खोला किनाराबाट कुहिरो हुसुसु फुल्दै माथि गाऊँ र जङ्गलतिर बढ्दै जान थालेको थियो । चकमन्न रात बाहिर देख्न सम्म केही सकिने थिएन । एकोहेरो हाप्सिलोको ‘हुइय’ आवाजमात्र कानमा ठक्कर खान्छ । त्यसबाहेक तादी खोला सुसाएको आवाज स्पष्ट सुनिन्छ । माइली राई एक्कासि ब्युँझिइ निद्राबाट । उसको हात सिलौटो माथिको लोरो च्याप्पै समात्न पुग्छ र भर· हुन्छे ऊ । उसले हातलाई बेस्सरी झड्कारी र आÇनै पाखुरा कन्याउन थाली ।

“ए बाजे ¤ हात हेरिदेऊ न ।” उसले खेतमा काम गर्दागर्दैको चिसो लागेर पट्पटी फुटेको हातको पन्जा साहिँला बाजेको आँखाको अघिल्तिर राखिदिई ।

“के देखाउँछेस् तेरो कालो हात ? कालोमा आँखा कसको जान्छ र ¤” बाजेले हाँसो गरे ।

“हेरिदेऊ न के ¤ कस्तो नराम्रो मात्र देख्छु । ब्युँझँदा तातो हुन्छ, खै के–के देख्छु के ?

“के देख्छेस् ? पहिले भन् त ।”

“छिः ¤ यी बाजे त कस्ता, यत्रा मान्छेको अघिल्तिर कसरी भन्ने ?”

“देख्न थालेको भए बाबुलाई भनिदिउँ त ¤ तँ आफूले भन्नलाई त लाज लाग्ला । फेरि छिप्पिसकेपछि पानीको ओस पायो

भने फर्सी पनि कुहिन्छ भन्ने थाछ कि छैन तँलाई ?”

“छिः बाजे त ¤ नहेरिदिने भएदेखि नहेरिदिए त भइहाल्यो नि ¤” माइली फन्केर गई खोलाको तीरतूर ।

उसले एउटा सेतो घोडा देखी । सेतो घोडामाथि सेतो सफेद कमिज लगाएको कोही उसको दैलातिर आउँदै थियो । माइलीले आँखा चिम्म गरी र लम्पसार सुतिदिई । उसलाई हिजो रातको घटनाले एउटा चोटिलो झस्का थपिदिएको थियो । रातको १०–११ बजेको हुँदो हो, मध्य औँसीको रात । ऊ कराउन सकिन । बोल्न सकिन । घाँटीमा केही आएर च्याप्प समातेजस्तो भएर आयो, खोक्न खोजी,खोकी पनि आएन । उसले आÇनो बाबुलाई ब्युँझाउने विचार नगरेकी पनि होइन । आमालाई त उसले के पो भनिन । आमाले उसलाई भनेको सम्झिई –“धत् लाटी तँ सधैँ सपनामा नै हुने रछेस् । सपना र विपना पनि भुल्न छाडिछेस् ।” उसले आश्चर्य मानेकी थिई त्यसबेला, जतिबेला ऊ पहिलो पटक नछुनी भई चोखिएकी मात्र थिई ।

“माइली – ए माइली” रातको चकमन्न छँदै छ । सिन्दुरे खोलातिरबाट बतासिँदै आएको चिसो स्याँठले पराल र चित्रो ओछ्यानमा नै गुँडुल्किँदा सम्म पनि शरीर तात्तिन सकेको होइन । चिसो आद्रतामा चिस्सिएको मन, जति तात्तिन खोजेर तिघ्रा मुन्तिर पिँडौलामा हात घुसारिदिएर एउटै गुँडुल्को पारिदिँदा पनि तात्तिएको रत्तिभर होइन । फेरि एउटा मधुर आवाज उसको कानलाई काउकुति लगाइदिन्छ ।

“माइली, ए माइली ¤”

माइली ओछ्यानबाट उठी र आँखीझ्यालको प्वालबाट सिँदुरे खोलाको बगरतिर नियाली । बाहिरको चिसो वातावरणमा खेतमा भ्यागुता कराएको आवाज मात्र निरन्तर आइरहन्छ, ट्वार्र ट्वार्र । उसको कानमा फेरि त्यही एउटा गुञ्जन आयो – “ए माइली, सुतिसकेकी ?” उसले आÇनो कानलाई फेरि दैलोका सामुन्य पु¥याई । दैलामा एउटा चिसो स्याँठको आवाज मात्र आएको थियो उसैगरी, जसरी पहिले पनि त्यही चिसो स्याँठको आवाज मात्र थियो । ऊ ओछ्यानमा आएर पल्टिई । उसलाई एउटा नजाँनिदो रूपमा कसैले फेरि बोलाएको हो कि जस्तो लागेर आयो । सशंकित हुँदै आÇनो कान बेजोडले थिची, कान खोली र दैलोसम्म गएर सुनी । डम्म नमिलेको ढोकाको प्वालबाट बाहिर चिहाई पनि । बाहिर अँध्यारो थियो । रातको अँध्यारोमा त्यो सेतो कमिजधारी उसको सङ्घारतिर अगि बढ्दै थियो । उसको मुखबाट ‘स्याँ–स्याँ’ आवाज आयो । ऊ एक्कासि परालको कुन्युँतर्फ दौडिई । सेतो घोडाधारी उसको नजिकै आयो । आँखा झिमिक्क गरुन्जेलमा कमिजधारीका घोडाले पराल खान थालिसकेको थियो । उसको कानमा अब सेतो कमिजधारीको स्वासको अलावा घोडाले पराल चवाएको ‘खस्याऊ खस्याऊ’ आवाज पनि गुञ्जन थालिसकेको थियो । कमिजधारीले हात अगि बढायो, विस्तारै माइलीको शरीरतर्फ । माइलीको स्वास ‘धक्धक्’ हुन थालिहाल्यो । उसले विस्तारै हटायो माइलीको गालामा गुन्द्रकझैँ बटारिएर झरेका कपालहरू । माइलीलाई आश्चर्यबोध भयो ।

भोलिपल्ट दिउँसो घाम लागेको थियो जाडो त्यति थिएन । उसलाई आश्चय लागेको थियो हिजोको त्यस घटना । उसले आÇनो आँखालाई बन्द राखी र त्यै रातको सपना आँखै नखोली उतार्न थाली मथिङ्गलमा ।

उसले गाइहरूलाई चउरमा छाडेर खोलाको किनारतिर दाउरा बटुल्न थालेकी थिई । उसको आँखाको सामुन्य दुईवटा साना साना बच्चाहरू तादी खोलाको पानीमा छप्ल्याङ छुप्लुङ गर्दै थिए । उसले नजिकै गई र कराई बेजोडले । पहिले त ती बालकहरू निरीहझैँ देखिए । उसले भन्ठानी यिनीहरू पक्कै पनि माछा मार्नका लागि आएका हुन् । उसले फेरि उसैगरी कराई – “यो चिसो खोलामा तिमीहरू के गर्न थालेका ? खुरुक्क बाहिर घाममा निस्किहाल ।” ती बच्चाहरू पानीमा डुबे, पानीभित्रै । माइली एक्कासि खङ्ग्रङ्ग भई । उत्तेजित भई । उसलाई अनौठो लाग्यो । ऊ टाप कसी । बालुवै बालुवा । पानी नछोइकनै ऊ दौडेको दौड्यै भई । बस्तुहरू भरङ्ग भर्किए । ऊ एउटा ठूलो ढु·ाको कापेमा गएर लुकी । उसको कानमा ‘कन्ल्याङकुन्लुङ – कन्ल्याङकुन्लुङ’ आवाज आइनै रह्यो ।

“हतारोमा छस् कि कसो ?” मङ्गलेले वीरेलाई जाँडको बट्को दिँदै भन्यो ।

“काम त केही होइन । छित्री थापको छु दोभानेमा । माछा परे कि परेनन् । हेर्नु छ ।”

“खेतमा त होला नि, हिले माछालाई । खुँडेको पासोबाट फुत्केलान् र ?”

“कहाँ नफुत्किनु, त्यो खुँडेलाई, न हिलेमाछाको स्वाद थाहा छ न त माछाको दुलोमा हात हाल्दाको आनन्द नै । कहिले त लामो माछा ले हातको औलामा बेस्सरी अँठ्इ टोकिदिन्छ । छित्री सँगाल्दै आउँदा त छित्रीमुनि गँुडुल्को परेर पो बसेको हुन्छ त त्यो ।”

मङ्गले मज्जाले हाँस्यो र बोल्यो – “यस्ता कुरामा त सान्दाइलाई कस्ले पो

भ्याउने र ?”

“अनि, माइलीलाई देख्दिनँ त कता गई त ? वीरेले जाँडको एक बट्को फेरि आफूतिर तानेपछि सोध्यो ।

वीरेले त्यो एक बड्को जाँड स्वाट्ट पा¥यो र छित्री थापेको खेततिर लाग्यो । ऊ खेतको आली–आली जाँदै गर्दा एउटा अचम्मको दृश्य देख्यो । ऊ रन्थनियो । उसको आँखामा एउटा धुमिलो तुँवालोझैँ लागेर आए । उसले धान खेतको तलतिर दुइवटा नाङ्गै जगल्टे मान्छेहरू देख्यो । उसले चियायो ढुङ्गाको कापबाट । एउटाले अन्नर खोल्यो र खोलामा हाम्फाल्यो । खोलाको पानीमा ‘चप्ल्याङ्ग’ आवाज आयो । पानीको तरङ्गहरू फैलिए, आँपरहभरि नै । तादीखोला नजाँनिदो किसिमले बगेको मात्र देखिन्थ्यो त्यहाँ । उसले चिहाउनलाई छाडेन । उसको मनमा एकप्रकारको खुल्दुली मच्चिन थाल्यो । उसले सोच्यो “यी कुमालेहरूको केको नाटक हो ? खुरुखुरु जाल पो हान्नु त खोलामा के को नाङ्गै रहनु र ¤” उसले हेर्नलाई छाडेको नै होइन । खोलाबाट एउटा मस्त तरुनी निस्किई, रत्तिभरमा नै । त्यसले आङमा केही लगाएकी थिइन । वीरेले आÇनो आँखालाई झिमिक्क पा¥यो । त्यो केटीको शरीर अनौठो किसिमले बनेको थियो । शरीरमा रहेका मासुका डल्लाहरू कस्सिएका थिए, उसले अनुभव ग¥यो कि– यस्तो त उसकी सेतीमा पनि नभएको । उसले पहिले सेतीको शरीर सुमसुम्याउँदा ऊ ज्यादै दुब्ली थिई । उसले त्यो बेला त सेतीको शरीरमा रहेका

मासुका डल्लाहरू कता कस्सिएका र कता नसकस्सिएका सम्म पनि अनुभव गर्न पाएको नै होइन । उसले त्यस केटीको अनुहारलाई नियाल्नुसम्म नियाल्यो । नियाल्दा नियाल्दै उसले अनुभव नै गर्न सकेन कि उसको अनुहार । उसलाई यस्तो लाग्यो, “त्यो केटीको कुनै अनुहार नै छैन ।”

ढुङ्गाको कापमा उनीहरूले एउटा अनौठो खेल खेले । यस्तो किसिमको खेल उसले जीवनमा पहिलोचोटि देखेको थियो । उसले त सेतीको शरीरलाई कतिबेला चलायो, कतिबेला सुम्सुम्यायो र कतिबेला उसको छोरो जन्मियोसम्म पनि राम्रोसँग आÇनो ख्यालमा लिन सकेको नै होइन । क्रमैसँगले केटो, केटीमाथि र केटी केटामाथि चढ्दै थिई । फेरि अर्को एक जना केटी थपिई । केटाले आÇनो बललाई घट्न दिएन । फेरि केटा हरायो । केटीकेटी मात्र भए । उनीहरूले पनि अर्कै अर्कै खेल खेल्न थाले । उनीहरूले जनावरहरूले झैँ, मान्छेहरूले झैँ र अन्य जीवजन्तुहरूले झैँ । अनौठा अनौठा किसिमका खेलहरू खेलिरहे । मध्यदिनको चकमन्न घाममा यस्तो खेल खेलिएको थियो । सहिनसक्नु भएपछि वीरे टाप ठोक्यो बालुवै वालुवा, एकाएक उग्र र भयङ्कर चिच्याहटपूर्ण आवाज निकाल्दै । उसका पछिपछि त्यही आइमाईहरू दौडिए– नाङ्गानाङ्गै ।

“आम्मूई ¤ कस्तो बेला पो रहेछ है ।” पूराना कहानीहरू सुनेपछि आङ सिरिङ्ग पारेर सुशीलाले भनी ।

“हो त लाटी ¤ तँ पो अहिले सानै छेस् त, खोलामा जानुहुन्न है भन्यो भने मान्दै मान्दिनस् । आधा घाम हुब्दा त खोलामा पस्नै हुन्न नि ¤”

“के हुन्छ र बजै खोलामा ?” उत्सुकता जनाएर सोधी सुशीलाले ।

“के आउँछ के ¤ खोलाबाटै निस्कन्छ रे ¤ बडहरेको चौतारामा त बथानै पो हुन्छ रे ¤ देख्नेहरूले त मान्छे नै हो भन्छन् । हल्ला पनि त चलेको थियो । बाबै के के सुनिन्छ के के । तातो पानीमा हाम फल्दा त ठूलै विचार पु¥याउनु पर्छ । कतै ढुङ्गाको लेउमा चिप्लियो भने त मूच्र्छा परिहालिन्छ नि, तादी खोलामा त ठूला ठूला ढुङ्गाका चेपहरू छन् । पानीमा पस्दा ढुङ्गामाथि चढेर झ्याम्म हाम्फाल्दा उत्तानो परियो भने त पानीले नै बिजुलीको झड्का देखाइदिन्छ । हामी त बडो होसियारीसाथ पौडी खेल्थ्यौँ ।”

“बज्यै, त्यो सेतो घोडा चढ्ने को

त ?” सुशीलाले आङभरि काँडा उमारिसकेकी थिई । उसलाई पिसाब लागेझैँ भएको थियो । उसले माइलीको आँखामा टुलुटुलु हेरी र लाज मानी ।

“मोरी त्यो त गजबकै हुन्छ । जूनको उज्यालोमा पनि सेतो स्फटिक जस्तो

भएर आउँछ । त्यो त रैथाने भइसक्यो । पहिले पहिले सबैले हल्ला गर्थे । सबैजसो भयभीत थिए । लौ है त्यो सेतो घोडा चढ्ने भूतले के बिगार्ला भनेर तर्सन्थे । पछि त त्यसले सबैको भलाइ मात्र ग¥यो । उहिले साहिँलीले मलाई के भनी था छ मोरी ।” रौसिकताको भावमा उसले बच्चीलाई आफूमा आकर्षित गरी ।

“के  बज्यै  ?”  उसले  आÇनो उत्सुकतालाई बगाइदिई हजुरआमाको सामुन्ने ।

“उहिले धेरै धामीझाँक्रीकोमा लगे माइलीलाई । एउटा भयले घेरेको थियो उसलाई । डरले ऊ काँपेकी थिई रे ¤ काइँलीले उसको कथा मलाई सुनाइ तँ सुन्छेस् त ?” बूढीले रौसेर भनी ।

“सुनाउनोस् न बज्यै, तपाईँले सुनाएका घटना त हाम्रा साथीहरूले पनि कत्ति रमाइलो मान्छन् ।” सुशीलामा नयाँ उत्साह थपियो ।

“चार जाडो गइसकेको थियो रे, माइलीको बिहे भएको पनि । उसले जत्ति – जे गरे पनि पेट उप्सिन सकेको नै होइन । पछि गाउँमा त्यो सेतो भूत पल्केपछि त माइँलीले छोरा नै पाइदिई । खूब कल्याणको छ त्यो सेतो भूत त, सेतो भूत भन्दा पाप लाग्ला

भनेर काइँली सधैँ “खोला किनारको सेतो

सूर्य’ भन्थी । पछि गाउँमा त्यही नामले चिनिन थाल्यो त्यो तŒव, … खूबै कल्याणको सेतो सूर्य ।

“हो र बजै ¤” आश्चर्यमा डुबिदिन्छे सुशीला । फेरि उसको चुल्बुले मुखबाट उत्सुकता पोखिन्छ –“त्यो सेतो कमिजधारीको कथा सुनाउनोस् न ।”

“त्यो सेतो कमिजधारीको कथा त के सुनाउने र मैले त्यो त पछि सोच्दै नसोचेको डिगम्बर भएर निस्कियो । पहिले पहिलेका बाजेहरूले दिगम्बरका कथा सुनाउँथे नानी, मलाई पनि । त्यो भगवान् शिब, कुवेर र बुद्धजस्तै निस्कियो, घाटमा एउटा सेतो बिछ्यौना ओछ्छाएर ना·ै उफ्रन्थ्यो, भयङ्कर आवाज निकाल्थ्यो ।एउटा प्रलय नै मच्चाइदिन्थ्यो । घाँटीमा सर्प नै बेरिएका हुन्थे । यस्तो लाग्थ्यो कि त्यो संसार बुझ्न हिँडेको दिगम्बर नै हो, त्यसले मध्यान्नमा खोलामा मसान जगाउँथ्यो, उसले एउटा मन्त्र जपिदिन्थ्यो, त्यो मन्त्रपछि त उत्पातै मच्याइदिन्थ्यो खोलामा, मलाई रातको चकमन्नतामा वीरेले एक्कासि ब्युँझेर भनेको सम्झना छ, उसले भन्यो मलाई –“माइली आज मैले अचम्म देखें । मेरो सात्तोपुत्लो गयो । माइली, मान्छे उप्किँदो पनि रे’छ, जोडिँदो पनि रे’छ ।” नानी यो सारा त्यै सेतो घोडा चढ्नेको खेल थियो ।”

बूढीका आँखामा एकप्रकारको ज्वाला जस्तो बस्तु निस्केको कल्पना गरी शुशीलाले । उसको मनमा कताबाट हो लाजको पोको नै खनिएर आयो । उसको मन उच्छृङ्खल र उत्सुक हुँदै गयो । गालाहरू राता राता हुँदै गए । उसले धक मानी । लाजले निथ्रुक्क भिजी सुशीला । उसका सीमारेखाहरूले तादीखोलाझैँ बलमिचाह प्रवृत्ति देखाउन थालिहाले । रातोपिरो हुँदै उसले भनी –“बज्यै मलाई त्यो काइँलोबूढाले खूब घोरिएर हेर्छ । पर डिलबाट खूब नियाल्छ । पहिले म सानो छँदा त यस्तो गर्दैनथ्यो । अहिले खूब घोरिएर छातीमा हेर्छ, तलतिर पिँडौलासम्म हेर्छ । म लाजले निथ्रुक्क भिजिसक्छु । मलाई त्यो बूढा देख्यो कि खूब लाज लाग्न थालेको छ । एकान्तमा पायो कि त्यो सेतो भूतझैँ आÇनो बानीबेहोरा देखाइहाल्छ कि जस्तो लाग्छ । था’छ बज्यै, त्यसले के ग¥यो

अस्ति ?” खूब रातोपिरो भएर सुशीलाले भनी ।

“के ग¥यो लाटी, सप्पै मलाई धक फुकाएर भन् ।”

“एकान्त त देख्नै नहुने । अस्ति मध्यरातमा एक्कासि करायो, “सुशीला …सुशीला’ भनेर । के भएछ भनी म अत्तालिँदै भाग्दा त्यो रातो डल्लोमा परिवर्तन भयो र सेतो सूर्यको आकार लियो । अनि अनि म त्यसैमा लठ्ठिएँ, लाटिएँ र अर्धचेत भएँ । पछि के ग¥यो, थाहै भएन । ब्यूँझदा मेरो शरीरमा दाग लागेको थियो, सूर्य आकारको । हेर्नोस् त आमै त्यो दाग अझै पिँडुल्लामाथि नै छ । म कुद्दाकुद्दै त्यो बिलाइहाल्यो, त्यो काइँलोबूढा थिएन… खै को–को, म चकित छु । कतै त्यही त हैन बज्जै, खोला किनारको सेतो सूर्य ?” द्घ

मो ९८५१०३५०११

नुवाकोट

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments