‘छोरी, हेर त बाहिर । तिनीहरू हाम्रो घर आउँदैनन् ?’ उसले दुःखित स्वरमा सोध्यो । उसको स्वरमा थियो एक प्रकारको कम्पन । अलिकति आशा । अलिकति निराशा । मानौँ अब प्राप्त हुन सक्दैनथ्यो जस्तो । भइहाल्थ्यो कि जस्तो । ऊ अधैर्य थियो, मानौं उसले कुनै पृय वस्तु गुमाएको थियो र त्यसको प्राप्ति उसको अभिष्ट बनेको थियो । एउटा अनिश्चित अभिष्ट ।
‘आउँदैनन् होला ।’ छोरीले भनी । उसको धैर्यता गुमाएका धमनी काँप्न थाले ।
‘के उनीहरू गइसके र ?’ उसले दोहो¥याएर सोध्यो । मर्नै लागेको आशाको दियोमा तेल थप्दै उसले छोरीलाई सोध्यो । तैपनि छोरीले दियो बाल्ली कि ! एउटा रेशा अङ्कुरायो । यससँगै उसले आँखा खोल्यो ।
‘कोही निक्लिसके, कोही निक्लदैं छन् ।’ छोरीकोे बोली बिस्तारै शून्यतिर तर∙ित भयो । ऊ कोठाबाट बाहिरिई । छोरीको छायाँसँगै उसमा रहेको आशाको त्यान्द्रो पनि पातलो हुँदै बिलाउन लागे जस्तो, बिस्तारै चुँडिएला जस्तो भयो । त्यान्द्रोको धमिलो छायाँ उसको अनुहारमा छायो झन् धमिलो बनाउँदै । बिस्तारै ढोका ढप्किएको आवाज हुँदै छोरी भ¥याङ झरेको पदचाप उसका कानमा परे । यी आवजहरूको धीमापनसँगै शरीरको शिथिलता पनि बढ्यो ।
‘के साँच्चै होला र ? आउँदैनन् ?’ उसको वृद्ध शरीर थर्र काँप्यो, उसको मुटुसँगै । उसले मुठी खोल्यो । औँला फैलाएर हे¥योे । ती लल्याङ्लुलुङ् थिए । निश्तेज् । अकर्मण्य । अनि ऊ सिरानी मिलाउँदै घुप्लुक्क ढल्यो । च्यादरले मुख छोप्यो । तर पनि उसलाई सन्तोष भएन । कसैले देख्ला जस्तो लाग्यो । आँखा चिम्ल्यो चिम्म पारेर, सुतुमुर्गले बालुवामा शिर गाडेर लुकेजस्तै ।
बन्द रहेका उसका आँखा झन् चहकिला हुँदै आए । उसको अघिल्तिर एउटा टीभीको प्रशारण घुम्यो । थला परेको एउटा सिंह ठुलो ढुङ्गाको आडमा लडिरहेको थियो । शरीरमा घाम परेको थिएन । उसलाई कतै खस्खस् लागेर आयो । उसले मुस्किलले टाउको उठायो । चिम्रा भइसकेका आँखालाई अल्छीलाग्दो गरी यताउता डुलायो । देख्यो उसको आँङभरि कमिलाहरू ताँतीमा हिड्दै थिए । पुच्छर उठाउँने मन ग¥यो तर त्यसले उसको मनको आदेश मानेन । केही चराहरू उसैको शरीरमा आई बसे र तिनै कमिला टिप्न थाले । उसको टाउको पाकेको फर्सी खसे झैं भुईंमा खस्यो आफैँ ।
उसको दृष्टि एकाएक फेरियो । अहिले भने ऊ एउटा भर्भराउँदो बगैँचामा थियो । त्यहाँ हरियाली थियो । त्यही हरियालीमा ढपक्क फुलेका फूलहरू थिए । तिनै फूलहरू अनगिन्ति कीरा फट्याङ्ग्राहरूले घेरिएका थिए । ‘शायद रस चुस्दै होलान् ।’ उसको मन बोल्यो, ‘अहा, त्यो फूलको भाग्य !’ उसका चिम्लिरहेका आँखा झन् कस्सिएर चिम्लिए । उसलाई हिजोआज लाग्न थालेको थियो ‘आँखा जति कसिलो गरी चिम्लिन्छन्, उत्तिकै उज्यालो देखिन्छ, रमाइलो संसार देखिन्छ ।’
Ò
त्यति बेला । लगभग पैतीस वर्ष पहिले ।
उसलाई यी चाडवाडहरू सजायको रूपमा आउँथे । मानसिक पिडा दिन्थे मात्र । त्यत्ति मात्र होइन । पीडा वा शरीरमा घाउ पार्नका लागि त अरू धेरै कारकहरू थिए । यी चाडवाडहरू त तिनै घाउमा नूनचूक छर्न आउँथे मात्र थिए । मज्जाले दल्थे तिनै आला घाउहरूमा । मानौं उसको तेजोवध गर्नैका लागि कसैले पठाएका थिए यी सबै । कसैको योजना मुताविक नै हुँदै थियो यो सबै ।
दैलो बिस्तारै खोल्थी र टुकीको सहरामा साँगुरो साँगुरो प्यासेजबाट बाहिरिन्थिी उसकी श्रीमती । मूल ढोका खोल्थी् । पातको खोंचिमा संसाँझै बालेका तेल चोपिएका दियाहरू निभिसकेका हुन्थे । टुकी जस्तै कुनै उज्यालोको माध्यमले दिने घुर्मैलो उज्यालो हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो अर्थात् औँसीको निश्पट्ट अँध्यारोको मात्र राज पनि हुन सक्थ्यो । नानी नउठिदिए त हुन्थ्यो भन्ने कामना गर्दै ढोकामा आड लागेर घोसै मुन्टो लाउँदै हेर्थी । यिनलाई के भनेर बिदा गरौं ? कत्रो हौसला लिएर यो अँध्यारोमा छाम्छाम् छुम्छुम् गर्दै जीवन खोज्न आएका यी कलिला मुनाहरूलाई¤ कसरी पठाऊँ रित्तो हात ? के भनी पठाऊँ ? के यिनले मैले भनेको पत्याउलान् र ? पत्याए पनि के सोच्दाहुन् ? नपत्याए के सोच्दा हुन् ? उनले बिरक्तिको लामो सुस्केरो तानी ।
‘ए सुरू गरौं न ।’ एउटाले भन्दै थियो ।
यो आवाजले उनको मनमा ढ्याङ्ग्रो ठोक्यो । सिरिङ्ग भयो । मुटु हल्ल्यो । रौं ठाडा भए । उनीहरूमध्येको एकले भट्यायो । अरू सबैले दोहो¥याएर छोपे । तुरुन्तै गाए, नाचे । केही समयपछि आशीर्वचन भने । उसलाई असजिलो लाग्दै थियो । के दिई पठाऊन् ? एउटा थालमा केही चामल र दुईचार पैसा राख्न खोजी तर केही थिएन । थैली खोलेर हेरी, दुँबो भनी राखेको पाँच पैसे ढ्याक रहेछ । ‘थैली रित्तै पारेर दिऊँ ?’ उसको मन बोल्यो । ‘आ, जे सुकै होस्, दुँबो राखेर पो के भयो र । मेरो थैली कहिले पो भरियो र यो दुँबोले, जा यही दिन्छु ।’ त्यही पैसो राखी दिँदै भनी, ‘आज उहाँ हुनुहुन्न, यत्ति भयो ।’ बच्चाहरूले उठाई आफ्नो झोलामा हाले । गए ।
ऊ कतैबाट भाग्दै घर आई कसैले सास फेरिरहेको सुन्छ कि वा देख्छ कि भन्ने डरले अत्यन्त होसियारीका साथ चोर झैं सुतिरहेको थियो । तैपनि मन भने अत्यन्त चञ्चल भइरहेथ्यो । तिनको तोते मिश्रित बोलीमा आएको मधूर गुञ्जन नजीकैबाट सुन्न, उनीहरूका बढ्दै गरेको मिर्गका बच्चाका जस्तै चुल्बुले पाइलाहरूले छुमुछुमु नाचेको आफ्नै आँखाले हेर्न मन थियो । उनीहरूलाई काखैमा राखी तस्बिर खिचाउन मन थियो । तर त्यो सबै सपना नै भयो ।
उनी छोरीले थाहा नपाओस् भन्ने हेतुले बिस्तारै आइन् । उसले टाउको उठाएर बिस्तारै सोध्यो, ‘ती गए ?’
‘गए ।’ उनले कानैमा फुस्फुसाई ।
‘ओहो, कस्ता दिन् ।’ ऊ गुन्गुनायो । ‘सबी, . . . ।’ उसले बोलायो ।
‘किन र ?’
‘अरू पनि आउँछन् कि?’
‘खोइ ?’
‘के गर्ने होला त ? आ … यसो गरौं ।’
‘कसो ?’
‘अब कोही आए भने छोरीको नाममा राखेको खुत्रुके फोडौं ।’
‘त्यसो गर्ने र ?’ सबी अनकनाई ।
‘आऊ, भान्छातिर जाऊँ ।’ ऊ अघि लाग्यो, सबीले पच्छ्याई । ‘कति लाजमर्दो जिन्दगी बाँचौँ, सबी ? छाड्देऊ, हाम्रो जिन्दगी यसैगरी त नजाला नि ? कुनै न कुनै बाटो त खुल्ला । न आत्तिय । भन्छन् कालै नआउँदै मर्नु हुँदैन । आजैदेखि लाजमर्दो जीवन नबाँचौं ।’
‘जे भन्नुहुन्छ ।’ ऊ नतमस्तक बोली ।
उनीहरू बोल्दै गर्दा नजिकै मान्छेको गल्याङ्मल्याङ आवाज आयो । उनीहरू पूर्ववत कोठाभित्र पसे । एकै छिनमा आँगनमा द्यौसी भैलोको धुन शुरू भयो । उसले छोरीलार्ई उठाई काखमा लियो । र भन्यो, ‘आऊ, बाहिर जाऊँ ।’
उनीहरू ढोकाको आड लागेर सुनिरहे । केटाकेटीहरूले गाए, बजाए, नाचे । उनीहरूकी दुई वर्षकी छोरीले हातको पार लगाउँदै बाबुको काखैमा नाची । केही समयमा उनीहरूले आशीर्वचन सुरू गर्न लागेका मात्र थिए, उसले सबीलाई इशारा ग¥यो । उसले खुत्रुके फोरी । द्यौसी खेल्नेहरूलाई दक्षीणा ल्याई र दिई ।
उसले मनमनै भन्यो, ‘हाय, यो पो जिन्दगी त !’
जब उनीहरू भित्र पसेका थिए उसले सबीको अनुहारमा उज्यालो कान्ति छाएको देख्यो । अनि भन्यो, ‘सबी, म पनि तिमीभन्दा कम खुसी छैन, आज ।’ धीपधीप बलेको टुकीको प्रकाशमा सबीको अनुहार झन् झन् उज्यालियो ।
Ò
समयले इच्छुक मान्छेलाई उसका आवश्यकताको निहुँमा बन्द रहेका ढोका खोल्ने बाटो देखाउँछ भन्ने गरिन्छ । उसलाई पनि देखायो । ती दुवैले पनि बाटो खोजे वा कसैद्वारा देखाइयो । यो हीन जीवनबाट मुक्तिका लागि जुर्मुराए । आफ्नो बलबर्कत लगाए । अब ती सामान्य खरखाँचोको दुखेसो गर्ने अवस्थामा थिएनन् । तीसबत्तीस वर्षको अन्त्यमा उसलाई पुनः आफ्नै गाउँ गई आफ्नो हैसियत देखाउने रहर भयो ।
‘सबी, जाऊँ आफ्नै गाउँ ।‘ उसले एकदिन भन्यो ।
‘के छ र हाम्रो त्यहाँ ? अब को छ र आफ्नो भन्ने पनि ? जो थिए, उनीहरूले त हाम्रो दुःखमा हाँसे, बिल्ल्याए, अब तिनलाई के देखाउँन जाने हो त्यहाँ ?’ सबीले बिगत कोट्याई ।
‘हो सबी, त्यसैले त जाऊँ भनेको नि । हामीले पनि त देखाउँन सक्छौं नि तिनले देखाएको रवाफ । एउटा जिन्दगी त हो नि । जुन ठाउँमा हामी ह्यापियौं, दबियौं, निम्छरो भयौं, बनाइयौं त्यही ठाउँमा त हो नि हामीले हाम्रो पहिचान खोज्ने । यहाँ तिमीहामीलाई चिन्ने कति पो छन् र ? त्यसो नभन । हिँड जाऊँ ।’
सबीले एक पटक फरक विचार राखे तापनि दोहो¥याएर कहिल्यै बिमति राख्ने गरिन । उनीहरू पुरानो गाउँ फर्की आए । राम्रो दुई तले आवास बनाए । आफ्नो घरबारीलाई घेर्ने गरी पर्खाल लगाए । एउटा उन्नत जातको बिदेसी कुकुर पाले । भएकी एउटी छोरी आफ्नै घर थिई । बुढाबुढीलाई एउटी सेविकाले राम्रै सेवा दिने गर्थी । उनीहरूका दिन सहज तथा सरल थिए । कसैसँग केही माग्नु थिएन । कसैकहाँ जानु थिएन । कसैले बोलाइहाले बोलिहाल्थे अन्यथा खोजी हिड्दैनथे । त्यसो त आफ्ना दँवाली पनि पातलिँदै थिए । तै पनि कसैले आँफूलाई केही आवश्यकता परिहाले उसले सहजै सहयोगी हात बढाउँथ्यो । न कसैसँग रिसरागको भावना थियो न घनिष्टता ।
घरगाउँका बुढाहरूमा एक प्रकारको द्वेष थियो । जति नै दुःख परेपनि ‘त्यो कङ्गालकहाँ हात पसार्न जान्नौ’ भन्ने भावनाले बलियो घर बनाएको थियो । उसलाई कसैकसैले गाउँमा चल्ने यस प्रकारका कुराहरू सुनाउँथे । त्यसैले पनि ऊ कसैकहाँ जाँदैनथ्यो । प्रातः भ्रमण पछि आफ्नो रुचिका पुस्तक पढ्ने, कुकुर खेलाउने, नातिनी भएको समयमा उसैसँग रमाउने, एकादुई घर आउनेहरूसँग दुःखसुखका कुरा गरी समय बिताउँने गथ्र्यो । कुनै समस्या अनुभव गर्दैनथ्यो ।
Ò
अहिले उसलाई बुढेसकाल र यसले ल्याउने रोग ब्याधीले छोप्न थालेको छ । छोरी कुनै कुनै बेला मात्र आउँछे । बुढाबुढी गन्थान्गुन्थुन् गफ गरिबस्छन् । दिनहरू न्यास्रो लाग्दा हुँदै गएका छन् । रात महिनौं दिन लाग्ने गरी लम्बिन्छन् । आज लक्ष्मी पूजाको दिन । मान्छे लगाएर घरलाई लिपपोत गरेको छ, बत्तीले झिलिमिली पारेको छ । शायद गाउँमा नै विशिष्ट प्रकारको सजावट छ । अर्को खुसीको कुरा आज छोरी पनि आएकी छ । नोकर्नीलाई जसरी सबै कुरा अथ्र्याउन पर्दैन, उसलाई । बुढीलाई बोलाएर उसले भन्यो, ‘हेर सबी, हिजोका दिनमा हामी यहीँ थियौँ । हाम्रा दुःखका दिन थिए । अहिले हामीलाई त्यो दुख छैन । द्यौसी खेल्न आउनेहरूलाई मन फुकाएर दक्षीणा गर है । ए ए, पर्ख त, तिनीहरू आउँदा मलाई पनि बोलाऊ है ।’
उसले धेरै बेरदेखि आफैँ प्रतीक्षा गरिरह्यो । झ्यालबाट हे¥यो । अहँ, कोही आएको होइन । झमक्क साँझ परेपछि पल्लो घरमा एक हुल केटाकेटी आए, द्यौसी गाए । उसलाई आशा लाग्यो – उनीहरू त पक्कै आऊलान् । प्रतीक्षा ग¥यो । लगभग सुनसान हुन लाग्यो तर पनि यतातिर आएनन् । अनि छोरीलाई बोलायो, ‘छोरी, तिनीहरू गइसके र ?’
‘खोइ गइसकेजस्तो छ बुवा ।’ उसको मन खिन्न भयो । छोरी तल झरी । उसको मन झन् झन् खिन्न भयो । ऊ सकीनसकी उठेर बार्दलीसम्म पुग्यो । ‘छोरी आऊ न यता ।’
‘किन बुवा ?‘
‘टाढा पुगेका छैनन् होला, बोलाऊ न तिनीहरूलाई ।’
‘हुन्छ बुवा ।’ छोरी पुनः तल झरी । ऊ घुप्लुक्क घोप्टी प¥यो । आँखा चिम्लँदै देख्यो अनगिन्ती दुःख सुखका कथाहरू, गाउँमा परेको पालुवाहरूमा परेको खडेरी र मनमनै भन्यो ‘मान्छेलाई केले बनाऊला सुखी !’

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments