नेपाली बालसाहित्यमा निरन्तर कलम चलाउने नारी स्रष्टाहरू कम देखिन्छन् । नेपाली साहित्यको अन्य विधामा कलम चलाउने अनगिन्ती नारी स्रष्टाहरूको उपस्थिति देखिन्छ तर बाल साहित्यमा भने नेपाली नारी स्रष्टाहरूले कलम चलाउन किन अग्रसर नभएका हुन् ? यो प्रश्न आजको वर्तमान परिप्रेक्ष्यमा टड्कारो रूपमा देखिन्छ ।नेपाली बालसाहित्यमा निरन्तर कलम चलाउने नारी स्रष्टाहरू कम देखिन्छन् । नेपाली साहित्यको अन्य विधामा कलम चलाउने अनगिन्ती नारी स्रष्टाहरूको उपस्थिति देखिन्छ तर बाल साहित्यमा भने नेपाली नारी स्रष्टाहरूले कलम चलाउन किन अग्रसर नभएका हुन् ? यो प्रश्न आजको वर्तमान परिप्रेक्ष्यमा टड्कारो रूपमा देखिन्छ ।बाल साहित्यल पौडेल बाल साहित्य जगत्मा नौलो नाम होइन । आफ्नो लेखन तीसको दशकमा सुरुली बालसाहित्यलाई दिँदै आउनुहुने गङ्गा कर्माचार्य पौडेल बाल साहित्य जगत्मा नौलो नाम होइन । आफ्नो लेखन तीसको दशकमा सुरुवात गरेर पनि बीचको केही समय लेखनबाट टाढा रही पुनः सक्रियताका साथ बाल साहित्यमा समर्पित स्रष्टा गङ्गा कर्माचार्य पौडेलले समय समय बाल साहित्यका पुस्तक प्रकाशित गरेर बाल साहित्य भण्डारमा न%5ो छ ।नेपालमा गएको महाभूकम्पले समस्त नेपालीलाई सङ्कटको अवस्थाबाट गुज्रिनुपरेको स्थिति त सबैमा अवगत भएकै छ । अझ यस भूकम्पले बाल मस्तिष्कमा पर्न गएको असर र भोग्नुपरेको समस्याहरूको लेखाजोखा छैन । यही विनाशकारी भूकम्पको सेरोफेरोमा भुइँचालो बालकथा सङ्ग्रह प% पर्न गएको असर र भोग्नुपरेको समस्याहरूको लेखाजोखा छैन । यही विनाशकारी भूकम्पको सेरोफेरोमा भुइँचालो बालकथा सङ्ग्रह प्रकाशित भएको पाइन्छ । भुइँचालो आउँदा सुरक्षित रहने उपायलाई कथामा बाल मस्तिष्कमा प्रभाव पर्ने गरी सरल भाषामा लेखिएको भुइँचालो कथाले बालबालिकालाई निकै उपयोगी ज्ञान दिन सफल भएको छ भने सङ्ग्रहका अन्य कथाहरू कोसिस, ईष्र्या, हनी र सनी, रूख हाम्रो मित्र, साना हातमा ठूला काम कथा बालबालिकाहरूलाई शिक्षाप्रद हुनका साथै यिनले मनोरञ्जन प्रदान गरेका छन् । सरल शब्दमा रोचक ढङ्गबाट कथाको तानाबाना बुन्नुभएको छ । आकर्षक आवरणले सङ्ग्रहको स्तरीयता थपेको छ ।कथामा कतै कतै बढी उपदेश दिएको अनुभव भने अध्ययन गर्दा हुने गर्दछ । बाल मस्तिष्कलाई प्रभाव पार्ने यी कथाहरूले भोलि आउने नयाँ पुस्तालाई बौद्धिक र सामाजिक रूपमा सबल बनाउनेतर्फ उन्मुख गर्दछ । गङ्गा पौडेलको भुइँचालो बालकथा सङ्ग्रह एकपल्ट बालबालिकाले अध्ययन गरेमा निकै उपयोगी ज्ञान प्राप्त गर्न सक्ने छन् । थुप्रै बाल साहित्यका कोसेली दिनुभएकी गङ्गा पौडेलको योगदानको मूल्याङ्कन गर्नु पनि आवश्यक देखिन्छ । सामाजिक जीवन, साहित्य सिर्जनामा क्रियाशील र समाज सेवातर्फ पनि आफूलाई समर्पित गरेर जीवनको रथ अगाडि बढाउँदै आफ्नो कर्ममा जुटिरहने गङ्गा पौडेलको बालसाहित्यप्रतिको अगाध स्नेहलाई प्रशंसा नगरी रहन सकिँदैन ।बालबालिकाहरूमा बढ्दै गएको कम्प्युटर, मोबाइल, आक्रमणले गाँजेको यो समयमा भुइँचालो जस्तो बालकथा सङ्ग्रह पढेर बालबालिकाहरूमा नौलो स्फूर्ति ल्याउने विश्वास लिएको छु । बालबालिकाप्रति सधैँ चिन्तनशील रही बालबालिकाको भविष्यप्रति सधैँ राम्रा सिर्जनाले अघि अघि बढाउने सन्देश दिने गङ्गा पौडेललाई भुइँचालो बालकथा सङ्ग्रहको प्रकाशन सन्दर्भमा बधाई एवं शुभकामना ।पुस्तक ः भुइँचालोविधा ः बाल कथाकथाकार ः गङ्गा पौडेलप्रकाशक ः अक्षरधाम नेपालीप्रकाशन मिति ः वि.सं. २०७२प्रकाशन प्रति ः १००१ प्रति ।द्घमो. ९८४१३८६५६२

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments