अनुहार देख्दा शान्त देखिन्छ । तर तिम्रो मुहारमा चमक किन हरायो ? बाहिर हाँसेर बोले पनि तिम्रो भित्री मन कसैले चोरेर लगेझँै केही डराएझैँ केही अशान्त भएझैँ देख्छु । तिम्रो रूपरङ र व्यवहार हेर्दा अन्तर्मुखी हौ कि भनौँ भने पनि धेरै कुरा गछ्र्यौ तर आप्mना कुराको चुरो कहिले खोल्दिनौ । खहरेमा बाढी आउँदा पखालिएका सेता ढुङ्गाजस्तो तिम्रो त्यो सफा अनुहार खुल्न किन सक्दैन ? आखिर जिन्दगी त आकाशको कालो बादल जस्तै न हो रूपरङ बदल्दै आफ्नै गतिमा दौडने । त्यति मात्र कहाँ हो र, स्थिर त हुनै नसक्ने ¤ जुन पहाडको चुचुरोमा गएर ठोकिन्छ, त्यही घनघोर वर्षा हुने । आफूलाई अस्थिर र अशान्त किन बनाउछ्यौ ? तिम्रा मन र मस्तिष्कमा एक प्रकारको विदेशीमोह पलाएको त छैन ? तिमीलाई नजानिँदो पाराले रोगी तुल्याइदिँदै त छैन ? होइन भने शान्त दिमागमा घमाइलो घामजस्तै आफ्नो दिल खोलेर हाँस्न सक्ने क्षमता तिमी आफूबाट किन हटाउँदै छ्यौ ? तिमी हाँस्नै नसक्नुको कारण के हो ? के तिम्रा ती इन्द्रियहरू सल्लबलाइरहेका
हुँदैनन् ? होइन, तिम्रो त्यो अशान्त मन शान्त पार्ने असह्य पीडामा मलम लगाउने तिम्रा शुभचिन्तकहरू पनि त कोही हुन सक्छन् ? तिमी तिम्रा आफ्ना मनभित्र गुम्सिएका कथाव्यथा केवल दुई आँखाबाट मोतीझैँ तिमीले झार्ने आँसुबाट थाहा भइसक्यो तिमी कति अशान्त छ्यौ ? भनेर । तर तिमी आफूलाई आफैै भित्रबाट हृदयको आँखा उघारेर हेर त, तिम्रा दुष्ट, शत्रु तिम्रा जीवनका धोकेबाजहरू तिम्रा मानसपटलबाट हटेका छैनन् । केवल तिम्रा दुई आँखाका अगाडि लगाएको चस्माजस्तै छर्लङ्ग छन् । दिनको घामजस्तै वा भनौँ पूर्णिमाको जूनजस्तै । आफूलाई औँसीको रातझैँ सधैँ आफूभित्रबाट गुम्साउनुभन्दा तिम्रा
अघि बढ्न लागेका बाटामा सिँढी थप्नेहरू तिम्रा कोमल नयनको भावना बुझ्नेहरू
तिम्रा सुख दुःखमा हातेमालो गर्न चाहनेहरू । तिम्रा प्रगतिमा खुसी हुने तिम्रो मन मस्तिष्कले सोचेभन्दा बढी उद्धार भावनाका खानीहरू भएका मित्रहरू । तिम्रो जीवनका गोरेटोका काँडा पन्छाइदिनेहरू तिम्रा शुभचिन्तक वा मनभित्रको वेदना बुझ्न र मनभित्र पस्न खोज्ने कोही हुन सक्छ । तर तिमी आफैले आफ्नो गोरेटोमा तगारो हालेकी त छैनौ ? के तिम्रो मन्दमुस्कान, तिम्रो खुलेको शरीर, अनि तिम्रा ती कोमल हृदयको सागरमा कुनै मित्रले गहिराइमा पौडी खेल्न खोजे तिम्रा विचारहरूले स्वागत गर्छन् ? कि तिरस्कार ? तिम्रा नितान्त निजी विचार हो । तिमी आफैमा स्वतन्त्र छ्यौ । तिमी आफै आफ्नो भविश्य निर्माता पनि हौ । हाम्रो समाज, हाम्रो परम्परा, हाम्रा संस्कृतिहरूले हामीबीचमा भएको कलमी अक्षरहरूभन्दा पनि सात समुद्रपारि पनि सजिलै कुरा गर्न सकिने बेतारको सम्पर्कले के तिमीलाई कतै असहज महसुस गर्न बाध्य पारेको त
छैन ¤ तिमी शून्यतामा मौन किन छ्यौ ? तिम्रा मनभित्र उठ्ने सामुद्रिक ज्वारभाटाजस्ता भावना मनभित्र किन कुहाउने कोसिस गर्दैछ्यौ ? तिम्रा असीमित इच्छा, चाहना, अनि साथीसङ्गीजस्तै भएर बाँच्ने तिम्रा पवित्र विचारलाई कसैले बीचैमा निमोठेको त छैन ? होइन भने एकपल्ट निमोठिएका दूबोका मुन्टो हेर त ¤ झन् झाँङ्गिएर, लहरिएर जमिनको माटो नै छोप्ने गरी आफ्ना लहराले जमिनमाथि फैलिरहेको हुन्छ अनि जमिनमुनि जरैजरा सेताम्मे पारेको हुन्छ । यदि दूबोलाई ननिमोठ्ने हो भने एउटै छिस्स परेको लहरो परसम्म जान्छ तर जमिन ढाक्न सक्दैन । सयपत्री फूल नै हेरौँ न, एकपल्ट मुन्टो चुडिएको डाँठमा भावरै भावर पलाएर धेरै झाँङ्गिँदै गएर आफ्नो स्वरूप बदलिरहेको हुन्छ । तिमीले थाहा पाएर पनि किन नबुझै गर्दैछ्यौ यो मामिलामा ¤ म चकित छु, म आफैमा अनुत्तरित छु । के तिमी आफ्नो जीवनलाई कोपिलैमा निमोठिएर फूल न फलको भएर बाँच्ने कल्पना गर्दै त छैनौ ? होइन, त्यो अवश्य होइन । केवल तिमी आफ्ना मनभित्रका कल्पना राति देख्ने सपनाहरूलाई पनि आफ्ना विचारको सागरबाट पन्छाउन सक्दिनौ । होइन, होइन तिमी ती विचारको हत्या गर्न अवश्य सक्ने छैनौ । तिम्रो यो खालको कमजोरी तिमी त्यत्ति निठुरी छेउ तो त लाग्दैन मलाई । भावनामा बग्न सक्छ्यौ, कल्पनामा उड्न सक्छ्यौ, समुद्रमा डुब्न सक्छ्यौ, पहाड,
हिमाल चढ्न सक्छ्यौ, तर तिमी आफ्ना अन्तरआत्माको हत्या गर्न अवश्य सक्ने छैनौ । तिमी त्यस्तो हत्यारा कसरी हुन सक्छ्यौ ? तिम्रा शरीर बालक भएर जन्मिए किशोर हुँदै भोलि वृद्धा पनि अवश्य हुनेछ नै । यो त तिम्रा वसभन्दा बाहिरको कुरो हो, प्राकृतिक नियम । तर तिमीलाई शारीरिक रूपमा बलियो देखिए पनि मानसिक रूपमा तिमी कति कमजोर छ्यौ भन्ने अग्निपरीक्षा मैले लिन पाएको छैन । तिम्रा बाल्यावस्थाका आवश्यकता खाने–लाउने, रमाइलो गर्नेमा मात्र सीमित थियो । किशोर अवस्थामा ती आवश्यकता बढ्दै गए तिम्रो शरीरभन्दा तिम्रा आवश्यकता नाप्ने तुलो अझ फरक हिसाबले चल्दै ढल्कँदै छ । जब तिम्रो उमेरको घडी तिम्रै हातमा घुम्दै छ त्यो एकछिन पनि रोकिन सक्दैन । तिम्रा शरीर, तिम्रा मनका आवश्यकताका घडी रोक्न सक्ने कसैको तागत छैन । त्यो घडी रोकिँदैन पनि । हामीले देखेकै कुरा हो सर्पले भ्यागुतोलाई पछाडि पट्टीको खुट्टामा समातेर आफ्नो मुखमा हालिसक्दा भ्यागुतो अगाडि आँ आँ गर्दै आफ्नो शक्तिले भ्याएसम्म अगाडिका कीरा फट्याङ्ग्रा खान जिब्रो निकालेर मरिहत्ये गर्छ । भ्यागुतो एकातिर सर्पबाट फुत्किन खोज्दै हुन्छ भने अर्कोतिर आफ्नो आहारा निल्न खोज्छ ।
हेर त सकस । सर्प भ्यागुतोमा, कीरा फट््याङ्ग्रामा त जीवनको महŒव यस्तो छ भने मान्छेमा किन छैन ? प्रश्न यही छ । मान्छे मात्र विवेकशील प्राणी हो । विचारले आफ्ना शक्तिलाई केन्द्रित गर्दे आफ्नो जीवनको गोरेटो आफै खोज्दै त्यो गारेटोलाई बढाउँदै चौडा पार्दै मोटर कुद्न सक्ने चिल्लो पिच गर्ने क्षमता आखिर भगवान्ले तिमीलाई नै दिएका छन्, मात्र तिमीलाई । आफ्ना विचारलाई अघि बढाउँ । बिपनामा केही नगरे पनि सपनामा त केही सोच । के तिमी विकलाङ्ग छौ ? के तिमी दृष्टिविहीन हो ? के तिमी मानसिक सोच नभएकी वा भनौँ दिमागमा गोबरले ढाकी अर्धपागल बनेकी युवती हौ ? होइन, अवश्य होइन । तिमी त जीउडाल मिलेकी रूपरङ्गले सजिएकी खेलौना पुतली जस्तै हौ । ती पुतली उडेको कल्पना गर त, कहिले यो फूल कहिले त्यो फूल कहिले धानका वालामा, त कहिले कोदोको कपनीमा । आफ्ना रङ्गीन पखेटाको साथमा उड्दा कति आनन्दित छ ऊ त्यो पुतली । होइन तिमी पुतली मात्र होइन । एउटी परेवी हौ जस्तो लाग्छ मलाई । कति राम्रो मिलेको जीउ बथानमा उड्ने, चारो चर्न जाने गुड आफै नबनाउने मान्छेले बनाएका मठमन्दिर, पाटी पौवा घर, देवालय सिवालयका कौसी, टुँडाल छाना खडिप्वाल आदिमा आफ्नो चार पहर रात बिताउँछन् । उज्यालो भएपछि मान्छेले नै मन्दिरमा चढाएका अक्षता आहारा खाँदै मन्दिर, चोक, गल्ली, खेतबारीमा चर्छन् । त्यसैको भरमा आफ्ना शरीर हृष्टपुष्ट पारेका हुन्छन् । बथानमा हजारौँको सङ्ख्यामा एकै साथ उड्छन् । ती सबै रात परेपछि आफू बस्ने गरेका मठ मन्दिर पाटी पौवामा नै पुगेर रात बिताउँछन् आफ्ना जोडीका साथमा । कत्ति आनन्दका साथ ती जोडीले आफ्नो पन्छी जीवनलाई खुसीका साथ बिताइरहेका छन् भुर्रभुर्र गरी उड्दै । जलमा बस्ने माछा होस् कि आकाशमा उड्ने पुतली होस् वा परेवा, ढुकुर अनि भँगेरा सबै सबैमा प्रकृतिले एक प्रकारको जिम्मेवारी सुम्पिएको हुन्छ । आआफ्नो वंश आआफूले नै चलाउने । त्यसैले त पहिला कति पुस्तादेखि थिए मान्छे कति पुस्तादेखि थिए त्यो हाम्रो इतिहासले कोर्न भ्याएको छैन । तथापि हाम्रा पूर्वजहरूले आफ्ना कर्म गर्दै गए आफ्ना सन्तान जन्माउँदै गए आफू धर्तीबाट बिदा हुँदै गए । प्रकृतिले दिएको जिम्मेवारी पूरा गर्दै गए । मान्छेले मात्र होइन सबै जीवजन्तुले कीरा फट्याङ्ग्रा सबैले पालना गर्दै आए र आआफ्नो अस्तित्व बचाउँदै आएका छन् पनि । एउटा सानो कीरा मौरीले कति मिलेर एउटै घारमा बस्छन् । मह खानेकुरा जम्मा गर्छन् अनि आफ्ना सन्तान आफै जन्माउँदै जान्छन् । रानीमौरीले गरेको मौरीको व्यवस्थापनबाट त मानिसले पाठ नै नसिकी हुँदैन । एउटा कमिलोको कुरा गरौ भने दुलोबाट निस्किएर आआफ्नो बाटोमा पङ्क्तिबद्ध भएर हिँड्छन् । अनि केही खानेकुरा पाएमा सबै मिलेर बोकेर, घिसारेर आफ्नो वासस्थानतर्फ लैजान्छन् । कति राम्रो अनुशासन छन् ती कमिलामा । आफ्ना जिम्मेवारी पूरा गर्न कति सफल छन् ती मौरी ती कमिला । कस्तो प्रेमभाव छ, एक आपसमा । एउटा मौरीलाई चलायो भने
गोलोमा भएका सबै आएर शत्रुप्रति आक्रमण गर्छन् । को बलियो, को कमजोर ? त्यहाँ कुनै हिसाबै हुँदैन ।
तर मान्छे एक किसिमको स्वार्थी भएर जन्मिएको हुन्छ किनकि ऊ आमाको न्यानो कोखमा मासुको झिल्लीभित्र आनन्दले रमाएर हुर्किएको हुन्छ, बढेको हुन्छ । जब जन्म लिन्छ तब संसारमा आँखा खोल्छ । रुन्छ, चिच्याउँछ, सबै कुरा नयाँ देख्दछ । आमाको गर्भ बस्दा तातो भए धर्तीमा चिसो महसुस गर्छ । आमाको गर्भमा बस्दा चिसो भएको भए धर्तीमा तातो महसुस गर्छ । अनि एक्कासि आफ्नो शक्तिले भ्याएसम्म रुन्छ चिच्याउँछ । हातगोडा फाल्न थाल्छ । ऊ जेलिएको मासुको झिल्ली जब आमाले सफा गरिदिन्छिन् तब बच्चा अर्र्कै रूपमा रुन थाल्दछ । म गर्भमा हुँदा आनन्दले बसेर खाएको थिएँ, बढेको थिएँ, तर धर्तीमा आएपछि खान पाइनँ भन्छ । त्यो च्याँहा च्याँहा शब्दमा केवल उसकी आमाले मात्र बुझ्ने एकाङ्की एवम् साङ्केतिक भाषामा । हेर त, आमा पनि कति बाठी ¤ बच्चा रोएको आवाजभित्र लुकेको ‘खाना देऊ आमा’ भन्ने शब्द मात्र आमाका कानले सुन्छ । अनि काखमा लिएर गर्र्भमा राख्दाको तापक्रम मिलाएर आफ्नो न्यानो काखमा सुताएर आफ्ना छातीका स्तनपान गराउन थाल्छिन् । हो आमाको त्यो पहिलो बच्चा भएकोले आफैलाई आफैले भित्रभित्रबाट लजाउँदै केही असहजता मान्दै, कही काउकुती मान्दै दूध खुवाउँछिन् र आफ्नो चर्किएको छाती केही समयका लागि शान्त पार्छिन् । यी कार्य प्रकृतिले स्त्री जातिलाई मात्र वरदान दिएको छ । जो पुरुष भएर जन्मियो त्यो अवश्य यो अहोभाग्यबाट ठगियो । विज्ञानले धेरै कुरा आविष्कार ग¥यो । तर यो स्त्री जातिमा मात्र एकाधिकार प्राप्त प्रकृतिप्रदत्त अधिकारको बर्खिलापमा कुनै प्रयोगशालामा नयाँ चमत्कार देखाउन सकेको छैन विज्ञानले । मान्छे मनोरञ्जन गर्ने शरीरलाई इच्छातृप्ति पार्ने र सधैँ आफूलाई सुखी कर्मजीवी सम्झने । होइन भने माकुरो जस्तो आफ्नो फूल आफैले फुटाएपछि त्यहाँभित्र हुर्किएका माकुराका बच्चाले त्यही आमा माकुरीलाई खान थाल्छन् जब आमालाई खाइसक्छन् तब ती बच्चा माकुरो आफै हिँड्न सक्छन् । यो प्रकृतिको विशिष्ट खालको आफ्नै छुट्टै नियम छ ।
यो संसारका बालक खेलौनामा रमाउँछ । युवाहरू शारीरिक ऐेशआराम अनि खानपानमा रमाउँछन् । वृद्धाहरू धर्मकर्ममा रमाउँछन् । सबै, सबैमा केही न केही रूपमा रमाउन चाहेका हुन्छन् । तर तिमी के यो प्राकृतिक नियमको अपवाद हौ ? अथवा तिमी हावामा उडेकी बेलुन हौ ? पृथ्वीको गुरुत्वले तान्न नसक्ने । सबैमा जस्तै तिमीमा पनि ज्ञान छ, बुुद्धि छ विवेक छ, अनि सपना, भावना कल्पना सोच, विचार, विधि, व्यवहार छन् । तिमी मदेखि किन टाढा मात्र हुन खोज्दछ्यौ । के तिमीमा यी लक्षण छैनन् ? के तिमीमा मानवीय प्रकृतिका गुण छैनन् ? के तिमी अलौकिक हौ ? होइन भने तिम्रो र मेरो परिधिको घेरो किन नकोर्ने ? किन भागी हिँड्ने ? किन आमनेसामने नहुने ? किन दुःखमा साथ नदिने किन हामी एकअर्काबाट टाढा भइरहने । “तिम्रो मनको खडेरीमा म त वर्षा हुन पाएँ, तिम्रो मनको एक कुनामा मैले डेरा बस्न पाए ।” अनि मात्र तिम्रो वेदनामा मैले मलम लगाउन पाउने थिएँ । एउटै अरिङ्गालको गोलोमा हजारौँ अरिङ्गाल बसेका हुन्छन् भने यो कोलाहाल सहरमा तिमी मात्र किन एक्लै बस्छ्यौ ? त्यो गोलाको अरिङ्गालजस्तै बस्न किन सक्दिनौ ? किन एकान्त, सुनसानमा आफूलाई एक्लै पारेकी छ्यौ ? भँगेरा त देखेकै छ्यौ, खुट्टा भएर पनि एक पाइला हिँड्न सक्दैन । तर आफ्ना जोडी बीचमा बथानमा कति हुइँकिरहेका हुन्छन् ती भँगेराहरू । तिमीमा पनि हुइँकिने पखेटा पलाइएका भए कत्ति हुइँकने थियौ होला ? तिमीमा पनि सोच्न, विचार गर्न सक्ने शक्तिलाई केन्द्रिकृत गरी भावनाको विकास गरी जोडी ढुकुरझैँ एउटै दिशामा वेग हान्ने सोचमा अल्मलिएकी त छैनौ ? तिमी जहाँ जुन अवस्थामा रहेकी छ्यौ, त्यसको आधारमा मैले भन्नुपर्ने, सोच्नुपर्ने बाध्यताका रसीहरू बटार्नुपर्ने नै भयो । आखिर हुने त केही पनि छैन । तैपनि सास रहेसम्म आस गर्नु मेरो बाध्यता र विवशता हो ।
यदि यस्तो हो भने, तिमी आफूलाई आफैभित्रबाट किन खुसी हुन सक्दिनौ ? तिम्रो मलिन मुहार, त्यसको विरुद्धमा हँसिलो तेजका कान्ति फैल्याउन किन सक्दिनौ ? के मान्छेले अरूको भावना सम्मान गर्न जान्दैन ? कि जानेर पनि गर्न चाहँदैन ? हो तिमीले मेरो भावना बुझ्दिनौ । कि म तिम्रा भावना बुझ्दिनँ, कि दुवैले दुवैका भावना बुझेर पनि बुझ पचाएकी छ्यौ ? होइन, भावनाको कदर गरेका पो छैनौ कि ? ती अन्तरमनका भावना तिमीसँग मैले कति साट्न कोसिस गरेँ, तिमीले त्यसमा कति सहयोग ग¥यौ ? त्यो त मलाई भन्दा बढी तिमीलाई नै थाहा छ हगि ¤ छैन भनेर ढाट्न पनि त भएन नि ¤ तिमी आफूले आफैलाई जवाफ पक्कै दिँदैछ्यौ होला । मलाई पो मुख खोली नभनेकी त ¤ भने पनि मेरो प्रतिक्रिया आउँथ्यो कि आउँदैनथ्यो त्यो त तिमीलाई भन्दा मलाई नै थाहा हुनुपर्ने हो । मलाई थाहै छैन । तिमीले सोधेकी भए पो मलाई थाहा हुन्थ्यो होला, र म भन्थेँ होला । आज अन्जानमा म के बेकारको प्रश्नमा रुमलिँदै छु, म एक्लै पो छु । हो, तिमी पनि त एक्लै नै छ्यौ होला नि ¤ कि तिम्रा जीवनमा नयाँ प्रगति भए ? तिमी मलाई त्यसको जानकारी दिनेतर्फ केही सोचेकी छौ कि ? मलाई नदिँदैमा तिमीलाई कुनै घाटा वा नाफा हुने त होइन, यो मामिलामा । कहिल्यै तिमी केही भन्दिनौ, बेतारको वार्तालापमा । धेरै पटक तिम्रा अन्तरमनका कुरा अन्तरआत्माले किन बोल्दैन, किन खोल्दैनन् ? मैले तिम्रो भलाई, उदारता देखाएको सदासयताप्रति तिम्रा मनले गरेका
इच्छा वा अनिच्छाका डोरी कति लामो बाटेकी हौली ¤ त्यो डोरीको गाँठो कहाँ छ ? अनि तिम्रो भावनाले कति उजागर गरेका होलान् । हाम्रो वार्तालाप रेकर्ड गरेका भए कतिवटा सिङ्गो क्यासेट तयार हुन्थे होला । तिमीले त्यो त गरेकी छैनौ होला नि ? छैन भने अब जीवनलाई एउटा मोडमा लैजानु छ । जीवनलाई सुमार्गमा डो¥याउनु छ, त्यसैले तिमी मेरा यी भावनाको किन बेवास्ता गर्दैछ्यौ ? कि त मैले तिम्रा मनोभावना बुझ्न सकिनँ, कि त तिमीले मेरो अन्तरआत्माको कृत्रिम हत्या गरिरहेकी छ्यौ । त्यो भन्ने अवस्था किन आयो ? त्यो मलाई भन्दा तिमीलाई नै जानकारी अवश्य बढी हुनुपर्छ । मैले जे देखेँ, वार्तालापमा त्यही बोलेँ, मनमा ती कुरा आए, त्यही खोलिदिएँ । तर तिम्रो वार्ता देखावटी थिए कि वास्तविकता थिए ? त्यो त तिम्रा बोलीले तिमीले दिएको मितिमा भेट्दा चिया वा कफीको चुस्कीका साथमा खोलौँला भन्दै रात्रिकालीन नमस्कार गर्दै भावनाको ढुङ्गालाई निद्रादेवीको साथमा छोडिदिएँ, कलमले विश्राम लियो, आँखा चिम्लिएँ । द्घ
बचथबपिभकजबखज्ञडण्२नmबष् ि।अयm

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments