आज भोलि वसन्तपुर क्षेत्रमा दैनिक जति भीडभाड हुन्छ त्यति भीडभाड त उहिले हाम्रो पालामा इन्द्रजान्त्रामा पनि हुँदैन थियो । अलिकति छिसिक्क केही हुन पाएको छैन तुरुन्तै मानव सागर ओइरिहाल्छ । आज दिउँसो हनुमानढोका चौकी अगाडि त्यस्तै मानव सागर उर्लिएर नाराबाजी ग¥यो । कुरोको चुरो त बुझ्नै प¥यो । गएर कान थापेँ । पशु अधिकारवादीहरू रहेछन् । एउटा नरपशुले आफ्नो घरमा पालेको पशुमाथि अप्राकृतिक
व्यवहार गर्ने गरेको आरोपमा समातिएको रहेछ । उक्त नरपशुलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्दै चौकी घेरिएको रहेछ ।
जमाना पनि कस्तो आयो । अधिकार पनि कति थरी । पशु अधिकार रे ¤ हाम्रा पालामा त मानव अधिकार भन्ने शब्द नेपाल खाल्डोका राजा महाराजाहरूले पनि सुनेका थिए थिएनन् कुन्नि । सायद त्यति बेला यस किसिमको अवधारणा नै विकास भएको थिएन । हाम्रो पाला अर्थात् एक शताब्दीभन्दा अघिको नेपाल खाल्डो । त्यति बेला पोई मरेका जोईहरू जिउँदै जलाइन्थे । कमारा कमारीहरू हाट बजारमा आजभोलि खसी बोका बेचिए जसरी बेचिन्थे । ससाना गल्तीहरूमा पनि मानिसहरू भचाखुसीमा काटिन्थे । केको मानव अधिकार केको पशु अधिकार ।
मेरो नाम कैले घर्ती । पेसाले भनौँ वा गरिबीले म एक कमारो थिएँ । ठाउँ ठाउँमा बेचिँदा बेचिँदा अन्तिम पटक म एक दरबारिया ब्राह्मणका सेवामा आइपुगेको थिएँ । त्यस घरमा मभन्दा अघि नै धम्बरे र रछ्याने नामका दुई कमाराहरू थिए । हामी असाध्यै मिल्थ्यौ । म अलि ठूलो दारको थिए । अरूले तीन फड्कोमा हिँड्ने दुरी म दुई फड्कोमा पार गर्थें । अरूले दुई मुरी उचाले म तीन मुरी उचाल्थेँ । अरूभन्दा अलि बढी नै मोलमा विक्री हुन्थेँ म ।
मेरा मालिकका छोरा छोरी कति थिए मलाई थाहा छैन । तर एक माइत बसेकी बालबिधवा छोरी थिइन् । उमेर त्यस्तै बीसबाइस हुनुपर्छ । उनका दौतरीहरू सबैले पिठ्युँमा हातमा गरेर दुई तीन सन्तान झुन्डाइसकेका थिए । सबैका झाँगिएका गृहस्थी देख्दा वैवाहिक जीवनप्रति उनको आसक्ति बढ्दै गएको थियो । उनको भरभराउँदो देहले उनलाई विद्रोही बनाउँदै थियो । मेरो सौभाग्य भनौँ वा दुर्भाग्य । उनको नजरमा मा पर्न गएँछु । जन्म ननुहाएको, दुम्सीका काँडाका आकृति बनाएर लट्टा परेका कपाल, दाह्री र जुँगा, कान लगायत अलि खोल्सा परेका अङ्गहरूमा जमेका मयलका पत्रहरू, सिँगान र माटोको मिश्रणबाट बनेको लेपमा मुछिएर मुठो बनाई नाकका दुवै फोरहरूबाट बाहिर निस्किएका नाथेहरू । उनलाई मेरो रूपले पक्कै आकर्षक गरेको थिएन । उनलाई केवल एक प्रजनन क्षमतायुक्त पुरुषको सामीप्यता र टेवा चाहिएको थियो । घरका सबै चाँदीका मोहर र गहनाहरू कुम्ल्याएर मेरा साथमा मुग्लान पस्ने योजना बनाउन लागिन् । ममा त्यो आँट पटक्कै थिएन । धम्बरे र रछ्याने भने मेरो साहसलाई ऊर्जा दिने प्रयासमा थिए । उनले जति गरे पनि ममा त्यो साहस अङ्कुरण हुन त सकेन तर ब्राह्मणबालाको दुस्प्रयास समाजमा छताछुल्ल भयो । ब्राह्मणको टाउकामा पालिएको टुपी भनिने पुच्छरले न त आफ्नो लाज छोप्न सक्यो न त आप्mनो इज्जत माथि भन्किएका झिँगा धपाउन नै । आप्mनो लाज बचाउन हामी तीनै जना कमाराहरूलाई बिधवा ब्राह्मणीप्रति कुदृष्टि लगाएको आरोपमा गोर्खेलौरी कसेर लडाइयो ।
हामी गवाँर कमाराहरू । को राजा को महाराजा चिन्न सक्ने कुरै भएन । राणाका सिपाहीहरूले हामीलाई नेल ठोकेर खरीको
बोटमा कसको सामु उपस्थित गराए थाहा छैन । हामीमध्ये कसैले पनि त्यसको अनुहारमा हेर्ने दुस्साहस गरेनौँ । हामीले केवल त्यसले लगाएको बुट मात्र देख्यौँ । धम्बरे र रछ्याने दुवैलाई भचाखुसीमा काट्ने आदेश भयो । तर मतिर चोरीऔँलो ठड्याउँदै त्यसले भन्यो, “… यसलाई चैँ राख्नू ¤ भक्कुको राँगो काट्ने भैरव बनाउनुपर्छ ।” त्यसका कुरा हामी कसैले बुझेनौँ । त्यसै दिनबाट धम्बरे र रछ्यानेसँग मलाई छुट्टाएर झ्यालखाना पु¥याइयो ।
एकदिन बिहानै मलाई राणाका सिपाहीहरूले नुहाउन लगाए । नेलहरू फुकालिए । छुट्टै कोठामा लगेर रक्सी र मासु अघाउन्जेली खान दिए । दुई जना पहलमानहरूले मलाई तोरीको तेल घस्दै गर्दा छेवैमा आठपरियासहित उभिएको मानिस मेरो भूमिका सम्झाउँदै थियो । हनुमानढोका चोकको एउटा कुनामा काला लुगा र भैरवका मखुन्डो लगाएर हातमा खड्ग लिई मैले उभिनुपथ्र्याे । अर्को कुनाबाट अजङ्गको राँगोलाई रक्सी खुवाई मत्याएर ठिटाहरूले हा हा हुु हु गर्दै चोकभित्र हुल्थे । अब दुई जना भक्कुहरूले त्यस राँगोलाई जिस्क्याई जिस्क्याई भैरव भएतिर लखेट्न थाल्थे । ताकी सुरुमा राँगाले भैरव माथि हमला गरोस् । राँगो र भैरव बीच केही क्षणको भिडन्त पश्चात् भैरवको खड्ग प्रहारबाट राँगो मारिन्थ्यो ।
इन्द्र जात्राका बेला प्रत्येक वर्ष सात दिन देखाइने यो खेल हेर्न राजा महाराजा, राजकुमार राजकुमारीहरू, भाइ भरदारहरू लगायत सर्व साधारणहरूको घँुइचो लाग्थ्यो । उनिहरूमा उत्सुकता, उत्तेजना र रोमाञ्चकता हुन्थ्यो । सुरु सुरुमा मलाई अलि डर लागे पनि पछिपछि म राँगो काट्नमा निपुण भइसकेको थिए । दर्शकहरूलाई रमाइलो हुने गरी कलात्मक ढङ्गले खड्ग घुमाउँथे । राँगोलाई एकै पटक नछप्काएर कान, पुच्छर, अण्डकोष गर्दै एक एक अङ्ग छिमल्दै खेललाई लम्ब्याउँदा दर्शक बढी खुसी हुन्थे ।
जेलभित्र मैले कैले भैरवको उपनाम पाएको थिएँ । यदि मलाई झुक्किएर कसैले लात्ती लगाइहाले भने यसो हातले ढोगेर हिँड्थे । अन्य कैदीहरूले भने बेला बेला राणाका सिपाहीहरूका लात खानै पथ्र्यो । कमारो जीवनको तुलनामा मेरा लागि कैदी जीवन ऐश्वर्य थियो । कसैका अनुहारमा ठाडो शिर गरेर हेर्ने हैसियत नभएको कैले घर्तीबाट म कैले भैरव बनेपछि राजा महाराजाहरूलाई पनि आँखामा आँखा जुधाएर हेर्न सक्थेँ । दुई चारवटी कमारीबाहेक नारी देहलाई नदेखेका मेरा
आँखाहरू मखुन्डोको आडमा धीत मर्ने गरी राजकुमारीहरूका सौन्दर्य पान गर्न सक्ने भएका थिएँ । राँगो र मेराबीचको भिडन्तमा रमाएका राजकुमारीहरूका मुखबाट बेला बेला
निस्कने सीत्कारहरूले खेललाई लम्ब्याउन र अझै रोमाञ्चक बनाउनमा मलाई ऊर्जा थपिरहन्थ्यो । दर्शकहरूलाई रमाइलो त्यतिखेर हुन्थ्यो जब राँगो भयङ्करको हुन्थ्यो र मेरो कला कौशलमा पनि निखार आएको देखिन्थ्यो ।
त्यस दिन राजकुमारीहरूका भीडमा एक नयाँ अनुहारकी राजकन्या देखिएकी थिइन् । मैले वर्षौंदेखि मखुन्डोका एक जोडी प्वालबाट देख्दै आएका अनुहारमा भन्दा भिन्दै आकर्षण थियो त्यस अनुहारमा । लवज र भेषभूषा पनि अलि भिन्नै थियो । सायद शाही पाहुना थिइन् । म उनको रूपले मुग्ध भएँ । उनमा अरूमा भन्दा भिन्नै उत्तेजना सवार थियो । त्यो खेल उनका लागि बिल्कुलै नयाँ अनुभव हुनुपर्छ । खेलमा आजसम्मको सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने लालसा ममा पैदा भयो । भीमकाय राँगो पनि भालाझँै तिखा सिङ भएको कुस्ती खेल्न लायकको थियो । मैले राँगोलाई अझै चिड्याउन थालेँ । मेरो ध्यान तथा दृष्टि राँगो र राजकन्या दुवैतिर बरोबर थियो । खेलको प्रतिक्रिया स्वरूप दर्सिएको उनको हाउभाउ कटाक्षले म मर्माहत थिएँ । मेरो ध्यानलाई एक अदृश्य डोरीले झैँ उनी आफूतर्पm खिचिरहेकी थिइन् । भक्कुको राँगो त मेरो बसमा थियो तर राजकन्याका चञ्चलताले मेरो मनलाई आप्mनो कर्तव्यबाट स्खलित गराइसकेको थियो । मेरा आँखाहरू झिमिक्क नगरी एक टकले राजकन्याका पोटिलो शरीरलाई आधार बनाएर उभिएका उन्नत वक्षस्थलमा गएर गाडिए । खेलको रोमाञ्चकताले सृजना गरेका सीत्कारहरू एकाएक चीत्कारमा परिणत भए । आइमाई केटाकेटीहरू भागाभाग गर्न लागे । एकै क्षणमा क्रीडास्थल सुनसान बन्यो । अन्य दर्शकहरूसँगै राजकन्या कता लागिन् पत्तै भएन । एक्लै उभिएर एकै क्षण टोलाएपछि यसो भुइँतिर हेरेँ । सर्पले फेरेको काँचुलीझैँ रक्तरञ्जित मेरो शरीर एउटा कुनामा मिल्किएको थियो । राँगोले सिङले रोपेर मलाई कुनातिर मिल्काइसकेछ । मेरो आत्मा र शरीर अलग भइसकेछन् ।
अझै पनि उक्त राजकन्याको एक झल्को देख्न पाउने अतृप्त लालसा म यस वसन्तपुर डबलीमा भौँतारिइरहेको छु, एक प्रेतात्माको रूपमा । कमारोका आँखाबाट नदेखेको संसार मैले भैरवको आँखाबाट देखेँ । त्यसैले आजकल मैले प्रेतात्माका रूपमा पनि वसन्तपुरस्थित काल भैरवको मूर्तिको दाहिने आँखाको खोपिल्टोभित्र स्थान जमाएको छु । कुनै दिन उक्त राजकन्याको एक झल्को पाएपछि मात्र म यस लोकलाई छोडेर जानेछु । यदि त्यसअघि नै कसैले मलाई भेट्न चाहनुहुन्छ भने निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।
कैले घर्ती
काल भैरवको दाहिने आँखा
वसन्तपुर, काठमाडौँ, नेपाल ।
मो. ९८४१४४६२३३

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments