बाँध भत्किएर बगेको पानीभैmँ फुक्का भएर बुर्कुसी मार्दै स्कुलको गेटमा पुगिसकेका केटी सावित्री भने अलमलिराखेकोमा झनक्क रिसाउनु अस्वाभाविक थिएन । सन्ध्या त कराइहाली, “के हेरिराखेकी सावी ? छिटो आइज न ¤”सावित्री आफ्नो नाम छोट्याएको मनपराउँदिन भन्ने सबैलाई थाहै थियो । तर कक्षाकी फस्ट गर्ल भएकोमा ऊ पनि अलिअलि मान खोजेजस्तो गर्थी भने अरूले पनि अलिअलि इष्र्या पालेकै हुन्थ्यो र मौकामा कुनैकुनै प्रकारले निस्किहाल्थ्यो पनि । आज पनि अलिक छिटो मुख भएकी र अलिक छुच्ची खाले सन्ध्याले मुखको स्वाद फेरिहाली ।हेर्दै गरेको कान्तिपुर Çयात्त टेबलमा फालेर सावित्री खुरुर्र कुदी र सबै केटी अगि बढे । तर उसको मन भने कान्तिपुरका मुखपृष्ठको समाचारका शीर्षक र मुन्तिरको चित्रमै अल्झिरहेको थियो । आज टिफिनपछि सङ्गीता मेम र हरि सर अनुपस्थित हुनुभएको हुँदा ५ कक्षालाई ६ र ७ घन्टी नपढाइ विदा भएको थियो । यही मौका छोपेर सावित्री, सन्ध्या, कमला, कविता र सविता गीताका घर जुनार खाने सल्लाह गरेर जिब्रो फड्कार्दै बाटो लागेका थिए । गीताले आफ्ना मिल्ने साथीहरूलाई हिजो शनिबारै जुनार खान आउने निम्तो दिएकी थिई । तर त्यस दिन तीन जनाले नभ्याउने भएपछि कार्यक्रम रोकिएको थियो । गीताका बा रामेछापको जिल्ला प्रहरी अफिसमा सबइन्स्पेक्टर थिए । उनी अफिसको कामले काठमाडौँ आइरहन्थे र आउँदा प्रत्येकपल्ट सिजनअनुसार केही न केही ल्याउने गर्थे । रामेछापको जुनारमा केटीहरू अगिल्लो साल नै पल्केका थिए । त्यसैकारण गीताले यसपाला बालाई विशेष अनुरोध गरेकी थिई र उनले पनि दुई बोरै जुनार ल्याइदिएका थिए । आज संयोगवश सबै साथी पनि आएका र पाँचौँघन्टीपछि नै छुट्टी पनि भएको हुँदा उनीहरू जुनारको भोजै खान हतार्रिरहेका थिए ।सबै पतरपतर जुनारकै कुरा गरिरहेका थिए तर सावित्री भने गुमसुमै रहेको कमलालाई महसुस भैहाल्यो । ऊ सबैभन्दा ठूली र पढाइमा सामान्य भए पनि व्यवहारमा नाइकेजस्तै थिई । पढाइमा तगडा र व्यवहारमा तगडा उनीहरू एकार्काका बेस्ट फ्रेन्ड पनि थिए । सावित्री अरूजस्ती बतौरे त होइन तर यतिखेरै अचानक त्यस्तो गम्भीर देखिएको अरूले पनि महसुस गर्दै थिए । “किन, के भयो सावित्री ?” कमलाको हेराइ पनि खोजपूर्ण थियो ।“केही होइन, ” उसले टार्न खोजी तर कसैले पत्याएन । बरु कमला र सँगै अरू पनि ठिङ्ग उभिए । “तिमरु हिँड्दै गर ।” कमलाले भनेपछि केटीहरू अनमना भएर हिँडेजस्तो गरे ।“के हो, सवु ?” उसले आफ्नो निजी सम्बोधन प्रयोग गरी ।“त्यस्तो केही होइन कम्मी ।” हिँड्दै हिँड्दै भने पनि उसले साथीहरूको खुलदुली बुझिसकेकी थिई । सन्ध्याले थपिहाली, “केही त हो, तर —।”“के तर ?” सविता कम बोल्थी तर बोलेपछि उसको बोलाइ कडकदार हुन्थ्यो ।“कान्तिपुरमा वागमती सफा भयो भन्ने समाचार दिएको रहेछ । मलाई त्यसैमा अचम्म लागेर आयो । अनि त — ।”“आच्चै, त्यो ?” सन्ध्याले तीनबित्ता लेघ्रो तानी । कविताले थपी “साँच्चै तँलाई थाहा थिएन ? बागमती सफाइ अभियान चलेको त कति, वर्ष दिन, अझ बेसी नै भैसक्यो होला ।”सन्ध्याले फेरि भनिहाली, “यस पढन्तेलाई कभभ कबध कभभल, चगल चबल चगल बाहेक अरू के थाहा हुन्छ त ?” हलल्ल हाँसे केटीहरू । सविताले थपी, “अनि दयमmबक पनि ।” हाँसोको अर्को लहर पूरा नभै उनीहरू गीताका घर पुगिसकेका थिए ।भरे कोठामा एक्लै भएपछि सावित्रीलाई लाग्यो के ऊ साँच्चै सन्ध्याले भनेजस्तै दुनियाँबाट बेखबर भएकै हो त ? उसले सम्झी पल्लो घर ज्ञानचाको पसलमा कान्तिपुर हुनसक्छ । साँच्चै दुई वर्षदेखि बागमती सफाइ अभियान चलेको र गुह्येश्वरीसम्म सफा भैसकेको खबर पढेपछि र चित्र हेरेपछि उसलाई दुई वर्षअगिको घटना झलझल याद भएर आयो—   “आमा, ती पैसा खोज्ने केटा कति दिन बाँच्छन् हँ ? तिनीहरूलाई रोग लाग्दैन ?”“ए, यो केटी त निदाएकै पो रैनछे ¤ सुत् चूप लागेर । तँलाई के मतलब जतिसुकै दिन बाँचुन् ?”“भन्नु न जे भए पनि । तिनीहरू कसरी खेल्न सकेका होलान् त्यस्तो फोहोरमा ¤ कस्तो घिन पनि नलागेको ¤ कस्तो हरियो, कालो फोहोर पानी, सबै लेदोजस्तै ¤”“के घिन लाग्छ ¤ लाग्ने भए खेल्थे ?”“कसको कुरा गरेको ?” बाबुले भित्र पस्तै भने । “त्यही बागमतीमा नि, आज बिहान केटाहरू पैसा खोज्दै यता र उता कुदेको देखेकी थिई । त्यहीबेलादेखि त्यही कुरा सोधेको सोधेकै छ ।”“हो त बाउ, त्यो पानी कस्तो फोहोर छ भने फोहोरको लेदैमात्रै छ । त्यहीँ … ।”“भो, भो, मलाई थाहा छ । बागमतीमात्रै र ? सहरका सबै खोलाको हालत त्यस्तै छ विष्णुमती, रुद्रमती, इक्षुमती, मनमती, हनुमती सब ।”“कस्तो दङ्ग गनाउँछ त, छेउमा जानै नसकिने । मलाई त झन्डै उल्टी आएको ¤ त्यहाँ काम गर्ने सिपाही, पसले, दर्शन गर्न जानेले कसरी खप्न सकेको होला ¤”“नसकेर के गर्नु ? पशुपतिजस्ता सबभन्दा ठूला भगवान् त्यहीँ छन् । दर्शन गर्न जानै प¥यो । काम गर्नेले पनि गर्नै प¥यो । सिपाहीले पनि खटाएपछि गर्नै प¥यो । अनि ?”“वागमतीमा त माछा पनि छैनन् होला, हगि बाउ ?” “माछा ? कहाँ हुन्छ त्यस्तो ढलैढलमात्रै भएपछि ? माछा, भ्यागुता केही छैन, कत्ति वर्षदेखि नै छैन ।”“अनि सरकारले त्यसको हेरचाह गर्दैन ?”तीन कक्षामा पढ्ने छोरीको सरलतामा उनी खित्का छोडेर हाँसे । “सरकारलाई आपूmआपूm ठूलो हुनका लागि लाप्पा खेल्दै ठीक्क छ । अनि के गर्छ उसले ? उसले गरेको त्यही हो, देखिनस् ? हा हा हा हा ¤” त्यसपछि उनले थपे, “धन्न हामी सहरबाट यत्तिको टाढा भएकाले दिनदिनको धूलो, धूवाँ र बागमती–विष्णुमतीको हरक त खप्नु परेको छैन ।”एकछिनपछि “ल सुतौँ अब” भन्दै उनी आफ्नो कोठातिर लागेपछि आमाले बत्ती निभाइन् र उनीहरू सुते । सुत्नासाथ आमा निदाइगइन् तर सावित्रीका आँखामा भने बागमतीको लेदो बगेको दृश्य खेलिरह्यो । आमाले फ्याँकेको पैसा खोज्न केटाहरूले ठेलाठेल गरेको घुमिरह्यो उसका आँखाभरि । अनि आफ्ना पाठमा शिवजी सबैभन्दा ठूला देवता हुन्, बागमती पवित्र नदी हुन् भन्ने पढेको र सरले त्यसको बयान गरेको पनि आइरह्यो मनभरि । टोखामा जन्मिएर उहीँ हुर्किएकी सावित्रीले बागमती पहिलोपल्ट देखेकी थिई । हिजो विवाहको निम्तो मान्न आमासँग ऊ पनि चाबेल गएकी थिई । आज बिहान आमा पशुपतिको दर्शन गर्न जाँदा उसले पहिलोचोटि पशुपति र बागमती देख्न पाएकी थिई । त्यसैले उसलाई बागमतीको अवस्था देखेर खसखस भैरहेको थियो । “त्यत्रा ठूला भगवान्ले पनि कसरी त्यस्तो दुर्गन्ध सुँघ्दै बस्न सकेको होला ¤” उसलाई साह्रै खुलदुली भैरहेको थियो । भोलि सरलाई नसोधिनछोड्ने विचार गर्दागर्दै निदाइगइछ । चारैतिर सेतै थियो हिउँ नै हिउँ । त्यहीँ एउटा डिलजस्तोमा शिवजी र पार्वती बसेका थिए । ठ्याक्कै उनै शिव–पार्वती उसका कोठामा झुन्डिएको क्यालेन्डरकाजस्तै । शिवजीले आँखा चिम्लिएका थिए । शिरको जटाबाट पानीको सिर्का निस्किरहेको थियो । गलामा बेह्रिएको सर्प अलिअलि हल्लिरहेको थियो । उनको एउटा हात एउटा लट्ठीमाथि अडिएको थियो, अर्कोले त्रिशूल टेकेको थियो । त्यसैमा डमरु झुन्डिएको थियो । ऊ उनीहरूका सामुन्ने हात जोडेर उभ्भिएकी थिई । ऊ कसरी त्यहाँ पुगी, केही थाहा थिएन । उसले केही नभनीकनै शिवजीले आँखा खोले अनि हँसिलो मुख पारेर भने, “के भन्न आयौ बालिके, त्यति टाढाबाट ?” उसका मुखबाट फटाफट निस्कियो, “भगवान्, हजुर हिन्दूहरूका सबैभन्दा ठूला देवता अरे । हजुरको मन्दिर हामै्र काठमाडौँको बागमती किनारमा छ । तर बागमती भने ढलजस्तै दङदङ गनाउँछ । पानी होइन कालो लेदोमात्रै बग्छ । के त्यस्तो हुनु ठीक हो त प्रभु ?” महादेवले अलिक दुःखी स्वरमा भने, “तिम्रो काठमाडौँमा के पो ठीक छ र बालिके ? पिउने पानी नभएर हाहाकार छ । बत्ती नभएर बिचल्ली छ । बन्दका बन्द भएर महिनामा आधै यातायात चल्दैन । भाउबिक्री बढेको बढेकै छ । लुटपाट, हत्या, अपराध त्यत्तिकै छ ।” उसले बीचैमा भनी, “हो प्रभु, हाम्रो पढाइ पनि कहिल्यै सुरुसुरु हँुदैन । वर्ष दिनसम्मै किताब पाइँदैन । तर के यसरी चल्छ र भगवान् ? यसको बन्दबस्त हुनुपर्दैन ?”“हुनु त पर्ने हो । तर त्यही कठिनाइ छ । तिम्रो काठमाडौँका मान्छेलाई त्यस्तै मन्जुर छ । आखिर त्यस्तो पारेको पनि त उनीहरूले नै हो नि, उहिलेदेखि अहिलेसम्मै । अभैm कतिन्जेल त्यस्तै राख्ने हुन् ¤” उनले फेरि आँखा चिम्लिए । तर सावित्रीको चित्त बुझेन । उसले भनी, “तर साधारण जनताको त के दोष हुन्छ र ? ठूलाहरूले जस्तो परिबन्द पार्छन् सानाले त्यसैमा चल्न कर लाग्छ, होइन र, भगवान् ?” उनले आँखा खोलेर अलिक कडा स्वरमा भने, “किन लाग्छ ? ठीकबेठीक छुट्ट्याउनु पर्दैन ? ठूलालाई कसले ठूलो पा¥यो ? तिनै साधारण मान्छेले हैन ? उनीहरू नै आँखा चिम्म गरेर आआफ्ना ठूलालाई काँध हालिरहन्छन्, अनि ?” “तर प्रभु” उसले फेरि भनी, “हजुर त स्वयं देवताको पनि देवता । हजुरले पनि त खै केही गरिस्सेन । त्यही दुर्गन्धमा बसिस्सेको … ¤”पार्वती खितितित्त हाँसिन् तर महादेव भने कडकिएर कराए, “बालिके ¤” उनको तेस्रो आँखा फ्याट्ट खुल्यो र एउटा ज्वालाजस्तै उज्यालो झल्ल निस्कियो अनि झ्याप्प बन्द भयो । त्रिशूल हल्लियो र डमरु डिमडिम बज्यो । गलाको सर्प ठाडो भयो र ऊ पनि थरर्रर्र कामी । “मेरो गल्ती भयो प्रभु ? भएको भए क्षमा पाऊँ भगवान् ¤”“पार्वती, यिनलाई सम्झाइदेऊ ।” भगवान्ले फेरि आँखा चिम्लिनुभयो । “तिम्रो गल्ती भएको छैन, बालिके । आफ्नो देशको माया गरेर तिमी यहाँसम्म आयौ । यसरी आफ्ना कुरा राख्ने आँट ग¥यौ । तिमी धन्य छौ । तर तिमीले के बुझ्नुपर्छ भने जे पनि जसले बिगार्छ, त्यसैले बनाउनुपर्छ । भगवान्ले गर्नु भनेको अर्कै कुरा हो । त्यो कठोर पनि हुनसक्छ । हामी पनि मानिसले नै गर्लान् भन्ने आशा गर्दैछौँ । अहिलेलाई त्यत्ति नै हो । अब तिमी निश्चिन्त भएर जाऊ र आपूmले भेटेसम्म सबैलाई यो कुरा बताऊ । समयमा सब ठीक हुनेछ । सबै बालक तिमीजस्तै ज्ञानी र साहसी होउन् ।” आशीर्वाद दिँदै उनको एउटा हात उठ्यो । “हवस् माता ¤”“माता अरे ? कति बेर भैसक्यो थाहा छ उज्यालो भएको ?”सिरक तान्दै आमाले भन्दा पो ऊ झसङ्ग भएर उठी । कोठामा झलमल्ल घाम लागेको थियो । उसले आँखा पैmलाएर चारैतिर हेरी । आमा पनि छक्क परेकी थिइन् । उनले उसको टाउको मुसार्दैै भनिन्, “कसलाई माता भनेकी नानी तैँले ?” सावित्री पनि अलमल्ल परी । उसका आँखामा झ्वाट्ट आयो भर्खर देखेको सपना र मुखबाट अस्फुट स्वर निस्कियो, “माता–आमा–आमा–माता ।” ऊ त्यस्सै लाडिएर आमासँग टाँस्सिन पुगी ।त्यही बेला आमा भित्र पस्नुभयो र उसको पूर्वस्मृति भङ्ग भयो । “सावित्री, किन बत्ती नबालेको ?” उहाँले आपैmँ बत्ती बाल्नुभयो । सावित्रीले केही सम्झेजस्तो गर्दै भनी, “आमा, कृष्ण दाइको छोराको पास्नीमा म पनि चाबेल जान्छु ल ? मलाई बागमती हेर्न मन लागेको छ ।” तर त्यही बेला बा “खोइ चिया पाकेन ?”भन्दै भित्र पसेपछि उसको प्रश्नको उत्तर आउनै भ्याएन ।उचबपबकजmबलष्मबजब२िनmबष्।िअयm

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments