एउटा क्याम्पसमा साहित्यिक जमघट भइरहेको छ । यो जमघट अलि फरक खालको छ । प्रायः यस्तो भेलामा कवि गोष्ठी हुने गर्छ भने यहाँचाहिँ कथा गोष्ठी हुँदैछ । हरेक महिनाको तेस्रो शनिबार सधैँ हुने गरेको छ । गर्मी महिनामा दिनको दुई बजे सुरु हुन्छ भने जाडो महिनामा एक बजे आरम्भ हुन्छ । आज कात्तिकको तेस्रो शनिबार परेको हुँदा एक बजे नै प्रारम्भ हुँदैछ । उद्घोषकले धमाधम कथाकार बोलाए ।
पाँच जनाले आआफ्ना कथा सुनाइसके । कसैका साना थिए भने कसैका मध्यम आकारका थिए । तीन जनाले लघुकथा सुनाए भने एक जनाले बालकथा । एक जनाको भने लामै नभए पनि छोटो पनि होइन, त्यसैले मध्यम नै भनौँ ।
अब छैटौँको पालो आयो । उनको नाम हो जनकप्रसाद शर्मा । उनको नाम उद्घोषकले के उच्चारण गरेका थिए खासखुस चल्न थाल्यो ।
–अब यी जनकले भूमिकामा के भन्ने हुन् ¤
–हो भन्या जहिले पनि कहिले के कहिले के भन्छन् ।
–आउँदा आउँदै बाटैमा लेख्या भन्छन् । कहिले भर्खर यहीँ लेखी सिध्याएँ भन्छन् । कहिले सपनामा देखेको कथा भन्छन् ।
–अब हेरौँ, सुनौँ – के भन्ने हुन् ।
नभन्दै जनक माइकमा आए र भन्न थाले– “हिजो कस्तो अचम्म भयो भने यस्तो सपना देखेँ कि सहनै सकिनँ । भोलि उठेर लेखौँला भनौँ भने बिर्सिहालिन्छ । त्यस्तो पहिला पहिला मलाई धेरै पटक भएको छ । त्यसैले हिजो त उठेर लेखिहालेँ । बरु साफी गर्न नभ्याएको हुँदा अलि मिलेको छैन । बरु तपाईंहरूको सुझावसमेत लिएर पछि राम्ररी साफी गरौँला । बरु सपनामा देखेको घटना भएर मुख्य पात्रको नाम नै सपना राखेका छु । अब कथा भन्छु है ¤ कथाको शीर्षक छ ‘सपनाको विवाह’ ।
कुनै मन्दिर परिसरमा विवाहको कार्यक्रम हुँदैछ । भीड छ । चर्चा–परिचर्चा छ । होहल्ला छ । बाँदरहरू पनि यताउति उफ्रिरहेछन् । उखान टुक्रा सुनाउनेहरू पनि छन् । कतै घण्ट बजिरहेछन् । कोही लय मिलाएर मधुरो गीत गुनगुनाइ रहेका छन् । कोही ताल मिलाएर नाच्दैछन् । कोही दुलहालाई ठट्टाले छेडछाड गर्दैछन् । दुलहाको नाम धीरबहादुर थापा हो ।
पण्डितचाहिँ जग्गेमा विवाहको पूजा सामग्री मिलाउँदै छन् ।
केही महिलाहरू दुलही सिँगार्दैछन् । दुलहीको नाम सपनाकुमारी कार्की हो ।
नाचगान भइरहेको ठाउँमा कोही कोही भने आँसु कविहरू झैँ तत्काल परिवेश सुहाउँदो मुक्तक, कविताहरू पनि सुनाउँदैछन् । वाह ¤ वाह ¤घ् पनि गुन्जिँदै छ ।
अलिअलि बादल लागेकै थियो, पानी पर्ला पर्ला जस्तो हुन्थ्यो । ठट्टा गर्नेले भन्न पाएकै थिए – “यी दुलहा, दुलहीले डाडु पन्यू चाटेका छन् कि क्या हो, यो विवाहमा त पानी पर्ला जस्तो छ ।” यत्तिकैमा एक्कासि हावा चल्न थाल्यो । त्यही हावाले कहाँबाट हो हु¥याउँदै ल्याएर एउटा एउटा तस्बिर खसाल्यो । तस्बिर एउटा तन्नेरी पुरुषको रहेछ । त्यो तस्बिर पालैपालो सबैले हेरे । सबैको एउटै स्वर रह्यो “आहा ¤ क्या राम्रो केटाको रहेछ ¤ तस्बिर त यस्तो राम्रो छ भने साँच्चिकै मानिस झन् कति राम्रो होला ¤”
दुलही सिँगार्दै गरेकी एउटी केटी आएर त्यो तस्बिर लिएर गई । लगेर दुलहीलाई दिई । वास्तवमा तस्बिर ल्याउन उसैले अह्राएकी थिई । तस्बिर हेरेर दुलही केही बोलिन, मौन भइरही । एकोहोरो तस्बिर मात्र हेरिरही, केही सोचिरही ।
यता विवाह कार्यक्रममा जम्मा भएका माझमा एउटा नयाँ केटा टुप्लुक्क देखा प¥यो । उसले कवितात्मक शैलीमा बोल्यो –“हावाले एक तस्बिर खसाल्यो, सबैले भने तस्बिर कति राम्रो ¤ तस्बिरको मान्छे झन् राम्रो ¤¤ त्यसो भए यहाँ जम्मा भएका सबै नराम्रा ? उसो भए नराम्रा नराम्राबीच किन विवाह ?” वातावरण सामसुम, एकछिन शान्त भयो । त्यो केटा कसैलाई केही नभनी एक्लै एकान्ततिर
लाग्यो । गम्भीर भएर टोलाउँदै बसिरह्यो । केहीबेरपछि अनायास दुलही उसको छेउमा आइपुगी । दुवैले एकोहोरो हेरिरहे । दुलहीले बिस्तारै भनी –“जग्गे भएतिर आऊ ¤”
केटाले सोध्यो “किन मलाई गाली
गर्न ? पिटाइ खुवाउन ?”
दुलहीले भने “होइन, तिमीलाई अपनाउन ¤ तिमीलाई मेरो दुलहा बनाउन ¤”
मन्दिरमा अचानक ठूलो घण्ट बज्यो “ढ्वाङ… ढ्वाङ … ¤ द्घ

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments