उसले क्यालेन्डरको पाता पल्टायो । ऊ आज आएको अठारौँ दिन बितेछ ।

आमाको स्वर्गवास भएको आज पन्ध्र दिन

पनि भएछ । परदेश लागेको त दस वर्षपछि बल्ल उसले स्वदेश फर्कने मौका पायो । जहिले पनि फोनमा कुरा हुँदा आमा सोध्थी, “कहिले आउँछस् ? तेरो मुख देख्न पाउँदिनँ कि क्या हो ?”

ऊ भन्थ्यो, “होइन, म आउँछु ।”

सधैँ सोध्थ्यो, “कस्तो छ ? सन्चो बिसन्चो के छ ?”

आमा भन्दथी, “सन्चै छ ।”

के थाहा दैवको लीला यसपाला त ऊ धेरै रमाइला क्षणहरू सँगालेर स्वदेश फर्केथ्यो । आमा भित्रभित्रै क्षीण भइसकेको उसलाई के थाहा । आइपुगेको भर्खरै तीन दिन मात्र भएथ्यो । एक्कासि आमालाई सन्चो भएन । धेरै दौडधुप भयो तर केही सीप लागेन । रमाइला सपना सबै चकनाचुर भए । आमाले सबैलाई छोडी गइन् । ऊ धीत मारी रुन पनि सकेन । बल्ल आमाको ममत्वको खाँचो महसुस भयो । विस्तार काम सकियो । आफन्त सबै सहानुभूतिका शब्दसँगसँगै आआफ्ना बाटो लागे । ऊ अब भने साँच्चै एक्लो भयो । घरका कुनाकाप्चासमेत अपरिचित थिए । ऊ छामछाम छुमछुम गर्न थाल्यो । स्नेहको आभासको लागि प्रत्येक वस्तु स्पर्श गर्दै

हेर्न थाल्यो । बिस्तारै आमाको दराज

खोल्यो । लुगाको माझबाट सानो एउटा पोको खस्यो । ठ्याक्क आवाज आयो । के रहेछ विस्मयले आँखा उघ्रे । खोलेर उसले हे¥यो । पोकाभित्र उसका बाल्यकालका लुगा,

खेलौना, केही उसले प्रयोग गरेका खाली सिसी आदि आदि … । ऊ अकस्मात डाको छोडेर रुन्छ “मेरी आमा ¤

मालीगाउँ, काठमाडौँ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments