सारसंक्षेप

कथाकार विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्य जगत्का एक चर्चित प्रतिभा हुन् उनले नेपाली कथामा उल्लेखनीय योगदान पु¥याएका छन् नेपाली कथा लेखन क्षेत्रमा मनोविश्लेषणात्मक धाराको आरम्भ गरेका कोइरालाका कथाकृति महŒवपूर्ण सावित भएका छन् मानवीय अन्तर्मनका मनोभावनाहरूलाई कथामा सूक्ष्म गम्भीर रूपमा केलाउन उनी निकै सफल भएका देखिन्छन् उनकोदोषी चस्मा चर्चित कथा हो यस कथामा कथाको मुख्य पात्र केशवराजको मनस्थितिलाई अध्ययन तथा अनुसन्धान गर्दै मानिसमा देखा पर्ने सन्त्रासलाई कथामा देखाइएको यस कथामा यौनेत्तर मनोवैज्ञानिक पक्षको उद्घाटन गरिएको

 

शब्दकुञ्जिका समाजसापेक्ष, चाकरीजीवी, स्वस्ती, सामन्ती, निम्नवर्ग, शिल्पसंयोजन, अभिप्राय

. विषय प्रवेश

नेपाली साहित्यको कथा विधामा मनोविश्लेषणात्मक धाराको आरम्भ गर्ने कथाकार विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१२०३९) विशिष्ट व्यक्ति प्रतिभा हुन् उनको कथा क्षेत्रको योगदान महŒवपूर्ण वि.सं.१९९२ सालमा शारदा पत्रिकामाचन्द्रवदन शीर्षकको कथा प्रकाशित गरेर नेपाली साहित्यमा प्रवेश गरेका कोइरालाले कथा साहित्यको क्षेत्रमा सङ्ख्यात्मकताको साथै गुणात्मकतामा पनि प्रशस्त रचना गर्न सकेको देखिन्छ उनका साहित्यिक कृतिहरूमा व्यक्त जीवन जगत्सम्बन्धी विचारहरूले पनि उनको साहित्य सम्बन्धी दृष्टिकोण माथि गहिरो प्रभाव पारेको देखिन्छ दोषी चस्मा (२०३६), श्वेतभैरवी (२०३९) उनका कथाकृतिहरू हुन् उनी आप्mना रचना मार्पm मनुष्य प्रचलित मान्यताको अनुयायीका साथसाथै विद्रोही पनि हो भन्छन् उनका निम्ति व्यक्ति सबैभन्दा महŒवपूर्ण श्रेणी हो यसैकारण उनका रचनाहरूमा मानिसका विविध वैचारिकता गम्भीर रूपमा निहित भएर आएको आप्mना कथाहरूमा उनले मानव जीवनका विभिन्न द्वन्द्वहरूको उद्घाटन गरेका छन् द्वन्द्वलाई वैचारिक रूपमा हेर्ने प्रयत्न पनि गरेका छन् उनकोदोषी चस्मा कथा पनि असामान्य पुरुषमनोवैज्ञानिक कथाहरूमध्ये सर्वोत्कृष्ट कथाका रूपमा रहन सफल भएको प्रस्तुत कथा वि.सं. २००६ सालकोदोषी चस्मा कथासङ्ग्रहमा सङ्कलन गरिएको कोइरालाका कथासङ्ग्रहहरू मध्ये एउटा सङ्ग्रहकै नामदोषी चस्मा राखिनुले पनि यस कथाको मूल्याङ्कन उच्च तहमा गर्न सकिन्छ यस कथामा योनेत्तर मनोवैज्ञानिक पक्षको मात्र उद्घाटन गरिएको उनले कथामा जीवन बोधका जय पराजय तथा नियतिको सशक्त हस्तक्षेपले उत्पन्न गरेको जीवन त्यसबाट उत्पन्न सङ्कटलाई राम्ररी केलाउने प्रयास गरेको पाइन्छ उनले कथामा नियतिले जीवनमा आएका आँधीबेरी नियतिसँगको सङ्घर्षलाई प्रस्तुत गरेका छन्

 

. ‘दोषी चस्मा कथाको अध्ययन

कथाकार विश्वेश्वरप्रसाद कोइरालाका कथायात्राको दोस्रो चरणको उत्कृष्ट प्राप्तिदोषी चस्मा कथा हो यो मनोवैज्ञानिक यथार्थवादी कथा सर्वप्रथम वि.सं.२०ण्छ सालमा यूगवाणी (जेठ ÷१८१९) पत्रिकामा प्रकाशित भएको थियो सामाजिक पृष्ठभूमिलाई आधार बनाएर व्यक्तिको मनोलोकको अध्ययन विश्लेषण यस कथामा गरिएको यस कथामा तत्कालीन समाजमा केशवराज जस्ता निम्न वर्गीय व्यक्तिले उच्च वर्गीय जर्साबलाई चाकरी गरी खुसी राख्नुपर्ने स्थितिलाई देखाइएको चेखवको प्रभावबाट प्रभावित भएर लेखिएको कथा भनिए तापनि यसदोषी चस्मा कथामा नेपाली संस्कृति समाज सापेक्ष विषयवस्तु चयन गरिएको देखिन्छ (ज्ञवाली, २०६१ः११८) प्रस्तुत कथा २००६ सालकोदोषी चस्मा कथा सङ्ग्रहमा सङ्कलन गरिएको कथाकारका कथासङ्ग्रहहरूमध्ये सबैभन्दा बढी चर्चित कथादोषी चस्मा हो कथाको मुख्य पात्र केशवराजको मनस्थितिलाई विश्लेषण गर्दै मानिसमा देखा पर्ने सन्त्रासलाई कथामा देखाइएको केशवराज चाकरी कै भरमा जर्साबलाई खुसी पारी भविष्य सपार्ने चाकरीजीवी व्यक्ति भएकाले उसमा मानसिक कमजोरी रहेको देखिन्छ तत्कालिन समाजका व्याप्त चाकरी प्रथालाई यस कथामा कथाकारले कलात्मक रूपमा प्रस्तुत गरेका छन्

चस्माको दोषले गर्दा जर्साबलाई स्वस्ती गर्न नसकी मनमा डर उत्पन्न भएको जस्ले गर्दा उसको मानसिक प्रतिक्रिया चस्मा, आफू स्वयं, आप्mनो लुगा श्रीमतीमाथि खनिएको असामान्य मानसिक अवस्थामा पुगेका कारणले गर्दा चेतन अचेतन पनि राम्रो ख्याल गर्न सक्दैन यस कथामा चाकरी जीवि व्यक्तिको मनोदशालाई उद्घाटन गर्ने क्रममा कोइरालादोषी चस्मा कथामा केशवराजबाट यसो भनाउँछन् जसले चाकरीकै भरमा दुई छाक गाँस टिप्छ जस्ता झुत्रेले टेक राख्ने रे अहघ्अहघ्, एउटा भूललाई अर्कोले सच्याउन सक्तैन, गएर माफी माग्नैपर्छ (कोइराला, २०५०ः३७) यस प्रकार कोइरालाका कथामा एकातिर व्यक्तिको मनोजगत्को उद्घाटन गरिएको पाइन्छ भने अर्कोतिर त्यसलाई प्रभाव पार्ने सामाजिक, राजनीतिक सामन्ती संस्कारको पनि उद्घाटन गरिएको यस कथामा चस्माले दिएर जर्साबलाई स्वस्ती गर्न नसके पापबोध सन्त्रासले थिचिएको केशवराजले धेरै मनोसङ्घर्ष गरी विचलित बन्न पुगेको अवस्थाले निम्न वर्गका कर्मचारीहरूको स्थितिलाई चित्रण गरेको जब अन्तमा केशवराजले जर्साबसँग माफी माग्छ त्यस पछि भने हल्का हुन पुग्छ प्रस्तुत कथामा शोषितपीडीत चाकरीजीवी व्यक्तिलाई समाजमा अपाङ्ग जस्तो बनेर हिँड्नुपर्ने तत्कालीन अवस्थाको चित्रण गरिएको निम्न मध्यमवर्गीय समाजको सटीक प्रस्तुति यस कथामा प्रस्तुत गरिएको

..‘दोषी चस्मा कथाको कथानक

कथाकारले केशवराजकोदोषी चस्मा थियो भन्ने पंक्तिबाट कथा शूरु गरेका छन् उसले आप्mनो चस्माको कारणले गर्दा नै जर्साबलाई ठम्याउन नसक्दा स्वस्ती गर्न नपाएबाट पीडित हुन पुगेको कथानक यस कथामा रहेको पात्रको क्रियाव्यापारको एक मूर्त आकृति नै कथानक हो (श्रेष्ठ, २०३९ः२९) यो कथाको आरम्भ देखि अन्त्यसम्म पैmलिएको हुन्छ कथानकको कथाको अन्य Œवसँग पनि घनिष्ठ सम्बन्ध रहेको हुन्छ यसदोषी चस्मा कथाको मूख्य पात्र केशवराज सधैँभरि जर्साबकहाँ चाकरी गर्न जाने कतैबाट जर्साब सवारी हुन ढिलो भए पनि कुरेर बस्ने केशवराजको दिनचर्या नै बनेको सारा चाकरियाहरू भन्दा बढी चाकरी केशवराजले नै गर्छ त्यसैले चाकरी पुग्दैन कि भनेर सधैँ डराइरहन्छ जब आप्mनो चस्माको दोषले गर्दा जर्साबलाई स्वस्ती गर्न नसकी मनमा सन्त्रास उत्पन्न भएको फलस्वरूप उसको मानसिक प्रतिक्रिया चस्मा, आफू स्वयं, आप्mनो लुगा श्रीमतीमाथि खनिएको असामान्य मानसिक अवस्थामा पुगेका कारणले गर्दा कथामा भन्छयो ठाडो.. यो मूर्ख, काम पहिले बिगारेपछि आँखा देख्नेदैलो देख्या “…. जैरी वडी सिपालु, हुँ आफूलाई भन्छे, घमण्ड यसलाई, आप्mनो पोइलाई टाइममा भातसम्म खुवाउन पनि सक्तिन यसरी केशवराजका अचेतन मनका क्रियाकलापलाई कथाकारले कलात्मक मूल्य प्रदान गरेका छन् कोइराला तत्कालीन समाजमा व्याप्त चाकरीप्रथाप्रति पनि मार्मिक ढङ्गबाट तिखो व्यङ्ग्य प्रहार गर्न सफल छन् यस कथाका पात्र केशवराजले नराम्ररी खान सक्छ सूत्न मात्र उसलाई जर्साबले के सोचे होलान् भन्ने डर पीरले सताइरहेको श्रीमतीको सल्लाह मानेर जर्साबसित माफी माग्न जाँदा अनुकूल समय मिल्न नसक्दा सन्त्रासमय भएर बाँचेको जब अन्तमा जर्साबसित माफी माग्छ जर्साबले यस्तो जाबो कुरामा भनेबाट प्रशन्न भएको केशवराज निर्धक्क बने उसलाई व्यर्थै चिन्ता गरेछु भन्ने कुरामा पछुतो पनि लाग्छ अन्तमा घर पुगेपछि आफ्नी श्रीमतीलाई पनि घरधन्दामा दुःख भएको महसुस गर्छ यसरीदोषी चस्माको कथानक बुनिएको पछुतोले दुःखी भएको केशवराज माफी मागेर घर फर्की पुन नित्य चाकरीकै संसारमा फर्किएबाट यस कथाको कथानक टुङ्गिएको

.. ‘दोषी चस्मा कथाको पात्र

मनोवैज्ञानिक कथाकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखितदोषी चस्मा कथामा केशवराज, जर्साब, चाकरियाहरू, केशवराजकी पत्नी मानवीय पात्र हुन भने घोडा मानवेत्तर पात्र हो यी सबै पात्रहरूको भूमिकाले बुनिएको कथाका मुख्य पात्र भने केशवराज हो केशवराजको चस्माको दोषको कारणबाट कथा अगाडि बढ्दै गएको केशवराज चाकरी गरेर जर्साबलाई खुसी पारी भविष्य सपार्ने चाकरीजीवी पात्र भएकोले निमुखा मानसिक कमजोरी भएको व्यक्ति हो अरु चाकरियाहरू भन्दा बढी नै जर्साबको चाकरी गर्ने आप्mनो चाकरी पुग्दैन कि भनेर डराइ रहने पात्र भएको हुँदा उसमा आप्mनो अस्तित्व बोधको चेतना नभएको जस्तो देखिन्छ चस्माले धोका दिई आप्mनो अगाडिबाट गएको जर्साबलाई नदेखेर स्वस्ती गर्न नसकेको अवस्थामा जर्साबको रिसानी भएको कपोकल्पित कुराहरूले तनावग्रस्त हुन पुगी राम्ररी खान सक्छ सूत्न, आप्mनो चस्मा, लुगा स्वास्नीसित मात्र नभई आफू आपैmसँग रिसाएको अवस्थाले असामान्य मनोरोगीका पात्रका रूपमा कथामा देखा परेको आप्mनो हाकिमलाई चाकरी पु¥याउन नसक्दा मनोरोगी बन्न पुगेको कथापात्र केशवराजले तत्कालीन शासन व्यवस्थाको क्रूर नियति त्यसबाट अत्यन्तै डराउने व्यक्तिमानसलाई लिन सकिन्छ केशवराजकी श्रीमतीले घरायसी अनेक समस्या सहदै पनि आप्mनो पतिलाई उचित सरसल्लाह दिने गरेकीले कथामा सहायक पात्रको रूपमा रहेकी छे जर्साब आप्mना कर्मचारीहरूलाई सधैँ डर त्रासमा राखि रहन सक्ने भएकोले उसमा सामन्तीवादी प्रभूत्व रहेको देख्न सकिन्छ केशवराज तनावले ग्रस्त हुन पुगेको पात्र हो केशवराजले जर्साबलाई सधैँं ठूला मान्छेका रूपमा हेर्छ आफू पनि ठूलो मान्छे बन्न सक्छु भन्ने चिन्तन गर्न सक्दैन केशवराजको दास मनस्थितिलाई कथामा यसरी प्रस्तुत गरिएको छः यति दिन चाकरी गर्दा पनि केही बन्दोवस्त जर्साबबाट नहुँदा केशवराजले यस्ता जर्साबलाई के टेर्नु भनेर नटेरेको भन्ने जर्साबका मनमा ¥यो होला ठूला मानिसहरू इज्जतका कुरामा बडा इखालु हुन्छन् पछि सम्म सम्झिरहन्छन् (कोइराला, २०५०ः२) यसरी एउटा सानो कुरालाई लिएर अत्यन्त तनावग्रस्त पात्रको रूपमा केशवराजदोषी चस्माको कथामा देखा परेको

.. ‘दोषी चस्मा कथामा दृष्टिबिन्दुको प्रयोग

यस कथामा केशवराजले पुरानो चस्माको कारणले गर्दा जर्साबलाई स्वस्ती गर्न पाएको छैन जसले गर्दा उसले ज्यादै मानसिक पीडा भोग्नु परको यसर्थ कथाको शीर्षक सार्थक देखिन्छ कथापात्र केशवराजको मनोरचनाको कारक चस्मा भएकाले यस कथाको शीर्षकदोषी चस्मा राखेको देखिन्छ (ज्ञवाली, २०६१ः१२२) यस कथामा मनोवैज्ञानिक पक्षको बेजोड प्रस्तुति, सामाजिकराजनैतिक कुप्रकृतिको विरोध एवं कथात्मक शिल्प संयोजनको उचित व्यवस्था भएको देखिन्छ कथाकारले आफ्ना धारणा वा अनुभूतिलाई पाठकसमक्ष पु¥याउने माध्यम नै दृष्टिबिन्दु हो (श्रेष्ठ, २०५७ः११) कथामा दृष्टिबिन्दुको सम्बन्ध पात्रको प्रयोगसँग आबद्ध हुन्छ यसले कथाको प्रस्तुतिलाई सङ्केत गर्दछ पात्रका अनुभूति, चिन्तन, भावना गतिविधिलाई प्रस्तुत गर्न लेखकले दृष्टिबिन्दुको सहयोग लिने गर्दछन् मनोवैज्ञानिक कथाकार कोइरालाले कूनै पनि मानिसमा भित्री रूपमा रहेको मानसिक संवेदनाले गर्दा उसले गरेको सानो गल्ती पनि ठूलो देख्छ आफूलाई त्यसमा समावेश गराएर तड्पिरहन्छ उसमा भय, क्रोध, चिन्ता, त्रास, ग्लानी, नैराश्य आदि मानसिक संवेगहरू उथलपुथल हुन थाल्छन् ठीक यसै किसिमको अवस्थामा कथापात्र केशवराज पुगेको आफूलाई चित्त नबुझेको कुरा बोल्न नपाइने असल कुराहरूलाई पनि अभिव्यक्त गर्न नपाइने असल कुराहरूलाई पनि अभिव्यक्त गर्न नपाइने शासनपद्धतिको कुराहरूदोषी चस्मामा कथाकारले व्यक्त गरेका छन् केशवराजको असामान्य मानसिक स्थितिको पराकाष्ठा यस कथामा देखिन्छ कोइरालाले यस कथामा द्वन्द्वको उपस्थिति पनि मार्मिक ढङ्गले गरेका छन् मनोवैज्ञानिक कथाकार भएकाले पात्रका मानसिक वृत्तिमा द्वन्द्वको सिर्जना गरेका छन् केशवराजले आप्mनो चाकरीमा त्रूटि भएकोमा पछुतो गरेको आफू, चस्मा श्रीमतीसँग रिसाएको अवस्थाले असामान्य भई मनोरोगी बन्न पुगेको बेला श्रीमतीले जर्साबसँग माफ माग्ने उपाय दिदा उसले अलिकति राहत अनुभव गर्न सकेको कथाकारको दृष्टिमा समस्याको समाधान जोसूकैसँग पनि हुन सक्छ भन्ने कुरालाई कथामा देखाएका छन् केशवराजले आफू निम्न स्तरको व्यक्ति भएकोले चाकरीविना आप्mनो जीविका नचल्ने देख्छ अनि आफूले गरेको गल्तीमा माफी माग्नुपर्ने मनस्थिति बनाउँछ चाकरीमा सधैँँ मालिकलाई रिझाउनुपर्ने परम्परागत सामाजिक रुढ संस्कार निम्नवर्गका व्यक्तिमा रहने कुराको सङ्केत कथाकारले केशवराजका माध्यमबाट गरेका छन् रैखिक ढाँचामा यसको कथानक विकसित भई टुङ्गिएको यो कथामा बाध्य सीमित दृष्टिबिन्दुको प्रयोग भएको

.. ‘दोषी चस्मा कथाको रुचिक्षेत्र

कथाकारले कथाको मुख्य पात्र केशवराजको मनस्थितिलार्य बिश्लेषण गर्दै मानिसमा देखापर्ने सन्त्रासलाई कथामा देखाइएको केशवराज चाकरी गरेर जर्साबलाई खुसी पारी भविष्य सपार्ने चाकरीजीवी व्यक्ति भएकाले उसमा मानसिक कमजोरी रहेको मनोवैज्ञानिक यथार्थवादी कथाकारका नाताले कोइरालाका कथाहरू व्यक्तिमनको अध्ययन विश्लेषणतर्पm केन्द्रित छन् मूलतः कोइरालाका कथाहरूको परिवेश व्यक्तिकोमनोजगत्नै हो (ज्ञवाली, २०७१ः१२२) यद्यपि व्यक्तिको नैराश्य, कुण्ठा, त्रास, पीडा आदिको उद्घाटन गर्ने क्रममा बाध्य परिवेशको पनि महŒवपूर्ण भूमिका रहेको पाइन्छ चाकरीजीवी व्यक्तिको मनोदशालाई उद्घाटन गर्ने क्रममा कोइरालादोषी चस्मा कथामा केशवराजबाट यसो भनाउँछन जसले चाकरीकै भरमा दुई छाक गाँस टिप्छ जस्ता झुत्रेले टेक राख्ने रे अहघ्(अहघ्ं, एउटा भूललाई अर्कोले सच्याउन सक्तैन, गएर माफी माग्नै पर्छ (कोइराला, २०५०ः३७) यस प्रकार कथाकार कोइरालाका कथामा एकातिर व्यक्तिको मनोजगत्को उद्घाटन गरिएको पाइन्छ भने अर्कोतिर त्यसलाई प्रभाव पार्ने सामाजिक, राजनीतिक सामन्ती संस्कारको पनि उद्घाटन गरिएको लेखनमा विशिष्ट प्रतिभाशाली कोइरालाका कथामा रुचिक्षेत्र पात्र वा विषय अनुकूल राख्न सफल भएका हुन्छन् कथाले दिन खोजेको विषयवस्तुलाई चतुर भएर परिवेशमा घुलशील गराई पाठकलाई भित्रै देखि आफ्ना कथामा तान्न सक्नु उनको क्षमता रहेको देखिन्छ उनको कथाको रुचिक्षेत्र तत्त्कालिन राजनीतिक तथा राणाकालिन सामन्ती शासकहरूबाट निमुखा जनताले झेल्नु परेको दुःख सास्तीलाई देखाउनु पनि हो चाकरी मनस्थितिले मान्छेलाई कहिले पनि स्वतन्त्र भएर बाँच्न दिँदैन मान्छेमा दास मनोवृत्तिको विकास हुन पुग्छ भन्नु कथाकारको रुचि रहेको देखिन्छ रुढिग्रस्त समाज, कुरीति, कमजोर आर्थिक अवस्थाले मान्छेभित्र उत्पन्न भएको जीवन निर्वाहप्रतिको चिन्ता, आपूmले आप्mनो गल्तीलाई धिकार्दै बांच्ने कमजोर मनस्थितिबाट उपज भएको परिस्थितिलाई कथाकारले यसदोषी चस्मा कथामा आप्mनो रुचिका क्षेत्र बनाएका छन्

.. ‘दोषी चस्मा कथाको रूपविन्यास

मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाले आप्mना कथालेखनमा रूप विन्यासलाई पनि ध्यान दिएको देखिन्छ कथाको संरचनालाई सून्दर बनाउन प्रयोग गरिने यूक्ति नै रूप विन्यास हो (श्रेष्ठ, २०५७ः१२) रूप विन्यासलाई कथाको भाषाशैलीय Œ तथा बुनोटका रूपमा पनि स्वीकार गरिएको यस अन्तर्गत पदविन्यास, बिम्बविधान, प्रतीकविधान, व्यङ्ग्य आदि शिल्प शैलीगत Œवहरू पर्दछन् (गौतम अधिकारी, २०६९ः२०) रूपविन्यास लेखकको निजी गुण हो कथामा यो कतै सङ्कृत

() कतै विकृत () रूपमा आएको हुन्छ सङ्कृत रूपविन्यास कथावस्तुसँग घुलमिल भएर आउँछ भने विकृतमा चाहिँ कथाकार विशेष किसिमको शैली अँगाल्दछ विकृत रूपविन्यास कथाको संरचनासँगसँगै समानान्तर रूपमा अघि बढेको हुन्छ लेखकलेदोषी चस्मा कथामा सङ्कृत रूपविन्यासको प्रयोग गरेका छन् यस कथाको कथा शीर्षक प्रतीकात्मक अर्थ सापेक्षमा रहेको यस कथामा केशवराजको असामान्य मनोविज्ञानको चित्रण गरिएको कथापात्र केशवराजको मनोरचनाको कारक चस्मा भएकाले यस कथाको शीर्षक नैदोषी चस्मा राखेको देखिन्छ तापनि यो चस्माको कथा नभएर केशवराजको मनोलोकको कथा हो (ज्ञवाली, २०६१ः१२२) यस कथामा घटनालाई घुमाउरो शैलीमा वर्णन गरको छैन चरित्रको केन्द्रीय मनोभाव पहिल्याई त्यसको अध्ययन विश्लेषण गरेर त्यसबाट निस्केको प्रतिक्रियाहरूलाई कलात्मक ढङ्गले यस कथामा प्रस्तुत गरिएको मनोवैज्ञानिक पक्षको बेजोड प्रस्तुति, सामाजिकराजनैतिक कुप्रकृतिको विरोध एवं कथात्मक शिल्पसंयोजनको उचित व्यवस्था भएको देखिन्छ यसदोषी चस्मा कथामा जम्माजम्मी तेइस अनुच्छेदमा संरचित भएको हुँदा या कथा लघु आयामिक मनोवैज्ञानिक कथा हो यस कथा भित्र चरित्र चित्रणमा नाटकीय प्रत्यष दुवै पद्धतिको प्रयोग यस कथामा सरल सहज भाषा शैलीको प्रयोग गरिएको धत् , निजस्ता निपात शब्द भोघ्भोघ्, झमक्क, टिमिक्क, अहघ्अहघ्ं जस्ता अनुकरणात्मक शब्द प्रयोगले कथा रोचक बनेको यस कथामा लेखकले शैलीको विशेष चमत्कार देखाउनु भन्दा कथानक अनुरूपको शैली प्रयोग गरेका छन् कथालेखनमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाको शैली विशिष्ट हुनु उनको निजी गुण हो उनले यस कथामा केशवराज जस्तो चाकरीजीवी पात्रको असामान्य मनोरोगी प्रकृतिलाई कथाका माध्यमबाट चित्रण गर्न सफल भएका छन् उनको अभिव्यक्तिगत विशिष्टताले नै पाठकलाई उनको कथामा रुचि बढेको वाक्य गठन अनुच्छेद योजनामा सरलता, आलङ्कारिक भाषाशैलीको प्रयोग, सान्दर्भिक संवादको प्रस्तुति यस कथाका उल्लेख्य पक्ष हुन् कथाकारले मानिसभित्रको मनोभावलाई शब्द अभिव्यक्तिद्धारा मनन तथा चित्रण गरी रचनात्मक शैलीद्धारा पाठकका सामु प्रस्तुत गरीदोषी चस्मा कथामा कलात्मक तरीकाको रूपविन्यास गर्न सफल भएका छन्

.. ‘दोषी चस्मा कथाको सारवस्तु

                ‘दोषी चस्मा भन्नाले चस्मामा रहेको कमजोरी पक्षको शाब्दिक सङ्केत मिल्दछ यस कथाको मुख्य पात्र केशवराजले पुरानो चस्माको कारणले गर्दा जर्साबलाई स्वस्ती गर्न पाएको छैन जून परिस्थितिले गर्दा विक्षिप्त भई ज्यादै नै पीडा भोग्नु परेको अवस्थाको चित्रण यसदोषी चस्मा कथा भित्र रहेको कथामा निहित केन्द्रीय वा आधारभूत विचार नै सारवस्तु हो (श्रेष्ठ, २०३९ः९३) कथा पढिसकेपछि प्राप्त हुने मुख्य बिचार वा अभिप्रायलाई सारवस्तुका रूपमा लिन सकिन्छ अर्को शब्दमा भन्नु पर्दा कथाकारलाई जून भावविशेषले कथा लेख्न अभिप्रेरित गर्छ त्यो भावविशेष नै सारवस्तु हो कथाकार विश्वेश्वरप्रसाद कोइरालाका कथामा मानवतावादी, मनोवैज्ञानिक, जीवनवादी जस्ता कुराहरूलाई नै आख्यानीकरण गरी नेपाली साहित्य जगत्का कुशल लेखक बन्न सफल भएको देखिन्छ यसदोषी चस्मा कथामा जर्साबलाई स्वस्ती गर्न झुक्किनुले केशवराजको मनमा द्वन्द्वको अङ्कुर पलाउन थाल्छ स्वस्ती गर्न नपाएकाले त्यसलाई उचित अनुचित पर्गेल्न उसको मानसपटलमा तनाउको परिस्थिति सिर्जित हुन्छ आफूले जर्साबलाई अटेरी नगरेको तर चस्माले धोका दिएकोले हो नी भनेर मनमनै फत्फताइरहन्छ आफू निर्दोष भएको सम्झन्छ भने आफू निम्नस्तरको व्यक्ति भएकाले चाकरीबिना आप्mनो जीविका नचल्ने देख्छ आफूले अन्जानवश गरेको भूलको माफी माग्नुपर्ने मनस्थिति बनाउँछ ठूलो तहको व्यक्तिबाट दबिएका मान्छे सधैँ त्यस्तै अवस्थामा रहनुपर्छ कहिल्यै पनि उच्चताबोध गर्न सक्दैन उसले सधैँ चाकरी गरी मालिकलाई रिझाउनुपर्छ मालिक जस्तो बन्न असम्भव भने परम्परागत सामाजिक रुढ संस्कार निम्नवर्गका व्यक्तिमा रहने कुराको सङ्केत कथाकारले केशवराजका माध्यमबाट गरेका छन् (ज्ञवाली, २०६१ः१२१) नेपाली समाजमा देखा परेका पुरुषगत संस्कारलाई पनि यस कथाले सङ्केत गरेको नारीहरू सधैँ पुरुषको निम्ति सदैव सेवामा तत्पर हुनुपर्ने उनीहरूको घरको काम मात्रै नभएर पुरुषको अन्य व्यवहारमा पनि सहयोग गर्ने स्वभाव नारकिो केशवराजले चस्माले धोका दिई जर्साबलाई स्वस्ती गर्न छुटेर ग्लानि बोध गरेर छट्पट्टिदै सुत्न नसक्दा उसकी पत्नीले त्यसको उपायगएर माफी माग्नुहवस् भैहाल्छ नि भनेकोबाट उक्त कुराको पुष्टि हुन्छ यसबाट स्त्रीजाति घरधन्दामा मात्र सीमित नभई समस्या पर्दा सहायक पनि बन्न सक्छन् भन्ने कथाको सारवस्तु हो समग्रमा भन्नुपर्दा मानसिक रूपमा जति फतफताए पनि मुखमा बुजो राखेर आफूलाई तल्लो श्रेणीमै राख्नुपर्ने बाध्यता यस कथाको सारवस्तु हो तत्कालीन सामन्तीवर्गको प्रशासनिक स्थितिलाई व्यङ्ग्यको झटारो हान्नु, नेपाली संस्कृतिको सापेक्षतामा फ्रायडीय ढाँचाको विषय चयन गरी सामाजिक विकृति विसङ्गति प्रति व्यङ्ग्यवाण प्रहार गर्नु कथाकार पात्रका आन्तरिक जगत्को विश्लेषण गर्दै तत्कालीन राजसीकृति चाकरीकृतिप्रति व्यङ्ग्य गर्नु यस कथाको सारवस्तु हो दोषी चस्मा कथामा केशवराजको असामान्य मनोवैज्ञानिक स्थितिको विश्लेषण गर्नु यस कथाको अर्को बेजोड पक्ष रहेको

 

. निष्कर्ष

कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्धारा रचितदोषी चस्मा कथा एक उत्कृष्ट चर्चित कथा हो यसमा लेखकले एक असामान्य मनोवैज्ञानिक स्थितिमा रहेको एक पात्रको चरित्र चित्रण गरेका छन् यस कथामा चेखवको कथाको प्रभाव पाइन्छ तर पनि नेपाली समाजसापेक्ष व्यक्ति मनको अध्ययन विश्लेषण कोइरालाको यस कथामा चेखबबाट प्रभाव ग्रहण गरेका भए पनि कथाकार कोइराला आफ्नोपन वैशिष्ट्यलाई यथास्थानमा सुरक्षित राख्न सफल देखिन्छन् कथाकार कोइरालाको कथामा वस्तुचयन, व्यवस्थापन प्रस्तुतीकरणमा मौलिकता रहेको उनलेदोषी चस्मा कथाको विषय वस्तु केशवराजलाई प्रतिनीधि पात्र बनाएर तत्कालिन समयमा देशको वातावरण, राजनीति, सामन्तीहरूको शोषण, दबिएका दुःखी गरिब जनता तिनले भोग्नु परेका आर्थिक तथा मानसिक पीडाहरूलाई दर्शाएका छन् उनको कथा प्रस्तुत गर्ने शैली अद्वितीय अरुको प्रभाव ग्रहण गरेर लेखेको भेटिए पनि आप्mनो लेखनको मौलिकता माटो सूहाउदो पात्र तथा विषय चयनले उनी छुट्टै स्थान बनाउन सफल भएका छन् यसरी प्रस्तुतदोषी चस्मा कथामा सामन्ती शासन व्यवस्था संस्कृतिबाट शोषित गरिव परिवारको कारुणिक जीवन वृत्तान्तलाई केशवराजका अनुभूतिका माध्यमबाट देखाइएको राणाकालीन सामन्ती नेतृत्वले गरिब नेपाली जनतामाथि गरेको चरण शोषण, सामन्ती व्यवहार खराब आचरणका कारण निमुखा जनतामा तनावजन्य अनुभूति उत्पन्न भएको देखाइएको समाजका केशवराज जस्ता चाकरीजीवी पात्र जो शासकबाट पीडित छन् तर विद्रोह गर्न सक्दैनन् भने त्यस्ता पात्रका प्रवृतिले समाजमा कुनै परिवर्तन गर्न सक्दैनन् भन्ने धारणा यहाँ भित्र रहेको कुरा अर्थबोध गर्न सकिन्छ शोषण अन्यायका विरुद्ध मनमनै तर्कवितर्क गरेपनि त्यसका विरुद्धमा लाग्न नसक्दा अरुको अधीनस्त भई बाँच्दा मनमा असन्तोष, ग्लानी पीडन बोध भई कष्टकर जीवन गुजार्नु पर्ने तितो यथार्थलाई बौद्धिक चेतले पूर्ण भएका कथाकारले सांकेतिक रूपमा यस्तो अर्थपूर्ण भाव यस कथाका माध्यमद्धारा प्रस्तुत गर्न खोजेका छन् यो एक कुशल कथाकारको सफलता पनि हो कथाकारले आफू बाँचेको, देखेको भोगेको कुराहरूलाई कथाका माध्यमबाट सहज शैलीमा उतार्न सफल भएका देखिन्छ यसरी तत्कालीन समाजमा व्याप्त चाकरीप्रथाप्रति पनि मार्मिक ढङ्गबाट तिखो व्यङ्ग्यप्रहार गरेका छन् सामन्तीवर्गको नाङ्गो रूप प्रस्तुत गरी शोषित पीडित चाकरीजीवी व्यक्तिलाई समाजमा अपाङ्ग जस्तो बनेर हिँड्नुपर्ने तत्कालीन अवस्थाको चित्रण यसमा गरिएको तत्कालीन समाजमा देखा परेका निम्न मध्यमवर्गीय समाजको सटीक प्रस्तुति यस कथामा प्रस्तुत गरिएको भने गरिब निमुखा दोषहीन भएपनि सधैँ माथिल्लो वर्गबाट सन्त्रासमा बाँच्नुपर्ने बाध्यता रहेको कुरा यस कथामा देख्न सकिएको विश्वेश्वरप्रसाद कोइरालाले लेखेको यो कथालाई केलाउँदा उनले आप्mनो आन्तरिक चेतनाबाट समाजको वास्तविकतालाई देखाएका छन् शोषक शोषितमा जीवन भोगाईको अन्तरलाई केलाएका छन् हरेक मान्छे संसारमा शाषक बन्नका लागि नै जन्मन्छ तर प्रारब्ध, नियति, जीवन भोगाई, समाज, राजनीति, चालचलन परिवेशका बीच शोषित बन्न पुग्दछ शोषित हुनुको मुख्य कारक Œ गरिबी अशिक्षा रहेको कुरा यस कथामा मनन गर्न सकिन्छ दोषी चस्मा कथाको मुख्य पात्र केशवराज यस्तै परिस्थितिको सिकार भई जीवनमा ग्लानी दाषत्व बोध गर्न विवश यदि मानिस शाषित हुनका लागि मात्र जन्मन्थ्यो भने भित्र यति सानो गल्तीमा पनि बिघ्न छटपटी कुण्ठाहरू हुँदैन थियो होला भन्ने अन्तरचेतका अनुभूतिहरू यस रचनाका भाव गर्भभित्र रहेको कुरा देख्न सकिन्छ

 

सन्दर्भ सामग्री

कोइराला, विश्वेश्वरप्रसाद, २०५०, ‘दोषी चस्मा, (चौथो सं.) ललितपुरः साझा प्रकाशन

गौतम लक्ष्मणप्रसाद अधिकारी ज्ञानु, नेपाली कथाको इतिहास, काठमाडाँैंः नेपाल प्रज्ञाप्रतिष्ठान, २०६७

श्रेष्ठ, दयाराम, नेपाली कथा (भाग ), ललितपुर साझा प्रकाशन, २०५७

………..,पच्चीस वर्षका नेपाली कथा, काठमाडौँ नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०३९

ज्ञवाली, ज्ञाननिष्ठ, २०६१, आख्यानकार विश्वेश्वरप्रसाद कोइराला, काठमाडौँ हजुरको प्रकाशन

ज्ञवाली, ज्ञाननिष्ठ, २०७१, विश्वेश्वरप्रसाद कोइरालाका कथाको सङ्क्षिप्त विश्लेषण, मधुपर्क (वर्ष ४७ अङ्क पूर्णाङ्क ५४३, पृ.१२२)

मो. ९८६०९०३८३५

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments