ऊ— अर्थात्, गाउँको गन्यमान्य, भद्र भलाद्मीमध्येको । खान लाउन पुख्र्याैली सम्पत्तिले पुगिसरि आएको । छरछिमेकीमा कसैलाई सरसापट चाहिएमा पनि दिन सक्ने दिने पनि । अरूहरूले जस्तो ब्याजको स्याज नलिने । कीर्ते कागजात पनि नगर्ने स्वभावको । सबैले मान्ने मान्छे— वीरबहादुर ।
सानो घरपरिवार श्रीमति, २ छोरा, १ छोरी । राम्रैसँग जीवनयापन भइरहेको थियो । छोराछोरी हुर्किएर सहर पढ्न गए । कक्षा ११ र १२ मा पढ्छन् । कान्छो छोरा २ वर्षपछि एस.एल.सी. दिएपछि ऊ पनि जाने होला । त्यसपछि त बूढाबूढी मात्र घरमा भइने कुराले ऊ चिन्तित थियो ।
दसैँ तिहार बिदामा छोराछोरी दुवै जना आए । दसैँ तिहार मनाएर फर्कने बेला पनि हुन थाल्यो । एक साँझ सपरिवार खाना खाँदै गफ गरिरहेका थिए । वीरबहादुरले आफ्नो मनको कुरा छोराछोरीलाई भन्न थाल्यो— “बाबु, नानी ¤ तिमीहरूसँगै गएर पढ्न थाल्यौ, अब दुई वर्षपछि सानू पनि तिमीहरूसँगै पठाउनुपर्ने होला— हामी त बूढाबूढी मात्र हुने भयौँ नि ।”
“हामीहरू आइरहन्छौ नि बुबा ¤” ठूलो छोराले भन्यो ।
“हुन त हो, तैपनि सँगै बसेजस्तो त कहाँ हुन्छ र ¤” उसले भन्यो ।
“बा, दाइको बिहे गरिदिऊँ न… भाउजू सँगै भइरहनुहुन्छ नि ।” कान्छो छोराले भन्यो ।
“मोरो पढ्न कति छ कति, बिहेको कुरा गर्छ ।” ठूलोले भाइलाई हका¥यो ।
वीरबहादुर फिस्स हाँसे । आमा बुहारीको कल्पनाले मख्ख परेर मुसुक्क हाँसिन् ।
“बाबा… बाबा हामी पनि सहरमा नै बसौँ न, उता सबै सुविधा छ… ¤” छोरीले भनी ।
सबैको मुख उज्यालियो । वीरबहादुरले पनि यसो सम्झ्यो आफ्नै गाउँका थुप्रै
साथीभाइ, इष्टमित्र सहरमै छन् । यता पनि आइरहन्छन् । सहरमा एउटा घर किनेर छोराछोरीलाई राखिदिन पाए, महङ्गो भाडा र होटलको खाना त खानुपर्ने थिएन । आफू कहिले यता गाउँमा कहिले सहरमा बस्दा हुने । अनि यसो बूढीतिर हेर्दै बोल्यो— “हो त बूढी, छोरीको कुरा मनासिब लाग्यो, पढेका छोराछोरी भएपछि सरसल्लाह मिल्छ नि ¤ यताको केही कित्ता खेतबारी बेचेर सहरमा एउटा सानो–सानो घर किनेर केटाकेटी त्यसमै राखौँ, यता खेतबारी कमाउने मान्छे पाइन पनि छोडे । हामी यताउता गरौँला हुन्न र बूढी … ।”
“मलाई के थाहा… जान्ने बुझ्ने तपाईं नै हुनुहुन्छ क्यार । जता बूढा उतै म त…¤” उनले भनिन् ।
सहरः सुख सुविधा सम्पन्न ठाउँ । बिजुलीबत्ती, खानेपानी, ग्याँस, ठूलाठूला अस्पताल, यातायात, कलेज आदिइत्यादिसँगै राष्ट्रिय गतिविधि सम्झेर मख्ख प¥यो ।
ऊ एक वर्षभित्र सहर जाने तयारी
गर्न थाल्यो । केही जग्गाहरू बेच्यो । नगद धन र जिन्सी बेच्दा निस्कने रकमको
हिसाब निकाल्यो । सहरमा एउटा दुईतले घर आउने भयो ।
केही समयमै जग्गा बेच्यो ।
छिमेकी, नातागोता, साथीभाइ सबै सबैले यत्रो मान मर्यादा भएको मान्छे किन सहर जान लागेको होला बेकारमा ‘नजानू’ भनेर सम्झाए । वीरबहादुरले आफ्नो कुराले प्रस्ट पारेर सहर हिँड्यो— धन बोकेर ।
सहरमा गएर आफ्नो चिनेका मान्छेलाई भनेर एउटा २ तले, ७ वटा कोठा भएको, चर्पी, पानी, बिजुली सबै सुविधा भएको घर किन्यो । घर किन्दा नपुग पैसा गाउँबाट जग्गा बेचेर ल्याउने र दिने सर्तमा कागज ग¥यो । आजदेखि ऊ पनि सहरिया भयो ।
छोराछोरीलाई त्यही घरमा ३ वटा कोठा प्रयोग हुने गरी सरसमान ठिक्क पारिदियो र गाउँ फर्कियो ।
सहरमा घर किनेर गाउँ फर्कंदा ऊ निक्कै खुसी थियो । आफ्ना परिवार पनि सहर बस्न पाउने । सबै सुख सुविधा उपभोग गर्न पाउनेमा मख्ख थियो ।
गाउँमा आएर गाउँको जग्गा बेच्न खोज्यो बिकेन । सबैले सस्तो भाउमा खोजे “तिमी सहर गएपछि त हामी पनि सहर जान्छौँ नि, हाम्रो जग्गा पनि बेच्नुप¥यो ।” भन्दै गिज्याउन थाले ।
उसलाई सहरको ऋण कसरी तिर्ने होला भनेर चिन्ता पर्न थाल्यो । उसलाई खाना खाने, हाँसो ठट्ठा गर्ने मन हुन छाड्यो । बोल्न पनि मन नलाग्ने भयो ।
बूढीले “के भो बूढा, सहरमा घर किनेर त झन् बोल्न पनि छाड्यौ त ?” भनेर झस्काई । ऊ चुप लाग्यो ।
विधिको विडम्बना ¤ सबै आफूले सोचे जस्तो कहाँ हुन्छ र ? भाग्यले मान्छेलाई जता लता¥यो उतै लतारिनुपर्छ ।
वीरबहादुरलाई पनि त्यस्तै भयो । घर किनेर छोराछोरीलाई त्यही बसालेर गाउँ भाएको १ महिना बित्न नपाउँदै २०७२ साल वैशाख १२ गते शनिवारका दिन कसैले कल्पना नगरेको महाविनासकारी अलच्छिना भूकम्पले उसको सपना चकनाचुर पारिदियो । घर भत्केर भताभुङ्ग भयो ।
शनिवारको दिन भएकाले छोराछोरी खाना खाएर घुम्न निस्केका रहेछन्, नत्र त विचरा… वीरबहादुर ¤
वीरबहादुर घरको ऋण तिर्न नसकेकोमा चिन्तित थिए त्यसैमा झन्… । भूकम्प ¤ महाभूकम्प ¤ उसैमाथि बज्रियो । उनीहरूको गाउँमा त्यति क्षति भएन ।
वरपर छरछिमेक, साथीभाइ, नातागोताहरू आए दुःखमनाउ गरे । तर वीरबहादुर कसैसँग पनि खुलेर बोल्न सकेनन् । टोलाइरहे । छोराछोरी, श्रीमतीले सम्झाए “धन गए पनि ज्यान छ छ नि ¤ किन हरेस खाएको ¤” भनेर तर पनि उनको मन भूकम्पको त्रासदीले झस्काइरहेछ, झस्काइरहेछ ।द्घ
— कुश्मा, पर्वत

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments