(हीरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाई झोक्रिएर बसेकी छन् । त्यो बूढीको वरिपरि सबै सामानहरू लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।)

 

आमा      ः           (मनोवादमा) अहिले म बिरामी छु । तर यो साउनमा सबै मोङ१हरू गुफा बसेको छ । दोवाथोम्मा२ पनि हुँदैन । मेरो बिमार लम्बिएला जस्तो छ ।

मधेश     ः           (धनुवाण काँधमा भिरेर प्रवेश गर्दै) आमा ¤

आमा      ः           (कर्किएर हेर्दै) भन । के भयो ?

मधेश     ः           ए ¤ केही पनि हैन ।

आमा      ः           (प्रश्न गर्दै) कहाँ गा’को थियौ ?

मधेश     ः           सिकार खेल्नु ।

आमा      ः           (ठाडो भाषामा) खोइ त सिकार ?

मधेश     ः           उम्कियो ।

आमा      ः           सधैँ सिकार खेलेर घर चल्छ ?

मधेश     ः           (प्रतिप्रश्न गर्दै) के गर्नु त, सधैँ भोकै भएपछि ? के मचाहिँ

भोकभोकै मरौँ ?

आमा      ः           त्यसरी  ता  हुँदैन  ।  सबैले बाँडीचुँडी बराबर खानुपर्छ ।

मधेश     ः           कसरी बराबर खानु ? सधैँ पहाडले मात्रै खाएपछि । म मात्रै हो र ? हिमाल पनि भोकै छ ।

आमा      ः           खोइ त हिमाल ?

मधेश     ः           (बेवास्ता गर्दै) कोन्त ।

(हिमालको प्रवेश हुन्छ ।)

आमा      ः           हिमाल ।

हिमाल   ः           (ठाडो भाषामा) हई ।

आमा      ः           कहाँ गा’को थियौ ?

हिमाल   ः           यतै । घुम्नु ।

आमा      ः           सधैँ घुमेर जीवन चल्छ त ?

हिमाल   ः           खै, थाहा छैन ।

आमा      ः           वाइयात ¤ के घुमेको त ?

हिमाल   ः           पहाडले छेकेपछि के गर्नु त ? ज्यान जोगाउनुकै लागि भए पनि बाहिरिनु परेन ? भोकभोकै को बस्नु सक्छ ? त्यसैले सिकार खेल्नु गा’को थिएँ नि ¤

आमा      ः           खोइ त सिकार ?

हिमाल   ः           (मधेशतिर देखाउँदै) ऊ त्यो मधेशले उम्कायो नि ¤ पासोमा परिसकेको थियो । खुब जान्ने भएर यसले उम्कायो । (लोपार्दै) अब यी खान । सिकार जति उम्काइ हालिस् । मुखमा खानु जुरेको भापो त । अब भुत्रो खान ।

मधेश     ः           (प्रतिपाद गर्दै) नकरा । खुब जान्ने हुन्छ । आपैm भाँती पु¥याउँदैन । अरूलाई दोष दिन्छ । सिकार मारेको भए त खुब खुसी हुन्थिस् होला नि ¤

हिमाल   ः           नकरा । जाबो पासोमा पारेको सिकारलाई पनि उम्काउने, मुला ¤ खुब ठूलो कुरा गर्छ ।

मधेश     ः           गर्छु त नि ¤ सिकार मारेको भए पनि टाउको र ह्याकुला जति लगिहाल्थिस् । मेरो भागमा ता उई खुट्टा त हो नि ¤

हिमाल   ः           खुट्टा मात्रै होइन, पुच्छर पनि पाउँथिस् नि ¤

मधेश     ः           नकरा । नाच्नु जान्दैन, आँगन टेरो ।

पहाड      ः           (प्रवेश गर्दै) ए ¤ केटा हो ¤ आयौ ?

हिमाल   ः           अँ ¤ किन बोला’को ?

पहाड      ः           (बस्दै) हैन, तिमीहरू कता हरायौ, हरायौ र नि ¤ यहाँँ दाम्ला बाट्ने काम पनि त्यतिकै छ ।

मधेश     ः           आपैm बाट् न । तैँले भनेभने

जस्तो हामीले बाट्नुपर्छ भन्ने कर छ र ?

पहाड      ः           हे ¤ केटा हो, नरिसाओ न यार । यहाँ दाम्ला नहुँदा आमाले करकर गरेको गरेकै छ । फेरि पशुहरूले बाली खाएर हैरान बनाइसक्यो । मेरो ता गोठाला गर्दैमा जीवन जाला जस्तो भो ।

हिमाल   ः           बल्ला थाहा पाइस् ? पहिला त खुब हिरो हुन्थिस् नि ? यो घरको तरले पुग्यो ?

पहाड      ः           पहिलाको कुरा छोडिदेऊ यार । पहिला त तिमीहरूले पनि खा’कै हौ नि ¤

मधेश     ः           खानु त खाने नै हो नि ¤ तर खानु पनि जान्नु पो पर्छ त ¤

मधेश     ः           त्यै त भनेको । डोकाले छोपेर हसुरेपछि पनि हुन्छ ?

पहाड      ः           अब पहिला तीतोमीठो जे भयो, भयो । त्यसलाई बिर्सिएर अबचाहिँ मिलेर दाम्ला बाटौँ । भात पनि बाँडेर खाऊँ । अब यसरी हुँदैन । हामी मिल्नुपर्छ ।

हिमाल   ः           मिल्नु ता मिल्ने, तर कसरी

मिल्ने ? त्यत्तिकै मिलौँमिलौँ मात्रै भनेर हुन्छ ?

मधेश     ः           त्यै त भनेको ? पहिला पनि ‘मिलेर काम गर्ने, भात पनि बाँडेर खाने भन्यौ । तर पछि खाने बेलामा चाहिँ आपैm हसु¥यौ । हामीलाई चाहिँ भोकभोकै राख्यौ । के यसपालि पनि हामीलाई भोकभोकै राख्ने विचार छ ? (हात हल्लाउँदै) त्यसैले अब यसरी हुँदैन । पहिला सबै कुराको छिनोफानो गरौँ । अनि मात्रै बाँकी काम अगाडि बड्छ । नत्र काम अगाडि बढ्दैन ।

पहाड      ः           त्यसो नभन न । आमा पनि बिरामी हुनुहुन्छ । दाम्ला पनि बाटेको छैन । पशुहरूले दुःख दिएर हैरान पारिसक्यो । बरु भोकायौ होला । आओ भात खानु ।

मधेश     ः           (हतारिँदै) ल ल । त्यसो भा पहिला भात खाऔँ ।

आमा      ः           (रोक्दै) केको भात ? भातसात छैन ।

हिमाल   ः           त्यसो नभन्नु न आमा ¤ म त भोकले मर्नु आँटेको छु । भात नखाको पनि धेरै भयो ।

मधेश     ः           त्यै त आमा । अस्तिदेखि भोकै छौँ । भोकले हातखुट्टै चल्नु छोड्यो । शरीर नै शिथिल भइसक्यो । अनुहार पनि मरिसक्यो ।

आमा      ः           (रोक्दै) कामै नगरी कसले दिन्छ भात ? पहिला काम सक्ने । अनि मात्रै भात खाने । तिमीहरूलाई एउटा दाम्ला बाट्नु पनि यति

हत्ते ? चाहिएको बेलामा दाम्ला नबाटे कहिले बाट्छौ ?

पहाड      ः           बिस्तारै बाटौँला नि, आमा । केको हतार ? यहाँँ दाम्ला बाट्नु कस्तो गाह्रो छ । बाटे पनि पोयै मिल्दैन ।

आमा      ः           एक्लै बाटेपछि पनि कहाँ मिल्छ

त ? सबै भएर बाट्नुप¥यो नि ¤

पहाड      ः           मिलेर त बाटौँ भनेकै हो नि ¤

(हिमाल र मधेशतिर देखाउँदै) यिनीहरूले मलाई बाट्नै दिँदैन । बाट्यो कि, बिगारी हाल्छ । त्यै भएर ढिलो भा’को नि ¤

मधेश     ः           हेर न हेर । फेरि पानीमुनिको ओभानो भा’को ¤ यस्तै हो भने तँ आपैm बाट् ।

हिमाल   ः           त्यै त । खुब आपूm मात्रै हिरो पल्टिँदो रै’छ ¤

पहाड      ः           नकरा ¤ टोपाहरू ¤

मधेश     ः           (आक्रोशमा) के अरे फेरि भन् ? फेरि भन् त ?

आमा      ः           (आक्रोशमा) नकराओ । कति बाझिरहेको ? छिमेकीहरूले पनि के भन्छ ?

पहाडी     ः           के भन्छ र ? के न के ¤ अलिअलि त घर झगडा भैहाल्छ नि ¤

आमा      ः           क्याङ्मीहरू ¤ सधैँ बाझिरहन्छ । (दर्शकहरूतिर हेर्दै) हन तपाईंहरूको परिवारमा पनि यसरी बाझिरहनु हुन्छ ?

समुद्र      ः           (प्रवेश गर्दै) म त नसोधी नै

आएँ है ?

आमा      ः           (बेवास्ता गर्दै) किन आ’को त ?

समुद्र      ः           हैन, तिमी बिरामी छौ । त्यै भएर आ’को ।

आमा      ः           म बिरामी हुँदा तिमीलाई केको टिकटिक ?

समुन्द्र   ः           तिम्रो बिमार हामीलाई स¥यो भने नि ?

आमा      ः           स¥यो भने स¥यो नि ¤ मलाई केको मतलब ?

समुन्द्र   ः           त्यसो भनेर कहाँ हुन्छ ? तिम्रो बिमार हामीलाई स¥यो भने त खत्तमै भइहाल्छ नि ¤ त्यै भएर तिमीलाई लिनु आ’को । जाऊँ, हाम्रैतिर । यहाँँ तिमीलाई स्याहार पनि पुग्दैन । जहाँ भए पनि बस्नु नै त हो नि ¤

आमा      ः           (आक्रोशमा) के अरे ? फेरि भन् ? मुख समालेर बोल् है । चाहिनेभन्दा धेरै बोल्दा भेट्लास् नि भाउ ¤

समुद्र      ः           के पूmर्ति लाउँछस् ? म बेगर तेरो घरको चुला बल्दैन । आदर्शले जीवन चल्छ ? जाबो मुसाको ज्यानले हात्तीको धाक दिन्छ । सक्छस् भने सियो बनाएर देखा

न ¤ अनि पत्याउँला ।

आमा      ः           (आक्रोशमा) खुरुक्कै जान्छस्

कि, छिमेकीहरूलाई गुहारेर पूजा गरौँ ?

समुद्र      ः           के बेकुब रै’छ ¤ दुःख पायो भनेर लैजाऊ भनेको ता उल्टै पो थर्काउँछ बाई ?

पहाड      ः           (सम्झाउँदै) समुद्रजी, बूढाबूढी

मान्छे यस्तै हो । कुरा बुझ्दैन । अहिले तपाईं जानुहोस् । मौका मिले फेरि भेटौँला ।

समुद्र      ः           (जाँदै) ल ल । तर फेरि पनि यस्तो धाक सुनेँ भनेचाहिँ ठीक

हुँदैन नि ¤

पहाड      ः           (सम्झाएर पठाउँदै) ल ल । अहिले जानुहोस्, … जानुहोस् ¤

हिमाल   ः           (अचम्म हुँदै)  हन,  यो  के

अचम्म यार ? हाम्रै घरमा आएर थर्कायो त ?

मधेश     ः           थर्काउनु मात्रै कहाँ हो र ? दागै धरेर गयो नि ¤

हिमाल   ः           दागै मात्रै कहाँ हो र ? मौका परे घरै उडाउँछ ।

आमा      ः           (सम्झाउँदै)  हो,  त्यै  भएर घरपरिवार मिल्नुपर्छ । घर बलियो भयो भने कसैको केही चल्दैन । त्यसैले अब तिमीहरू सबै दाजुभाइ मिलेर दाम्ला बाटेर राख है । (भक्कानिएर रुँदै) अब म त बाँच्दिनँ होला । म मरेँ भने तिमीहरू टुहुरा हुन्छौँ । टुहुरा भयौ भने सबैले हेप्छ । यो घरलाई स्याहार पनि पुग्दैन । यतिखेर यो घरलाई हुरीले उडाउनु सक्छ । होसियार हुनू है ।

(हिमाल, पहाड र मधेश पनि भक्कानिएर रुन्छ ।)

पहाड      ः           (भक्कानिएर रुएपछि)  हुन्छ, आमा  ।  तपाईं,  चिन्ता नगर्नुहोस् । हामी छौँ । तपाईंलाई केही पनि हुँदैन ।

मधेश     ः           (भक्कानिएर रुएपछि) हो आमा । हामी छौँ । तपाईंलाई जसरी भए पनि बचाउँछौँ । यो घरलाई जोगाएर राख्छौँ ।

हिमाल   ः           (भक्कानिएर रुएपछि) आमा, तपाईंलाई केही पनि हुँदैन । केही भैहाले मुन्दुम३ जपेर उपकार गर्छौ । तपाईंलाई जसरी भए पनि निको पार्छौं । तपाईं निको भएपछि यो घरको मुहारै फेरिनेछ । यहाँँको सबै पूmलहरू पनि हराभरा हुनेछ । तपाईं ढुक्क हुनुहोस्, आमा ¤

छोराहरू ः हो आमा, हामी अहिलेदेखि नै सबै मिलेर दाम्ला बाट्छौँ । त्यो दाम्लाले सबै बैमानी पशुहरूलाई पनि बाँघेर राख्छौँ, आमा । बाँघेर राख्छौँ ।

आमा      ः           (खुसी हँुदै) ल ल । बाटन त दाम्ला ¤ तिमीहरूले बाटेको दाम्ला म पनि हेर्छु ।

 

(हिमाल, पहाड र मधेशले बाबियो लिएर दाम्ला बाट्न थाल्छन् । आमाले दाम्लालाई हेरिरहेको हुन्छ । रिसिया४को धुन बजिरहेको हुन्छ । प्रकाश बिस्तारै विलयन हुन्छ ।)

 

शब्दार्थ ः

मोङ                        ः ईश्वर, देवता, भगवान्, पुर्खा ।

दोवाथोम्मा          ः धामी बसेर उपकार गर्न मिल्दैन ।

मुन्दुम                   ः धर्मग्रन्थ

रिसिया                  ः मुन्दुमभित्रको एउटा शाखा ।

द्घ

मो.९८४१२४५५४८

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments