त पक्कै जाने है ? छोरो मेरो रगत हो । उसमा पूर्वीय संस्कार छ । मेरो मातृत्वको शितल छहारीमा सिञ्चिएको हू‘दा हॉसेर भरे छलफल गरौला मम भन्दै अफिस जान्छ । बूहारी खॉदाखादैको स्यान्वीचको टूक्रा फालेर “ओ नो, इट इज नट पोसिबल” भन्दै खूट्टा बर्जादै माथि जान्छे । मेरो नाति, मेरो मूटूको नि मूटू चॉहि हामी नेपाल जाने, हामी नेपाल जाने भन्दै मेरो काखमा लूटपूटिन्छ । मलाई खूसी लाग्छ । ऑखाबाट हर्षाश्रू बग्न थाल्छ तर म बाहिर बग्न दिदिन‘ । भित्र भित्रै ऑसूको भण्डारन गर्छू । के थाहा अझ  कति ऑसूको नदि बगाउन पर्ने हो ? म आपूmलाई कमजोर हून दिन्न‘ समाली हाल्छू ।  खै ? मलाई किन नेपाल फर्किन मन लाग्छ, बिछट्टै मन लाग्छ । को छ त्याहॉ ? के छ त्याहॉ ? भएभरको जायजेथा बोकी आएकी छू यस बिरानो ठॉउमा । त्याहॉ त एउटा रित्तो घर मात्र छ, मेरो जीवन जस्तो । त्यै पनि मलाई नेपाल फर्किन मन लाग्छ । हूनत मेरो दूनियॉ भनेकै यिनै छोरा बूहारी अनि नाति त हून नि तै पनि म एक्लो अनूभव गर्छू याहॉ । छोराले विदेशी केटी स‘ग विहे गर्यो । आÏनो संस्कृति भूल्यो । मेरो मन रुवायो । तर पनि म एउटा झिनो आशामा बॉचेकी छू । अझ पनि मातृभूमिको  ऋण तिर्ला की नतिर्ला भन्ने कूरामा पिरोलिन्छू । अनि पिरोलिनू चॉहि मेरो दिनचर्या बनिसकेको छ ।  मलाई पहाडका ती सून्दर चूचूराले बोलाए झै लाग्छ । धानको बयेली परेका ती प‘हेला बालाले आईज भन्दै इशारा गरेझंै लाग्छ । अनि वन पाखा लता कूञ्जहरुले सूसाएर बोलाए झंै लाग्छ –  छिट्टै आईज रञ्जू छिट्टै आईज, त्याहा केही छैन । किन बस्छेस विदेशी भूमिमा ? फर्कि आईज नेपाल πफर्कि आईज नेपाल
कोटेश्वर काठमाडौँ ।मो. ९८४१४२८४७८

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments