रेशम गाउँको असल केटा थियो । उसले छात्रवृत्ति पाएर अस्ट्रेलियामा पढिरहेको थियो । बाबु आमाको एक्लो छोरो माया र प्यारमा हुर्केको भए पनि किफायती थियो । पढाइमा पनि मेहनती थियो पढाइबाट एकछिन विश्राम लिन ऊ कम्प्यूटरमा हुन्थ्यो । फेसबुकमा एकछिन रमाउँथ्यो । घरमा आमाले अब त बिहे गर्नुपर्छ यो घरमा बुहारी आएको देख्न मन छ छोरा ? भनिरहनुहुन्थ्यो ।

यसरी कम्प्यूटर फेसबुकमा बस्दा उसलाई आमाको कुरा याद आयो छोरा बिहे गर्नुपर्छ, उसले फेसबुकमा आफूलाई मिल्ने केटी खोजी गर्न थाल्यो । फेसबुकबाट छनौट गरी साथी बनायो र कुरा गर्न थाल्यो । आजकल उसले फेसबुकमा कुरा गर्ने दिनचर्या नै बनाएको छ । विस्तार विस्तार उसमा माया बढ्न थाल्यो । बिहेको प्रस्ताव राख्यो । शिर्षाले पनि स्वीकार गरिन यो प्रस्ताव र उनले भनिन धेरैले फेसबुकबाट माया गर्ने र वास्तविकतामा धोका दिने गरिरहेछन् । तपाईं पनि त्यस्तै त होला नि ? सत्य सत्य अरू जस्तो होइन मेरो माया तिमीप्रति निश्छल छ अटुट विश्वास छ शिर्षा तिमी ढुक्क हुनू । धेरै महिना भइसकेको थियो फेसबुक प्रेम रेशमले आमालाई शिर्षाको बारेमा बुझ्न ठेगाना दिएर घरमा गईकन हेर्न भन्यो । आमा त्यही ठेगाना लिएर शिर्षाको घर पोखरा जानुभयो ।

रेशममा उत्साह र कातुहलता बढेको थियो आमाले के खबर ल्याउनुहुन्छ बिहे समय मिलाएर दुई महिनापछि गर्न नेपाल जानुपर्ला विभिन्न कल्पना गरिरहन्थ्यो । उता शिर्षा रेशमको आमा भेट्न आउने कुराले डराएकी थिई । यत्तिकैमा आमा आई पुग्नुभो । कुराकानी सबै भयो । रेशम हतारिरहेको थियो । शिर्षा कतिखेर फेसबुक अनलाइनमा आउछिन् भनेर कम्प्यूटर

खोल्यो शिर्षालाई अनलाइन मा भेट्यो । शिर्षा के भो ? मेरो आमा आउनुभएको कुरा भेट्यौ त ? अँ भेटे, के कुरा भयो त ? आउनुभो मेरो आमासँग कुरा गर्न भो, मलाई के गरेकी छौ त ? भनी सोध्नुभो । पछि हिँड्ने बेलामा छोराले के भन्छ पछि खबर गरौँला भनेर हिँड्नुभो । सायद आमाले मलाई मन नपराएको जस्तो लाग्यो, किन ? शिर्षा, जे भए पनि तिमीप्रति आशा र विश्वास खन्याइसकेको छु । मनले तिमीलाई स्थान जमाइसकेको छु । अब कस्तै कुरा भए पनि म मान्ने छैन । शिर्षा तिमी किन खुलेकी छैनौ ? शिर्षा रोदनमय स्वरमा भन्छे रेशम मैले तिमीलाई अपनाउनु भूल गरेँ जस्तो लाग्यो । क्षितिजबाट सूर्यलाई छुन खोजेँ माफ गर ल तिमीलाई भन्न नसकेको कुरा पनि थियो, त्यही कुरा आमालाई मन परेन जस्तो छ तिमीलाई भने तिमी पनि मन पाउँदैनौै होला । के गर्ने म प्रकृतिले ठगिएकी मान्छे हुँ । त्यसैले मान्छेहरू पनि मलाई टगिरहेछन् । रेशम सोध्छ के हो त्यो भन न शिर्षा ? अब पनि लुकाएर हुन्छ र ? ऊ भन्छे रेशम म अपाङ्ग छु । सजिलोसँग हिँड्न सक्दिन खुट्टा लर्बराउँछन् हिँड्दा, कुरा यति मात्र हो शिर्षा ? मेरो तिमीप्रतिको चोखो माया अपाङ्गताले छुटाउन सक्दैन, तिमीलाई अझ माया गर्छु म शिर्षा तिमीलाई, तिमी माया र विश्वासमा शङ्का नगर । यस्तो कुरा सुनेर पनि रेशमले माया गरेको पाएर धन्य हे ईश्वर ¤ मेरो कर्मको सम्बन्धमा यस्तो मान्छेसँग भेट गरायो लाख लाख धन्यवाद छ खुसीले आँसु झार्छे ।

यता आमा शिर्षालाई भेटेर आएपछि रेशमलाई “त्यो केटी हुँदैन छोरा, अपाङ्ग रहिछ, अर्को खोज्नुप¥यो” भन्नुहुन्छ । रेशम आमालाई सम्झाउँदै भन्छ “अपाङ्गता हुनु शिर्षाको दोष होइन आमा, प्रकृतिको दोष हो । हजुर हामी पनि दुर्घटनामा परि अपाङ्ग बन्न सक्छौँ । त्यतिबेला अरूले हेर्ने दृष्टिकोण हामीमा फरक हुँदा पक्कै हाम्रो मन दुख्छ होला । त्यसैले आमा शिर्षालाई मैले सहारा दिन्छु हजुर हुन्छ भन्नु आमा ।” “तैँले नै यसो भन्छस् भने म के भन्छु र बाबु ¤ जिन्दगी तैँले नै सँगै बिताउने हो क्यारे, सोचे जस्तो वास्तविकता सजिलो छैन ¤ अझै विचार गर म के भनूँ ।”

आमाको स्वीकारोक्ति भाषापछि रेशम खुसी हुन्छ शिर्षालाई फोन गरी आमालाई पनि मान्य भएको खबर गर्छ, शिर्षा पनि खुसी हुन्छे ।

दुई महिनापछि शिर्षाको घर आँगन बिहेको मण्डप, झल्लर, तुल र चंदुवाले सजिसजाउ हुन्छ । नेपथ्यमा बाजा बजेको सुनिन्छ जन्ती शिर्षाको घरतिर आइरहेको छ । शिर्षाका साथीहरू सबै जना बेहुला हेर्न हतारिरहेछन्, जन्ती आएपट्टि दौडिन्छन् । स्वयम्वर गराउन प¥यो ? जन्तीबाट एक जना चिच्याउँछन् । बेहुलीलाई दुई जनाको सहायतामा ल्याउँछन् र स्वयम्वर सम्पन्न हुन्छ । शिर्षा रेशमलाई पहिलोपटक प्रत्यक्ष देख्छे, रेशम पनि पहिलो पटक देख्छ, कानमा सुटुक्क भन्छ– “फेसबुकमा देखे जस्तै राम्री रहिछौ ।” “हजुर त झन् फोटोभन्दा पनि राम्रो ¤” यति कुरा गरिहाल्छन् । “ओहो कस्तो आश्चर्य हो बेहुलाले कसरी मन पराएको होला ? त्यस्तो विदेशमा बसेर पढेको कोही नपाएझैँ अपाङ्गलाई बिहे गर्ने ¤” एक जना महिला भुनभुनाउँदै थिइन् । शिर्षाको साथी मीराले सुनेर भनिन् “यस्तोलाई भन्छन् बल्ल सच्चा प्रेम भाग्यमा लेखेको रहेछ मिल्यो ।” अनेक टिकाटिप्पणी विवाहभरि नै भइरह्यो । विवाह सकियो । जन्ती फर्के । साँझ रेशम शिर्षालाई भन्छ “कम्प्यूटर खोलौँ अब ? फेसबुक किन चाहियो ¤ प्रत्यक्ष अगाडि छौ

त ¤” दुवै हेराहेर गर्छन् रेशम शिर्षालाई बाहुपासमा लिन्छ ।

बिहान सबेरै उठेर शिर्षा घर कोठा, आँगन सफा गर्छे, रेशम सुतिरहेको हुन्छ । “उठ्नुहोस् न, चिया पिउनुस् ।” रेशम गाह्रो मानीमानी उठ्छ । भन्छ, “आज शरीर थकित छ । राति अबेरसम्म ननिदाएर होला नि ¤ निद्रा त तिमीले नै भङ्ग गरिदियौ नि त ¤” “म मात्र कहाँ निदाएकी छु त ¤ छ्याः हजुर पनि ¤” “आमा कता हुनुहुन्छ त ?” “नुहाउन धारामा जानुभाछ” । रेशम उड्छ । नुहाएर आमासँग नजिकै बसी “बुहारी कस्तो लाग्यो त आमा ?” “ठीकै लाग्यो । आज सबेरै उठेर सरसफाई गरी । काममा फूर्तिली रहिछ । आज खाना पनि मै पकाउँछु भनेकी छे । शिर्षालाई छानेर ठीकै भएछ । आधुनिक खर्चिली बुहारी भएको भए कामधन्दामा सहयोग पनि गर्ने थिइन । मलाई अपाङ्ग छ भन्दा छोराले के भन्छ भन्ने लागेको थियो तर ठीकै भो ¤” आमाले खुसी व्यक्त गर्नुभयो ।

रेशमको बुबा विदेशमा हुनुहुन्थ्यो । चार पाँच वर्षदेखि सम्पर्कमा नआएपछि, कहाँ के भो पत्तै नलागी आमा ज्यादै पीरमा हुनुहुन्थ्यो । फोटो अगाडि गएर “रेशमको बुवा, रेशमले विवाह गरेर बुहारी ल्याएको छ । तपाईं हुनुभएको भए अझै कति खुसी हुनुहुन्थ्यो होला । जहाँ भए पनि यो खुसीको खबर मिलोस् ¤” सन्देश पठाउँछे ।

रेशम पढाइमा फेरि अस्ट्रेलिया जाने बेला भो । शिर्षाको अनुहारले बाटो छेक्छ उसलाई । टिल्पिलाएका आँखाहरू पुछ्दै भन्छ, “पढाइ सकेर आइहाल्छु नि ¤ आमाको सेवा गर, तिम्रो जागिर पनि काठमाडौँ सरुवा गराउने कुरा भएको छ, दिनभरि कार्यालयमा, साँझ बिहान घरमा राम्रै हुन्छ नि ¤” “हुन्छ” शिर्षाको मधुरो स्वरमा जवाफ आउँछ ।

“आमा, ट्याक्सी आइसक्यो, छिटो न, म निस्कन अबेला भो ¤” आमाले रातो टीका लगाएर यात्राको अनुमति दिनुहुन्छ । शिर्षा पनि विमानस्थलसम्म छोड्न सँगै जान्छे । अन्तर्राष्ट्रिय विमानस्थलमा टिकट लिएका बाहेक भित्र पस्न पाइँदैन । ट्याक्सीबाट झरेर सामान उतारी रेशम शिर्षालाई भन्छ “तिमी यसै ट्याक्सीबाट फर्क ¤” उसका आँखा एक्कासि रसाएर आए । ऊ बोल्नै सकिन । रेशम चुम्बन गर्दै पीर नलिए, ल आइहाल्छु नि ¤ समय भइसक्यो, बाई बाई ¤”

रमेश गन्तव्यतिर जान्छ । शिर्षा देखेसम्म हेरिरहन्छे । अनि फर्केर घर आई एक वर्षको प्रतीक्षामा बाह्र महिनाको भित्ते पात्रोलाई साथी बनाउँछे र भन्छे अब एघार महिना बाँकी …, दस महिना बाँकी … …।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments