सधैँ चामल भिजाउने भाँडोमा, धान भिजाएको देखेर सुगमले आफ्नी आमालाई सोध्यो, “आमा यो धान किन भिजा’को ? चिउरा कुट्न हो ?”
“होइन”, आमाले छोटो उत्तर दिइन् ।
वेला वेला चाडपर्वमा धान भिजाएर मिलमा लगेर चिउरा कुटाउने गरेकोले सुगमले यस्तो प्रश्न गरेको थियो ।
तर आमाको “होइन” भन्ने उत्तर सुनेर सुगम छक्क प¥यो र फेरि सोध्यो, “अनि किन भिजा’को त … खेर हाल्न … ?”
छोराले घरीघरी भिजाएको धानको चासो लिएर प्रश्न गरेको सुनेर आमाले भनिन्, “खेर हाल्न होइन, कसौँडीमा रोप्न क्या … ”
आजकल धानको बीउ गमलामा रोपे छिट्टै धान फल्छ रे, अचेल त धानको लागि पानीसानी केही चाहिँदो रै’नछ त …
त्यै सुनेर मैले चैँ कसौँडीमा रोपे चामल नै फल्छ कि भनेर धानै भिजाएर रोप्न लाग्या क्या…
आमाको अल्पज्ञान अर्काको लहै लहैमा लागेको देखेर छोरो त ट्वाँ… ¤

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments